झापा । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेची भन्सार कार्यालयको परिसरबाट सशस्त्र प्रहरी बल नेपाल र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले एक भारतीय नागरिकलाई प्रतिबन्धित हतियारसहित पक्राउ गरेको छ। आज असार २४ गते बिहान करिब ८:५० बजे भारतको पश्चिम बंगाल राज्य, दार्जिलिङ जिल्लास्थित जलपाईगुड़ी अन्तर्गत भक्तिनगर सेवक रोड, सिलिगुडी निवासी २५ वर्षीय प्रतिक अग्रवाल नामका व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ परेका अग्रवालले WB 74 AJ 0400 नम्बरको होन्डा स्कुटर चलाइरहेका थिए। स्कुटरको डिक्की भित्र लुकाई छिपाई राखिएको अवस्थामा एक थान एयर पेस्तोल फेला परेको थियो। त्यस्तै, उनले बोकेको साइड ब्याग भित्र प्लास्टिकको पोकोमा सो पेस्तोलमा प्रयोग हुने १८ थान…
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–४ स्थित मनकामना टोलमा जंगली हात्तीको आक्रमणबाट एक घरमा क्षति पुगेको छ। शनिबार बिहान ३ बजेतिर सुबर्ण कुमार खड्काको भान्साघरमा एक जंगली हात्ती पसेर भान्साघर भत्काउनुका साथै भित्र रहेका खाद्यान्न र अन्य सर–सामान नष्ट गरेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुमान अनुसार करीब ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ। प्रहरी चौकी बाहुनडाँगीमा बिहान ६:४५ बजे घटना सम्बन्धी सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेर जानकारी लिएको हो। घटनामा मानव वा चौपायामा भने कुनै क्षति नभएको र हात्ती पुनः जंगलतर्फ फर्किएको जनाइएको छ।
भद्रपुर। भद्रपुरबाट उद्धार गरी मानव सेवा आश्रम, मेचीनगर पुर्याइएका एक सडक मानवको मृत्यु भएको छ। आइतबार भद्रपुर–१० मा बेवारिसे अवस्थामा हिँडडुल गरिरहेका करीब ५० वर्षीय भुन्टे कुर्मी (वतन नखुलेका) लाई भद्रपुर नगरपालिकाले उद्धार गरी मेचीनगर–४, बाहुनडाँगीस्थित मानव सेवा आश्रममा पठाएको थियो। उद्धार गरिएको भोलिपल्ट सोमबार दिउँसो ३ बजे आश्रममै सुतेको अवस्थामा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि प्रहरी चौकी बाहुनडाँगी र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट टोली पुगेर कानुनी प्रक्रिया अघि बढाइएको छ। शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल, भद्रपुर पठाइएको छ। प्रारम्भिक जानकारी अनुसार मृतक दुवै मिर्गौला सम्बन्धी रोगबाट पीडित थिए।
रुपन्देही। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मर्चवारी गाउँपालिका–३ का वडाध्यक्ष जनार्दन यादवलाई तीन लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ। आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले वडाध्यक्ष यादवसहित सिद्धार्थनगर नगरपालिका–९ का श्री गणेश ट्रेडिङका सञ्चालक विपिनकुमार पाण्डेयलाई नियन्त्रणमा लिएको हो। आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार वडामा सञ्चालन भइरहेका विभिन्न विकास योजनाको भुक्तानी सिफारिसका लागि वडाध्यक्ष यादवले कमिसन माग्दै आएका थिए। सोही क्रममा पाण्डेयमार्फत तीन लाख रुपैयाँ लिइसकेको अवस्थामा उनीहरूलाई रंगेहात पक्राउ गरिएको हो। दुवैजनालाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।
रसुवा । चीनतर्फबाट आएको भीषण बाढीका कारण रसुवाको सीमा क्षेत्रमा रहेको मितेरी पुल बगाएको छ। बाढीले टिमुरेमा रहेको भन्सार कार्यालय परिसर (यार्ड) मा पार्क गरिएका सवारीसाधनसमेत बगाएको सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले जानकारी दिएका छन्। उनका अनुसार बाढी आएपछि भन्सार क्षेत्रमा रहेका व्यक्तिहरूको उद्धारमा खटिएका ११ जना उद्धारकर्मी नै जोखिममा परेका छन्। उनीहरूको उद्धारका लागि नेपाली सेनालाई हेलिकप्टरमार्फत सहयोग गर्न अनुरोध गरिएको छ। बाढीले भएको क्षतिको विवरण संकलन गर्ने कार्य जारी रहेको अधिकारीले जानकारी दिए।
