Skip to main content

Purbi Garjan

शिक्षा

लिङ्कन मन्टेश्वरी स्कुलका बालबालिकाको निःशुल्क दन्त परीक्षण

लिङ्कन मन्टेश्वरी स्कुलका बालबालिकाको निःशुल्क दन्त परीक्षण

बिर्तामोड। झापाको बिर्तामोड नगरपालिका–३ स्थित लिङ्कन मन्टेश्वरी स्कुलका बालबालिकाको दाँतको स्वास्थ्य अवस्थाको मूल्याङ्कन गर्न आज निःशुल्क दन्त परीक्षण कार्यक्रम सम्पन्न भएको छ। लोक स्वास्थ्य डेन्टल क्लिनिकको प्राविधिक सहयोगमा आयोजित सो कार्यक्रममा प्ले ग्रुपदेखि युकेजी कक्षासम्मका सबै बालबालिकाको दन्त परीक्षण गरिएको हो। विद्यालयका सञ्चालक सरोज पौडेलका अनुसार, “अधिकांश बालबालिकामा दाँतको समस्या देखिने भएकाले समयमै पहिचान गरी उपचार गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।” दन्त परीक्षण टोलीको नेतृत्व दन्त चिकित्सक डा. आस्मा भट्टराईले गरेकी थिइन्। परीक्षणपछि उनले बालबालिकामा देखिएको प्रमुख समस्या र समाधान उपायबारे अभिभावकहरूलाई जानकारी गराएकी थिइन्। “बाल्यकालमै देखिने दन्त समस्याको समयमा नै उपचार हुन आवश्यक छ,” उनले…
Read More
विद्या विकास एकेडेमीमा कक्षा ११ सञ्चालन, व्यवस्थापन संकायअन्तर्गत आधुनिक विषयहरू पढाइने

विद्या विकास एकेडेमीमा कक्षा ११ सञ्चालन, व्यवस्थापन संकायअन्तर्गत आधुनिक विषयहरू पढाइने

बाहुनडाँगी। झापाको मेचीनगर–४ मा अवस्थित श्री विद्या विकास एकेडेमीले आगामी शैक्षिक सत्रदेखि कक्षा ११ औपचारिक रूपमा सञ्चालन गर्ने घोषणा गरेको छ। प्रारम्भिक चरणमा व्यवस्थापन संकायअन्तर्गत होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्स विषयमा अध्यापन सुरु गरिने विद्यालयले जानकारी दिएको छ। https://youtu.be/lCi6eaeLiAc एकेडेमीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा विद्यालयका निर्देशक बद्री निरौला, एकेडेमिक निर्देशक प्रोफेसर हेमराज कार्की, मेचीनगर–४ का वडा अध्यक्ष अर्जुनकुमार कार्की, झापा जिल्ला शिक्षक संघका अध्यक्ष तोयानाथ दाहाल, अभिभावक, संघसंस्थाका प्रतिनिधि तथा शिक्षासम्बद्ध व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै निर्देशक बद्री निरौलाले श्री विद्या विकास एकेडेमीले गुणस्तरीय शिक्षा प्रदान गर्दै सक्षम, आत्मविश्वासी र व्यवहारिक सीपयुक्त विद्यार्थी उत्पादन गर्ने लक्ष्य लिएको बताए ।…
Read More
अन्तर्राष्ट्रिय मेडल विजेता विद्यार्थीलाई झापा नेशनल स्कूलद्वारा सम्मान

