प्रशान्त आचार्य बागडोग्रा। संगठित वन्यजन्तु अपराधविरुद्धको लडाइँमा पश्चिम बंगाल वन विभागले ठूलो सफलता हासिल गरेको छ। हात्तीको दाँत तस्करी प्रकरणमा सिलिगुडी अदालतले मुख्य अभियुक्तलाई वन्यजन्तु (संरक्षण) ऐन, १९७२ अन्तर्गत ५ वर्षको कठोर कारावास र ₹५० हजार जरिवाना सजाय सुनाएको छ। यो घटना २० डिसेम्बर २०२५ को हो। विशेष सूचनाका आधारमा कुर्सेओङ वन डिभिजनअन्तर्गतको घोषपुकुर रेञ्ज को टोलीले बागडोग्रा बिहार मोड, एशियन हाइवे–२ मा नेपाल नम्बरको महिन्द्रा XUV500 गाडी रोकेको थियो। वन रेञ्जरको नेतृत्वमा सञ्चालन गरिएको उक्त अभियानमा वन सहायक सरन तामाङ र आरडीएल मञ्जुर आलम सहभागी थिए। गाडीको तलासीका क्रममा अवैध रूपमा ओसारपसार भइरहेको हात्तीको दाँत बरामद गरिएको थियो। यस…
प्रविण अधिकारी मेचीनगर। झापाको मेचीनगर -६ साठी बिगाहामा रहेको अरुणोदय अङ्ग्रेजी बोर्डिङ स्कुलमा रहेको आवासगृह भित्रको एउटा कोठामा सोही विद्यालयमा गत बैशाख २२ गतेदेखि अध्यापन गराइरहेकी शिक्षिका कविता कुमारी ढुंगाना मृत अवस्थामा फेला परिन् । बाहिरबाट कोठामा चाबी लगाइएको र कोठाभित्र रहेको पलङ माथि उत्तानो परेको अवस्थामा उनी मृत अवस्थामा फेला परेकी हुन्। उनको शंकास्पद मृत्युुका कारण यतिबेला विद्यालय परिवार, समाज र मृतक ढुंगाना परिवार शोकमा छन्। तर उक्त घटना थप जटिल बन्दै गएको छ। कतार पुगेकी कविता कसरी आइपुगिन झापा..! घटनालाई लिएर अनेक टिप्पणी भइरहेका बेला थप नयाँ रहस्य खुलेको छ। दुईवर्ष अघि कामदारको रुपमा कतार उडेकी कविता उतै…
प्रविण अधिकारी मेचीनगर । झापाको मेचीनगर नगरपालिका -६ साठी बिगाहामा रहेको अरुणोदय बोर्डिङ इङलिस स्कुलको भवनभित्र सोमबार सोही विद्यालयमा कार्यरत एक शिक्षिकाको रहस्यमय मृत्युका कारण विद्यालय परिवार, समाज र मृतक शिक्षिकाको परिवार शोकमा डुबेको छ। सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर -२ नेत्रगन्ज निवासी २९ वर्षीय कविता कुमारी ढुंगाना विद्यालयको आवासीय भवनभित्र रहेको एउटा कोठामा बाहिरबाट चाबी लगाएको अवस्थामा मृत फेला परेकी हुन्। प्रहरीले मृत फेला परेकी ढुंगानाको कोठाबाट मृतक भण्डारीको राहदानी, कतारको परिचयपत्र र दुईवटा चिठी समेत बरामद गरेको छ। उक्त चिठी मध्य एउटा चिठीमा कविता कुमारी ढुंगानाको हस्ताक्षर रहेको छ। उक्त चिठीमा लेखिएको छ - " म कविता कुमारी…
मेचीनगर। काँकडभिट्टा नाकाबाट भन्सार छलेर नेपाल भित्राइएको ठूलो परिमाणको चिनीसहित दुईवटा सवारीसाधन सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीले काँकडभिट्टाबाट बिर्तामोडतर्फ ल्याउँदै गरेको चिनी बोकेको एउटा पिकअप र एउटा मोटरसाइकल पूर्व पश्चिम राजमार्गअन्तरगत अर्जुनधारा नगरपालिका–११ कालाझोडाबाट आइतबार बिहान करिब ३:३० बजे नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस शनिश्चरेका सप्रनानि अमरबहादुर भुजेलको कमान्डमा खटिएको मोबाइल गस्ती टोलीले विशेष सूचनाको आधारमा प्र–१–०१–००१ ज ४०३६ नम्बरको पिकअप र मे १० प ५७५५ नम्बरको मोटरसाइकलमा लोड गरी भारतबाट भन्सार छली नेपालतर्फ ल्याइँदै गरेको ३२ बोरा चिनी बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वार्टर झापाले जनाएको छ…
झापा । खुला सीमा क्षेत्रमा नागरिकको सुरक्षित र सहज आवागमन सुनिश्चित गर्दै सीमा अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल, नेपालले सीमा नाकाहरूमा सीमा समन्वय टोली (Border Interaction Team–BIT) परिचालन गरेको छ। सशस्त्र प्रहरीले सीमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई थप व्यवस्थित बनाउने उद्देश्यले विशेष अवधारणाअन्तर्गत BIT टोली परिचालन गरेको हो। उक्त टोलीले सीमा नाकाबाट आवतजावत गर्ने यात्रु तथा सर्वसाधारणसँग मैत्रीपूर्ण व्यवहार गर्दै आवश्यक सहजीकरण गर्नेछ। BIT टोलीले विशेषगरी सीमा क्षेत्रमा हुने मानव बेचबिखन, अवैध गतिविधि तथा शंकास्पद गतिविधिको निगरानी र नियन्त्रण मा भूमिका खेल्ने जनाइएको छ। टोलीले सीमा नाकामा महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा असहाय व्यक्तिहरूको आवागमनमा सहयोग गर्ने, यात्रुहरूलाई आवश्यक…
मेचीनगर — सशस्त्र प्रहरी बलले मेचीनगरमा भन्सार छली गरेर ल्याइएका कपडा बरामद गरेको छ। आज दिउँसो १२:२० बजेको समयमा मेचीनगर नगरपालिका–७ जोरसिमलस्थित चेकपोइन्टमा खटिएको सशस्त्र प्रहरी टोलीले उक्त सामग्री फेला पारेको हो। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर काँकडभिट्टाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक कृष्ण बहादुर डाँगीको कमाण्डमा खटिएको ९ जनाको टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याइँदै गरेको कपडा बरामद गरेको जनाएको छ। बरामद गरिएको सामग्रीमा चार बोरा लत्ताकपडा रहेका छन्, जसको भन्सार मूल्य रु. १,२८,६५० (एक लाख अठ्ठाइस हजार छ सय पचास) बराबर रहेको प्रहरीले जनाएको छ। उक्त सामान आवश्यक…
मेचीनगर। झापाको मेचीनगर नगरपालिका–८ जोरसिमल नजिकै मेचेबस्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी ल्याइएका सामानसहित एउटा अटो नियन्त्रणमा लिएको छ। आज दिउँसो करिब २:०० बजे सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर काँकडभिट्टाबाट स.प्र.नि. बाबुकाजी कट्वालको कमाण्डमा खटिएको ७ सदस्यीय मोबाइल गस्ती टोली तथा जोरसीमल चेकपोस्टबाट स.प्र.स.नि. कृष्ण बहादुर डाँगीको कमाण्डमा खटिएको अर्को ७ सदस्यीय टोलीले संयुक्त रूपमा उक्त कारबाही गरेको हो। टोलीले भारतबाट भन्सार छली गरी अटोमा लोड गरेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा लाखौं मूल्य बराबरको कपडा नियन्त्रणमा लिएको जनाएको छ। बरामद गरिएका कपडाको भन्सार मूल्य रु ७ लाख ३१ हजार ४९० कायम गरिएको छ। नियन्त्रणमा लिइएको कपडा…
झापा, मेचीनगर । झापाको मेचीनगर नगरपालिका–७ जोरसिमल क्षेत्रबाट सशस्त्र प्रहरीले अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याइएको सामानसहित एक पिकअप गाडी बरामद गरेको छ। असार २८ गते राति ९ः४० बजे सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर काँकडभिट्टाबाट खटिएको चेकप्वाइन्ट टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा प्रदेश नं. १–०१–००११ च ९८४२ नम्बरको पिकअप नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरी निरीक्षक कृष्णबहादुर डाँगीको कमाण्डमा खटिएको ९ जनाको टोलीले उक्त पिकअपमा भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका स्टेशनरी सामग्री फेला पारेको जनाएको छ। बरामद गरिएको पिकअप गाडीसहित सामानको कुल मूल्य ११ लाख ३४ हजार ४ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ। उक्त…
प्रविण अधिकारी झापा । पछिल्लो समय पेचिलो बन्दै गएको बाहुण्डाँगी हात्ती समस्या र यसको दीर्घकालीन समाधानका लागि नेपाल–भारतका सम्बन्धित अधिकारीहरूबीच बृहत् छलफल भएको छ। बुधबार भारतको दार्जिलिङ जिल्लास्थित मालबारीमा उक्त छलफल सम्पन्न भएको हो। छलफलका क्रममा संविधानसभा सदस्य रविन कोइरालाले समस्या समाधानका लागि दिल्ली–काठमाडौं स्तरमा समेत वार्ता हुनुपर्नेमा जोड दिँदै दुवै देशका सम्बन्धित निकायले समन्वयात्मक पहल गर्नुपर्ने बताए। त्यस्तै, मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले साँझपख भारतीय हात्ती नेपालतर्फ धपाउने गरिएको, रबरको गोली प्रयोग गरिने गरेको भन्ने नेपालतर्फ जनगुनासो रहेकाले यसको यथार्थबारे स्पष्टता आवश्यक रहेको बताए। उनले भारततर्फ हात्ती नियन्त्रणका लागि के–कस्ता प्रयास भइरहेका छन् भन्नेबारे पनि चासो व्यक्त गरे। नगरप्रमुख…
झापामा विप्लवको नाम जोडेर चन्दा आतंक : व्यवसायीहरुलाई पार्टीको नाममा चन्दा नदिन विज्ञप्ति जारी, चन्दा उठाउनेलाई कारबाही गरिने पार्टीको कडा निर्णय झापा । विभिन्न शिर्षकमा झापामा नेकपा (माओवादी ) को नाम जोडेर चन्दा संकलन भइरहेको गुनासो बढेपछि सम्बन्धित जिल्ला पार्टीले कडा निर्णय लिएको छ । पार्टीले श्रम र आफ्नै उत्पादनमा आधारित गतिविधि गर्दै आएको उल्लेख गर्दै कुनै पनि हालतमा चन्दा नलिने स्पष्ट गरेको छ । पार्टी केन्द्रीय निति अनुसार जिल्ला पार्टी असार १० गतेदेखि कृषिमा होमिएको मौका छोपेर केहि मानिसहरुले चन्दाको खेती गरेको भन्दै पार्टीले चन्दा नदिन र कसैले धाक धम्की दिए पार्टीमा सम्पर्क गर्न आग्रह गरेको छ। पछिल्लो समय…