Skip to main content

Purbi Garjan

समाचार

राम अधिकारीको कविता संग्रह “सपना र छायाँहरु” प्रकाशन हुँदै

राम अधिकारीको कविता संग्रह “सपना र छायाँहरु” प्रकाशन हुँदै

झापा । लामो समयदेखि भर्जिनियामा बसोबास गर्दै आएका राम अधिकारीको कविता संग्रह " सपना र छायाँहरु" प्रकाशन हुन लागेको छ। शब्द मिडिया लिमिटेडले प्रकाशन गर्न लागेको उक्त संग्रह यही दशैं/तिहारको समय पारेर प्रकाशन गर्न लागिएको हो । तीस वटा कविताहरु समाबेस उक्त संग्रहमा देशप्रेम, डायस्पोरा, मानवीय सम्बेदना र प्रेमका कविताहरु समेटिएका छन् । प्रकाशन हुने कविता संग्रहको लोकार्पणको जानकारी पछि उपलब्ध गराईने भएको छ। उक्त कविता संग्रह अनलाइन प्लाटफर्म बाट पनि उपलब्ध गराईने भएको छ। यसको बिस्तृत जानकारी पनि प्रकाशन पछि उपलब्ध गराईने भएको छ । अधिकारीले कविता, कथाका साथै समालोचनाका क्षेत्रमा कलम चलाउँछन। कपिलवस्तुमा जन्मिएर भर्जिनियामा बस्दै आएका अधिकारीको…
Read More
आजदेखि दसैँ सुरु, घरघरमा जमरा राखिँदै

आजदेखि दसैँ सुरु, घरघरमा जमरा राखिँदै

झापा । हिन्दु धर्मवालम्बिहरुको महान पर्व दसैं आजबाट शुरु भएको छ। आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ । दसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । आजबाट विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठामा विधिपूर्वक राखेर त्यसमाथि जौँ, मकै धान तिल आदि रोप्ने गरिन्छ । यव अङ्कुर दुर्गादेवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै…
Read More
वन स्तरीय फुटबल : मागुरमाडी र पाँचपोखरी विजयी

वन स्तरीय फुटबल : मागुरमाडी र पाँचपोखरी विजयी

बाहुण्डाँगी । मेचीनगर - ३ मा जारी प्रथम बहुवन तथा पाँचपोखरी सामुदायिक वन स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिता अन्तरगत मंगलवार दुई खेल सम्पन्न भएका छन् । प्रतियोगितामा मागुरमाडी सामुदायिक वन र पाँचपोखरी सामुदायिक वन विजयी भएका छन् । पहिलो खेलमा मागुरमाडीले प्रगती सामुदायिक वनलाई २–१ को गोल अन्तरले हराउँदै क्वाटरफाइनलको यात्रा तय गरेको हो । जितका लागि गुन्जन चापागाई र एसन लिम्बूले एक एक गोल गरेका थिए । प्रतियोगिताको म्यान अफ द म्याच बासु तिम्सिना भए । उनलाई चन्द्र दासले प्रदान गर्नु भएको नगद १ हजार र ट्रफी प्रदान गरिएको थियो । यसैगरी दोस्रो खेलमा पाँचपोखरीले हातेमालो सामुदायिक वनलाई २–०…
Read More
सामुदायिक वन फुटबल : बहुवन र कालिकाको विजयी सुरुवात

सामुदायिक वन फुटबल : बहुवन र कालिकाको विजयी सुरुवात

मेचीनगर । प्रथम बहुवन तथा पाँचपोखरी सामुदायिक वन स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिता सोमवारबाट सुरु भएको छ । बहुवन सामुदायिक र पाँचपोखरी सामुदायिक वनको प्रायोजनमा भएको प्रतियोगिताको आयोजक जागृती युवा क्लब रहेको छ । बलभद्र आधारभूत विद्यालयको प्राङ्गणमा सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा बहुवन सामुदायिक वन र कालिका सामुदायिक वनले विजयी सुरुवात गरेको छ । पहिलो खेलमा बहुवनले शान्ति सामुदायिक वनलाई ३ – ० ले पछि पार्दै जित निकाल्न सफल भएको हो । खेलमा पुजन राईले २ र रुजन न्यौपानेले १ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच बहुवनका पुजन राई भए । म्यान अफ म्याच हुने खेलाडीलाई जनही…
Read More
दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छाड्न अदालतको आदेश

दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छाड्न अदालतको आदेश

झापा । साइबर अपराध सम्बन्धि मुद्दामा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले साइबर अपराधसम्बन्धी दुईवटा कसुरमा ५०/५० हजार रूपैयाँ धरौटी मागेको हो । प्रसाईँले एक लाख रूपैयाँ धरौटी बुझाउनुपर्ने अदालतले जनाएको छ। साइबर सम्बन्धी दुईवटा कसुरमा एकसाथ थुनछेक भएको हो । प्रसाईँले विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार कसुर गरेको अभियोगमा ५ वर्षसम्म कैद सजाय मागदाबीसहित मुद्दा दायर गरिएको थियो।
Read More
पुर्वी नाकामा आजबाट यात्रु सहायता कक्ष सञ्चालनमा

पुर्वी नाकामा आजबाट यात्रु सहायता कक्ष सञ्चालनमा

मेचीनगर । नेपालीहरुको महान चाड बडादशैँ , शुभ दिपावली एवम् छठ पर्वलाई लक्षित गरेर आजबाट झापाको पुर्वी नाका काकडभिट्टा सहित विभिन्न स्थानमा यात्रु सहायता कक्ष (हेल्प डेस्क ) सञ्चालनमा आएको छ। यात्रुहरुलाई सहज र सुरक्षित यात्राका लागि झापाको पूर्वी सिमावर्ती सहर काँकरभिट्टाको बसपार्कमा यात्रु सहायता कक्ष (हेल्प डेक्स) स्थापना गरिएको छ भने बुधबारे , विर्तामोड र दमकमा समेत नागरिक सहायता कक्ष राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिए।  आज मंगलबार एक औपचारिक कार्यक्रमका बीच झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले यात्रु सहायता कक्षको उद्घाटन गरेका हुन्। चाडपर्वको समयमा टाढा टाढाबाट आएर समस्यामा परेका यात्रु,…
Read More
जेसिज क्षेत्र “क” को उत्कृष्ट शाखा र अध्यक्षको अवार्ड बाहुणडाँगी जेसिजलाई

जेसिज क्षेत्र “क” को उत्कृष्ट शाखा र अध्यक्षको अवार्ड बाहुणडाँगी जेसिजलाई

धुलाबारी । झापाको धुलाबारीमा हिजो शुक्रबारदेखि जारी नेपाल जेसिज क्षेत्र "क" को सम्मेलनबाट  बाहुण्डाँगी जेसीजले शाखा र अध्यक्ष दुबै क्षेत्रमा उत्कृष्ट अवार्ड प्राप्त गरेको छ । धुलाबारीमा आयोजित २ दिने क्षेत्र "क" सम्मेलनको समापन समारोहको अवसरमा बाहुणडाँगी जेसीजका अध्यक्ष देवु बानियाँलाई अवार्ड सहित सम्मान गरिएको हो । समापन समारोहका सभापति नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष भिम कुँवरले उत्कृष्टताको अवार्ड प्रदान गरे । बाहुण्डाँगी जेसीजले यो वर्ष हालसम्म ५० बढी कार्यक्रम सम्पन्न गरिसकेको छ  । बाहुण्डाँगीले नेपाल जेसीजबाट हरेक महिना प्राप्त गर्ने इफिसियन्सी अवार्डसमेत आठौं महिनासम्म निरन्तर पाइरहेको छ । क्षेत्र भरका ४३ शाखा सम्मिलित सम्मेलनलाई धुलाबारी जेसीजले आयोजना गरेको थियो ।
Read More
नेपाल जेसीज क्षेत्र “क” को सम्मेलन भोलिदेखि धुलाबारीमा, सम्पुर्ण तयारी पुरा

