Skip to main content

Purbi Garjan

ताजा खबर

ढल्यो प्रचण्ड सरकार, दुई तिहाइ सांसदको अविश्वास

ढल्यो प्रचण्ड सरकार, दुई तिहाइ सांसदको अविश्वास

झापा । संसदमा विश्वासको मत प्राप्त गर्न नसके सँगै १९ महिनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढलेको छ । आज संसदमा मत दिने क्रममा २५८ सांसदहरु उपस्थित थिए । प्रधानमन्त्रीको प्रस्तावको पक्षमा माओवादी, रास्वपा र नेकपा एसका ६३ सांसदले मतदान गरे भने अन्य दलका विपक्षमा १९४ जनाले मतदान गरे । २७५ सदस्यीय प्रतिनिधिसभामा तटस्थमा एक मत पर्‍यो । संसदका दुई ठुला दल कांग्रेस र एमाले मिलेर सरकार बनाउने सहमति भएपछि सरकार ढल्ने निश्चित हुँदा पनि प्रचण्डले विश्वासको मत लिएका हुन् । प्रचण्ड सरकार ढलेसँगै ओलीलाई दुई तिहाइको प्रधानमन्त्री बनाउने सहमतिअनुसार कांग्रेस एमालेले नयाँ सरकार गठन प्रक्रिया अघि बढाउनेछन् ।…
Read More
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै, ओलीलाई आजै प्रधानमन्त्री बनाउने काङ्ग्रेसको तयारी

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै, ओलीलाई आजै प्रधानमन्त्री बनाउने काङ्ग्रेसको तयारी

झापा । सत्ता साझेदार दल नेकपा एमाले लगायतका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदैछन् । विश्वासको मत लिनका लागि प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बोलाइएको छ । संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच नयाँ गठबन्धन गर्ने समझदारी भएपछी एमालेले समर्थन फिर्ता लिएको थियो । नेकपा एमाले र काङ्ग्रेसका सांसदहरूको हस्ताक्षर सहित आजै केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने दुई दलको तयारी रहेको छ।
Read More
मनोज गजुरेलको घरमा तला लगाउन गएको आरोपमा पूर्वपत्नी मिना ढकाल पक्राउ

मनोज गजुरेलको घरमा तला लगाउन गएको आरोपमा पूर्वपत्नी मिना ढकाल पक्राउ

झापा । चर्चित हाँस्यव्यङ्ग्य कलाकार मनोज गजुरेलको घरमा केही युवाको समूह लिएर ताला लगाउन गएको आरोपमा उनकी पूर्वपत्नी मिना ढकाललाई प्रहरीले पक्राउ गरेको छ । मिना केटाहरुको ग्रुप लिएर घर पुग्दा मनोज भने थिएनन् । ८५ बर्षकी गजुरेलकी आमालाई धम्काई चाबि लगाएर हिंड्न लागेका बेला छिमेकीहरुले प्रहरीलाई खबर गरिदिएपछि उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। २०७४ सालमै सहमतिमै सम्बन्धविच्छेद भैसकेपछि पनि मीनाले सामाजिक सञ्जालमा मनोजको चरित्रह'त्या गर्दै आएको समेत उनिमाथि आरोप छ।
Read More
सन्दीप लामिछानेलाई ग्रेड ‘ए’ मा राख्ने क्यानको निर्णय