बिर्तामोड। झापाको बिर्तामोड नगरपालिका–३ स्थित लिङ्कन मन्टेश्वरी स्कुलका बालबालिकाको दाँतको स्वास्थ्य अवस्थाको मूल्याङ्कन गर्न आज निःशुल्क दन्त परीक्षण कार्यक्रम सम्पन्न भएको छ। लोक स्वास्थ्य डेन्टल क्लिनिकको प्राविधिक सहयोगमा आयोजित सो कार्यक्रममा प्ले ग्रुपदेखि युकेजी कक्षासम्मका सबै बालबालिकाको दन्त परीक्षण गरिएको हो। विद्यालयका सञ्चालक सरोज पौडेलका अनुसार, “अधिकांश बालबालिकामा दाँतको समस्या देखिने भएकाले समयमै पहिचान गरी उपचार गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।” दन्त परीक्षण टोलीको नेतृत्व दन्त चिकित्सक डा. आस्मा भट्टराईले गरेकी थिइन्। परीक्षणपछि उनले बालबालिकामा देखिएको प्रमुख समस्या र समाधान उपायबारे अभिभावकहरूलाई जानकारी गराएकी थिइन्। “बाल्यकालमै देखिने दन्त समस्याको समयमा नै उपचार हुन आवश्यक छ,” उनले…
मेचीनगर । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था अब डिजिटल स्मार्ट प्रणालीतर्फ अगाडि बढेको छ। उपभोक्तालाई छिटो, छरितो र सहज सेवा दिन आइतबारदेखि मोबाइल एप, वेबसाइट र जीआईएस (भौगोलिक सूचना प्रणाली) प्रविधि औपचारिक रूपमा सुरु गरिएको हो। कार्यक्रमको उद्घाटन मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले गरे। उनले काँकरभिट्टा खानेपानी प्रणाली अब नमूनाका रूपमा विकसित हुँदै गएकाले डिजिटल प्रविधिको प्रयोग अपरिहार्य भएको बताए। “अब सबैले प्रविधिलाई सदुपयोग गर्नुपर्छ,” उनले भने, “मेचीनगरलाई पनि ९० प्रतिशतसम्म प्रविधिमैत्री बनाउने तयारी गरिएको छ।” संस्थाका अध्यक्ष रोहितकुमार बुढाथोकीले घरघरमा धारा कहाँ छ, कस्तो अवस्थामा छ, पाइप कसरी पुगेको छ, ट्याङ्कीको अवस्था, संस्थाको इतिहास र दस्तावेजजस्ता सम्पूर्ण जानकारी…
झापा, असार २३ – झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था (साकोस) देशभरकै उत्कृष्ट साकोस घोषित भएको छ। साना किसान विकास लघुवित्त वित्तीय संस्था, बबरमहल काठमाडौँले हाम्रो नेपाल साकोसलाई उत्कृष्ट सहकारीका रूपमा घोषणा गर्दै आइतबार प्रशंसापत्र प्रदान गरेको हो। देशभरका करिब १,७०० साझेदार संस्थामध्ये उत्कृष्ट ठहर गर्दै लघुवित्तले २४औँ वार्षिक साधारणसभाको अवसरमा हाम्रो नेपाल साकोसलाई सम्मान गरेको हो। कार्यक्रममा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा, साना किसान विकास लघुवित्तका अध्यक्ष खेमबहादुर पाठक, प्रमुख कार्यकारी अधिकृत शिवरामप्रसाद कोइरालालगायतले साकोसका अध्यक्ष भवानीप्रसाद दङ्गाललाई फूलमाला, अबिर, खदा र प्रशंसापत्र हस्तान्तरण गरेका थिए। विगत १२ वर्षदेखि सञ्चालनमा रहेको हाम्रो नेपाल…
झापा, असार २२ । बुद्धशान्ति गाउँपालिका–१ को सर्जमिन प्रमाणपत्र किर्ते प्रकरणको विषयमा व्यापक विवाद चुलिएको छ। वडाबाट सर्जमिन किर्ते गरी पठाइएको भनी “बुद्धशान्ति साप्ताहिक” नामक फेसबुक पेजमार्फत सार्वजनिक आरोप लगाइएपछि वडा कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै ती दावीहरू “झुटा, कपोलकल्पित, बदनियतपूर्ण र नियोजित” भएको स्पष्ट पारेको छ। वडाध्यक्ष अनिल वाग्ले र वडा सदस्य लक्ष्मी कँडेलमाथि घरमै बसेर किर्ते सर्जमिनमा हस्ताक्षर गरेको आरोप लगाइएको थियो। तर वडा कार्यालयका अनुसार ती कागजातमा कर्मचारीको किर्ते हस्ताक्षर निवेदक आफैंले प्रयोग गरेको पाइएको छ। वडा कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार सर्जमिन निवेदन दिने भोजराज भट्टराई र उनका छोरा उमेश भट्टराई हुन्। उमेश भट्टराई “बुद्धशान्ति साप्ताहिक”…
भोजपुर । भोजपुर नगरपालिका–२ मा एकै परिवारका चार जनाको हत्या भएको छ। स्थानीय रामप्रसाद राई (राजेन्द्र राई)ले आफ्नी सासु, ससुरा, श्रीमती र सालोको धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन्। घटनापछि अभियुक्त राईले आफैं गएराति करिब १:१५ बजे प्रहरी कन्ट्रोल रुममा फोन गरेर जानकारी गराएका थिए। सूचना पाएलगत्तै प्रहरी घटनास्थलमा पुग्दा चारै जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। हत्या हुनेहरूमा ६८ वर्षीय बेलबहादुर गिरी, उनकी ४५ वर्षीया श्रीमती मञ्जु गिरी, छोरी मनिषा गिरी र छोरा सपन गिरी रहेका छन्। प्रहरीका अनुसार अभियुक्त राईलाई नियन्त्रणमा लिइएको छ। उनको पेटमा चोट देखिएको र स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको…