झापा । प्रतिनिधि सभा तर्फ इलाम -१ मा भएको निर्वाचन मत परिणाममा असन्तुष्टि जनाउँदै २०७९ मंसिर २७ गते पुनः निर्वाचनको मागसहित एकीकृत समाजवादीका नेता झलनाथ खनालले सर्वोच्चमा दायर गरेको मुद्दा खारेज भएको छ । रिट खारेज भएसँगै नेकपा एमालेका नेता महेश बस्नेतले वैधानिकता पाएका छन् । २०७९ मङ्सिरमा भएको निर्वाचनको परिणामलाई लिएर सर्वोच्चमा दायर भएको मुद्दा करिब १८ महिनापछि पेशी चढेको थियो । उक्त रिटमा २०७९ पुस ६ गते कारण देखाऊ आदेश जारी भएको थियो। एमाले नेता बस्नेतले २५ हजार ७५३ मत प्राप्त गरेका थिए भने खनालले २३ हजार ८९ मत प्राप्त गरेका थिए।
झापा । झापाको कमल गाउँपालिका चुलाचुलीमोडस्थित पूर्वपश्चिम राजमार्गमा यात्रुबाहक बस र टिपर ठोक्किँदा २१ जना घाइते भएका छन् । आज बिहान ०७ः१५ बजे पूर्वपश्चिम राजमार्गमा झिलझिलेबाट दमकतर्फ आउँदै गरेको बा ३ ख २१६६ नम्बरको टिपर र पूर्वतर्फ जाँदै गरेको को १ ख ५०८७ नम्बरको बस एक आपसमा ठोक्किएका थिए । घाइतेमध्ये ११ जनाको दमक रिसर्च सेन्टर अस्पताल, नौ जनाको लाइफलाइन अस्पताल र एक जनाको दमक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस चालक उदयपुर त्रियुगा–३ का ४५ वर्षीय अशोक बोट र टिपर चालक धनुषा गणेशमान–५ का ३४ वर्षीय शेरबहादुर राई इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेका छन् ।
ताप्लेजुङ । ताप्लेजुङमा बाढीपहिरोका कारण २५ घर परिवार विस्थापित भएका छन् । बाढी पहिरोका कारण उच्च जोखिममा रहेका १३ र सामान्य जोखिममा रहेका १२ गरी २५ घर परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लाको सिदिङ्वा, सिरिजंगा, मिक्वाखोला फक्ताङ्लुङ गाउँपालिका र फुङ्लिङ नगरपालिका बाढी पहिरोको उच्च जोखिममा परेका छन्। सिदिङ्वा गाउँपालिका–४ साब्लाखुका आठ घर उच्च जोखिममा रहेका छन् । उक्त आठ घरमध्ये सात घरका परिवारलाई सिंहेश्वरी आधारभूत विद्यालयमा स्थानान्तरण गरिएको छ । एउटा परिवार छिमेकीकामा आश्रय लिएर बसेको जनाइएको छ । यस्तै सिरिजङ्घा गाउँपालिका–६ मामांखेका पाँच घर उच्च जोखिममा रहेका छन् । तीमध्ये चार परिवारलाई लक्ष्मी माध्यमिक विद्यालयमा…
शोभराज बराल काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले पुँजीको श्रोत अतिरिक्त मुल्यमात्र नभएको बताएका छन् । शनिबार जनश्रम कृषि सहकारी संस्था लिमिटेडले आयोजना गरेको ‘कृषिमा लगानी र एकीकृत स्वामित्व प्रणाली’ विषय अन्तरसंवादमा बोल्दै विप्लवले यस्तो बताएका हुन् । उनले विगतमा पुँजीको श्रोतका रुपमा अतिरिक्त मुल्यलाई लिएको भएपनि यसमा शिक्षा, अनुसन्धान, प्रविधि लगायतका विषयहरु थप्नुपर्ने बताए । पार्टीको उत्पादनको नीतिले गर्दा देशभर एकखालको लहर आएको बताउँदै कुनै पनि पार्टी अतिरिक्त मुल्यको रटानमा बस्न नहुनेमा जोड दिए । पार्टीले उत्पादनका कामहरु श्रम सहकारीमार्फत गरिरहेको जानकारी दिदै विप्लवले सहकारीलाई कुनै पनि हालतमा घाटामा जान नदिने बताए । ‘मलाई धेरै साथीहरुले तपाईं…
बिराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा विद्यार्थीहरुले एउटा सरकारी गाडी जलाइदिएका छन् भने पाँचवटा गाडी तोडफोड गरेका छन् । मोरङको रंगेलीमा ६ जना विद्यार्थी पक्राउ परेको विरोधमा आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले आइतबार बिहान महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस अगाडि सरकारी गाडी जलाएका हुन् । यसैगरी पाञ्चालीस्थित कन्चनजंघा पार्टी प्यालेस बाहिर पार्किङमा रोकेर राखेका पाँचवटा गाडीमा समेत तोडफोड गरिएको छ । गृहमन्त्री रबि लामिछाने विराटनगर एयरपोर्टमा उत्रिना साथ विद्यार्थीहरुले विराटनगरको शान्ति सुरक्षा कमजोर रहेको संकेत गर्दै आगजनी गरेका थिए । मोरङ क्याम्पस अगाडी सडकमा गुडिरहेको प्रदेश योजना आयोगको को- १ झ ६४४ नम्बरको गाडीमा ढुंगामुडा गर्दै विद्यार्थीले आगजनी गरेका हुन् । प्रहरीका अनुसार…
