Skip to main content

Purbi Garjan

प्रमुख समाचार

झापा: विप्लवको नाम बेचेर कसले चलाउँदैछ चन्दाको धन्दा ?

झापा: विप्लवको नाम बेचेर कसले चलाउँदैछ चन्दाको धन्दा ?

झापा । झापाका विभिन्न विद्यालय तथा संघसंस्थाहरुमा चन्दा आतंक बढिरहेको र त्यसमा पनि नेत्र विक्रम सी "विप्लव" को नाम जोडिएको पाइएपछि नेकपा झापाले सुक्ष्म अनुसन्धान थालेको छ। केहि दिन अघि पार्टीको समेत नाम जोडिएर समाचार प्रकाशित भएलगत्तै नेकपा र विद्यार्थी संगठन अखिल (समाजवादी ) ले विज्ञप्तिमार्फत त्यसको प्रतिवाद गरेका थिए। पछिल्लो समय वैकल्पिक राजनीतिक शक्तिको रुपमा उदाएको नेपाल कम्युनिस्ट पार्टी चन्दा उठाउन छाडेर श्रम र उत्पादनतर्फ नेताकार्यकर्ता लागि परिरहेका बेला यता चन्दा आतंकमा नाम जोडिएपछी नेकपाले त्यसको अनुसन्धान थालेको नेकपा झापाका इन्चार्ज सुमनसिंह सी ले जानकारी दिएका छन्। यता विप्लवका नेताकार्यकर्ता उत्पादनतर्फ केन्द्रित रहेका बेला झापाका विभित्र संघसंस्थामा फरक/फरक राजनीतिक…
Read More
मानव अधिकार सञ्जालका अध्यक्ष खनाललाई विप्लव नेकपाद्वारा कारबाहीको चेतावनी

मानव अधिकार सञ्जालका अध्यक्ष खनाललाई विप्लव नेकपाद्वारा कारबाहीको चेतावनी

झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विद्यार्थी संगठन अखिल (समाजवादी) झापाले मानव अधिकार सञ्जाल झापाका अध्यक्ष रुपक खनाललाई कारबाहीको चेतावनी दिएको छ। आज 'चन्दा आतंक बिरुद्ध कारवाहिको माग' शिर्षकमा विभित्र सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि उक्त कुराको खण्डन गर्दै गंभिर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीका झापा सचिव सञ्जय सी र विद्यार्थी संगठन का झापा इन्चार्ज विनोद सीले प्रेस वक्तव्य जारी गर्दै मानवअधिकार संजाल झापाका अध्यक्ष डा. रुपक खनालको बिज्ञप्ति र प्रकाशित समाचारको खण्डन गरेका छन्। पार्टी र विद्यार्थी संगठन विरुद्ध भ्रम फैलाउने षड्यन्त्र गर्ने ,युवा विद्यार्थीको अभियान रोक्ने र कारबाहीको माग गर्ने कार्य गरेको भन्दै डाक्टर खनाललाई चेतावनी…
Read More
अमेरिकाले आफ्नो स्वार्थ अनकुल नचले हसिनाको हालत बनाउँछ : विप्लव

अमेरिकाले आफ्नो स्वार्थ अनकुल नचले हसिनाको हालत बनाउँछ : विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका माहासचिव विप्लव सीले बंगलादेशमा शेख हसिना सत्ताच्युत हुनुका पछाडि अमेरिकाको हात रहेको बताएका छन् । मङ्गलबार जनपत्रिका अनलाइनसँग कुरा गर्दै महासचिव विप्लवले हसिनाको सत्ता गुम्नुमा अमेरिकाको मुख्य हात रहेको बताएका हुन् । महासचिव विप्लवले पुँजीवादी मुलुकहरुले विश्वका गरिव तथा अविकसित देशहरुलाई जनताको इच्छा बिपरित चलाउने गरेको बताउँदै बंगलादेशको घटना यसकै निरन्तरता जिकिर गरे । ‘गरिव तथा अविकसित देशहरु पुँजीवादीहरुको हित अनकुलका काम गरेर जनताको इच्छा विपरितका काम गरिरहेका हुनछन् ।’, विप्लवले भने, ‘शेख हसिनाले त्यो गरिनन् । अमेरिकाले सैन्य क्याम्प राख्न गरेको प्रस्ताव अस्वीकार गरेका कारण आफूले देश छाड्न परेको हो । उनी आफैले यो बताएकी…
Read More
बिर्तामोडमा महिलालाई घाइते बनाएर साढे ५ लाख बढीको चोरी

