विर्तामोड । विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य एवम् झापा इन्चार्ज सुमनसिंहले आजको समाजको जीवनशिल पक्षको नेत्रित्व नेकपाले गरेको बताएका छन् । आज पार्टीको झापा जिल्ला समितीको छैटौं पूर्ण बैठकमा बोल्ने क्रममा उनले सो कुरा उल्लेख गरेका हुन्। संसारमा बिज्ञान नंया ठांउमा पुगेको, उद्योगमा नंया परिवर्तन देखा परेको र अर्थ सम्बन्ध नंया बनेको परीवेशमा सिंगो समाजले नंया कुराको खोजी गरेपनी पुरानै मान्यतामा समाजको नेत्रित्व गर्न खोज्नेहरु मरणशिल पक्षको नेत्रित्व गर्नेहरु रहेको समेत उनले बताए । मरणशिल पक्षले नेत्रित्व गरेका सम्पुर्ण संस्थाहरुमा कुनै न कुनै रुपमा बिघटन देखा पर्न थालेको र बिघटन देखा पर्न थालेको अवस्थामा भ्रमको खेती लगाएर देशलाई पश्चिमा शक्तीहरुको…
काठमाडौ। स्थानीयको अनुमतिबिना विद्युतको प्रशारण लाईन बिस्तार विरुद्ध आन्दोलनरत व्यक्तिलाई प्रहरीले पक्राउ गरेकोले उनिहरुलाई अबिलम्ब रिहा गर्न एमसीसी सरोकार समितिले माग गरेको छ।काठमाडौको शङ्खरापुर नगरपालिका वडा न ३ स्थित लफ्सीफेदी बझेनीमा जबर्जस्त सब स्टेशन खडा गरि लाइन बिस्तार गर्न खोजिएको बिरोधमा उत्रिएका स्थानीयलाई प्रहरीले पक्राउ गरेकोले उनीहरुलाई रिहा गर्न सरोकार समिति संयोजक भरत सी द्वारा शुक्रबार जारी प्रेस बिज्ञप्ति मार्फत रिहा गर्न माग गरिएको हो। एमसीसी सरोकार समितिद्वारा जारी बिज्ञप्तिमा लफ्सिफेदी बोझनीका जनतामाथि माघ ३ गते भएको प्रहरी दमनको घटनाप्रति एमसिसी सरोकार समितिको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। बिज्ञप्तिमा न्यायपूर्ण संघर्षमाथि सरकारले गरेको दमन र प्रहरी ज्यादतीको घोर निन्दा र…
कचनकवल। झापाको कचनकवल गाउँपालिकाका लेखा अधिकृत गोविन्द रिजालले धम्कीपूर्ण अभिव्यक्ति तथा चरित्रहत्या गर्ने शिक्षक रत्नकुमार बुढाथोकीसहित अन्य दुई व्यक्तिहरूविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन्। उजुरीमा सामाजिक सञ्जालमार्फत जथाभावी अभिव्यक्ति दिएर आफ्नो नाम, पद, र प्रतिष्ठामा आँच पुर्याइएको, धम्कीपूर्ण वातावरण सिर्जना गरिएको र कार्यक्षेत्रमा मानसिक दबाब पारेको आरोप लगाइएको छ। रिजालले पेश गरेको निवेदनमा लक्ष्मी माध्यमिक विद्यालयका शिक्षक रत्नकुमार बुढाथोकीले फेसबुकमा लेखा अधिकृतलाई लक्षित गर्दै धम्कीपूर्ण शैलीमा लेखेका अभिव्यक्तिहरूलाई मुख्य प्रमाणका रूपमा समावेश गरिएको छ। बुढाथोकीले ‘भोलि शिक्षकको तलब आएन भने पर्सी सुरक्षाकर्मी अगाडि पछाडि राखेर बस्नु कचनकवलको लेखा अधिकृतज्यू’ लगायतका धम्कीपूर्ण अभिव्यक्तिहरू सार्वजनिक गरेका थिए। साथै, उनले लेखा अधिकृतको…
