झापा । शिवसताक्षीमा २१ औं राष्ट्रिय धान दिवस मनाइएको छ । नेपाली कांग्रेस शिवसताक्षीको संयोजन र नेपाल किसान महासंघ शिवसताक्षीको आयोजनामा ‘बेठी’ सहितको बृहत् धान रोपाइँ शनिवार सम्पन्न भएको हो । नेपाल किसान महासंघ नेपाली कांग्रेसको वर्गीय संगठन हो ।‘बेठी’ मा पार्टीका टोल अध्यक्षदेखि लिएर प्रदेश समिति सदस्य समेतले नौमती बाजाको तालमा नाचगान गर्दै सामूहिक रूपमा धान रोपे । उनीहरूले दही चिउरा खाएर असार १५ अर्थात् राष्ट्रिय धान दिवस मनाए । नेपाली कांग्रेस शिवसताक्षीका सभापति अशोक बस्नेतका अनुसार नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवे, कोशी प्रदेश समितिका सदस्य उत्तमबहादुर चौलागाईं, महासमिति सदस्य मचिन्द्र शर्मा, भक्ति सिटौला, खड्गबहादुर कार्की, नेपाली कांग्रेसका…
काठमाडौ । जनपत्रकार संगठन नेपालले नेपाल पत्रकार महासंघको निर्वाचनलाई कसैको जीतहारको रुपमा नलिई सबैको अपनत्व कायम हुने गरी निर्वाचन सुनिश्चित गर्न माग गरेको छ । संगठनले शनिवार एक प्रेश विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासंघ सबैको साझा अगुवा संस्था भएकोले निर्वाचनलाई जीतहारको रुपमा नलिई सबैको अपनत्व कायम हुने गरी निर्वाचन गर्न माग गरेका छ । जनपत्रकार संगठन नेपालले बैधानिक व्यवस्था बमोजिम हुनुपर्ने निर्वाचन पटक –पटक तोकिने तर विभिन्न बहानामा स्थगित हुने गरेको भन्दै अझै निर्वाचनलाई अनिश्चित दिशामा धकेल्ने गरिएको गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संगठनले जारी गरेको विज्ञप्ति मार्फत समग्र पत्रकारिता आन्दोलन,मर्यादित पत्रकारिता र पेसागत अधिकारको संघर्षलाई समेत…
मेचीनगर । झापाको मेचीनगर नगरपालिका स्थित सिताराम सामुदायिक अंग्रेजी विद्यालय धाईजनका विराज प्रसाईं र इस्ट होराइजन अङ्ग्रेजी मावि धुलाबारीकी साक्षी ओझा एसईई २०८० मा मेचीनगरबाट उत्कृष्टको सूचीमा परेका छन् । प्रसाईंले ३.९ जिपीए प्राप्त गरेको विद्यालयका प्रिन्सिपल राजेश निरौलाले बताए । प्रिन्सिपल निरौलाका अनुसार प्रसाईंले ५ वटा विषयमा ४ जिपीए प्राप्त गरेका छन् । भाषा विषय अंग्रेजी र नेपालीमा मात्र ३.६ जिपीए ल्याएका कारण उनले ४ जिपीए ल्याउनबाट वञ्चित हुनु परेको निरौलाले बताए । त्यस्तै छात्रातर्फ इष्ट होराइजन अंग्रेजी मावि धुलाबारीकी साक्षी ओझा उत्कृष्ट बनेकी छिन् । ३.८६ जिपीएसहित ओझा छात्रातर्फ मेचीनगरकै अधिकतम जिपीए प्राप्त गर्ने विद्यार्थीको सूचीमा परेकी छिन्…
विनोद सापकोटा झिलझिले । झापाको शिवसताक्षी नगरपालिकाको एउटा सामुदायिक विद्यालयको २०८० को एसइइको नतिजा शून्य आएको छ । नतिजाअनुसार चन्द्रडाँगीको शुक्र माविको परीक्षाफल शून्य आएको हो । शिवसताक्षी–७ को सो विद्यालयबाट एसइइमा २० जना परीक्षार्थी सहभागी थिए । त्यस्तै, जनआदर्श मावि, शिवगञ्जबाट एकजना मात्र परीक्षार्थी उत्तीर्ण भएका छन् । ५१ जना सहभागीमध्ये ५० जना अनुत्तीर्ण भएका छन् । जनआदर्श नगरको एक मात्र नमुना विद्यालय हो । लालपानी मावि, लालपानीबाट दुईजना मात्र उत्तीर्ण भएका छन् । सो विद्यालयबाट एसइइमा ३४ जना सहभागीमध्ये ३२ जना उनुत्तीर्ण भए । नगरका एक प्राविधिकसहित १३ वटा माध्यमिक विद्यालयका विद्यार्थीले २०८० को एसइइ दिएका थिए ।…
विनोद सापकोटा झापा । झापामा नेपाली सेनाले विद्यालय स्तरीय राष्ट्रिय सेवा दल (एनसिसी) तालिम सुरु गरेको छ । चारआली स्थित नेपाली सेनाको अरिदमन गणले जिल्लाका सामुदायिक र संस्थागत गरेर ८ वटा विद्यालयमा उक्त तालिम सञ्चालन गरेको हो । बिहीबार एकै दिन विद्यालयहातामा पुगेर ति विद्यालयमा अरिदमन गणका गणपती कर्नेल प्राजु बस्नेतले तालिमको उद्घाटन गर्दै प्रथम प्रवचन गरेका थिए । पहिलो पटक ५० व्याच जुनियर तर्फको एनसीसी तालिम उद्घाटन भएको हो । उद्घाटन भएका विद्यालयमा शुक्रबार अर्थात असार १४ देखी तालिम सुरु हुने नेपाली सेनाको चाराली स्थित अरिदमन गणका सेनानी नरेन्द्र प्रसाद खतिवडाले जानकारी दिए । सिनियर तर्फको तालिम साउन १…
