झापा । झापाको अर्जुनधारा नगरपालिकामा सामूहिक कुटपिटका कारण एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा अर्जुनधारा–८ स्थित नयाँ खसी बजार जाने बाटोमा प्रकाश गिरीको घरमा डेरा गरी बस्दै आएकी २२ वर्षीया गंगा राई (गरिमा) रहेकी छन्। प्रहरीका अनुसार गंगा राईमाथि गएराति करिब ११ः३० बजे अर्जुनधारा–८ की ३२ वर्षीया सुस्मिता भुसालले अन्य केही महिलालाई साथमा लिएर सामूहिक रुपमा कुटपिट गरेकी थिइन्। उनीहरूलाई शंका लागेको थियो कि सुस्मिताका श्रीमान् रमेश भुसाल गंगा राईको कोठामा गएका थिए। कुटपिटबाट गम्भीर घाइते भएकी गंगालाई सुरुमा शनिश्चरेस्थित शंकर अस्पतालमा उपचारका लागि लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल ल्याइएकी उनलाई चिकित्सकले राति १ः२० बजे…
काठमाडौं। स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी र सर्वसुलभ बनाउँदै सरकार साउन १ गतेदेखि ८ प्रकारका गम्भीर रोगका बिरामीलाई २ लाख रुपैयाँसम्मको उपचार सुविधा प्रदान गर्ने व्यवस्था ल्याएको छ। कडा रोग लागेपछि उपचार खर्चको अभावमा पीडा भोग्दै आएका सर्वसाधारणलाई राहत पुर्याउने उद्देश्यले यो व्यवस्था लागू गरिएको हो। अबदेखि क्यान्सर, मुटु रोग, मृगौला रोग, हेड इन्जुरी (टाउको चोट), स्पाइनल इन्जुरी (मेरुदण्ड चोट), सिकलसेल एनिमिया, पार्किन्सोनिज्म र अल्जाइमरका बिरामीले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत यो सुविधा पाउनेछन्। सरकारले यस निर्णयलाई पूर्व प्रतिबद्धताको निरन्तरता र नागरिकप्रतिको जिम्मेवारीको रूपमा लिएको छ। स्वास्थ्य बीमालाई अझ परिस्कृत र प्रभावकारी बनाउँदै जनसाधारणको पहुँच सुनिश्चित गर्न सरकार निरन्तर प्रयासरत रहेको…
ताप्लेजुङ। सिदिङ्वा गाउँपालिका–३ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक किशोर घाइते भएका छन्। मंगलबार साँझ घरमै बसिरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएका राजकुमार लिम्बूको साब्लाखुस्थित स्थानीय स्वास्थ्यचौकीमा उपचारको क्रममा मृत्यु भएको हो। पारिवारिक स्रोतका अनुसार चट्याङ लागेपछि उनलाई तत्काल उपचारका लागि स्वास्थ्यचौकीमा पुर्याइएको थियो। त्यसैगरी, सिदिङ्वा गाउँपालिका–५ लिम्बूदिनका १७ वर्षीय मिसन लिम्बू पनि चट्याङ लागेर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी विवेक बस्नेतका अनुसार उनको सोही स्वास्थ्यचौकीमा उपचार भइरहेको छ। प्राकृतिक प्रकोपबाट भएको यस घटनाले स्थानीयवासीमा त्रास फैलिएको छ।
पाँचथर। मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ र फिदिम सिमानामा रहेको हेंवा खोलामा निर्माण गरिएको डाइभर्सन बाढीले बगाएपछि पाँचथर–ताप्लेजुङ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। मंगलबार अपराह्नदेखि निरन्तर परेको वर्षाका कारण खोलामा पानीको सतह बढ्दा बाढीले डाइभर्सनमा क्षति पुर्याएको हो। पानीको चापले दुईवटा ह्युम पाइप थिचिएर वरिपरिको ढुंगा र बालुवा बगाउँदा सडक अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार आज बिहानैदेखि डाइभर्सन मर्मतका लागि स्काभेटर प्रयोग गरिएको र खोलाको सतह घट्दै गएकाले केहि घण्टाभित्रै सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। एक सातादेखि खडेरी रहेको फिदिम र आसपासका क्षेत्रमा मंगलबार अपराह्न फालेलुङ र फिदिमको माथिल्लो भेगमा परेको अविरल वर्षाका कारण हेंवा खोलामा…
झापा । मधेस प्रदेशलाई नेपालबाट टुक्र्याउने आपत्तिजनक अभिव्यक्ति दिएका मधेश प्रदेशका जनता समाजवादी पार्टीका प्रदेश अध्यक्ष तथा पूर्व प्रदेशसभा सदस्य अशोक यादवमाथि प्रहरीले दुर्व्यवहार गरेको भन्दै विभिन्न राजनीतिक दलहरूले गम्भीर आपत्ति जनाएका छन्। उनीहरूले उक्त घटनाप्रति गहिरो ध्यानाकर्षण भएको जनाउँदै दोषी प्रहरी अधिकारीलाई कारबाही गर्न माग गरेका छन्। जसपाका जिल्ला अध्यक्ष शम्भु प्रसाद यादव, नेपाल समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष जितेन्द्र कुमार साह, माओवादी केन्द्रका प्रदेश सदस्य शिव पुजन राय, एकीकृत समाजवादीका जिल्ला प्रतिनिधि सजिव यादव, लोकतान्त्रीक समाजवादी पार्टीका जिल्ला सचिव मिथलेश यादव र जनमत पार्टीका क्षेत्रीय अध्यक्ष दिलिप कर्णले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै घटना प्रति आपत्ति जनाएका हुन्। विज्ञप्तिमा…