अन्तर्राष्ट्रिय मेडल विजेता विद्यार्थीलाई झापा नेशनल स्कूलद्वारा सम्मान

झापा। मेचीनगर–७, इटाभट्टास्थित झापा नेशनल स्कूलले भारतमा सम्पन्न युनियन सोतोकान कराते एशोसिएसन (USKAI) अन्तर्राष्ट्रिय कराते प्रतियोगिता–२०२५ मा पदक विजेता विद्यार्थीहरूलाई सोमबार एक विशेष समारोहमार्फत सम्मान गरेको छ। नेपाल, भारत, भुटान र श्रीलंकाका ५०० भन्दा बढी खेलाडी सहभागी उक्त प्रतियोगितामा नेपालबाट सहभागी भई झापा नेशनल स्कूलका पाँच जना छात्रले पदक जित्दै मुलुकको गौरव बढाएका हुन्। विद्यालयका उत्सव भट्टराईले कातामा कास्य र कुमुतेमा स्वर्ण, थोमस लिम्बूले कुमुतेमा स्वर्ण, सम्रित राजवंशीले कुमुतेमा कास्य, प्रवेश थामीले कुमुतेमा रजत तथा करन खनालले कुमुतेमा कास्य पदक जितेका हुन्। उनीहरूलाई वडा नम्बर -७ का वडाध्यक्ष प्रल्हादमणी ओलीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सम्मान गरिएको हो । कार्यक्रममा अभिभावक,…
Read More
अरुणोदय बोर्डिङ स्कुलको २९ औँ वार्षिकोत्सबमा दुईदिने महोत्सव हुने

अरुणोदय बोर्डिङ स्कुलको २९ औँ वार्षिकोत्सबमा दुईदिने महोत्सव हुने

मेचीनगर। झापाको मेचीनगर -६ काँकरभिट्टा स्थित अरुणोदय बोर्डिङ्ग स्कुलले २९औं बार्षिक उत्सब भव्य रुपले मनाउने भएको छ । आइतवार पत्रकार भेटघाट गर्दै विद्यालयका अध्यक्ष भगिरथ राइले वार्षिकोत्सब हुने जानकारी गराएका हुन । काँकरभिट्टामा शिक्षामा नौलो अभ्यास गर्ने तयारी गर्दै पठन संस्कृति र प्लेली बिधिबाट पठनपाठन शुरु गरेको अरुणोदय स्कुलले आगामी मंगलवार र बुधवार २९औँ वार्षिकोत्सबलाई अरुणोदय महोत्सवको रुपमा भव्य रुपमा मनाउने तयारी गरेको छ । उत्सवको पहिलो दिन कक्षा ५ सम्मका विद्यार्थी र दोश्रो दिन कक्षा ५ माथिका विद्यार्थीले प्रतिभा प्रस्तुती गर्ने बताइएको छ । त्यस्तै अभिभावक नृत्य , विद्यार्थी अभिभावक सम्मान, विज्ञान प्रदर्शनी, परम्परागत सामाग्री प्रदर्शनी, पुस्तक तथा खेलकुद…
Read More
मेचीनगर: पुस्तक प्रकाशनमा छैन बजेट, विद्यार्थीको भविष्यमाथि गम्भीर खेलवाड

मेचीनगर: पुस्तक प्रकाशनमा छैन बजेट, विद्यार्थीको भविष्यमाथि गम्भीर खेलवाड

मेचीनगर। मेचीनगर नगरपालिकाले चालु आर्थिक वर्षका लागि ३ करोड ५९ लाख ९८ हजार ५८८ रुपैयाँ शिक्षा क्षेत्रमा बजेट विनियोजन गरेको छ। तर, उक्त बजेटमा नगरस्तरीय पुस्तक "हाम्रो मेचीनगर" प्रकाशनका लागि कुनै शीर्षक नराखिएको पाइएको छ। शिक्षा क्षेत्रमा २३ वटा शिर्षकमा करोडौं बजेट विनियोजन गरेको नगरले आफैंले अनिवार्य गरेको "हाम्रो मेचीनगर" पुस्तक छपाइका लागि भने बजेट विनियोजनमा गम्भीर लापरबाही गरेको पाइएको छ। स्थानीय शैक्षिक संस्थाहरू र पुस्तक प्रकाशनमा संलग्न व्यक्तिहरूले नगरपालिकासँग पटक–पटक अनुरोध र छलफल गरे पनि यो विषय बजेटमा समेटिएको छैन। नगरमा अध्ययनरत विद्यार्थीहरूलाई स्थानीय पाठ्यक्रम, इतिहास, कला, संस्कृति र अनुसन्धानमूलक विषयमा जानकारी दिने उद्देश्यले नगरपालिकाले अनिवार्य गरेको "हाम्रो मेचीनगर"…
Read More
शिक्षा क्षेत्रमा मेचीनगरको लापरबाही, परीक्षा आयो तर विद्यार्थीले पाएनन् पुस्तक