प्रविण अधिकारी सुनसरी । नेकपाका महासचिव विप्लव सी ले अहिले सत्तामा रहेका काङ्ग्रेस र एमालेले आफ्ना गल्ती र असफलताको ढाकछोप गर्न संविधान संसोधनको नाटक मञ्चन गरिएको उल्लेख गरेका छन्। आज सुनसरीको धरानमा आयोजित पार्टी ध्रुवीकरण तथा राजनीतिक बैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै संसदीय पार्टीहरुले देश र जनताको हितमा काम गर्दा कानुनले बाधा पुर्याए संशोधन गर्न आवश्यक भएपनि आफ्नो अपराध र गल्तीको ढाकछोप गर्न गरिने संसोधन अपराध सरह भएको उल्लेख गरेका हुन्। पछिल्लो समय नेपाली काङ्ग्रेस , एमाले र माओवादी पुजीवादीहरुको पार्टी बनेको र उनिहरु चरम अपराधिक गतिविधिमा संलग्न हुँदै गएकाले आफ्ना असफलता र अपराधको ढाकछोप गर्न संविधान संसोधन गर्न लागिपरेका…
प्रविण अधिकारी सुनसरी । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले अमेरिका आफ्नो सेना लिएर नेपाल आउन चाहेको बताएका छन्। पार्टी ध्रुवीकरण तथा राजनैतिक वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले अमेरिकाले नेपालमा आफ्ना सेना उतारेर चिन घेर्ने, कम्युनिस्टहरुलाई सक्ने र दलालहरु खडा गरेर नेपालका प्राकृतिक स्रोत साधन कब्जा गर्ने नितिका साथ अगाडि बढिरहेको बताएका हुन्। अमेरिकाले पछिल्लो समय नेकपाबाट असुरक्षित महसुस गर्दै राष्ट्रघाती एमसिसी परियोजना जबर्जस्त लाद्न दलाल राष्ट्रघातिहरु देखि गुन्डागर्दी सम्म प्रयोग गरिरहेको उनले बताए। एमसिसी राष्ट्रघाती परियोजना रहेको र नेकपाले यसको विरुद्ध जस्तोसुकै संघर्ष गर्न तयार रहेको समेत विप्लवले उद्घोष गरेका छन् । विप्लवले सबैलाई यस विषयमा सचेत…
प्रविण अधिकारी सुनसरी । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले अहिले हरेक तह र तप्कामा माओवादी रहेको बताएका छन्। आज सुनसरीको धरानमा आयोजित पार्टी ध्रुवीकरण तथा राजनैतिक वैचारिक प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले आज विश्वभर माओवादी पुगेको बताएका हुन्। माओवादी जनयुद्ध लड्दै आएका माओवादीहरु अहिले नेपालका हरेक पार्टीमा रहेको र देशबाहिर समेत विभिन्न देशहरुमा माओवादी पुगेको उल्लेख गरेका हुन्। महासचिव विप्लवले जनयुद्ध लडेका लडाकु कमान्डर हरु अहिले रुस युक्रेन युद्धमा समेत नेतृत्व गरिरहेको बताउँदै अब फेरि सबै माओवादीहरु एकै ठाउँमा उभ्भिने बेला आएको बताएका छन्। उनले आज विभिन्न पार्टीमा पुगेका पुराना माओवादी नेताकार्यकर्तालाई स्वागत गर्दै अब देशको नेतृत्व नेकपाले…
प्रविण अधिकारी धरान । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज सुमनसिंहले देश र जनताको भविष्य निर्माण गर्ने अबको एकमात्र विकल्प नेपाल कम्युनिस्ट पार्टी भएको र चुनावी मोर्चा संघर्षको एक विकल्प भएको बताएका छन्। आज सुनसरीको धरानमा आयोजित राजनैतिक वैचारिक प्रशिक्षण कार्यक्रममा स्वागत मन्तव्य राख्ने क्रममा नेता सिंहले पछिल्लो विश्व राजनीतिक घटनाक्रम र नेपालको पछिल्लो परिस्थिति बारे विश्लेषण गर्दै नेपाल कम्युनिस्ट पार्टीले अघि सारेको नेपाली विशेषताको समाजवाद नै अबको देश र जनताको सुनौलो भविष्यको आधार रहेको बताएका हुन्। आजको समाजले नयाँ नयाँ कुरा चाहेको र पुराना राजनीतिक दलप्रति वितृष्णा बढेका बेला विभिन्न शक्ति राष्ट्रहरुले नयाँ नयाँ पात्र…