भद्रपुर। विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टा र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको संयुक्त प्रहरी टोलीले झापाको भद्रपुर नगरपालिका–७ स्थित हुलाकी लोकमार्ग छेउको चिया पसल नजिकबाट दुई जना व्यक्तिलाई लागुऔषधसहित पक्राउ गरेको छ। मंगलवार साँझ करिब ५:२० बजे शंकास्पद अवस्थामा रहेका उनीहरूलाई जाँच गर्न खोज्दा प्रहरीलाइ हातपात गरी फरार हुने प्रयास गरेका कारण प्रहरीद्वारा ६ राउण्ड गोली प्रहार गरी उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीको अनुसार भारतको बिहार राज्य अन्तर्गत किशनगञ्ज जिल्ला निवासी ३५ वर्षका मनिसुर आलमको साथबाट प्लास्टिकसहित १११.५० ग्राम तथा प्लास्टिकबाहेक १०३.७० ग्राम ब्राउन सुगरजस्तो देखिने लागूऔषध बरामद गरिएको छ। त्यस्तै अर्का व्यक्ति झापा जिल्ला कचनकवल…
झापा । अस्ट्रेलियाको डार्विनमा आगामी अगस्टमा हुने ‘टप इन्ड टी–२० सिरिज’ मा सहभागी सबै ११ टोलीको टुंगो लागेको छ। सिरिजको आयोजक उत्तरी क्रिकेट संघ (एनटी) ले सोमवार जारी गरेको विज्ञप्तिमार्फत प्रतियोगितामा सहभागी हुने टोलीहरूको नाम सार्वजनिक गरेको हो। एनटीका अनुसार सिरिजमा सहभागी हुने अन्तर्राष्ट्रिय टोलीहरूमा नेपालको राष्ट्रिय टोली, पाकिस्तान ‘ए’, बंगलादेश ‘ए’, र अमेरिकाको माइनर लिग विजेता सिकागो किंग्सम्यान रहेका छन्। त्यस्तै, अस्ट्रेलियाको बिग ब्यास लिग (BBL) अन्तर्गतका हर्बट हुरिकेन्स, पर्थ स्कोर्चर्स, एडिलेड स्ट्राइकर, मेलबर्न स्टार र मेलबर्न रेनेगेड्स का एकेडेमी टोलीहरू पनि प्रतियोगितामा सहभागी हुने भएका छन्। प्रतियोगितामा दुईवटा स्थानीय टोलीको पनि सहभागिता रहने आयोजकले जनाएको छ। सिरिज सन्…
झापा । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेची भन्सार कार्यालयको परिसरबाट सशस्त्र प्रहरी बल नेपाल र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले एक भारतीय नागरिकलाई प्रतिबन्धित हतियारसहित पक्राउ गरेको छ। आज असार २४ गते बिहान करिब ८:५० बजे भारतको पश्चिम बंगाल राज्य, दार्जिलिङ जिल्लास्थित जलपाईगुड़ी अन्तर्गत भक्तिनगर सेवक रोड, सिलिगुडी निवासी २५ वर्षीय प्रतिक अग्रवाल नामका व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ परेका अग्रवालले WB 74 AJ 0400 नम्बरको होन्डा स्कुटर चलाइरहेका थिए। स्कुटरको डिक्की भित्र लुकाई छिपाई राखिएको अवस्थामा एक थान एयर पेस्तोल फेला परेको थियो। त्यस्तै, उनले बोकेको साइड ब्याग भित्र प्लास्टिकको पोकोमा सो पेस्तोलमा प्रयोग हुने १८ थान…
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–४ स्थित मनकामना टोलमा जंगली हात्तीको आक्रमणबाट एक घरमा क्षति पुगेको छ। शनिबार बिहान ३ बजेतिर सुबर्ण कुमार खड्काको भान्साघरमा एक जंगली हात्ती पसेर भान्साघर भत्काउनुका साथै भित्र रहेका खाद्यान्न र अन्य सर–सामान नष्ट गरेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुमान अनुसार करीब ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ। प्रहरी चौकी बाहुनडाँगीमा बिहान ६:४५ बजे घटना सम्बन्धी सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेर जानकारी लिएको हो। घटनामा मानव वा चौपायामा भने कुनै क्षति नभएको र हात्ती पुनः जंगलतर्फ फर्किएको जनाइएको छ।
भद्रपुर। भद्रपुरबाट उद्धार गरी मानव सेवा आश्रम, मेचीनगर पुर्याइएका एक सडक मानवको मृत्यु भएको छ। आइतबार भद्रपुर–१० मा बेवारिसे अवस्थामा हिँडडुल गरिरहेका करीब ५० वर्षीय भुन्टे कुर्मी (वतन नखुलेका) लाई भद्रपुर नगरपालिकाले उद्धार गरी मेचीनगर–४, बाहुनडाँगीस्थित मानव सेवा आश्रममा पठाएको थियो। उद्धार गरिएको भोलिपल्ट सोमबार दिउँसो ३ बजे आश्रममै सुतेको अवस्थामा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि प्रहरी चौकी बाहुनडाँगी र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट टोली पुगेर कानुनी प्रक्रिया अघि बढाइएको छ। शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल, भद्रपुर पठाइएको छ। प्रारम्भिक जानकारी अनुसार मृतक दुवै मिर्गौला सम्बन्धी रोगबाट पीडित थिए।