बिर्तामोडमा महिलालाई घाइते बनाएर साढे ५ लाख बढीको चोरी

बिर्तामोड । बिर्तामोडमा चोरको आक्रमणबाट एक महिला घाइते भएकी छिन् । बिर्तामोड नगरपालिका- ६ स्थित सुगम शान्ति टोलकी २० वर्षीया कृतिका अधिकारी घाइते भएकी छिन् । श्रीमान् विष्णुप्रसाद अधिकारी विदेशमा रहेको र गएराति घरको दोस्रो तलाको झ्यालबाट चोर पसेको थाहा पाएपछि उनले प्रतिकार गरेका थिइन् । सोही क्रममा उनको नाकमा सामान्य चोट लागि घाइते भई बेहोस भएकी थिइन् । घरमा एक वर्षीया छोरी नित्यनिसँगै सुतिरहेको अवस्थामा घरमा चोर पसेको उनले थाहा पाइन् । उनी बेहोस भएपछि चोरलेदराज फोडेर अन्दाजी तीन तोला सुन, एक तोला चाँदी, अन्दाजी लत्ताकपडा एक लाख रुपैयाँ बराबरको, झर्के थाल–१० थान, बटुका–५ थान, ओपो कम्पनीको मोबाइल–१ थान…
Read More
दमकबाट पेस्तोल र दुई थान म्यागेजिनसहित गजमेर पक्राउ

दमकबाट पेस्तोल र दुई थान म्यागेजिनसहित गजमेर पक्राउ

दमक। झापाको दमकबाट एउटा पेस्तोल र दुई थान म्यागेजिन सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान दमक नगरपालिका वडा नम्बर ८ का ३६ वर्षीय सञ्जीव गजमेर पक्राउ परेका हुन्। दमक नगरपालिका ५ बानेश्वर हाइटमार्ग जाने भित्री सडक खण्डमा विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमको टोलीले गजमेरलाई पक्राउ गरेको हो। गजमेर काे ३८ प ५६४९ नम्बरको स्कुटरमा सवार थिए। स्कुटरको चाबी लगाउने भागको तल लुकाई राखेको खैरो रङको कभर सहितकाे पेस्तोल फेला परेको हो । झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले गजमेरलाई खानतलासी लिँदा दुई थान म्याग्जिन पनि फेला परेको बताए । गजमेरलाई इलाका प्रहरी कार्यालय दमकको हिरासतमा…
Read More
भरुवा बन्दुक र चोरीका सामान सहित अर्जुनधाराबाट ३ जना पक्राउ

भरुवा बन्दुक र चोरीका सामान सहित अर्जुनधाराबाट ३ जना पक्राउ

झापा । झापाको अर्जुनधारा नगरपालिकाबाट भरुवा बन्दुक १ थान र चोरीका सामानसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। शुक्रबार राति अन्दाजी १०:१० बजे अर्जुनधारा नगरपालिका वडा नं.०७ मिलडाँडा बस्ने ईन्दिरा अधिकारीले संचालन गरेको किराना पसलमा ताला फुटाई विभिन्न सामानहरुचोरी भएको उजुरी प्रहरी चौकी शनिश्चरेमा परेको थियोे । उजुरी पछि प्रहरी चौकी शनिश्चरेबाट प्रहरी टोली खटि गई चोरी गर्ने व्यक्तिहरुको अनुसन्धान तथा खोजतलास शुरु भएको थियोे । सोही क्रममा हिजो शनिबार २६ गते अन्दाजी १०:३० बजेको समयमा अर्जुनधारा नगरपालिका वडा नं. ०४ देवान चोक स्थित चोरीमा संलग्न युवाहरूलाई शंकाष्पद अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको थियोे । उनिहरु मध्ये वर्ष २२ को…
Read More
शिवसताक्षीमा काउसो बन्यो घर नक्सा किर्ते प्रकरण, प्रमुख प्रशासकीय अधिकृत राई फिर्ता

शिवसताक्षीमा काउसो बन्यो घर नक्सा किर्ते प्रकरण, प्रमुख प्रशासकीय अधिकृत राई फिर्ता

विनोद सापकोटा झापा। झापाको शिवसताक्षी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत बहादुर राईलाई मन्त्रालय फिर्ता पठाउने कार्यपालिका बोर्डले निर्णय गरेको छ । नगर कार्यपालिकाको कार्यालयमा बिहीबार बसेको कार्यपालिका बैठक ले पटकपटक विवादमा आएका प्रमुख प्रशासकीय अधिकृतलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता पठाउने निर्णय भएको नगरकार्यपालिकाका प्रवक्ता बहादुर आङ्बोले बताए । शिवसताक्षी नगरपालिकामा ‘कन्सल्टेन्सी’ सँगको मिलेमतोमा केही कर्मचारीले सेवाग्राहीलाई घर नक्साको किर्ते प्रमाणपत्र प्रदान गरेका थिए । घर नक्सा किर्ते प्रकरण छानबिनका लागि गठित समितिले गएको बैशाखमा नगर प्रमुखलाई प्रतिवेदन बुझाए पनि प्रमुख प्रशासकीय अधिकृतकै कारण कार्यान्वयनमा आउन सकेको थिएन । प्रमुख प्रसाशकीय अधिकृत राईले घर नक्सा किर्ते प्रकरणमा संलग्न…
Read More
एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा सवार पाँच जनाको मृत्यु