नेपाल जेसीज क्षेत्र “क” को सम्मेलन भोलिदेखि धुलाबारीमा, सम्पुर्ण तयारी पुरा

मेचीनगर । नेपाल जेसीज क्षेत्र "क" को सम्मेलन भोलिदेखि झापाको मेचीनगर स्थित धुलाबारीमा हुने भएको छ। भोलीदेखि हुने सम्मेलनको सम्पुर्ण तयारी पूरा भएको र भव्य उद्घाटनको तयारी रहेको आयोजकले जनाएको छ। झापाको बाहुण्डाँगीदेखि सर्लाहीको मलंगवासम्मका ४६ वटा शाखाका प्रतिनिधिहरु सहभागी हुने वृहत् सम्मेलनलाई जेसीजकर्मीहरुले विशेष उत्सवको रुपमा लिएका छन् । धुलाबारी स्थित पासाङ ल्हामू स्मृति प्रतिष्ठान टाउन हल धुलाबारीमा हुने समारोहमा कोशी प्रदेशका माननीय खानेपानी, सिँचाई तथा उर्जा मन्त्री एकराज कार्कीको प्रमुख आतिथ्यता एवम्  प्रदेश सांसद तथा मेचीनगर नगरपालिकाको तर्फबाट विशेष आतिथ्यता रहने 'क्षेत्र क सम्मेलन-२०२४' निर्देशक जेसीआई सिनेटर अनन्तप्रकाश वस्तिले बताए । समारोहमा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष रबिन पोख्रेलसहित…
Read More
बिर्तामोड चिल्ड्रेन हस्पिटल तेस्रो वर्षमा प्रवेश , छिट्टै विस्तारको तयारीमा

बिर्तामोड चिल्ड्रेन हस्पिटल तेस्रो वर्षमा प्रवेश , छिट्टै विस्तारको तयारीमा

बिर्तामोड । बिर्तामोड-१ स्थित झापाको पहिलो बाल अस्पताल ‘बिर्तामोड चिल्ड्रेन हस्पिटल’ दोस्रो वर्ष पार गर्दै तेस्रो वर्षमा प्रवेश गरेको छ। आज झापाली पत्रकारहरुबीच हस्पिटल परिवारले आफ्नो तेस्रो स्थापना दिवस मनाएको छ । आफूहरुले दिँदै आएको सेवा सुविधाबारे जानकारी गराउँदै हस्पिटल परिवारले स्थापनाको तेस्रो वर्ष मनाएको हो । बालबालिकाको मात्रै उपचार गर्ने छुट्टै अस्पतालको रुपमा स्थापित हस्पिटल २०७९ असोज १० गतेबाट सुरु भएको थियो । १ भेन्टिलेटर, ४ एनआईसीयू, ५ पीआईसीयू र ५ नर्मल बेडसहित १५ वटा शैयासहित हस्पिटल सुरु भएको अस्पतालका प्रबन्ध निर्देशक तथा बाल रोग विशेष डा. रुपक आचार्यले बताए । उनले छिट्टै नै अस्पताल सेवा विस्तार गर्ने तयारीमा…
Read More
घुससहित पक्राउ परेका बुद्धशान्ति -२ का अध्यक्ष ओली निलम्बित

घुससहित पक्राउ परेका बुद्धशान्ति -२ का अध्यक्ष ओली निलम्बित

झापा । घुससहित दुई दिनअघि झापाको विर्तामोडबाट रङ्गेहात पक्राउ परेका झापाको बुद्धशान्ति -२ का वडाध्यक्ष डिल्ली प्रसाद ओली निलम्बित भएका छन्। बुद्धशान्ति गाउँपालिका अन्तर्गत जग्गा सम्बन्धी विवाद सल्टाइदिने नाममा वडाध्यक्ष ओलीले सेवाग्राही अमरनाथ चौहानसँग घुस/रिसवत लिएको कसुरमा मंगलबार विर्तामोडबाट रङ्गेहात पक्राउ परेका थिए । पक्राउ परेका डिल्ली प्रसाद ओलीलाई थुनामा राखि अनुसन्धान गर्नको लागि मिति २०८१।०६।०८ गतेबाट नै लागु हुने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १६ को उपदफा ४ बमोजिम विशेष अदालत, काठमाण्डौबाट म्याद थप भई आएको थियोे । यसरी थुनामा रहेका सार्वजनिक पद धारण गरेका राष्ट्रसेवक अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १७…
Read More
ne_NPNepali