Purbi Garjan

समाचार

पाँचौं मेचीनगर गोल्डकपमा आज मछिन्द्र र एपीएफ भिड्दै

पाँचौं मेचीनगर गोल्डकपमा आज मछिन्द्र र एपीएफ भिड्दै

मेचीनगर। झापाको मेचीनगरमा जारी पाँचौं मेचीनगर गोल्डकप अन्तर्गत आज अन्तिम क्वाटरफाइनल खेल हुँदैछ । काँकरभिट्टा खेल मैदानमा आज ए डिभिजन क्लब मछिन्द्र एफसी काठमाडौं र विभागीय टिम शसस्त्र प्रहरीको एपीएफ एफसी काठमाडौं बिच खेल हुनेछ । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा सञ्चालित मेचीनगर गोल्डकपको पाँचौं संस्करणमा यी दुई टिम बिच रोमाञ्चक भिड्न्त हुने आयोजकले जनाएको छ । आजको खेल जित्दै दुवै टिमले अन्तिम चारमा फाइनल प्रवेशिका लागि चर्च ब्वाइज युनाइटेड संगको भेट पक्का गर्ने दाउमा हुनेछन् । यसअघि सोमबार भएको खेलमा उज्वेकिस्तानको व्ल्याक बुल्स एफसीलाई पराजित गर्दै धरान एफसी सेमिफाइनलमा प्रवेश गरिसकेको छ । धरानले पहिलो सेमिफाइनलमा आयोजकसंग खेल्ने छ…
Read More
मेचीनगर गोल्डकप: पाहुना टोली उज्वेकिस्तान बाहिरियो, धरान सेमिफाइनलमा

मेचीनगर गोल्डकप: पाहुना टोली उज्वेकिस्तान बाहिरियो, धरान सेमिफाइनलमा

मेचीनगर । अन्तिम पाँच मिनेट सम्हालिन नसक्दा पाहुना टोली उज्वेकिस्तानको व्ल्याक बुल्स एफसी यहाँ आयोजित पाँचौ मेचीनगर गोल्डकपको पहिलो चरणबाटै घर फर्किएको छ । टाइब्रेकरमा धरान फुटबल क्लबसँग ५– ३ को गोल अन्तरले पराजित हुँदै व्ल्याक बुल्स घर फर्किएको हो । टाईब्रेकरमा धरानका कप्तान मिलन राई, सुरज रसाइली, प्रज्वल थापा, अजय विष्ट र सुगम जिसीले गोल गरेका थिए । यसैगरी व्ल्याक बुल्सका खुसन गनुनोभ, अजिजबेक खुसौनोबेभ र कुभनबेकले गोल गरे भने आसिभेकको प्रहार गोलरक्षक बिपुल मगरले बचाए । निर्धारित ९० मिनेटको खेलमा दुबै टिमको १–१ को बराबरीमा सकिएपछि खेललाई सोझै टाइब्रेकरमा धकेलिएको थियो । खेलको ६० औँ मिनेटमा व्ल्याक बुल्सले…
Read More
इण्डो- नेपाल टि-ट्वान्टी क्रिकेट : बुधबारेलाई हराउँदै बाहुनडाँगी सेमिफाइनलमा

इण्डो- नेपाल टि-ट्वान्टी क्रिकेट : बुधबारेलाई हराउँदै बाहुनडाँगी सेमिफाइनलमा

मेचीनगर । झापाको मेचीनगर -४ बाहुनडाँगी स्थित सरस्वती माविको खेल मैदानमा जारी इण्डो-नेपाल  टि-ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको  खेलमा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ। टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३   ओभरमा सबै विकेट गुमाउँदै मात्रै ७२ रन बनाएको थियोे । बुधबारेका लागि  रिजन लिम्बू र अर्पन कार्कीले सर्वाधिक समान २१ /२१ रन बनाएका थिए।  लिम्बू र कार्कीले समान २० बल खेल्दै २१ रन बनाएका थिए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन नसक्दा बुधबारे ७२ रनमै अलआउट भएको थियोे । बलिङतर्फ बाहुनडाँगीका लागि सन्तोष प्रधान र…
Read More
नगर पार्टी सशक्त बनाउँदै मेचीनगरमा माओवादी

