झापा । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० शृङ्खला अन्तर्गत शुक्रबार नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुने भएको छ। समूह चरणको अन्तिम खेलअन्तर्गत आज नेपाली समयअनुसार अपराह्न ३ः१५ बजे खेल सुरु हुनेछ। सहभागी ११ टोलीमध्ये हाल अङ्क तालिकाको सातौँ स्थानमा रहेको नेपालले सेमिफाइनलमा प्रवेश गर्न आजको खेल जित्नै पर्ने दबाब छ।
बाहुण्डाँगी । बाहुण्डाँगी जेसीज सप्ताह–२०२५ अन्तर्गत आयोजित ‘रन बाहुण्डाँगी’ दौड प्रतियोगितामा विजयी प्रतिभाहरुलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ। आज जेसीज सप्ताह समारोह कार्यक्रममा "रन बाहुण्डाँगी" का विजेतालाई सम्मान गरिएको हो । प्रतियोगितामा प्रथम स्थान हासिल गरेका अर्जुन बस्नेतलाई अक्षरुपी रु १५ हजार, द्वितीय स्थान हासिल गर्न सफल ऋदन विश्वकर्मालाई रु १० हजार सहित सम्मानपत्र र तृतीय स्थान हासिल गरेका विप्लव श्रेष्ठलाई नगद रु ५ हजार र सम्मानपत्र प्रदान गरिएको छ। त्यस्तै, रनमा टप–१० भित्र पर्न सफल अमर तामाङ, अनराज मगर, उप्सन राई, निर्मल घिमिरे, रोशन लकान्द्रि, निश्चल कार्की र युवराज मगरलाई पनि सम्मानपत्रद्वारा सम्मान गरिएको छ। विजेताहरुलाई बाहुण्डाँगी जेसिज वर्ष…
इटहरी। अखिल नेपाल खेलकुद महासंघ प्रदेश–१ को दोस्रो अधिवेशनबाट रितेश श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न अधिवेशनले ६१ सदस्यीय प्रदेश कार्यसमिति गठन गरेको हो। निर्वाचन समिति संयोजक राजेन्द्र किरातीका अनुसार उपाध्यक्षमा नयन श्रेष्ठ, गणेश मगर र योगेश थापा, सचिवमा इन्द्रकुमार योञ्जन तामाङ, सहसचिवमा कृष्णबहादुर राई चाम्लिङ तथा कोषाध्यक्षमा जीवनी राई निर्वाचित भएका छन्। प्रदेश–१ का १४ जिल्लाबाट आएका १२९ प्रतिनिधिले नयाँ पदाधिकारीसहित कार्यसमिति चयन गरेका थिए। निर्वाचित पदाधिकारी तथा सदस्यलाई प्रमाणपत्र वितरण र शपथग्रहण कार्यक्रम पनि सम्पन्न गरिएको थियो। अधिवेशनमा संघका केन्द्रीय इञ्चार्ज दीपक कोइराला, नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलका नेता एवं पूर्वअर्थमन्त्री इन्द्र आङ्बो (मौसम), प्रदेश…
बंगलादेश । बंगलादेशले महिला साफ यू-२० च्याम्पियनसिपमा अपराजित रहँदै पाँचौं पटक उपाधि जितेको छ। सोमबार बसुन्धरा किङ्स स्टेडियममा भएको अन्तिम खेलमा बंगलादेशले नेपाललाई ४–० गोलअन्तरले हरायो। यो प्रतियोगितामा भारत र बंगलादेशबाहेक अन्य कुनै टोलीले उपाधि जित्न सकेका छैनन्। भारतले दुई पटक उपाधि जितेको छ भने एक संस्करणमा भारत र बंगलादेशले संयुक्त रूपमा उपाधि हासिल गरेका थिए। नेपाल तेस्रो पटक उपविजेतामा सीमित रह्यो। यसअघि सन् २०१८ र २०२३ मा पनि नेपाल उपाधिबाट चुकेको थियो। दुवै पटक नेपाल बंगलादेशसँगै पराजित भएको थियो। नेपाल यसअघि तीन पटक तेस्रो स्थानमा सीमित भएको इतिहास पनि छ। आज उपाधि जित्न नेपाललाई जित अनिवार्य थियो भने बंगलादेशलाई…
झापा । साफ यू–२० महिला फुटबल च्याम्पियनसिपमा नेपाल आज फेरि श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे बसुन्धरा किङ्स एरिनामा सुरु हुनेछ। नेपालले यसअघि श्रीलंकालाई ७–० गोल अन्तरले पराजित गरिसकेको छ। आजको खेलमा पनि नेपाल उत्कृष्ट जित निकाल्ने तयारीका साथ मैदानमा उत्रने छ । जारी प्रतियोगितामा नेपालले तीन खेल खेलेर दुई जित र एक हार व्यहोरेको छ। पहिलो खेलमा नेपालले भुटानलाई ६–१ गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा नेपाल बंगलादेशसँग ३–२ गोल अन्तरले पराजित भएको थियो। त्यस्तै तेस्रो खेलमा श्रीलंकालाई ७-० गोल अन्तरले पराजित गरेको थियोे । प्रतियोगितामा ९ अंक सहित बंगलादेश पहिलो स्थानमा छ…
