झापा, १० असोज । बडादशैं अन्तरगत नवरात्रको पाँचौं दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदैछ। स्कन्दमाता दुर्गाको पाँचौं स्वरूप हुन्। स्कन्दकुमारकी माता भएकीले यिनको नाम स्कन्दमाता रहेको हो। गोरो वर्ण भएकी चार हात भएकी यिनको काखमा ६ मुख भएका स्कन्द (कुमार) रहेका छन्। यिनको यो स्वरूपलाई कल्याणकारी वा मातृरूप मानिन्छ। कमलको आसनमा बसेकी हुनाले स्कन्दमातालाई पद्मासना देवी पनि भनिन्छ। नवरात्रमा प्रत्येक दिन एक– एक देवीको आराधना गर्ने परम्परा छ। घटस्थापना गरिएको स्थान वा विभिन्न शक्तिपीठमा पुगेर श्रद्धालुहरू शक्तिस्वरूपमा भगवतीको आराधना गर्छन्। पुराणहरूमा वर्षमा चार नवरात्र पर्ने उल्लेख छ। तीमध्ये पनि शरद ऋतुमा पर्ने नवरात्रमा शक्तिस्वरूपमा भगवतीको आराधनाको विशेष महत्त्व रहेको बताइएको छ।
झापा, ९ असोज । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो दुई महिनामा अलैँची निर्यात ४३ दशमलव ९० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा रु ८५ करोड ९६ लाख ११ हजार बराबरको अलैँची निर्यात भएको हो । गत दुई महिनाको अवधिमा ५२२ मेट्रिकटन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिनुभयो । आव २०८१–८२ को पहिलो दुई महिनाको अवधिमा रु ५९ करोड ७३ लाख ५२ हजार बराबरको अलैँची निर्यात भएको उहाँले बताउनुभयो । कार्यालयको तथ्याङ्कअनुसार चालु आवको दुई महिनामा चियाको निर्यात ३४ प्रतिशतले घटेको छ । उक्त अवधिमा रु ७५ करोड तीन लाख…
झापा, ९ असोज । आश्विन शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामाकरण भएको बताइन्छ । कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ । श्री दुर्गा सप्तशती (चण्डी) को देवी कवचमा भनिएको छ,“कुत्सितः ऊष्मा कुष्मा–त्रिविधतापयुतः संसारः, स अण्डे मांसपेश्यामुदररुपायां यस्याः…
भद्रपुर, ८ भदौ । चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो दुई महिनामा काँकरभिट्टा नाकाबाट रु दुई अर्ब ८४ करोड ४८ लाख ८४ हजारको पेट्रोलियम पदार्थ आयात भएको छ । नाकाबाट पेट्रोल, डिजेल, एलपिग्यास, एटिएफ, मट्रितेल आयात भएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवम् भन्सार अधिकृत ईश्वरकुमार हुमागाईका अनुसार गत आवको सोही अवधिको तुलनामा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थ रु १० करोड ६१ लाख २८ हजार अर्थात तीन दशमलव ६० प्रतिशतले घटेको छ । यद्यपि पेट्रोलियम पदार्थबाट प्राप्त राजश्व शून्य दशमलव ५० प्रतिशत अर्थात रु ६४ लाख तीन हजारले बढेको उहाँले बताउनुभयो । कार्यालयको तथ्याङ्क अनुसार गत साउन÷भदौ महिनामा…
झापा, ८ असोज । बडा दसैँ एवं नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यस्ती देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालयका धर्मशास्त्र विषयका पूर्वप्राध्यापक तोयराज नेपालले जानकारी दिनुभयो । मार्कण्डेय पुराणमा ‘चन्द्रः घण्टायां यस्याः सा’ अर्थात् चन्द्रमा जसको घण्टामा रहेको छ उहाँको नाम चन्द्रघण्टा हो भनी उल्लेख गरिएको छ ।…
