काँकडभिट्टा, १८ वैशाख – १३६औँ अन्तर्राष्ट्रिय मजदुर दिवस (मे दिवस) को विशेष अवसर पारेर झापाको काँकडभिट्टामा सिटी सफारी चालकहरूका लागि एक सुरक्षा तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। ट्राफिक प्रहरी पोष्ट काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको सहकार्य तथा मेची नेत्रालय आँखा अस्पतालको सहयोगमा यहाँ सञ्चालित सिटी सफारीका चालकहरूलाई रिफ्लेक्टिभ ड्रेस (फ्लोरेसेन्ट ज्याकेट) वितरण गरिएको हो। सडक सुरक्षा र चालकहरूको व्यवसायिक पहिचानलाई व्यवस्थित बनाउने उद्देश्यले आयोजित यस कार्यक्रमले स्थानीय यातायात क्षेत्रमा नयाँ उत्साह थपेको छ। कार्यक्रमका बारेमा जानकारी दिँदै ट्राफिक पोष्ट काँकडभिट्टाका इन्चार्ज नारायण राईले यो अभियानले सवारी व्यवस्थापन र चालकहरूको सुरक्षामा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँका अनुसार रिफ्लेक्टिभ ड्रेसको…
झापा । आज विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रमसहित मनाइँदैछ। प्रत्येक वर्ष मे १ तारिखका दिन मनाइने यो दिवस श्रमिकहरूको हक, अधिकार, सम्मान र योगदानको कदर गर्न समर्पित रहेको छ। नेपालमा पनि श्रमिक संघ–संस्थाहरू, ट्रेड युनियनहरू तथा विभिन्न राजनीतिक दलसम्बद्ध मजदुर संगठनहरूले र्याली, सभाहरू र अन्तर्क्रिया कार्यक्रम आयोजना गरी दिवस मनाइरहेका छन्। राजधानी काठमाडौंसहित देशका प्रमुख शहरहरूमा श्रमिकहरूले आफ्नो अधिकार सुनिश्चित गर्न र श्रम कानुनको प्रभावकारी कार्यान्वयनको माग गर्दै प्रदर्शन गरेका छन्। यस अवसरमा सरकारका प्रतिनिधिहरूले श्रमिकहरूको सुरक्षा, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा तथा सम्मानजनक कामको वातावरण सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छन्। यस्तै, श्रमिक नेताहरूले अझै पनि धेरै मजदुरहरू असंगठित क्षेत्रमा…
झापा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ भने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको छ। निगम सञ्चालक समितिको निर्णयअनुसार नयाँ मूल्य वैशाख १८ गते बिहान १ बजेदेखि लागू हुने जनाएको छ। समायोजन अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल तथा मट्टीतेलमा प्रतिलिटर १२ रुपैयाँका दरले मूल्य घटाइएको छ। तर, खाना पकाउने एलपी ग्यासमा प्रति सिलिन्डर १५० रुपैयाँले वृद्धि गरिएको छ। त्यसैगरी, हवाई इन्धन (आन्तरिक तथा अन्तर्राष्ट्रिय) दुवैको मूल्य पनि बढाइएको निगमले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएकै कारण स्वचालित मूल्य प्रणालीअनुसार समायोजन गरिएको निगमको भनाइ छ। निगमका अनुसार मूल्य समायोजन…
मेचीनगर। झापाको मेचीनगर–१०, धुलाबारीस्थित नन्दा कोरिडोरमा दोस्रो वडाध्यक्ष कप जिल्ला स्तरीय भलिबल प्रतियोगिता बिहीबारदेखि सुरु हुने भएको छ। मेचीनगर–१० वडा खेलकुद विकास समितिको आयोजनामा वैशाख १७ देखि १९ गतेसम्म प्रतियोगिता सञ्चालन हुने जनाइएको छ। प्रतियोगितामा जिल्लाका ८ टोली सहभागी हुनेछन्। सहभागी टोलीहरूमा बिर्तामोड, कनकाई, शिवसताक्षी, भद्रपुर नगरपालिका, हल्दीबारी गाउँपालिका तथा आयोजक मेचीनगर नगरपालिकाका दुई टोली समावेश छन्। https://youtu.be/LyV72iPSHGg?si=GNzOfuy9speW8O0X आयोजक समितिले बुधबार पत्रकार सम्मेलनमार्फत सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ। गत वर्ष सफलतापूर्वक सम्पन्न नगरस्तरीय प्रतियोगितालाई यस वर्ष जिल्ला स्तरमा विस्तार गरिएको जनाइएको छ। मेचीनगर–१० का वडाध्यक्ष नारायण खनालले भलिबल खेलको विकास, खेलाडीलाई प्रोत्साहन तथा युवालाई खेलतर्फ आकर्षित गर्ने उद्देश्यले…
झापा, वैशाख १५ — झापाको झापा गाउँपालिका–१ सालमारा क्षेत्रबाट ठूलो परिमाणमा अवैध स्याउ बरामद गरिएको छ। आज दिउँसो करिब १२:३० बजे जालिम मियाको घरमा नेपालबाट भारततर्फ लैजानका लागि स्याउ लुकाइ छिपाइ राखिएको भन्ने विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल बीओपी टाघनडुब्बा र इलाका प्रहरी कार्यालय कुमारखोदबाट खटिएको संयुक्त टोलीले छापा मारेको थियो। छापामार क्रममा बिल–बिजक बिना अवैध रूपमा भण्डारण गरी राखिएको १०४ कार्टुन, करिब २०८० केजी स्याउ बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद स्याउको अनुमानित मूल्य रु. ८ लाख ४० हजार रहेको छ। बरामद गरिएको स्याउ आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।…
