मेचीनगर । पुर्वको पवित्र धार्मिक तथा पर्यटकीय स्थल घैलाडुब्बा शिवालय पातालगंगा मन्दिर परिसरमा राष्ट्रिय युवा संघ मेचीनगर-८ वडा कमिटीले निःशुल्क पानी वितरण गरेको छ । साउनको अन्तिम सोमबार आज मन्दिरमा पुजा आरधाना गर्न आउने भक्तजनहरूलाई सहजताको लागि निःशुल्क पानी वितरण गरिएको हो। साउन महिना भरिको सोमबार भगवान् शिवको पुजा गर्न घैलाडुब्बा शिवालय पातालगंगा मन्दिरमा भक्तजनहरूको बाक्लो उपस्थिति रहने गर्छ । त्यसमा पनि बिशेष गरि अन्तिम सोमबार बढी भिड हुने हुँदा युवा संघले निःशुल्क पानी वितरण गरेको आयोजक कमिटीले जानकारी दिएको छ। युवा संघ मेचीनगर वडा नम्बर -८ कमिटीले आयोजना गरेको उक्त कार्यक्रमको अध्यक्षता ललित थामीले गरेका थिए भने प्रमुख अतिथिका…
दमक। झापाको दमकबाट एउटा पेस्तोल र दुई थान म्यागेजिन सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान दमक नगरपालिका वडा नम्बर ८ का ३६ वर्षीय सञ्जीव गजमेर पक्राउ परेका हुन्। दमक नगरपालिका ५ बानेश्वर हाइटमार्ग जाने भित्री सडक खण्डमा विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमको टोलीले गजमेरलाई पक्राउ गरेको हो। गजमेर काे ३८ प ५६४९ नम्बरको स्कुटरमा सवार थिए। स्कुटरको चाबी लगाउने भागको तल लुकाई राखेको खैरो रङको कभर सहितकाे पेस्तोल फेला परेको हो । झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले गजमेरलाई खानतलासी लिँदा दुई थान म्याग्जिन पनि फेला परेको बताए । गजमेरलाई इलाका प्रहरी कार्यालय दमकको हिरासतमा…
झापा । झापाको अर्जुनधारा नगरपालिकाबाट भरुवा बन्दुक १ थान र चोरीका सामानसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। शुक्रबार राति अन्दाजी १०:१० बजे अर्जुनधारा नगरपालिका वडा नं.०७ मिलडाँडा बस्ने ईन्दिरा अधिकारीले संचालन गरेको किराना पसलमा ताला फुटाई विभिन्न सामानहरुचोरी भएको उजुरी प्रहरी चौकी शनिश्चरेमा परेको थियोे । उजुरी पछि प्रहरी चौकी शनिश्चरेबाट प्रहरी टोली खटि गई चोरी गर्ने व्यक्तिहरुको अनुसन्धान तथा खोजतलास शुरु भएको थियोे । सोही क्रममा हिजो शनिबार २६ गते अन्दाजी १०:३० बजेको समयमा अर्जुनधारा नगरपालिका वडा नं. ०४ देवान चोक स्थित चोरीमा संलग्न युवाहरूलाई शंकाष्पद अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको थियोे । उनिहरु मध्ये वर्ष २२ को…
झापा । नेपाल कमुनिस्ट पार्टी एक नम्बर प्रदेश कमिटिको दोश्रो पूर्ण बैठक मोरङको सलकपुरमा सम्पन्न भएको छ । नेकपा स्थायी समितिको बैठक पछी पछील्लो राजनीतिक परिस्थिती बारे स्प्ट गर्दै नेता कारर्यकर्ता लाइ योजना दिन बसेको बैठकले महत्वपूर्ण निर्णयहरु गरेको छ । पार्टी पोलिटब्युरो सदस्य एवं नेकपा प्रदेश इन्चार्ज दिपेस सीको अधक्ष्यतामा सम्पन्न बैठकले भर्खरै सम्पन्न पार्टिको स्थाई समितीको बैठकले लिएका निर्णयहरु कार्यन्वयन गर्ने योजनाहरु बनाएको छ । राजनैतीक बैचारिक काम, संघर्सको काम, आर्थिक तथा उत्पादनको काम, संगठनात्मक काम बारे महत्वपूर्ण निर्णय लिएको जानकारी प्राप्त भएको छ । पछील्लो अनतरास्ट्रीय ध्रुबिकरण, त्यसको प्रभाव, पुर्व क्षेत्रमा पैदा भएको पहिचानको संघर्स, धार्मिक अतीवादी…
मेचीनगर । झापाको मेचीनगर -१० मा अवस्थित धुलाबारी क्याम्पसकाे अध्यक्षमा भिम खवास पुन: सर्वसम्मत चयन भएका छन् । आज धुलाबारी क्याम्पसकाे बार्षिक साधारण सभाले खवासलाई पुन: अध्यक्षमा चयन गरेकाे हाे । उनी यसअघि पनि अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका थिए । त्यस्तै सभाले समितिकाे उपाध्यक्षमा पुनित बंशल, सदस्यहरूमा वीपी भट्टराई, कृष्ण काैशल, सुष्मा कार्की डाेली, नमिता बुढाथोकी, शुशिला रिजाल र सदस्य सचिवमा क्याम्पस प्रमुख पुष्पराज पौडेल सर्वसम्मत चयन भएका छन्। समितिमा मेचीनगर नगरपालिका प्रमुख वा प्रतिनिधिका एक जना, कार्यक्रम संयाेजक एक जना र पुर्वाञ्चल युनिभर्सिटीका प्रतिनिधि एक जना रहनेछन् । नवनिर्मित कार्यसमितिको कार्यकाल ३ वर्षे रहने निर्वाचन समिति संयाेजक अधिवक्ता…