झापा / ७ असोज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बदलिनेले नेतृत्व गर्ने र बदलिन नचाहने बढारिने बताउनु भएको छ । गृहनगर धुलाबारीमा अज आयोजित "जेनजी आन्दोलनमा जीवन गुमाएकप्रति श्रद्धाञ्जली एवम् अबको राजनीति र अबको नेपाल" विषयक अन्तरक्रियामा बोल्दै महामन्त्री शर्माले भन्नुभयो,"अहिलेको माग र जनभावना अनुसार नै कांग्रेसको नेतृत्व बदलिन्छ, त्यसको बाधक बन्ने बढारिन्छन् ।" एउटाले आन्दोलन गर्ने र अर्कोले अवसर लिने कुरा असान्दर्भिक भएको तर्क गर्नु भएको शर्माले सरकारमा जेनजी पुस्ताको प्रतिनिधित्व हुनु पर्नेमा जोड दिनुभयो ।" सरकारमा जेनजी पुस्ताको प्रतिनिधित्व हुनुपर्छ, त्यो अनिवार्य सर्त हो " उहाँले भन्नुभयो," प्रधानमन्त्री सुशीला कार्कीजी जेनजी पुस्तालाई प्रतिनिधित्व गराएर सरकारलाई छिटो पूर्णता…
झापा, ६ असोज । झापाको दमक नगरपालिका–५ स्थित आम्दा रोडको भित्री सडक खण्डमा आज बिहान भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ। आम्दा बाट क्याम्पस मोडतर्फ जाँदै गरेको मे १० प १५७१ नम्बरको मोटरसाइकलले पैदलयात्रा गरिरहेकी ४२ वर्षीया देवी बिकलाई ठक्कर दिँदा गम्भीर चोट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिहान ९:०० बजे दुर्घटना भएपछि उनलाई तत्काल खरखरे आम्दा अस्पतालमा उपचारका लागि लगिएको थियो । उनलाई बिहान १०:१० बजे चिकित्सकले मृत घोषणा गरेका थिए। दुर्घटनामा बिकको टाउको, दुबै हात, खुट्टा तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो। मृतकको शव पोष्टमार्टमका लागि दमक अस्पताल पठाइएको छ।
झापा, ६ असोज । झापा जिल्ला अदालतमा दसैँ बिदामा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गर्न बिहान ११ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म अदालत खुला रहने भएको छ । दशैं अवधिमा घटस्थापना, विजयादशमी, कोजाग्रत पूर्णिमा र शनिबारको दिनबाहेक अन्य दिनहरूमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने अदालत प्रशासनले जनाएको छ । अदालतका सेस्तेदार उपसचिव डिल्लीराम प्रसाइले हस्ताक्षर गरेको अदालतको सूचनामा भनिएको छ, ‘न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने घटस्थापना, विजयादशमी, कोजाग्रत पूर्णिमा र शनिबारको दिनबाहेक अन्य दिनहरूमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म अदालत खुला रहने हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना…
नकलबन्दा । मेचीनगर–५ स्थित नकलबन्दा बचत तथा ऋण सहकारी संस्थाको १८औं माइन्यूट प्रमाणिकरण सभा शुक्रबार नकलबन्दा सामुदायिक सभाहलमा सम्पन्न भएको छ। सहकारीका अध्यक्ष केशर प्रसाद तिम्सिनाको सभापतित्व तथा सहकारीका पूर्व अध्यक्ष एवम् सल्लाकार संयोजक होमराज गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अध्यक्ष तिम्सिनाले प्रतिवेदन प्रस्तुत गर्दै सहकारीलाई आर्थिक समृद्धिको आधार मात्र नभई जीवन परिवर्तन गर्ने भरपर्दो माध्यमको रूपमा अगाडि बढिरहेको बताए। २०६४ सालमा ७९ जना सदस्यको ७९ हजार रुपैयाँ सेयर पुँजीसहित स्थापना भएको सहकारीमा हाल २३३७ सेयर सदस्य पुगेका छन्। सेयर पुँजी १ करोड ९ लाख ५३ हजार ९४० रुपैयाँ र कुल पुँजी १ करोड ५५ लाख ८९ हजार ६२६ रुपैयाँ…
झापा, ३ असोज । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भएको छ । समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नुहुनेछ । अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने स्थगन भएका छन् । नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो सङ्घर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो । मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहेनत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो । विसं २०७२ असोज…