Purbi Garjan

झापामा तीन मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, चार घाइते

झापामा तीन मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, चार घाइते

झापामा तीन मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, चार घाइते

झापा । झापाको बुद्धशान्ति गाउँपालिका–३ धाईजनस्थित मेची राजमार्गमा सोमबार साँझ तीन वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। प्रहरीका अनुसार चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको प्र.१-०२-०४१ प ८९८७ नम्बरको मोटरसाइकल, सोही दिशाबाट आउँदै गरेको को ३१ प ९२९० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१-०१-०१२ प ७६३५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा इलाम नगरपालिका–६ बस्ने करिब २५ वर्षीय भुपेन्द्र श्रेष्ठ गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि बिर्तामोडस्थित B&C अस्पताल लगिएकोमा चिकित्सकले साँझ ५:१० बजे मृत घोषणा गरेका हुन्। अन्य घाइतेहरूमा धरान–१५ बस्ने २७ वर्षीय मनीकुमार देवान, इटहरी–५ बस्ने…
Read More

सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुलको ४५औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

काकडभिट्टा — सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुलमा ४५औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा सुरुदेखि नै अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। अतिरिक्त क्रियाकलाप अन्तर्गत ‘रेडियो साथी’का विद्यार्थीहरूले कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रममा डिलिराम भण्डारीले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको उद्देश्य तथा विशेषताबारे सुमित्रा बास्तोलाले प्रकाश पार्नु भएको थियो।   विद्यालय व्यवस्थापन समितिबाट अभिभावकको प्रतिनिधित्व गर्दै काजी पाण्डेले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो। सो अवसरमा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूले नृत्य, गायन लगायत विभिन्न विधामा आफ्ना कला प्रस्तुत गरेका थिए। त्यसैगरी, शैक्षिक तथा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको…
Read More
जलथललाई हराउँदै आदर्श युवा क्लब क्वाटरफाइनलमा

जलथललाई हराउँदै आदर्श युवा क्लब क्वाटरफाइनलमा

झापा । आदर्श युवा क्लब बुधबारे नकलबन्दामा जारी तेस्रो जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार सम्पन्न खेलमा जलथल फुटबल क्लबमाथि १ का विरुद्ध २ गोल गर्दै आदर्श क्वाटरफाइनल प्रवेश गरेको हो । आदर्श युवा क्लब बुधबारेका दिवस बाँस्तोलाले १४ औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । खेलको २२ औँ मिनेटमा बुधाबारेका श्याम मुर्मुले गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको ३२ औँ मिनेटमा जलथलका रोहित न्यौपानेले सान्त्वना गोल गरे पनि टिमको हारलाई टार्न सकेनन् । खेलको म्यान अफ द म्याच आदर्शका श्याम मुर्मु घोषित भए । उनले नगद रु. १ हजार ५ सयसहित ट्रफी…
Read More
शक्ति राईको निर्णायक गोलमा पूर्णिमा क्वाटरफाइनलमा

शक्ति राईको निर्णायक गोलमा पूर्णिमा क्वाटरफाइनलमा

झापा । नकलबन्दामा जारी तेस्रो जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगितामा पूर्णिमा युवा क्लब भद्रपुरले शानदार जित निकाल्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । शनिबार सम्पन्न खेलमा पूर्णिमाले डिएफसी बाहुनडाँगीलाई १–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा ब्रदर्श फुटबल क्लब दमकसँगको भेट पक्का गरेको हो । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेल मैदानमा भएको खेलमा पूर्णिमाका जर्सी नम्बर १९ का शक्ति राईले खेलको सुरुआती चरणमै गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको तेस्रो मिनेटमै उत्कृष्ट प्रहार गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेल अत्यन्त प्रतिस्पर्धात्मक बने पनि दुवै टोलीले थप गोल गर्न सकेनन् । डिएफसी बाहुनडाँगीले केही राम्रा अवसर सिर्जना गरे…
Read More
धुलाबारी फुटबल ट्रेनिङ सेन्टर सेमिफाइनलमा