नगर पार्टी सशक्त बनाउँदै मेचीनगरमा माओवादी

मेचीनगर । नेकपा माओवादी केन्द्र मेचीनगरले पार्टी रुपान्तरण अभियानलाई तिव्र पारेको छ । पार्टीले नगरमा प्रभाव पार्ने गरी अभियानलाई तिव्र बनाएको हो । गत पुष महिनादेखि मेचीनगर-६ बाट सुरु गरेको अभियानले नगरभित्र १५ वटै वडामा अधिवेशन-सम्मेलनबाट पार्टी सदस्यलाई जागरुक बनाउने गरी लागिपरेको छ । पार्टीले पुराना सदस्यलाई उनीहरुको कार्यशैली, प्रभाव र इमान्दारिताका आधारमा वडास्तरको पदमा हेरफेर गर्दै नगर पठाउने तथा नयाँ सदस्यलाई स्वागत गर्दै विभिन्न उप-समितिसमेत निर्माण गरेको छ । वडा अधिवेशनपछि पार्टीले वडाभित्र `टोलसेल´ कमिटीसमेत निर्माण गर्ने तयारी गरेको नेकपा माओवादी केन्द्र मेचीनगरका अध्यक्ष राजन चिमोरियाले जानकारी दिए । उनका अनुसार मेचीनगरभित्र १ हजार ९३ जना पार्टी क्रियाशील सदस्य…
Read More
मेचीनगर गोल्डकप: आज धरान एफसी र उज्वेकिस्तान भिड्दै

मेचीनगर गोल्डकप: आज धरान एफसी र उज्वेकिस्तान भिड्दै

मेचीनगर । झापाको मेचीनगरमा जारी पाँचौं मेचीनगर गोल्डकप अन्तर्गत आज तेस्रो क्वाटरफाइनल खेल हुँदैछ । धरान एफसी सुनसरीले विदेशी टिम उज्वेकिस्तानको व्ल्याक बुल्स एफसीको सामना गर्दैछ । व्ल्याक बुल्स एफसी यसअघि आहा रारा पोखरा गोल्डकप खेल्न नेपाल आएको थियो । नेपालमा खेलेको पहिलो पटक नै उसले विभागीय टिम नेपाल पुलिस क्लबलाई पराजित गर्दै आहारारा गोल्डकपको उपाधि समेत जित्न सफल भएको थियो । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा सञ्चालित मेचीनगर गोल्डकपको पाँचौं संस्करण काँकरभिट्टा खेलमैदानमा दिउँसो २:३० बजेबाट सेमिफाइनल प्रवेशका लागि हुने खेलमा बहुप्रतिक्षित उज्वेकिस्तानको व्ल्याक बुल्स एफसी र धरान एफसी बिच रोमाञ्चक भिड्न्त हुने छ । आजको खेल जित्दै दुवै…
Read More
इण्डो- नेपाल टि-ट्वान्टी क्रिकेट : बौद्धमोडद्वारा ताराबारी ७ विकेटले पराजित

इण्डो- नेपाल टि-ट्वान्टी क्रिकेट : बौद्धमोडद्वारा ताराबारी ७ विकेटले पराजित

मेचीनगर । झापाको मेचीनगर -४ बाहुणडाँगी स्थित सरस्वती माविको खेल मैदानमा जारी इण्डो-नेपाल  टि-ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको  खेलमा ताराबारी बोर्डर क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै बौद्धमोड क्रिकेट क्लब अघिल्लो चरण प्रवेश गरेको छ। टस हारेर पहिलो ब्याटिङ गरेको ताराबारीले १५.४ ओभरमा सबै विकेट गुमाउँदै मात्रै १०१ रन बनाएको थियोे । ताराबारीका लागि मासुम एमडिले सर्वाधिक २४ रन बनाए। उनले १२ बल खेल्दै २४ रन बनाएका हुन्। त्यस्तै रुपम एमडिले ११ बलमा १९ रन तथा सेहिल एमडिले १४ बलमा १८ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन नसक्दा ताराबारी १०१ रनमै अलआउट भएको थियोे । बलिङतर्फ…
Read More
मेचीनगर गोल्डकप : झापालाई हराउँदै चर्च ब्वाइज सेमिफाइनल प्रवेश

मेचीनगर गोल्डकप : झापालाई हराउँदै चर्च ब्वाइज सेमिफाइनल प्रवेश

काँकरभिट्टा । नेपाल सुपर लिग (एनएसल) को तयारीमा रहेको झापा एफसी लिगलिडर चर्च व्वाइज युनाइटेडसँग पराजित भएको छ । काँकरभिट्टामा जारी पाँचौ मेचीनगर गोल्डकपको आइतबार सम्पन्न खेलमा चर्च व्वाइज विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित ९० मिनेटको खेलमा १–१ को बराबरीमा सकिएपछि निर्णायकका लागि खेल सोझै टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा ४–४ को बराबरी गोल भएपछि सडनडेथ मार्फत खेलको निर्णय भएको थियो । सडनडेथमा चर्च व्वाइजका गोलरक्षक टिकेन्द्र थापाले गोल सफल भए भने झापाका धिरज विष्टको प्रहार गोलरक्षक थापाले बचाउ गरेका थिए । यसअघि भएको टाइब्रेकरमा चर्च व्वाइजका राजेश परियार, जय गुरुङ, एकराज बुढाथोकी र रिचार्ड विल्सनले गोल…
Read More
मेचीनगर गोल्डकप : आज चर्च ब्वाइज र झापा एफसी भिड्दै