झापा — बिर्तामोड नगरपालिका–२ स्थित ‘गन्तब्य डान्सबार’मा गएराति झडप हुँदा दुई जना घाइते भएका छन् भने कुटपिटमा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार बैशाख १४ गते बिहानको राति करिब १:३० बजेतिर भएको झै–झगडाको सूचनापछि इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले घटनामा संलग्नहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको हो। घटनामा मेचीनगर नगरपालिका–१ बस्ने २० वर्षीय सिद्धार्थ साही टाउकोमा चोट लागेर घाइते भएका छन्। त्यस्तै सोही स्थानका ३० वर्षीय कर्ण राईको अनुहारमा चोट लागेको छ। दुवै जनाको अवस्था सामान्य रहेको र उनीहरुको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। कुटपिटमा संलग्न रहेको आरोपमा मेचीनगर–१२ का…
विराटनगर । मोरङको विराटनगर महानगर क्षेत्रमा स्पाको आवरणमा गैरकानुनी गतिविधि भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले ठूलो कारबाही गरेको छ। वैशाख १२ गते दिउँसो जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त स्थानमा छापा मारेको हो। प्रहरीका अनुसार चेकजाँचका क्रममा शंकास्पद गतिविधिमा संलग्न रहेको पाइएपछि सञ्चालकसहित ३६ जनालाई नियन्त्रणमा लिइएको छ। पक्राउ परेकाहरूमाथि हाल थप सोधपुछ तथा अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ। प्रहरीले उक्त स्थानमा स्पाको आवरणमा गैरकानुनी क्रियाकलाप भइरहेको भन्ने प्रारम्भिक सूचनाका आधारमा कारबाही अघि बढाइएको बताएको छ। घटनाबारे विस्तृत अनुसन्धानपछि मात्र थप विवरण सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
झापा । झापाको मेचीनगर नगरपालिका–२ स्थित दुर्गा मन्दिर नजिक मदन भण्डारी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। मंगलबार साँझ करिब ५:३० बजे तिरिङखोलाबाट बाहुनडाँगीतर्फ जाँदै गरेको मे ७ प ९६५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार पाँचथर फिदिम नगरपालिका–१२ घर भई हाल बाहुनडाँगीस्थित बिओपीमा सशस्त्रमा कार्यरत सशस्त्र प्रहरी बलका सहायक हवल्दार ३५ वर्षीय सचिन तामाङ गम्भीर घाइते भएका थिए। उनको नाक तथा शरीरका विभिन्न भागमा चोट लागेको थियो। त्यस्तै, मोटरसाइकल चालक झापा अर्जुनधारा नगरपालिका–१ घर भई सोही बिओपीमा कार्यरत हवल्दार ४० वर्षीय डिल्लिराम सुबेदी सामान्य…
झापा । राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले आज सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धतापत्रमा पूर्वाधार विकाससम्बन्धी अघि सारिएका प्रस्तावहरूमध्ये “महेन्द्र राजमार्ग” समेत परेको छ। राजा महेन्द्र वीर विक्रम शाह द्वारा निर्माण सुरु गरिएको महेन्द्र राजमार्गलाई प्रजातन्त्र स्थापनापछि सरकारी रूपमा “पूर्व–पश्चिम राजमार्ग” भनिँदै आएपनि अहिलेको सरकारले पुरानै नामबाट राजमार्गलाई सम्बोधन गरेको हो । सरकारी कागजातमा ‘पूर्व–पश्चिम राजमार्ग’ उल्लेख गरिए पनि जनस्तरमा ‘महेन्द्र राजमार्ग’ नाम नै अझै लोकप्रिय छ। वर्तमान सरकारले पनि राजा महेन्द्रलाई श्रेय दिँदै पुरानै ‘महेन्द्र राजमार्ग’ नामलाई पुनः स्वीकार गरेको देखिन्छ। हाल पुर्वी झापामा एसियन हाइवेका नामले समेत चिनिन थालेको अवस्थामा सरकारी प्रतिबद्धतापत्रमा महेन्द्र राजमार्गलाई तीन वर्षभित्र अन्तर्राष्ट्रिय स्तरको हाइवेमा स्तरोन्नति…
झापा । नेपालमै सर्वाधिक पुरस्कार राशिको महिला फुटबल प्रतियोगिता ‘चन्द्रगढी महिला गोल्डकप’ को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। भद्रपुरस्थित मेची रंगशालामा आज आयोजित पत्रकार सम्मेलनमार्फत चन्द्रगढी युवा क्लब ले प्रतियोगिताबारे विस्तृत जानकारी दिएको हो। क्लबका अध्यक्ष रोहित सुब्बा का अनुसार विजेताले महिला फुटबलकै इतिहासमा सर्वाधिक ११ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछन्। प्रतियोगिताको मुख्य प्रायोजक ओम साई पाथिभरा हस्पिटल रहेको छ भने उपविजेताको पुरस्कार रकम सजिलो नेट ले उपलब्ध गराउनेछ। भद्रपुर नगरपालिका र सबै वडा कार्यालयहरूले पनि प्रतियोगितामा सहयोग गरेका छन्। अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट प्रतियोगिता २०८३ वैशाख ५ देखि १४ गतेसम्म सञ्चालन हुनेछ।…