शिक्षा क्षेत्रमा मेचीनगरको लापरबाही, परीक्षा आयो तर विद्यार्थीले पाएनन् पुस्तक

मेचीनगर । वार्षिक परीक्षाको मिति नजिकिए पनि झापाको मेचीनगर नगरपालिकाका विद्यार्थीहरुले भने अझै पुस्तक पाएका छैनन् । शैक्षिक सत्रको अन्तिम परीक्षा यहि चैत ७ गतेदेखि सुरु हुदैँछ । पाठ्यपुस्तक नपाउँदा विद्यार्थी के पढ्ने, कसरी परीक्षा दिने भन्ने अन्यौलमा छन् । शिक्षकले पढाएको कुरालाई मात्र बिद्यालयमा बुझेर उपलब्धी हासिल गर्न नसक्ने विद्यार्थीको गुनासो छ । मेचीनगर नगरपालिकाले पाठ्यपुस्तक बनाएर विद्यालयमा पु¥याउन नसक्दा शिक्षकले पढाएका आधारमा मात्र कसरी परीक्षामा राम्रो अङ्क ल्याउन सकिन्छ भन्ने चिन्तामा बिद्यार्थीहरू रहेका छन् । झापाको मेचीनगर नगरपालिका भित्र अध्ययन गर्ने हजारौं विद्यार्थीहरुको शैक्षिक हकसम्बन्धीको अधिकार माथि सम्बन्धित निकायले नै गम्भीर खेलबाड गरेको छ । स्थानीय सरकार सञ्चालन…
Read More
“थेसिस स्पोर्ट कल्चर कार्निभल” कार्यक्रम: पत्रकार, शिक्षक र विद्यार्थी समेत सम्मानित

“थेसिस स्पोर्ट कल्चर कार्निभल” कार्यक्रम: पत्रकार, शिक्षक र विद्यार्थी समेत सम्मानित

मेचीनगर । झापाको मेचीनगर -३ मा अवस्थित थेसिस अंग्रेजी माध्यमिक विद्यालयले पत्रकार, विद्यार्थी,शिक्षक र अभिभावकलाई समेत सम्मान गर्दै  "थेसिस स्पोर्ट कल्चर कार्निभल" कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न खेलकुद तथा कला प्रस्तुत गर्दै थेसिस स्पोर्ट कल्चर कार्यक्रम सम्पन्न भएको हो । यसअघि फागुन ३ गते अन्तर विद्यालय छात्रा फुटबल च्याम्पियन प्रतियोगिता सम्पन्न गरेको थेसिसले लगत्तै अर्को कार्यक्रम सम्पन्न गरेको हो । स्पोर्ट कल्चर कार्यक्रम अन्तर्गत म्याथ रेस, विज्ञान रिले रेस, ईङलिस पजल रेस र सामाजिक चुनौती रेस सम्पन्न भएको हो । त्यस्तै  खेल क्षेत्र अन्तर्गत छात्रा फुटबल च्याम्पियन, छात्रा भलिबल, जुनियर म्याराथुन, हाईजम्प र लङजम्प आयोजना गरिएको थियो ।  संगीततर्फ…
Read More
झापाको एक विद्यालयका विद्यार्थीहरुमा काम्ने र बर्बराउने समस्या, विद्यालय आकस्मिक बन्द गरियो

झापाको एक विद्यालयका विद्यार्थीहरुमा काम्ने र बर्बराउने समस्या, विद्यालय आकस्मिक बन्द गरियो