प्रविण अधिकारी धरान। नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी यतिबेला पुर्वको धरान आइपुगेका छन्। महासचिव विप्लवले आज धरानमा नेकपा एमाले, नेकपा एस र माओवादी केन्द्रका अधिकांश प्रदेश तथा जिल्ला तहका नेताहरूलाई पार्टीमा ध्रुवीकरण गराउने छन्। प्राप्त जानकारी अनुसार माओवादी नेता खेम प्रधान (बलिदान), नेकपा (समाजवादी) का केन्द्रीय सचिवालय सदस्य कृपाल सुवेदी, नेकपा एसका केन्द्रीय सदस्यहरु किरण ओझा, राधा कृष्ण आचार्य, एमाले जिल्ला सदस्य रिता पासवान, जनमत पार्टीको केन्द्रीय सदस्य मन्जु सरदार लगायत छन्। त्यस्तै नेकपा प्रवेश गर्नेहरुमा माओवादी केन्द्रका प्रदेश सदस्य हरी श्रेष्ठ, माओवादीबाटै पप्पू खान, पर्शुराम राई, धन बहादुर थापा , उषा श्रेष्ठ, गंगा गिरी, हरी बस्नेत लगायतका नेताकार्यकर्ता…
बिर्तामोड। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (समाजवादी) को तेस्रो पुर्ण बैठक विभित्र निर्णय गर्दै सम्पन्न भएको छ । झापाको विर्तामोडमा आज सम्पन्न बैठकमा विद्यार्थी हकहित, शैक्षिक सुधार, र संगठनको आगामी कार्यदिशाबारे विस्तृत छलफल गरिएको अखिल (समाजवादी ) झापाले जानकारी दिएको छ । पार्टीका झापा जिल्ला ईन्चार्ज सुमन सिंह सि को प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा पार्टीका जिल्ला सचिव संजय सि, विद्यार्थी संगठनका केन्द्रिय सचिवालय सदस्य तथा प्रदेश स-इन्चार्ज बिनोद सी लगायतको आतिथ्यता रहेको थियोे । बैठकमा झापा जिल्ला संगठनका विभिन्न नगर प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । संगठनले विद्यार्थीहरूका शैक्षिक समस्या समाधान, राज्यको शिक्षा नीति सुधारको माग र…
मेचीनगर । मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले शारीरिक अशक्त एवम् अपांगता भएको मानिसहरुका लागि नगरपालिकाले बिशेष कार्यक्रम मार्फत सेवा प्रदान गर्ने बताएका छन् । मंगलबार अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र बितरण कार्यक्रमको समापन शत्रमा बोल्दै नगर प्रमुख बुढाथोकीले अपाङ्गताको क्षेत्रमा पहिलो चरणको कार्यक्रम अन्तर्गत मेचीनगरले सञ्चालन गरेको अपाङ्गता लक्षित स्वास्थ्य परिक्षण, पहिचान र परिचय पत्र बितरण कार्यक्रम प्रभावकारी बनेको बताए । राज्यले प्रदान गर्ने सेवा सुविधा र आफ्नो हक अधिकार के भन्ने समेत धेरै अपाङ्गता भएका मानिसहरुलाई थाहा नभएको अवस्थामा यस शिविरले उनीहरुको स्वास्थ्य अवस्थाको जानकारी गराउनुका साथै अपाङ्गता पहिचान गर्न सहयोग पुर्याएको उनको भनाइ…