ढाका – मिना देउवाको ह्याट्रिकसहित नेपालले साफ यू-२० महिला च्याम्पियनसिपमा श्रीलंकामाथि ७-० को फराकिलो जित दर्ता गरेको छ। बंगलादेशको बसुन्धरा किङ्स एरिनामा वर्षाका कारण ढिला गरी सुरु गरिएको खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै गोलको वर्षा गर्यो। नेपालको जितमा मिना देउवाले ह्याट्रिक गरिन्। पूर्णिमा राईले दुई गोल गर्दा समिक्षा मगर र सरिता कुमारी नाथले एक–एक गोल थपे। खेलको आठौं मिनेटमा मिना देउवाले बक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत गर्दै नेपाललाई अग्रता दिलाइन्। १३ औं मिनेटमा समिक्षा मगरले श्रीलंकन डिफेन्सले क्लियर गर्न नसकेको बललाई बक्स बाहिरबाट प्रहार गरी गोल गरे। ४२ औं मिनेटमा माया मास्केको लामो प्रहार श्रीलंकाकी गोलकिपरले रोक्न खोजेपनि रिबाउन्डमा…
झापा । साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। खेल नेपाली समय अनुसार साँझ ६:४५ बजे ढाकास्थित बसुन्धारा किंग्स एरिनामा हुनेछ। पहिलो खेलमा भुटानलाई ६–१ ले पराजित गर्दै विजयी सुरुवात गरेको नेपाल दोस्रो खेलमा आयोजक बंगलादेशसँग ३–२ ले पराजित भएको थियो। अब उपाधि सम्भावना कायम राख्न नेपालका लागि श्रीलंकाविरुद्ध फराकिलो जित अनिवार्य बनेको छ। चार टोली सहभागी प्रतियोगितामा बंगलादेश दुई खेलमा जित निकाल्दै ६ अंकसहित अग्रस्थानमा छ। नेपाल तीन अंकसहित दोस्रो स्थानमा रहेको छ भने श्रीलंका दुवै खेल हारेर अंकविहीन छ। उसले बंगलादेशसँग ९–१ र भुटानसँग ५–० को हार ब्यहोरेको थियो। नेपालका लागि अहिलेसम्म पूर्णिमा राईले चार गोल…
झापा । साफ यू-२० महिला च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले घरेलु टोली बंगलादेशसँग ३-२ को हार व्यहोरेको छ। खेलको अन्तिम मिनेटसम्म संघर्षपूर्ण प्रदर्शन गरे पनि इन्ज्युरी समयमा गोल खाँदै नेपाल पराजित भएको हो। पहिलो हाफमै बंगलादेशले २-० को अग्रता बनाएको थियो। खेलको १३औं मिनेटमा सिना जहान शिखाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाइन्। गंगा रोकायाले क्लियर गर्न खोजेको बललाई शिखाले गोलमा परिणत गरेकी हुन्। नेपालले बराबरीको अवसर पाएको थियो। तर, २८औं मिनेटमा अनिषा राईको फ्रि-किक क्रसबारमा ठोक्किएर फर्किएको थियो। ३६औं मिनेटमा नेपाली गोलकिपर सुजाता तामाङले बल समाउन नसकेपछि सागोरिकाले दोस्रो गोल गर्दै बंगलादेशको अग्रता दोब्बर बनाइन्। दोस्रो हाफको सुरुआतमै नेपालकी सिम्रन…
झापा । टि–२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासेफिक क्षेत्रीय छनोटको तयारीका लागि नेपाल क्रिकेट संघ (क्यान)ले ३२ सदस्यीय प्रारम्भिक टोली सार्वजनिक गरेको छ। राष्ट्रिय टोलीबाट झण्डै तीन वर्ष टाढा रहेका मोहम्मद आदिल आलम पनि प्रारम्भिक टोलीमा परेका छन्। पूर्वमा नेपाल टि–२० लिगमा फिक्सिङको आरोपमा प्रतिबन्धित रहेका आलम दोष प्रमाणित नभएपछि प्रतिबन्धमुक्त भएका थिए। त्यसयता पहिलो पटक उनले राष्ट्रिय टोलीको प्रारम्भिक सूचीमा पुनरागमन गरेका हुन्। प्रारम्भिक टोलीमा यु–१९ टोलीका उदयीमान क्रिकेटर युवराज खत्रीको समेत नाम समावेश गरिएको छ। यस्तै अभिनास बोहोराले भने टोलीमा स्थान बनाउन सकेनन्। नेपालले यही वर्ष अक्टोबरमा ओमानमा आयोजना हुने टि–२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासेफिक…
झापा । साफ यू-२० महिला च्याम्पियनसिप अन्तर्गत नेपालले आज घरेलु टोली बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार साँझ ६:४६ बजे ढाकास्थित बसुन्धरा किङ्स एरिनामा सुरु हुनेछ। प्रतियोगिताको साविक विजेता बंगलादेश यसपटक पनि नेपालका लागि सबभन्दा बलियो प्रतिस्पर्धी मानिएको छ। अघिल्लो संस्करण सन् २०२३ मा यी दुई टोली लिग चरण र फाइनलमा आमनेसामने भएका थिए। लिग चरणमा नेपाल ३–१ ले पराजित भएको थियो भने फाइनलमा ३–० को हार बेहोरेको थियो। सन् २०२२ यता सिनियर महिला टिम तथा अन्य उमेर समूहका खेलमा नेपालले बंगलादेशविरुद्ध जित हासिल गर्न सकेको छैन। त्यसकारण आजको खेल नेपालका लागि विगत तीन वर्षको हारको श्रृंखला तोड्ने अवसरका रूपमा…