कचनकवल । झापाको  कचनकवल गाउँपालिका–५ स्थित जानकी मावि कक्षा ९ मा अध्ययनरत केही विद्यार्थीहरूमा अस्वाभाविक स्वास्थ्य समस्याका लक्षण देखा परेपछि विद्यालय आकस्मिक रुपमा आज विदा दिइएको छ। गाउँपालिकाले समस्या समाधानका लागि पहल थालेको छ। ती विद्यार्थीहरूमा पटक–पटक पातल झस्किने, डर लाग्ने, शरीर काम्ने जस्ता लक्षण देखिएको विद्यालयले जानकारी दिएको छ। गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशी, उपाध्यक्ष नवराज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेल, जनस्वास्थ्य निरीक्षक नवीन मिश्र, शिक्षा शाखा प्रमुख मनिता बराललगायतको टोली विद्यालय र प्रभावित विद्यार्थीहरूको घरदैलोमा पुगेर समस्या समाधानको लागि काम अघि बढाएको छ। टोलीले विद्यार्थीका अभिभावकहरूसँग छलफल गरी समस्या र घटनाको कारणबारे बुझ्न प्रयास गरेको छ।…
Read More
भिम खवासको कथासङ्ग्रह ‘सोनसरी भोकै निदाई’ विमोचन

भिम खवासको कथासङ्ग्रह ‘सोनसरी भोकै निदाई’ विमोचन

धुलाबारी । सामाजिक परिवेशमा आधारित कथासंग्रह 'सोनसरी भोकै निदाई' को विमोचन गरिएको छ । पुर्व प्रधानाध्यापक एवम् लेखक भिम खवासको दोस्रो कृतिका रुपमा प्रकाशित कथासङ्ग्रह " सोनसरी भोकै निदाई" को आज शनिबार एक कार्यक्रमका बिच विमोचन गरिएको हो । पुस्तक विमोचन कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार कृष्ण धरावासीले शनिबार उक्त कृति विमोचन गरेका हुन्।पुस्तकमाथि टिप्पणी गर्दै झापाका अग्रज साहित्यकार एवम् प्राध्यापक चुडामणी वशिष्ठले कथाकारको रुपमा खवासको दर्बिलो उपस्थिति भएको बताउँदै आगामी दिनहरूमा अझै नयाँ कथाहरु सार्वजनिक गर्न जोड दिए। उनले मुलुकप्रतिको चिन्ताको रुपमा पुस्तक प्रकट भएको टिप्पणी गरे । कथामा निर्धन, निरीह, अतिविपन्न पात्रहरुको प्रयोग गर्दै नेपाली समाजको यथार्थ चित्रण…
Read More
सिम्रिक सहकारिद्वारा अरनिको प्राविका विद्यार्थीलाई व्याग वितरण

सिम्रिक सहकारिद्वारा अरनिको प्राविका विद्यार्थीलाई व्याग वितरण

झापा । झापाको कमल गाउँपालिका वडा नं ७ मा रहेको अरनिको प्राथमिक विद्यालयका विपन्न विद्यार्थीहरुलाई स्कूल ब्याग वितरण गरिएको छ । झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आज एक कार्यक्रमकाबिच विद्यालयमा पुगेर स्कूल ब्याग वितरण गरेको हो । आर्थिक अवस्था कमजोर भएका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई सिम्रिक सहकारीले सहयोग गरेको भन्दै कार्यक्रमका प्रमुख अतिथि कमल गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष पृथ्वीपति राईले खुसी ब्यक्त गरे । विद्यार्थीहरूको पठनपाठनलाई थप सहज बनाउन सामाजिक उत्तरदायित्व वहन गर्दै १ सय थान स्कूल ब्याग वितरण गरिएको संस्थाका कार्यकारी प्रमुख कमल बस्नेतले जानकारी दिए । संस्थाको…
Read More
ne_NPNepali