सन्दीप लामिछानेलाई ग्रेड ‘ए’ मा राख्ने क्यानको निर्णय

झापा । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख खेलाडी सन्दिप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले ग्रेडिङमा समावेश गर्ने भएको छ गरेको छ । क्यानले आज प्रेस विज्ञप्ति जारी गर्दै सन्दिपलाई ग्रेड ‘ए’ मा राख्ने निर्णय गरिएको र उक्त निर्णय जुलाई १ देखि लागू हुने जानकारी दिएको छ। यसअघि सन्दीपविरुद्ध बलात्कारको आरोप लागेपछि उनी क्यानको निलम्बनमा परेका थिए। अदालतले उनलाई उक्त आरोपबाट सफाई दिएपछि पहिलोपटक ग्रेडिङमा समावेश गरिएको हो । क्यानले यसै वर्षदेखि ग्रेड "ए"मा रहेका खेलाडीलाई मासिक एक लाख रूपैयाँ पारिश्रमिक निर्धारण गरेको छ । पुरुषतर्फ ३० र महिलातर्फ १९ खेलाडी ग्रेडिङमा समावेश थिए । पुरुषतर्फ ग्रेड "ए" मा कप्तान…
Read More
क्रिकेटर अप्सरी बेगमलाई निलम्बन, प्रशिक्षक र व्यवस्थापकलाई अभद्र व्यवहार गरेको आरोप

क्रिकेटर अप्सरी बेगमलाई निलम्बन, प्रशिक्षक र व्यवस्थापकलाई अभद्र व्यवहार गरेको आरोप

मेचीनगर । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी अलराउण्डर एवम्  प्रमुख खेलाडी अप्सरी बेगमलाई नेपाल क्रिकेट संघ (क्यान)ले टिम व्यवस्थापक र प्रशिक्षकमाथि अभद्र व्यवहार गरेको आरोपमा निलम्बन गरेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आज प्रेस विज्ञप्ति जारी गर्दै बेगमलाई निलम्बन गर्ने र थप छानबिन गरी आवश्यक निर्णय गर्न अनुशासन समितिलाई जिम्मेवारी दिने निर्णय गरिएको जनाएको छ । जुलाई १९ देखि श्रीलंकामा हुने महिला टी-२० एसिया कपका लागि अहिले बन्द प्रशिक्षण चलिरहेको छ । बन्द प्रशिक्षणका क्रममा अप्सरीले टीम व्यवस्थापक र प्रशिक्षकमाथि अभद्र व्यवहार गरेको क्यानले दाबी गरेको छ ।
Read More
झापा : उत्पादनमा होमिए विप्लवका नेताकार्यकर्ता, ८ बिघा बढी जमिनमा धान खेती

झापा : उत्पादनमा होमिए विप्लवका नेताकार्यकर्ता, ८ बिघा बढी जमिनमा धान खेती

प्रविण अधिकारी  झापा । महासचिव नेत्र विक्रम सी "विप्लव" सहित नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ता यतिबेला झापा सहित देशैभर उत्पादनमा होमिएका छन्। कम्युनिस्ट पार्टीका नेताकार्यकर्ताले अनिवार्य श्रम गर्नुपर्ने र आत्मनिर्भरताका लागि उत्पादन सँग जोडिनुपर्ने पार्टीको निति अन्तर्गत विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता यतिबेला राजनीतिक गतिविधि स्थगित गरेर श्रममा होमिएका हुन्। यो समय खेती लगाउने समय पनि भएकोले उनिहरु यतिबेला सहर बजारमा नभएर खेत- खेतमा भेटिने गरेका छन्। यतिबेला झापामा पनि विप्लव नेकपाका नेताकार्यकर्ता धान रोप्न व्यस्त छन्। पार्टीका जनवर्गीय संगठनहरु समेत यतिबेला उत्पादनमा जोडिएका छन्। झापामा मात्रै ९ बिघा जमिनमा धान रोप्ने लक्ष्य रहेको पार्टीका जिल्ला सचिव…
Read More
शिवसताक्षी: जनप्रतिनिधिको उदासीनताले बेहाल त्रिभुवन मावि,चुहिने छानामुनि विद्यार्थी

शिवसताक्षी: जनप्रतिनिधिको उदासीनताले बेहाल त्रिभुवन मावि,चुहिने छानामुनि विद्यार्थी

शिवगञ्ज । शिवसताक्षी नगरको त्रिभुवन मावि कुनै बेला जिल्लामै कहलिएको नाम हो । तर, आजभोलि त्यही विद्यालय को बेहाल छ । त्यसको मुख्यकारण हो, सरोकारवाला निकायको उदासीनता । त्रिभुवन माविका लागि हिउँद, बर्खा दुवै याम अक्करिलो बनेर आउँछ । यसरी नै बितेको दशक माथी भइसक्यो । पानी पर्न थाल्यो कि विद्यार्थीलाई कक्षा कोठासम्म जान नै सकस हुन्छ । घुँडाघुँडासम्म पानी छिचोलेर कक्षा कोठामा विद्यार्थी पुग्नु पर्ने वर्षो देखिको बाद्यता छ । ‘हिउँदमा विद्यालयको छाना छिचोलेर शीत छिर्छ, बर्खामा घाम,’ शिक्षक रामचन्द्र फुँयालले भने । सो विद्यालयका विद्यार्थीले सोमबार कष्टपुर्ण ढंगले जिर्ण कक्षा कोठामा प्रथम त्रैमासिक परिक्षा लेखिरहेका थिए । विद्यालयको…
Read More
मेचीनगर -३ मा भाले हात्ती मृत फेला

मेचीनगर -३ मा भाले हात्ती मृत फेला

झापा । झापाको मेचीनगर नगरपालिका वडा नम्बर -३ स्थित धरधरे फुटबल ग्राउन्डको छेउमा एउटा भाले हात्ती मृत फेला परेको छ। स्थानीय बासिन्दाहरुका अनुसार उक्त हात्ती के कारणले मरेको भन्ने पत्ता नलागेको र हाल अनुसन्धान भैरहेको पाइएको छ। अहिले घटनास्थलमा बन कार्यालयका कर्मचारी पुगिसकेको र अनुसन्धान भइरहेको छ। विस्तृत विवरण आउन बाँकी छ।
Read More
असार मसान्तको नाममा असुली रोक्न बैंक तथा वित्तीय संस्थालाई नेकपा झापाको चेतावनी 

असार मसान्तको नाममा असुली रोक्न बैंक तथा वित्तीय संस्थालाई नेकपा झापाको चेतावनी 

झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले असार मसान्तको नाममा बैंक, बित्तिय संस्था र मिटरब्याजी समेतले उद्योगी, ब्यवसायी र श्रमजिवी जनतालाई हदै सम्मको दुख दिन थालेपछी आज चेतावनी सहितको प्रेस बिज्ञप्ति जारी गरेको छ । पार्टिका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज सुमनसिंह सी र पार्टी सचिब संजय सी द्वारा जारी विज्ञप्तिमा देश आर्थिक रुपमा गंभिर संकटमा फसेको, राज्य स्वयमले पुंजिगत खर्चको भुक्तानी दिन नसकेको, व्यापार घाटा बढेको , उद्योग ब्यवसाय चौपट भएको र यस्तो बेला बैंकहरुले नागरिकहरु बिरुद्ध बाँच्न पाउने हक समेत खोस्ने गरि गरेको हर्कतको बिरोध गरिएको छ । बिज्ञप्तिमा उद्योगी ब्यवसायीहरु लाई दुख नदिन चेतावनी दिइएको…
Read More
झापाको कचनकवलमा सर्पले डस्दा बालिकाको मृत्यु

झापाको कचनकवलमा सर्पले डस्दा बालिकाको मृत्यु

झापा । झापाको कचनकवल गाउँपालिका-३ ठुलो केचनामा विषालु सर्पले टोकेर एक बालिकाको मृत्यु भएको छ । हिजो साँझ ५ः३० बजेको समयमा कचनकवल-३ बस्ने हरिप्रसाद राजवंशीकी १२ वर्षीया छोरी मनिषा राजवंशीलाई आफ्नै भण्डार कोठाभित्र टेबल निकाल्ने क्रममा विषालु सर्पले टोकेको थियो । बालिकालाई बनियानी स्थित सर्प दंश उपचार केन्द्रमा प्राथमिक उपचार गरी थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Read More
ne_NPNepali