काठमाडौं, २५ जेठ । सुनको भाउले लगातार रेकर्ड तोड्दै गएको छ। आज १ लाख ४४ हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको छापावाला सुनको भाउले आज फेरि अर्को रेकर्ड बनाएको हो। आज छापावाला सुनको भाउ १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ एक हजार रुपैयाँ बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजाबी सुनको भाउ १ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। आज प्रतितोला चाँदीको मूल्य १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८५०…
बलराम शिवाकोटी, दोलखा २५ जेठ । दोलखाका एक युवाले साइकलबाट विश्व भ्रमण सुरु गरेका छन् । दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका वडा नम्वर ३ लामिडाँडाका युवा अभिनय कार्कीले बिहीबार देखि दोलखाको सदरमुकाम चरिकोटबाट विश्व साईकल यात्रा सुरु गरेका हुन् । साइकल यात्राको शुभारम्भमा दोलखाका प्रतिनिधि सभाका सांसद गंगा कार्की ‘विश्व’ ले नेपालको राष्ट्रिय झण्डा प्रदान गरे पछि कार्कीले साइकल यात्राको सुरु गरेका थिए । विश्व साइकल यात्रा शुभारम्भ कार्यक्रममा कार्कीलाई विदाई गर्न नेपाली कांग्रेस दोलखाका सभापति वर्मा लामा, एमाले जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्र दोलखाका अध्यक्ष कमल श्रेष्ठलगायत राजनीति दलका नेताहरु तथा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, कालिञ्चोक गाउँपालिका…
डम्बर चौलागाइ , दोलखा २५ जेठ । आर्थिक लेनदेनका कारण भीमेश्वर नगरपालिका–१ क्षमावतीमा एक बृद्धको हत्या भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । आर्थिक लेनदेनका कारण हत्या भएको दोलखा प्रहरीले जनाएको छ । भीमेश्वर नगरपालिका–१ का ७७ वर्षीय बृद्ध झिलकवहादुर बिश्वकर्मा बाट एक बर्ष अघि दुई लाख ऋण ऋण लिएकाे र मारेपछि तिर्नै नपर्ने भनी छिमेकी ५२ बर्षिय गणेश घिमिरेले हत्या गरेको प्रहरीले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय दोलखाले हत्या आरोपीलाई सार्वजनिक गर्दै बृद्धको हत्या गरी भागेर काठमाडौं पुगेका घिमिरे लाई पक्राउ गरि सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय दाेलखाको हत्यारा पत्ता लगाउने…
बलराम शिवाकोटी काठमाडौ, २५ जेठ । लामो समयदेखि बाल बालिकाको अधिकार, मानव सेवा, पर्यटन विकास, शैक्षिक जागरण तथा महिला लगायतका क्षेत्रमा कृयाशिल रहेको समाजिक संस्था उज्यालो भविष्य सस्था दोलखा आफ्नो स्थापनाको १० औँ वर्ष पूरा गरेको छ । संस्थाले आफ्नो स्थापनाको १० बर्ष पुरा भएको अवसरमा बिभिन्न सामाजिक व्यक्तित्वहरुलाई सम्मान गरेको छ । बुधबार काठमाडौँमामा सम्पन्न कार्यक्रममा बरिष्ठ कलाकार मदनदास श्रेष्ठ, शताब्दि पुरुष (एक सय दुई बर्ष) हरि बहादुर वस्नेत, पत्रकार चिरञ्जीवी मास्के, सोलुखुम्बुको लिखुपिके गाँउपालिकाका प्रमुख मिना कार्की वस्नेत, साहित्यकार दामोदर प्रसाद न्यौपाने, समाजसेवी सविता उप्रेती, हेमा मानन्धर, खड्ग शिवाकोटी र मोहन खत्री र माया थामिलाई कार्यक्रमका प्रमुख अतिथि…
२४ जेठ, काठमाडौं । सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत, अमेरिका, बेलायत,साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । भारतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री, बेलायतमा ज्ञानचन्द्र आचार्य राजदूत छन् । उनीहरुलाई ११ कात्तिक २०७८ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो । यस्तै साउदी अरेबियामा नवराज सुवेदी, दक्षिण कोरियामा ज्योति प्याकुरेल, मलेसियामा डिल्लीराज पौडेल, स्पेनमा शर्मिला पराजुली ढकाल, डेनमार्कमा प्रा. डा. रामसुरज यादव र इजरायलमा कान्ता रिजाल राजदूत छन् ।…