धुलाबारी फुटबल ट्रेनिङ सेन्टर सेमिफाइनलमा

झापा । नकलबन्दामा जारी तेस्रो नकलबन्दा जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगितामा धुलाबारी फुटबल ट्रेनिङ सेन्टरले उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । शुक्रबार सम्पन्न अत्यन्त प्रतिस्पर्धात्मक खेलमा धुलाबारीले पूर्वेली युवा क्लब बिर्तामोडलाई पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको हो । निर्धारित ७० मिनेटको खेलमा दुवै टोलीले बराबरी खेलेपछि खेलको निर्णय टाईब्रेकरमार्फत गरिएको थियो । दबाबपूर्ण पेनाल्टीमा धुलाबारीका खेलाडीहरू आत्मविश्वासका साथ प्रस्तुत भए । धुलाबारीका लागि अरुण मेचे, सिमन थापा, राजु दर्जी, निरोज अली र सञ्जोक भुजेलले सफल प्रहार गर्दै टोलीलाई जित दिलाए । यता पूर्वेली युवा क्लबका तर्फबाट पवन बास्के, युवेश तामाङ…
Read More
तेस्रो नकलबन्दा जिल्लास्तरीय फुटबल प्रतियोगिता सुरु, आयोजकको विजयी सुरुवात

तेस्रो नकलबन्दा जिल्लास्तरीय फुटबल प्रतियोगिता सुरु, आयोजकको विजयी सुरुवात

झापा । “खेल स्वास्थ्यको आधार, खेलकुद हाम्रो पहिचान” भन्ने मूल नारासहित तेस्रो नकलबन्दा जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ। उद्घाटन खेलमा आयोजक नकलबन्दा स्पोर्टिङ क्लबले मोरङको नेक्ष्ट जेनेरेशन फुटबल क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। आयोजकका तर्फबाट साहिल धिमालले खेलको १५औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। रमेश क्षेत्रीको पासमा आएको बललाई गोलरक्षक सन्दिप लिङ्देनले प्रारम्भिक प्रहार रोक्न सफल भए पनि रिबाउन्डमा साहिलले सहजै गोल गरेका थिए। दोस्रो हाफको २२औँ मिनेट र इन्जुरी समयमा रमेश क्षेत्रीले दुई गोल थप्दै टोलीको जित सुनिश्चित गरे। उत्कृष्ट प्रदर्शन गरेका रमेश क्षेत्री ‘म्यान अफ द म्याच’…
Read More
मेची रंगशालामा सर्वाधिक राशीको चन्द्रगढी महिला गोल्डकप हुँदै

मेची रंगशालामा सर्वाधिक राशीको चन्द्रगढी महिला गोल्डकप हुँदै

झापा । नेपालमै सर्वाधिक पुरस्कार राशिको महिला फुटबल प्रतियोगिता ‘चन्द्रगढी महिला गोल्डकप’ को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। भद्रपुरस्थित मेची रंगशालामा आज आयोजित पत्रकार सम्मेलनमार्फत चन्द्रगढी युवा क्लब ले प्रतियोगिताबारे विस्तृत जानकारी दिएको हो। क्लबका अध्यक्ष रोहित सुब्बा का अनुसार विजेताले महिला फुटबलकै इतिहासमा सर्वाधिक ११ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछन्। प्रतियोगिताको मुख्य प्रायोजक ओम साई पाथिभरा हस्पिटल रहेको छ भने उपविजेताको पुरस्कार रकम सजिलो नेट ले उपलब्ध गराउनेछ। भद्रपुर नगरपालिका र सबै वडा कार्यालयहरूले पनि प्रतियोगितामा सहयोग गरेका छन्। अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट प्रतियोगिता २०८३ वैशाख ५ देखि १४ गतेसम्म सञ्चालन हुनेछ।…
Read More
करोडौंको लगानीमा धुलाबारीमा प्रिमियम जिम ‘The Ironi X Fitness’ सञ्चालनमा