मेचीनगर गोल्डकप : आज चर्च ब्वाइज र झापा एफसी भिड्दै

झापा । झापाको मेचीनगरमा जारी पाँचौं मेचीनगर गोल्डकप अन्तर्गत आज दोस्रो दिनको खेल सञ्चालन हुँदैछ । आज चर्च ब्वाइज युनाइटेडले झापा एफसीको सामना गर्नेछ । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा सञ्चालित मेचीनगर गोल्डकपको पाँचौं संस्करण काँकरभिट्टा खेलमैदानमा दिउँसो २:३० बजेबाट सेमिफाइनल प्रवेशका लागि ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र एनएसएल टिम झापा एफसीको रोमाञ्चक भिडन्त हुने छ । आयोजकले प्रतियोगितामा दुवै टिम सशक्त रहेका कारण आजको खेल अत्यन्तै प्रतिष्पर्धात्मक रहने विश्वास लिइएको जनाएको छ । यश अघि उद्घाटन खेलमा शनिबार आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले पाहुना टोली भारतको जर्जियन एफसीलाई ४-२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरिसकेको…
Read More
मेचीनगर गोल्डकप : आयोजक काकडभिट्टा सेमिफाइनल प्रवेश

मेचीनगर गोल्डकप : आयोजक काकडभिट्टा सेमिफाइनल प्रवेश

मेचीनगर। काँकरभिट्टामा शनिवारबाट सुरु भएको पाँचौ मेचीनगर गोल्डकपमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले विजयी सुरुवात गरेको छ । शनिवारबाट काँकभिट्टा खेलमैदानमा सुरु भएको प्रतियोगितामा पाहुना टोली जर्जियन फुटबल क्लब भारतलाई ४– २ गोल अन्तरले पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरेको हो । खेलको २८ औँ मिनेटमा जर्जियन खेलाडी टिमका लागि पहिलो गोल गरे । जर्जियनका खेलाडी कुञ्जमान थापालाई काँकरभिट्टाका सञ्जय लिम्बुले फाउल गरेपछि पाएको फ्रिकिकलाई सत्यम शर्माले सानदार गोलमा परिणत गरेका थिए । पहिलो हाफको अतिरिक्त समयमा काँकरभिट्टाले गोल गर्दै खेललाई बराबरीको अवस्थामा ल्याएको थियो । जर्जियनको डि-एरियामा काँकरभिट्टाका खेलाडीलाई फाउल गरेपछि पाएको पेनाल्टीलाई काँकरभिट्टाका निशान लिम्बूले गोल गर्दै खेललाई…
Read More
इण्डो- नेपाल टि-ट्वान्टी क्रिकेट : सरस्वतीलाई  ६ विकेटले हराउँदै थण्डर सेमिफाइनलमा

इण्डो- नेपाल टि-ट्वान्टी क्रिकेट : सरस्वतीलाई  ६ विकेटले हराउँदै थण्डर सेमिफाइनलमा

मेचीनगर । झापाको मेचीनगर -४ बाहुणडाँगी स्थित सरस्वती माविको खेल मैदानमा जारी इण्डो-नेपाल  टि-ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको  खेलमा सरस्वती क्रिकेट एकेडेमीलाई ६ विकेटले हराउँदै थण्डर -११ सेमिफाइनल प्रवेश गरेको छ। टस जितेर पहिलो ब्याटिङ गरेको सरस्वतीले १७.४ ओभरमा सबै विकेट गुमाउँदै मात्रै ७९ रन बनाएको थियोे । सरस्वतीका लागि सौरभ ढकालले सर्वाधिक १८ रन बनाए। उनले २० बल खेल्दै १८ रन बनाएका हुन्। त्यस्तै समीर महराले १४ बलमा १७ तथा सुनिल मिश्र र प्रेम सिंहले समान १२ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन नसक्दा सरस्वती ७९ रनमै अलआउट भएको थियोे । बलिङतर्फ थण्डरका लागि रोहित राजवंशीले…
Read More
ne_NPNepali