मेचीनगर । नेपालका पूर्वी जिल्लाहरूमा भारतीय नम्बर प्लेट भएका सवारी साधनहरू दिनहुँजसो निर्वाध रूपमा सञ्चालन भइरहेका छन्। सीमावर्ती क्षेत्र काँकरभिट्टा लगायतका स्थानमा बिहान ८ बजेपछि मात्र भन्सार सुविधा दिने कार्यालय खुल्ने भए पनि त्यसअगावै भारततर्फबाट आउने गाडीहरूको लाम देखिन्छ। कागजमा ती गाडीहरू निजी प्रयोजनका लागि भित्रिएको भनिए पनि व्यवहारमा खुलमखुला भाडामा प्रयोग भइरहेका छन्, जसप्रति स्थानीय बासिन्दा आक्रोशित छन्। नेपालमा विदेशी सवारीसाधन सञ्चालन गर्न भन्सार प्रज्ञापन अनिवार्य छ। निजी प्रयोजनमा सीमित अवधिका लागि प्रवेश अनुमतिपत्र दिन सकिने व्यवस्था भए पनि पूर्वका धेरै जिल्लामा कुनै प्रक्रिया नपु¥याई गाडी सञ्चालन भइरहेका दृश्यहरूले नियमन प्रणालीको लाचारी देखाउँछ। सबैभन्दा गम्भीर पक्ष के छ भने—भन्सार…
कपिलवस्तु । आइतबार बिहान कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटनामा परी २९ जना यात्रु घाइते भएका छन्। काठमाडौँबाट दाङतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नम्बरको बस पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुद्धभूमि नगरपालिका–९ स्थित वेलनदीमा अनियन्त्रित भई सडकको दायाँपट्टि पल्टिएको हो। दुर्घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए। घाइतेमध्ये तीन जनालाई थप उपचारका लागि बुटवल पठाइएको छ भने अन्यको चन्द्रौटा स्थित सञ्जीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। बुटवल रेफर गरिएका घाइतेहरू: देवी बुढाथोकी, ७७ वर्ष, बागचौर–१०, सल्यान मोहनलाल बुढाथोकी, ५६ वर्ष, सारदा–१२, सल्यान श्रीधर अधिकारी, ३५ वर्ष, तुलसीपुर–११,…
झापा। प्रधानमन्त्री केपी शर्मा ओली दुई दिने औपचारिक कार्यक्रमका लागि आज गृह जिल्ला झापा आउँदै छन्। भ्रमण अवधिभर प्रधानमन्त्री ओली झापा र इलामका विभिन्न कार्यक्रमहरूमा सहभागी हुनेछन्। कार्यक्रम तालिका अनुसार प्रधानमन्त्री ओली आज बिहान साढे ११ बजे झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित भागिरथा न्यौपाने अस्पतालको उद्घाटन गर्नेछन्। त्यसपछि दिउँसो १ बजे इलामको माई नगरपालिकामा नगर अस्पताल उद्घाटन, सुकुम्बासीलाई धनीपुर्जा वितरण तथा खानेपानी आयोजनाको शिलान्यास कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ। त्यसपछि आजै साँझ ओलीले कनकाई नगरपालिकास्थित उद्योग वाणिज्य संघको हलमा आयोजना हुने विशेष समारोहमा सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरण गर्नेछन्। आजको रात उनले झापामै बिताउने कार्यक्रम छ। भोलि (असार २९ गते) बिहान…
ताप्लेजुङ । ताप्लेजुङको सुकेटार विमानस्थलमा शुक्रबार बिहान काठमाडौंबाट आएको जहाज मौसमको कारण अवतरण हुन नसकी पुनः काठमाडौं फर्किएको छ। नेपाल वायु सेवा निगमका ताप्लेजुङ स्टेसन इन्चार्ज नारायणकुमार कार्कीका अनुसार सुकेटार विमानस्थलमा हुस्सु र कुहिरो लागेर दृश्यता अत्यन्त कम भएपछि जहाजले अवतरण गर्न सकेन। "काठमाडौँबाट उड्ने समयमा मौसम सफा थियो, तर ल्यान्डिङको समयमै आकस्मिक रूपमा मौसम बदलिएपछि जहाज फर्काउनु परेको हो," उनले बताए। चार जना यात्रु लिएर आएको जहाज अन्ततः यात्रुहरू सहित काठमाडौंमै फर्किएको हो। ती यात्रुहरू सुकेटार पुगिसकेको अवस्थामा समेत विमान नओर्लेपछि घर फर्किन बाध्य भए। त्यस्तै, ताप्लेजुङबाट काठमाडौँ जानका लागि होल्डिङ पास लिएर सात जना यात्रु बिहानैदेखि विमानस्थलमा प्रतीक्षारत…
झापा । नेपाल–भारत सिमानाको प्रमुख प्रवेशद्वार मानिने मेची भन्सार कार्यालय अहिले राजस्व लुट्ने खुला अखडा बनेको छ। पाँच किलो चिनी बोकेको सर्वसाधारणलाई कडा जाँच गर्ने भन्सार अधिकारीहरु, लाखौंको तस्करी गर्ने गिरोहसँग भने हातेमालो गर्दै अनाहकमा राष्ट्रको ढुकुटी रित्याइरहेका छन्। बिहान ६ बजेदेखि पुरानो मेची पुल तस्करीको सामानले गोदाममा परिणत हुन्छ। भारतीय सीमा सुरक्षा बल एसएसबी ले सख्त निगरानी थालेपछि तस्करीको केन्द्र सिधै मेची पुलमै खुम्चिएको छ। अहिले पुलबाट भित्रिने सामग्रीमा लत्ताकपडा, मोटर पार्ट्सदेखि खाद्यान्न र किराना सामानसम्म छन् — सवारीको लाइन लाग्ने हैन, तस्करीको मेला लाग्ने स्थिति छ। जसले जाँच गर्नुपर्ने हो, उसैले रकम उठाउने धन्दा चलाएको छ। भन्सारका कर्मचारीदेखि…
झापा । झापाको बाह्रदशी गाउँपालिका–१ खैरबारीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने आमा–छोरा गम्भीर घाइते भएका छन्। मंगलबार दिउँसो ३:४० बजे राजगढबाट कुटीतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको BR 37 AZ 6440 मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको प्रदेश १–०१–०१६ प ९२७० नम्बरको स्कुटर एकापसमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनापछि गम्भीर घाइते भएका स्कुटर चालक र मोटरसाइकल चालकलाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल, भद्रपुर पुर्याइएकोमा उपचारकै क्रममा साँझ ४:४० बजे दुवैजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा कचनकवल गाउँपालिका–३ का ६० वर्षीय श्रीप्रसाद राजबंशी रहेको खुलेको छ। अर्का मृतक मोटरसाइकल चालकको पहिचान भने खुल्न बाँकी छ। स्कुटरमा…
झापा । झापाको अर्जुनधारा नगरपालिकामा सामूहिक कुटपिटका कारण एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा अर्जुनधारा–८ स्थित नयाँ खसी बजार जाने बाटोमा प्रकाश गिरीको घरमा डेरा गरी बस्दै आएकी २२ वर्षीया गंगा राई (गरिमा) रहेकी छन्। प्रहरीका अनुसार गंगा राईमाथि गएराति करिब ११ः३० बजे अर्जुनधारा–८ की ३२ वर्षीया सुस्मिता भुसालले अन्य केही महिलालाई साथमा लिएर सामूहिक रुपमा कुटपिट गरेकी थिइन्। उनीहरूलाई शंका लागेको थियो कि सुस्मिताका श्रीमान् रमेश भुसाल गंगा राईको कोठामा गएका थिए। कुटपिटबाट गम्भीर घाइते भएकी गंगालाई सुरुमा शनिश्चरेस्थित शंकर अस्पतालमा उपचारका लागि लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल ल्याइएकी उनलाई चिकित्सकले राति १ः२० बजे…
पाँचथर। मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ र फिदिम सिमानामा रहेको हेंवा खोलामा निर्माण गरिएको डाइभर्सन बाढीले बगाएपछि पाँचथर–ताप्लेजुङ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। मंगलबार अपराह्नदेखि निरन्तर परेको वर्षाका कारण खोलामा पानीको सतह बढ्दा बाढीले डाइभर्सनमा क्षति पुर्याएको हो। पानीको चापले दुईवटा ह्युम पाइप थिचिएर वरिपरिको ढुंगा र बालुवा बगाउँदा सडक अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार आज बिहानैदेखि डाइभर्सन मर्मतका लागि स्काभेटर प्रयोग गरिएको र खोलाको सतह घट्दै गएकाले केहि घण्टाभित्रै सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। एक सातादेखि खडेरी रहेको फिदिम र आसपासका क्षेत्रमा मंगलबार अपराह्न फालेलुङ र फिदिमको माथिल्लो भेगमा परेको अविरल वर्षाका कारण हेंवा खोलामा…
झापा । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेची भन्सार कार्यालयको परिसरबाट सशस्त्र प्रहरी बल नेपाल र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले एक भारतीय नागरिकलाई प्रतिबन्धित हतियारसहित पक्राउ गरेको छ। आज असार २४ गते बिहान करिब ८:५० बजे भारतको पश्चिम बंगाल राज्य, दार्जिलिङ जिल्लास्थित जलपाईगुड़ी अन्तर्गत भक्तिनगर सेवक रोड, सिलिगुडी निवासी २५ वर्षीय प्रतिक अग्रवाल नामका व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ परेका अग्रवालले WB 74 AJ 0400 नम्बरको होन्डा स्कुटर चलाइरहेका थिए। स्कुटरको डिक्की भित्र लुकाई छिपाई राखिएको अवस्थामा एक थान एयर पेस्तोल फेला परेको थियो। त्यस्तै, उनले बोकेको साइड ब्याग भित्र प्लास्टिकको पोकोमा सो पेस्तोलमा प्रयोग हुने १८ थान…
झापा, असार २२ । बुद्धशान्ति गाउँपालिका–१ को सर्जमिन प्रमाणपत्र किर्ते प्रकरणको विषयमा व्यापक विवाद चुलिएको छ। वडाबाट सर्जमिन किर्ते गरी पठाइएको भनी “बुद्धशान्ति साप्ताहिक” नामक फेसबुक पेजमार्फत सार्वजनिक आरोप लगाइएपछि वडा कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै ती दावीहरू “झुटा, कपोलकल्पित, बदनियतपूर्ण र नियोजित” भएको स्पष्ट पारेको छ। वडाध्यक्ष अनिल वाग्ले र वडा सदस्य लक्ष्मी कँडेलमाथि घरमै बसेर किर्ते सर्जमिनमा हस्ताक्षर गरेको आरोप लगाइएको थियो। तर वडा कार्यालयका अनुसार ती कागजातमा कर्मचारीको किर्ते हस्ताक्षर निवेदक आफैंले प्रयोग गरेको पाइएको छ। वडा कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार सर्जमिन निवेदन दिने भोजराज भट्टराई र उनका छोरा उमेश भट्टराई हुन्। उमेश भट्टराई “बुद्धशान्ति साप्ताहिक”…