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा सवार पाँच जनाको मृत्यु

नुवाकोट । बुधबार दिउँसो १ बजेर ५४ मिनेटमा काठमाडौंबाट रसुवाको स्याफ्रुबेँसीका लागि उडेको ९एन–एजेडी कलसाइनकाे हेलिकाेप्टर नुवाकोटको शिवपुरी गाउँपालिका- ७ सूर्यचौर (सुइरेचाैर)मा दुर्घटना हुँदा सवार पाँच जनाको मृत्यु भएको छ। दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनास्थलबाट एक महिला र चार पुरुषको शव निकालिएको प्रहरीले जनाएको छ।हेलिकोप्टरमा पाइलट अरुण मल्लसहित चार चिनियाँ सवार थिए। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उडान भरेको तीन मिनेटपछि नै हेलिकोप्टर काठमाडौं टावरसँग सम्बन्धविच्छेद भएको थियो। दुर्घटनाको खबर प्राप्त भएपछि प्राधिकरणले उद्धारका लागि प्रभु एयरको ९एन–एएनएल कल साइनको हेलिकोप्टर पठाएको थियोे ।
Read More
तेस्रो मुलुकका पर्यटकका लागि पनि खुल्यो पुर्वी नाका काकडभिट्टा

तेस्रो मुलुकका पर्यटकका लागि पनि खुल्यो पुर्वी नाका काकडभिट्टा

मेचीनगर। कोरोना महामारी पश्चात् तेस्रो मुलुकका पर्यटकहरुका लागि बन्द रहेको पुर्वी प्रवेशद्वार खुला भएको छ। अब तेस्रो मुलुकका पर्यटकहरु सहजै काकडभिट्टा हुँदै भारततर्फ प्रस्थान गर्न पाउने भएका छन्। भारतीय अध्यागमन कार्यालयले तेस्रोमुलुकका सम्पूर्ण नागरिकहरुलाई आवतजावतको अनुमति दिएसँगै सिमानाका व्यवसायीहरु खुसी बनेका छन्। । कोरोनाको कारण देखाएर पूर्वीनाका हुँदै पैदलमार्ग भएर नेपाल घुम्न आउने पर्यटकहरुलाई भारततर्फबाट प्रवेशाज्ञ (आगमन अनुमति) नदिँदा त्यसको असर सोझै नेपाली पर्यटन र होटल व्यवसायीहरुलाई परेको थियो । यही १ अगष्ट २०२४ देखि भारतीय पक्षले नाका खुलाएको अध्यागमन कार्यालय काँकरभिट्टाले जनाएको छ । भारतीय अध्यागमन कार्यालयले टेलिफोनमार्फत तेस्रो मुलुकका पर्यटकहरुका लागि पनि नाका खुलेको जानकारी गराएको अध्यगमन कार्यालय…
Read More
प्रभु बैंक: मुद्दति रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट नक्कली भन्दै विज्ञप्ति जारी

प्रभु बैंक: मुद्दति रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट नक्कली भन्दै विज्ञप्ति जारी

बिर्तामोड । झापाको विर्तामोडमा अवस्थित प्रभु बैंक लिमिटेडले मञ्जुकुमारी नेपालले रकम दावी गरिरहेको १ करोड १० लाख ४३ हजार बराबरको मुद्दती रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट अनाधिकृत रहेको बताउँदै विज्ञप्ति जारी गरेको छ । आज प्रेस विज्ञप्ति जारी गर्दै बैंकले उक्त मुद्दती रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट बैंकबाट जारी गरिएको नभई अनधिकृत एवं नक्कली रहेको जनाएको हो । विज्ञप्तिमा भनिएको छ, उक्त व्यहोरा प्रारम्भिक रुपमा देखिन आएकोले सो सम्बन्धमा थप छानविन भैरहेको र कानुन बमोजिम अनुसन्धान गरी दोषी उपर कारवाहीका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको बैंकका प्रदेश प्रमुख बद्री कुमार कटुवालले जनाए ।   प्रभु बैंक लिमिटेडको बिर्तामोड शाखा कार्यालयको…
Read More
ne_NPNepali