झापा । नेपालले साफ महिला यू–२० च्याम्पियनसिप २०२५ को पहिलो खेलमा भुटानमाथि सानदार जित दर्ता गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरेनामा शुक्रबार सम्पन्न खेलमा नेपालले भुटानलाई ६–१ गोल अन्तरले पराजित गर्यो। नेपालका लागि पूर्णिमा राईले चार तथा सेनु परियारले दुई गोल गर्दै टोलीको जित सुनिश्चित गरिन्। नेपालले पहिलो हाफमै ३–० को अग्रता बनाएको थियो भने दोस्रो हाफमा थप तीन गोल गर्दै शानदार जित हात पार्यो। खेलको नवौं मिनेटमा सेनु परियारले वर्षा ओलीको पासमा पेनाल्टी बक्स बाहिरबाट चिप हानेर गोल गर्दै नेपाललाई अग्रता दिलाइन्। १८औं मिनेटमा वर्षाकै क्रसममा पूर्णिमा राईले सिक्स यार्ड बक्सबाट वान टच…
झापा । अर्को वर्ष भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको छनोट चरणबाट स्कटल्यान्ड बाहिरिएको छ। शुक्रबार युरोपियन क्षेत्रीय छनोटअन्तर्गत भएको खेलमा स्कटल्यान्ड जर्सीसँग एक विकेटले स्तब्ध भएपछि विश्वकपको यात्रा टुंगिएको हो। नेदरल्यान्ड्सको हागे मैदानमा स्कटल्यान्डले पहिलो ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १३३ रन बनायो। जवाफी इनिङ्समा जर्सीले ९ विकेटको क्षतिमा १३४ रन जोड्दै रोमाञ्चक जित हात पार्यो। जर्सीका निक ग्रिनवोले ३६ बलमा ७ चौकासहित सर्वाधिक ४९ रन बनाए। अन्य खेलाडीले सानो तर महत्त्वपूर्ण योगदान दिएका थिए — जाकले १४, जोन्टिजेनेरले १२ र बेन्जमिन वाडले १७ रन बनाए। विश्वकपमा स्थान सुरक्षित गर्न जित…
झापा । टि–ट्वान्टी विश्वकप क्रिकेटको एसियाली तथा पूर्वी एसियाली क्षेत्रीय छनोटमा नेपाल र कुवेत एकै समूहमा परेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले बिहीबार सार्वजनिक गरेको समूह विभाजनअनुसार नेपाल समूह 'बी' मा कुवेत र जापानसँग परेको हो । यस प्रतियोगितामा कुल ९ टोली सहभागी छन् । सहभागी टिमलाई तीन समूहमा विभाजन गरिएको छ । समूह 'ए' मा यूएई, मलेसिया र कतार छन् भने समूह 'सी' मा ओमान, पपुवा न्यू गिनी (पीएनजी) र समोआ परेका छन् । प्रत्येक समूहको शीर्ष दुई टोलीले सुपर सिक्स चरणमा स्थान बनाउनेछन् । त्यसपछि सुपर सिक्स चरणबाट उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष तीन टोलीले टि–ट्वान्टी विश्वकपमा…
काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नतिको काम तीव्र गतिमा अगाडि बढिरहेको छ। त्यसैक्रममा मैदानमा जडान गरिने फ्लडलाइट टावरहरू बुधबार काठमाडौं आइपुगेका छन्। भारतको उत्तरप्रदेशबाट करिब ९ दिनको यात्रा गर्दै ती टावरहरू राजधानी ल्याइएको हो। हाल ती टावरहरू मैदानको बाहिरी क्षेत्रमा राखिएको छ र छिट्टै जडान कार्य सुरु गरिनेछ। रात्रिकालीन खेल सञ्चालनका लागि अत्यावश्यक मानिने फ्लडलाइट जडान र प्याराफिट विस्तारको काम बीकेओआई–केसीडिसी–बीजी जेभीले गरिरहेको छ। यो परियोजनाको कुल लागत रु ४३ करोड ७७ लाख ३० हजार ११३ रहेको छ। त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्तरोन्नति गर्दै नियमित दिन तथा रातमा खेल सञ्चालन गर्न सकिने बनाउने लक्ष्य लिइएको…
झापा । अस्ट्रेलियाको डार्विनमा आगामी अगस्टमा हुने ‘टप इन्ड टी–२० सिरिज’ मा सहभागी सबै ११ टोलीको टुंगो लागेको छ। सिरिजको आयोजक उत्तरी क्रिकेट संघ (एनटी) ले सोमवार जारी गरेको विज्ञप्तिमार्फत प्रतियोगितामा सहभागी हुने टोलीहरूको नाम सार्वजनिक गरेको हो। एनटीका अनुसार सिरिजमा सहभागी हुने अन्तर्राष्ट्रिय टोलीहरूमा नेपालको राष्ट्रिय टोली, पाकिस्तान ‘ए’, बंगलादेश ‘ए’, र अमेरिकाको माइनर लिग विजेता सिकागो किंग्सम्यान रहेका छन्। त्यस्तै, अस्ट्रेलियाको बिग ब्यास लिग (BBL) अन्तर्गतका हर्बट हुरिकेन्स, पर्थ स्कोर्चर्स, एडिलेड स्ट्राइकर, मेलबर्न स्टार र मेलबर्न रेनेगेड्स का एकेडेमी टोलीहरू पनि प्रतियोगितामा सहभागी हुने भएका छन्। प्रतियोगितामा दुईवटा स्थानीय टोलीको पनि सहभागिता रहने आयोजकले जनाएको छ। सिरिज सन्…
