झापा । नेपालमै सर्वाधिक पुरस्कार राशिको महिला फुटबल प्रतियोगिता ‘चन्द्रगढी महिला गोल्डकप’ को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। भद्रपुरस्थित मेची रंगशालामा आज आयोजित पत्रकार सम्मेलनमार्फत चन्द्रगढी युवा क्लब ले प्रतियोगिताबारे विस्तृत जानकारी दिएको हो। क्लबका अध्यक्ष रोहित सुब्बा का अनुसार विजेताले महिला फुटबलकै इतिहासमा सर्वाधिक ११ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछन्। प्रतियोगिताको मुख्य प्रायोजक ओम साई पाथिभरा हस्पिटल रहेको छ भने उपविजेताको पुरस्कार रकम सजिलो नेट ले उपलब्ध गराउनेछ। भद्रपुर नगरपालिका र सबै वडा कार्यालयहरूले पनि प्रतियोगितामा सहयोग गरेका छन्। अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट प्रतियोगिता २०८३ वैशाख ५ देखि १४ गतेसम्म सञ्चालन हुनेछ।…
धुलाबारी। धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस मेसिनहरूले सुसज्जित ‘The Ironi X Fitness’ आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। युवा उद्यमशीलताको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै ३० वर्षीय फिरदोश अन्सारीले करिब १ करोड ७ लाख रुपैयाँ लगानीमा यो जिम स्थापना गरेका हुन्। उद्घाटन समारोहका प्रमुख अतिथि डा. शरद चन्द्र राईले रिवन काटेर जिमको उद्घाटन गरेका थिए। उनले युवाहरूलाई स्वस्थ जीवनशैलीतर्फ आकर्षित गर्ने यस्ता प्रतिष्ठान आवश्यक रहेको उल्लेख गर्दै अन्सारीले गरेको लगानी प्रशंसनीय रहेको बताए। जिममा एसी, आकर्षक लाइटिङ, अत्याधुनिक फिटनेस मेसिन, कार्डियो जोन, स्ट्रेन्थ ट्रेनिङ सेटअपलगायत सबै आधुनिक सुविधाहरू उपलब्ध छन्। जिमका सञ्चालक अन्सारीका अनुसार फिटनेसमा रुचि बढिरहेका बेला धुलाबारीमा गुणस्तरीय…
झापा। झापा जिल्ला गौरादह नगरपालिका–६ धोपा टोलमा अविरल वर्षासँगै आएको हावाहुरी र चट्याङका कारण गएराती ठूलो क्षति पुगेको छ। मंगलबार राति २३:३० बजे अजय कुमार झा (५०) को घरस्थित टिन छानो र बाँसले बनाइएको एकतले भान्साघर तथा संगै जोडिएको ग्वालीमा चट्याङ परेपछि आगलागि भएको प्रहरीले जनाएको छ। आगो लाग्दा मानविय क्षति भने नभएको तर भान्साघर र ग्वाली पूर्णरूपमा जलेर नष्ट भएको छ। घरभित्र रहेको ग्यास सिलिन्डर, ८० के.जि. चामल, भाँडावर्तन, विद्युत मिटर, वाईफाई राउटर, फर्निचर, अन्नपात, साथै ग्वालीमा राखिएका ६ वटा बाख्रा (२ माउ, ४ पाठा) समेत जलेर नष्ट भएका छन्। सम्पूर्ण क्षति करिब २ लाख ५० हजार रुपैयाँ बराबरको…
झापा / ५ चैत । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले भोलि बस्ने केन्द्रीय समिति बैठकमा पार्टी सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुने बताउनु भएको छ । आज बिहान सभापति थापाले राजीनामा दिएको समाचार सार्वजनिक भएसँगै कांग्रेसमा अब के हुन्छ भन्ने अन्योल थपिएको बेला उपसभापति शर्माले राजीनामा अस्वीकृत हुने स्पष्ट संकेत गर्नु भएको हो । उहाँले यतिबेला सभापतिको राजीनामा होइन, प्रधान नैतिक दायित्व स्थिति सम्हाल्ने भएको स्पष्ट पार्नु भएको छ । उपसभापति शर्माले डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष बोकाउनु न्याय संगत नहुने लाक्षणिक तर्क गर्नु भएको छ । शर्माले पार्टीमा असन्तोषको आगो सल्किएको बेला थापा पार्टी…
इलामको रमणीय उच्च पहाडी भूभाग सन्दकपुर आगामी चैत २० गतेदेखि चार दिनसम्म विशेष चहलपहलले भरिने भएको छ। दुर्लभ वन्यजन्तु रेड पाण्डा को संरक्षण र स्थानीय पर्यटन प्रवर्द्धनलाई केन्द्रमा राख्दै तेस्रो ‘रेडपाण्डा महोत्सव’ आयोजना हुने भएको हो। कालपोखरी क्षेत्रमा सञ्चालन हुने यस महोत्सवले वातावरण संरक्षण, जैविक विविधता र दिगो पर्यटनको सन्देश एकसाथ प्रवाह गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ। सन्दकपुर गाउँपालिकाले आयोजना गर्ने कार्यक्रममा स्थानीय समुदाय, पर्यटन व्यवसायी तथा संरक्षणकर्मीहरूको सक्रिय सहभागिता रहने अपेक्षा गरिएको छ। महोत्सव अवधिभर पर्यटकहरूका लागि विभिन्न आकर्षक कार्यक्रमहरू तय गरिएका छन्। पदयात्रा (हाइकिङ), विद्यार्थीहरूबीच वक्तृत्वकला प्रतियोगिता, पर्यटनसम्बन्धी छलफल (प्यानल डिसकसन) तथा स्थानीय संस्कृति झल्काउने…