करोडौंको लगानीमा धुलाबारीमा प्रिमियम जिम ‘The Ironi X Fitness’ सञ्चालनमा

धुलाबारी। धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस मेसिनहरूले सुसज्जित ‘The Ironi X Fitness’ आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। युवा उद्यमशीलताको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै ३० वर्षीय फिरदोश अन्सारीले करिब १ करोड ७ लाख रुपैयाँ लगानीमा यो जिम स्थापना गरेका हुन्। उद्घाटन समारोहका प्रमुख अतिथि डा. शरद चन्द्र राईले रिवन काटेर जिमको उद्घाटन गरेका थिए। उनले युवाहरूलाई स्वस्थ जीवनशैलीतर्फ आकर्षित गर्ने यस्ता प्रतिष्ठान आवश्यक रहेको उल्लेख गर्दै अन्सारीले गरेको लगानी प्रशंसनीय रहेको बताए। जिममा एसी, आकर्षक लाइटिङ, अत्याधुनिक फिटनेस मेसिन, कार्डियो जोन, स्ट्रेन्थ ट्रेनिङ सेटअपलगायत सबै आधुनिक सुविधाहरू उपलब्ध छन्। जिमका सञ्चालक अन्सारीका अनुसार फिटनेसमा रुचि बढिरहेका बेला धुलाबारीमा गुणस्तरीय…
Read More
गौरादहमा चट्याङ लागेर आगलागि, दुई लाख पचास हजार बराबरको क्षति

गौरादहमा चट्याङ लागेर आगलागि, दुई लाख पचास हजार बराबरको क्षति

झापा। झापा जिल्ला गौरादह नगरपालिका–६ धोपा टोलमा अविरल वर्षासँगै आएको हावाहुरी र चट्याङका कारण गएराती ठूलो क्षति पुगेको छ। मंगलबार राति २३:३० बजे अजय कुमार झा (५०) को घरस्थित टिन छानो र बाँसले बनाइएको एकतले भान्साघर तथा संगै जोडिएको ग्वालीमा चट्याङ परेपछि आगलागि भएको प्रहरीले जनाएको छ। आगो लाग्दा मानविय क्षति भने नभएको तर भान्साघर र ग्वाली पूर्णरूपमा जलेर नष्ट भएको छ। घरभित्र रहेको ग्यास सिलिन्डर, ८० के.जि. चामल, भाँडावर्तन, विद्युत मिटर, वाईफाई राउटर, फर्निचर, अन्नपात, साथै ग्वालीमा राखिएका ६ वटा बाख्रा (२ माउ, ४ पाठा) समेत जलेर नष्ट भएका छन्। सम्पूर्ण क्षति करिब २ लाख ५० हजार रुपैयाँ बराबरको…
Read More

कांग्रेस सभापतिको राजीनामा अस्वीकृति प्रस्ताव केन्द्रीय समिति बैठकमा पेस हुन्छ – उपसभापति विश्वप्रकाश शर्मा

झापा / ५ चैत । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले भोलि बस्ने केन्द्रीय समिति बैठकमा पार्टी सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुने बताउनु भएको छ । आज बिहान सभापति थापाले राजीनामा दिएको समाचार सार्वजनिक भएसँगै कांग्रेसमा अब के हुन्छ भन्ने अन्योल थपिएको बेला उपसभापति शर्माले राजीनामा अस्वीकृत हुने स्पष्ट संकेत गर्नु भएको हो । उहाँले यतिबेला सभापतिको राजीनामा होइन, प्रधान नैतिक दायित्व स्थिति सम्हाल्ने भएको स्पष्ट पार्नु भएको छ । उपसभापति शर्माले डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष बोकाउनु न्याय संगत नहुने लाक्षणिक तर्क गर्नु भएको छ । शर्माले पार्टीमा असन्तोषको आगो सल्किएको बेला थापा पार्टी…
Read More
ne_NPNepali