विनोद सापकोटा झापा। झापाको शिवसताक्षी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत बहादुर राईलाई मन्त्रालय फिर्ता पठाउने कार्यपालिका बोर्डले निर्णय गरेको छ । नगर कार्यपालिकाको कार्यालयमा बिहीबार बसेको कार्यपालिका बैठक ले पटकपटक विवादमा आएका प्रमुख प्रशासकीय अधिकृतलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता पठाउने निर्णय भएको नगरकार्यपालिकाका प्रवक्ता बहादुर आङ्बोले बताए । शिवसताक्षी नगरपालिकामा ‘कन्सल्टेन्सी’ सँगको मिलेमतोमा केही कर्मचारीले सेवाग्राहीलाई घर नक्साको किर्ते प्रमाणपत्र प्रदान गरेका थिए । घर नक्सा किर्ते प्रकरण छानबिनका लागि गठित समितिले गएको बैशाखमा नगर प्रमुखलाई प्रतिवेदन बुझाए पनि प्रमुख प्रशासकीय अधिकृतकै कारण कार्यान्वयनमा आउन सकेको थिएन । प्रमुख प्रसाशकीय अधिकृत राईले घर नक्सा किर्ते प्रकरणमा संलग्न…
झापा । विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) झापाले “संगठन सुदृढ, विस्तार तथा शिक्षालय सुधार” अभियान आज देखि सुरु गरेको छ। संगठनले "आन्तरिक रुपमा संगठनलाई सुदृढ गरौँ , नवउदारवादी शिक्षा नितिको विरुद्धमा संघर्ष गरौँ" भन्ने मुल नाराका साथ अभियानको पहिलो दिन आज झापाको शनिश्चरे स्थित शनिश्चरे बहुमुखी क्याम्पसमा इकाई समिति गठन गरी उद्घाटन गरेको हो । वर्तमान समयमा, विद्यार्थीहरू आफ्नो हक - अधिकारबाट विमुख भएको र नयाँ पुस्तामा निराशा हावी भएको कारण आम विद्यार्थीहरुमा उर्जा भर्दै समाजवादी आन्दोलनमा प्रेरीत गर्न संगठनले ४५ दिने अभियान सुरु गरेको संगठनका केन्द्रीय सचिवालय सदस्य एवम् (झापा -मोरङ - सुनसरी)…
झिलझिले । नेपाली कांग्रेसको भातृ संस्था नेपाल महिला संघको ७७ औँ स्थापना दिवस झापाको शिवसताक्षीमा वृक्षरोपण गरि मनाईएको छ । नेपाल महिला संघ शिवसताक्षी नगर समितिको आयोजनामा धार्मिक तथा पर्यटकिय स्थल सताक्षीधाममा विभिन्न जातका विरुवा रोपेर नेपाल महिला संघका अगुवा महिलाले स्थापना दिवस मनाएका हुन् । चुलोचौकामा सीमित महिलालाई राजनीतिमा स्थापित गर्नका लागि तत्कालिन महिलानेत्री मंगलादेवी सिंहको सक्रियतामा २००४ साउन २४ गते नेपाल महिला संघको स्थापना भएको थियो । सिंहको सक्रियतामा काठमाडौँको भेडासिंस्थित चिनियाँलाल श्रेष्ठको घरमा भूमिगतरूपमा महिला भेला भएर नेपाल महिला संघको नामाकरण संगै संस्था स्थापना गरेका हुन् । सो भेलाले सिंहको अध्यक्षतामा ११ सदस्यीय महिला संघ तदर्थ कार्यसमिति…
नुवाकोट । बुधबार दिउँसो १ बजेर ५४ मिनेटमा काठमाडौंबाट रसुवाको स्याफ्रुबेँसीका लागि उडेको ९एन–एजेडी कलसाइनकाे हेलिकाेप्टर नुवाकोटको शिवपुरी गाउँपालिका- ७ सूर्यचौर (सुइरेचाैर)मा दुर्घटना हुँदा सवार पाँच जनाको मृत्यु भएको छ। दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनास्थलबाट एक महिला र चार पुरुषको शव निकालिएको प्रहरीले जनाएको छ।हेलिकोप्टरमा पाइलट अरुण मल्लसहित चार चिनियाँ सवार थिए। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उडान भरेको तीन मिनेटपछि नै हेलिकोप्टर काठमाडौं टावरसँग सम्बन्धविच्छेद भएको थियो। दुर्घटनाको खबर प्राप्त भएपछि प्राधिकरणले उद्धारका लागि प्रभु एयरको ९एन–एएनएल कल साइनको हेलिकोप्टर पठाएको थियोे ।
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा बसाइँ सरी जानेको भन्दा आउनेको संख्या बढी रहेको छ । नगरपालिकाको तथ्यांक अनुसार पछिल्लो तीन बर्षमा मेचीनगर क्षेत्रबाट अन्यत्र बसाइँ सरेर जानेको भन्दा आउनेको संख्या बढी रहेको हो । मेचीनगरको तथ्यांक अनुसार २०७८ साल साउन १ गतेदेखि २०८१ साल असार मसान्तसम्ममा नगरपालिकाबाट बसाइँ सरी आउनेको संख्या २ हजार २७७ परिवारका ७ हजार ४४९ जना सदस्य रहेका छन् । त्यस्तै सोही अवधिमा नगरबाट अन्यत्र बसाइँ सरी जाने १ हजार १८९ परिवारका ३ हजार ५४९ जना सदस्य रहेका छन् । नगरको सबैभन्दा बढी बसाइँ सरेर आउने वडाको रूपमा ६ नम्बर रहेको छ उक्त वडामा बसाइँ सरी आउनेको…