मेचीनगर । मेचीनगर नगरपालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई नगदसहित सम्मान गरेको छ । बुधबार नगर कार्यपालिकाको दोस्रो नगरसभाको पाँचौ अधिवेशनको समापन शत्रको अवसरमा महिला स्वास्थ्य स्वयंसेविका तेजमणी चौधरी मेचेलाई नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उप-प्रमुख मीना पोख्रेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी लगायतले नगद एक लाखसहित सम्मान गरेका हुन् । बिगत लामो समयदेखि आफ्नो उर्भर समय युवा अवस्थादेखि ६० बर्ष पुग्दासम्म निरन्तर महिला स्वयंसेविकाको रूपमा रहेर समुदायस्तरमा स्वास्थ्य सेवा प्रवाह गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरि अहिले अनिवार्य अवकाशप्राप्त मेचीनगर ८ निवासी मेचेलाई नगदसहित खदा ओढाएर सम्मानपत्रले सम्मान गरिएको छ । नगरपालिकाले यसअघि पनि नगरका १२ जना महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मानित…
मेचीनगर । मेचीनगर नगरपालिकाको आगामी नयाँ आर्थिक बर्ष २०८१/८२ को बजेट, नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ । सोमबार नगर कार्यपालिकाको दोस्रो नगरसभाको पाँचौ अधिवेशनको उद्घाटन शत्रमा आर्थिक बर्ष २०८१/८२ को प्रस्तावित बजेट, नीति तथा कार्यक्रम सभा मार्फत प्रस्तुत गरिएको थियो । उक्त बजेट, नीति तथा कार्यक्रम बुधबार मेचीनगरका सर्वसम्मति जनप्रतिनिधिले पारित गरेका छन् । मेयर गोपालचन्द्र बुढाथोकीको सभाध्यक्षमा पहिलो चरणको दोस्रो नगरसभाको पाँचौ अधिवेशनको नीति तथा कार्यक्रमबाट प्रस्तावित बजेट उपमेयर मीना पोखरेल उप्रेतीले प्रस्तुत गरेकी थिइन् । उपमेयर उप्रेतीले दुई अर्ब ५ करोड २९ लाख २ हजार रूपैयाँको प्रस्तावित बजेट प्रस्तुत गरेकी थिइन् । उक्त बजेट, नीति तथा कार्यक्रम…
काठमाडौं। जारी विश्वकप अन्तर्गत भर्खरै सम्पन्न खेलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका फाइनल प्रवेश गरेको छ। अफगानिस्तानले दिएको ५७ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले ८.५ ओभरमा १ विकेट गुमाएर पूरा गर्दै ऐतिहासिक सफलता हात पारेको हो । दक्षिण अफ्रिकाका लागि एडेन मारक्रमले २१ बलमा अविजित २३ रन जोडे भने रिजा हेन्ड्रिक्सले २५ बलमा अविजित २९ रन जोडे। अर्का ओपनर क्विन्टन डेककले ८ बलमा ५ रन जोडेर बोल्ड आउट भएका थिए। दक्षिण अफ्रिका सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलोपटक विश्वकपको फाइनल पुगेको हो। त्यसअघि टस जितेर ब्याटिङ थालेको अफगानिस्तानले ११.५ ओभरमा सबै विकेट गुमाएर ५६रन जोडेकाे थियाे। अफगानिस्तानलाई अलआउट गर्न मार्को…
झापा । झापाको गौरीगञ्ज वडा नं १ स्थित बनियानी खोलाले बगाउँदा १३ वर्षीय बालक बेपता भएका छन् । बेपता हुनेमा वडा नं १ महाभारा बस्ने मेदे बिकका १३ बर्षिय छोरा मिलन बिक रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। हिजो साँझ ६ बजेतिर उनी साथीहरुसँग फुटबल खेली खोलामा पौडी खेल्न गएको र सोही क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ। हाल उनको जनपद प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयको सहयोगमा बालकको खोजी कार्य जारी रहेकोमा हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
विनोद सापकोटा झापा । शिवसताक्षी नगरपालिका वडा नम्बर ६ ठग बस्तीकी रामकुमारी राजबंशीलाई आफ्नै गोठमा बाँधेको गाईको बीमा गरेको थाहा थिएन । वडा अध्यक्ष मनोज खुलाल कार्की लगायतको पशुप्राविधिक र बीमा कम्पनीको प्रतिनिधि उनी घरमा नभएको बेला गत वर्षको असारमा गाईको बीमा गरिदिएका रहेछन् । ‘घरमा आएर घाँस हाल्न जाँदा गाईको कानमा पहेँलो ट्याग लगाईएको रहेछ,’ उनले भनिन्, ‘छिमेकीलाई सोधेँ मेरो गाइको कानमा कसले ‘टप’ लगाईदियो ?, छिमेकीले उनलाई ‘वडा अध्यक्ष लगायतको टोली आएर गाईको बीमा गरिदिनु भयो,’ भने । रामकुमारीलाई बीमा भनेको के हो थाहै थिएन । उनले केही रेकर्डका लागि चिन्ह लगाएर गएको होला भन्ने ठानिन् । गएको…