मलेसिया । डिफेन्डिङ च्याम्पियन नेपाल एसिसी मेन्स यु–१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ। बुधबार मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल उपाधिनजिक पुगेको हो। घरेलु टोली मलेसियाले दिएको ९१ रनको सामान्य लक्ष्य नेपालले ११.४ ओभरमा मात्र १ विकेटको क्षतिमा सहजै पुरा गर्यो। नेपालको जितमा परिमार्जन यादवले विस्फोटक प्रदर्शन गर्दै ३५ बलमा ५ चौका र ५ छक्का प्रहार गर्दै अविजित ५९ रन बनाए। साथमा शिवान्श बजगाईंले २२ बलमा ५ चौकासहित २३ रन बनाएर नटआउट रहे। ओपनर प्रसिद्ध जैसी भने २ रनमै आउट भए। मलेसियाका लागि नागिनिश्वरमले एकमात्र विकेट लिए। टस जितेर पहिले बलिङ रोजेको नेपालले किफायती बलिङ प्रदर्शन गरेको थियो।…
मलेसिया । एसिसी मेन्स यु–१६ इस्ट जोन कपको सेमिफाइनलमा नेपालले घरेलु टोली मलेसियाविरुद्ध फाइनलमा स्थान बनाउने अवसर पाएको छ। टस हारेर पहिला ब्याटिङ गरेको मलेसिया ४३.१ ओभरमा मात्र ९० रनमै समेटिएको हो। मलेसियाका लागि मोहम्मद फतुलले ७१ बलमा सर्वाधिक ३८ रन बनाए। कप्तान डिज पार्तोले ३२ बलमा १० रन जोड्दै पवेलियन फर्किए। बाँकी कुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन्। नेपालका लागि बलिङमा अभय यादवले सर्वाधिक ४ विकेट लिए भने शुभम खनालले ३ विकेट झारे। कप्तान विपिनप्रसाद शर्मा र सचिन भट्टले समान १-१ विकेट हात पारे। नेपाल समूह ‘ए’ को विजेता र मलेसिया समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनलमा…
मलेसिया। रौनक श्रीवास्तवको विस्फोटक शतकको मद्दतमा नेपालले एसिसी मेन्स यु–१६ इस्ट जोन कपमा भुटानलाई २ सय ९८ रनको फराकिलो अन्तरले पराजित गर्दै लगातार चौथो जित निकालेको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ५८ रनको विशाल योगफल खडा गर्यो। नेपालको सुरुआत कमजोर रहँदा १७ रनमै २ ओपनर आउट भए पनि त्यसपछि रौनकले पारी सम्हाले। रौनकले १ सय ३२ बलमा १६ चौका र ५ छक्काको मद्दतले १ सय ६८ रनको शान्दार शतकीय इनिङ्स खेले। उनले शिवान्शं बजगाईं (५४), सुगम बुढाथोकी (३५) र जोय थापा (६१*) सँग क्रमशः महत्वपूर्ण साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा…
मलेसिया । रौनक श्रीवास्तवको सानदार शतकसहित नेपालले एसिसी यु-१६ इस्ट जोन कपमा भुटानविरुद्ध ५० ओभरमा ५ विकेट गुमाउँदै ३५८ रन बनाएको छ। भुटानलाई उच्च लक्ष्य प्रस्तुत गरेको नेपालले यसअघिका प्रतियोगितामा समेत उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। टस जितेर ब्याटिङ रोजेको नेपालका लागि रौनकले १३२ बलमा १६ चौका र ५ छक्कासहित १६८ रनको विस्फोटक पारी खेले। शिवान्शं बजगाईंले ५४, सुगम बुढाथोकीले ३५ र जोय थापाले अविजित ६१ रन बनाए। नेपालको सुरुवात कमजोर भए पनि रौनकले तीनवटा साझेदारी मार्फत स्कोर उकासे। भुटानका लागि संजय दोर्जेले ३ विकेट लिए। समूह ‘ए’ को सबै खेल जित्दै नेपाल सेमिफाइनलमा पुगिसकेको छ। भुटान भने सबै खेल…
झापा । कप्तान सवित्रा भण्डारी ‘साम्बा’ को उत्कृष्ट पाँच गोलको मद्दतले नेपालले एएफसी महिला एसियन कप छनोट अन्तर्गत लाओसलाई ९-० को फराकिलो अन्तरले पराजित गरेको छ। नेपालका लागि अनिता बस्नेत, सरु लिम्बु, रश्मिकुमारी घिसिङ र अनिता केसी ले पनि समान १–१ गोल गर्दै जितमा योगदान दिए। पहिलो हाफमा दुई गोल नेपालले खेलको सुरुवातमै आक्रामक शैली देखायो। १२औं मिनेटमा अनिता बस्नेतले खेलको खाता खोलेकी थिइन्। सविता राना मगरको क्रसमा साम्बाको हेडरपछि अनिताको बायाँ खुट्टाले प्रहार गरेको बल जाली चुमेको थियो। ४४औं मिनेटमा साम्बाले हेडरमार्फत गोल गर्दै अग्रता २–० मा पुर्याइन्। अनिता बस्नेतको क्रसमा उनले गोल गरेकी थिइन्। दोस्रो हाफमा गोलको वर्षा…