काठमाडौँ, २१ फागुनः जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान हुँदैछ । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुनेछ । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभाको यो तेस्रो निर्वाचन हो । यसअघि २०७४ र २०७९ सालमा निर्वाचन भएको थियो । आज ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’ (प्रत्यक्ष)तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हुनेछ । प्रत्यक्षतर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन् । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी…
झापा । मेचीनगर नगरपालिका–१५ टुक्रे बाँधस्थित मेची नदीबाट करिब १५० मिटर पूर्व चिया बगान क्षेत्रमा टहरा बनाई बस्दै आएका एकल वृद्ध पुरुषको उद्धार गरिएको छ। आज दिउँसो १२:४० बजेको समयमा सानो पराल र प्लास्टिकले बनाइएको टहरामा बसोबास गर्दै आएका करिब ६८ वर्षीय पूर्णबहादुर भट्टराईलाई सशस्त्र प्रहरी बल नेपाल बीओपी ज्यामिरगढीबाट सप्रनानी अमर खड्काको कमाण्डमा खटिएको ७ जनाको टोलीले उद्धार गरेको हो। खुट्टा राम्रोसँग नचल्ने तथा छोरा–छोरी वा अन्य आफन्त कोही नभएको बताउने भट्टराईसँग प्रारम्भिक सोधपुछ गर्दा मानव सेवा आश्रममा बस्न स्वीकृति जनाएपछि उद्धार प्रक्रिया अघि बढाइएको थियो। सशस्त्र प्रहरी टोलीले मेचीनगर नगरपालिका–४ स्थित मानव सेवा आश्रमका जिल्ला संयोजक खगेन्द्र मानव…
झापा । मेचीनगर–३ निवासी बिनोद रिमाल शर्माले आफ्नो ३०औँ जन्मदिनलाई समाजसेवामूलक कार्यमार्फत मनाउँदै प्रेरणादायी उदाहरण प्रस्तुत गरेका छन्। हाल व्यापारिक सिलसिलामा जिल्ला बाहिर रहेका शर्माले सामाजिक सद्भाव, दृढ इच्छाशक्ति र जिम्मेवारीबोधका साथ जन्मदिनलाई औपचारिक उत्सवमा सीमित नराखी मानवीय सेवामा समर्पित गरेका हुन्। उनले “सानो कर्म भए पनि समाजका लागि केही गर्नुपर्छ” भन्ने भावनासहित यस अभियानको सुरुवात गरेका बताए। उनको पहलमा विशाल बास्तोला मार्फत काठमाडौंस्थित मेचीनगरपालिका–१ मा रहेको बाल आश्रम तथा मेचीनगरपालिका–७ स्थित देवाश्री आश्रममा २० हजार रुपैयाँ बराबरको सहयोग प्रदान गरिएको छ। उक्त अवसरमा आश्रममा आश्रित बालबालिका तथा वृद्धहरूलाई भोजन गराइएको, आवश्यक सामग्री वितरण गरिएको तथा केही स्थानमा कुर्सीसमेत प्रदान…
बिर्तामोड, फागुन २ । विदेशी खेलाडी चम्किँदा मछिन्द्र फुटबल क्लबले चारपटकको झापा गोल्डकप विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई ४–० ले पराजित गर्दै फाइनल प्रवेश गरेको छ । मछिन्द्रका स्ट्राइकरसमेत रहेका विदेशी खेलाडी जोनाथन जोरिल्लाको ह्याट्रिक मद्दतमा मछिन्द्र फाइनल प्रवेश गरेको छ । मछिन्द्रले उपाधिका लागि सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । मछिन्द्रले खेलको चौथो मिनेटमै अग्रता लियो । मछिन्द्रका लागि जोनाथन जोरिल्लाले गोल गरे । अयोला हमजातको क्रस पासमा डिबक्समा अनमार्क रहेका जोरिल्लाले वान टचमा गोल गरेका थिए । खेलको २४ औँ मिनेटमा मछिन्द्रले पेनाल्टी पायो । जोरिल्लाको फ्रिकिक प्रहारमा आर्मीका खेलाडीको डिबक्समा ह्यान्डबल भएपछि मछिन्द्रले पेनाल्टी पाएको…
झापा । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको तयारीसँगै झापा क्षेत्र नम्बर–१ फेरि एकपटक राष्ट्रिय राजनीतिको केन्द्रमा आएको छ। १ लाख ३१ हजारभन्दा बढी मतदाता र ४५ वटा मतदान स्थल रहेको यो क्षेत्र भौगोलिक मात्र होइन, आर्थिक र सामरिक दृष्टिले पनि संवेदनशील मानिन्छ। विसं २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा विजयी भएको यस क्षेत्रमा यसपटक कांग्रेसले युवा नेता केशवराज पाण्डे लाई उम्मेदवार बनाएको छ। सीमावर्ती मेची भन्सार, ड्राइपोर्ट, अन्तर्राष्ट्रिय व्यापारको सम्भावना, सुकुम्बासी बस्ती, हात्तीको आक्रमण र नदी कटानजस्ता जटिल समस्याबीच पाण्डे आफूलाई ‘रैथाने उम्मेदवार’का रूपमा प्रस्तुत गरिरहेका छन्। तत्कालीन ज्यामिरगढी गाउँपालिका वडा नम्बर–८ मा जन्मिएका पाण्डेको बाल्यकाल पूर्वी…