झापा। झापाको बिर्तामोड नगरपालिका–७, फक्तालुङमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। बिहीबार बिहान ३ः४५ बजे शौचालयका लागि आफ्नै घरबाहिर आँगनमा निस्किएका ५९ वर्षीय लोकप्रसाद लिम्बुलाई एक जंगली हात्तीले आक्रमण गरी किच्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनापछि हात्ती दक्षिणतर्फ भागेको थियो। टेलिफोनमार्फत जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी चौकी गरामनीबाट प्रहरी टोली खटिई घटनास्थल सुरक्षित पारिएको थियो। घटनाको थप अनुसन्धान तथा कानुनी प्रकृयाका लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट टोली परिचालित गरिएको जनाइएको छ। प्रारम्भिक अनुसन्धानपछि बिहान ७ः३५ बजे कानुनी प्रक्रिया पूरा गरी मृतकको शव पोष्टमार्टमका लागि प्रदेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ। वन क्षेत्र नजिकका…
काठमाडौँ — मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल)लाई पुनः सक्रियताका साथ अगाडि बढ्न बाटो खुलेको छ। अमेरिकी सरकारले एमसीसी परियोजनालाई निरन्तरता दिने निर्णय गरेसँगै एमसीए–नेपालले त्यसको स्वागत गरेको छ। विरोधका स्वरहरू उठिरहेका बेला यो निर्णय आएको हो। विशेषगरी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लगायतका केही दल तथा समूहहरूले एमसीसी परियोजनालाई ‘नेपालको सार्वभौमिकतामाथिको हस्तक्षेप’ भन्दै तीव्र आलोचना गर्दै आएका छन्। विभिन्न ठाउँमा विरोध प्रदर्शनहरू पनि भइरहेका छन्। बुधबार जारी विज्ञप्तिमा एमसीए–नेपालले भनेको छ, “अमेरिकी वैदेशिक सहयोगमा लगाइएको स्थगनका सन्दर्भमा विशेष छुट अन्तर्गत एमसीसी नेपाल कम्प्याक्टको कार्यान्वयनलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णयको हामी स्वागत गर्दछौँ।” एमसीए–नेपालले हालसम्म २९७ किलोमिटर विद्युत्…
ताप्लेजुङ — ताप्लेजुङको सिदिङबा गाउँपालिका–५, आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन्। स्थानीय हस्तबहादुर कटुवालको घरमा गएको राति करिब १ बजेतिर पहिरो खस्दा उनकी ५० वर्षीया श्रीमती ठगमाया कटुवाल गम्भीर घाइते भएकी छन्। अन्य चार जना परिवारका सदस्य सामान्य घाइते भएका वडाध्यक्ष रत्नबहादुर खत्रीले जानकारी दिए। वडाध्यक्ष खत्रीका अनुसार कुलोमा बगेको पानी थुनिँदा खेत हुँदै पहिरो खसेर घरमा ठोक्किएको थियो। पहिरोले घर पुरिएपछि छेउको मतानमा सुतेका छोराबुहारीले तत्कालै आमाबुबाको उद्धार गरेका थिए। घाइतेमध्ये घरमालिक हस्तबहादुर कटुवाल, छोरा जगत कटुवाल, बुहारी सरस्वती कटुवाल र छोरी सम्झना कटुवाललाई सामान्य चोट लागेको जनाइएको छ। गम्भीर घाइते ठगमायाको थप उपचारका लागि एम्बुलेन्स…
प्रविण अधिकारी झापा । बहुचर्चित एसियन हाइवे अन्तर्गत काकडभिट्टा–लौकही सडकखण्ड निर्माणका क्रममा देखिएको चरम लापरबाहीले दैनिक हजारौं यात्रु सास्तीमा परिरहेका छन्। सम्झौताअनुसारको मापदण्डलाई बेवास्ता गर्दै कम्पनीले सडक निर्माणलाई उपहास बनाएको छ, जसको मार यात्रु र स्थानीय बासिन्दाले दिनहुँ भोग्नुपरेको छ। निर्माण क्षेत्रमा अहिले धुलोको महामारी फैलिएको छ। सडकमा यात्रा गर्नु भनेको श्वास फेर्नै नसकिने गरी धुलोमा गाडिनु हो। पानी छर्कने त कुरै परोस्, निर्माण कम्पनी यात्रुको ज्यान जोखिममा पारेर आफ्ना जिम्मेवारीबाट स्पष्ट रूपमा पन्छिएको देखिन्छ। स्कुल जाने बालबालिका, वृद्धवृद्धा र बिरामीहरू सबैभन्दा बढी प्रभावित छन्। स्थानीय बासिन्दा र सवारी चालकहरूका अनुसार, अत्यधिक धुलो, खाल्डाखुल्डी र असुरक्षित डाइभर्सनका कारण दैनिकजसो दुर्घटनाको…
झापा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ‘आत्मनिर्भर पार्टी, आत्मनिर्भर नेता–कार्यकर्ता हुँदै आत्मनिर्भर देश’ भन्ने नाराका साथ देशव्यापी उत्पादन अभियान तीव्र बनाएको छ। असार १० गतेदेखि सुरु भएको यो अभियान साउन १० गतेसम्म सञ्चालन हुनेछ, जसमा पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ता खेत–बारीदेखि खलिहानसम्म सक्रिय रुपमा खटिएका छन्। पार्टी महासचिव विप्लव सीका अनुसार, यो अभियान पार्टीको मात्र नभई देश र जनताको साझा प्रयास हो। यसले नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउने र जनतालाई स्वाभिमानी तथा स्वाधीन जीवनयापनको दिशामा अग्रसर गराउने लक्ष्य लिएको छ। व्यवहारमा उतारिँदै आत्मनिर्भरताको दर्शन नेकपाले विगतदेखि नै आत्मनिर्भर पार्टी निर्माणको वैचारिक आधार तयार गरी व्यवहारमा उतार्ने प्रयास गर्दै आएको…
बिर्तामोड, झापा । झापाको बिर्तामोड नगरपालिका–१ स्थित बिर्तासिटी अस्पताल छेउमा रहेको एक चिया–नास्ता पसलमा आगलागी भएको छ। बलभद्र प्रसाईद्वारा सञ्चालित टिनको छानो र टिनको बेरा भएको भुईँतले पसलमा करिब ४ बजे आगो लागेको हो। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, पसल संचालककी श्रीमती ३८ वर्षीया सोईता प्रसाईले मादक पदार्थ सेवन गरेर श्रीमानसँग झगडा गरेपछि पेट्रोल छर्की आगो लगाएको खुलेको छ। आगलागी गरेपछि उनी फरार रहेको जनाइएको छ। घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी बिर्ताबजारबाट प्रहरी टोली खटिएको थियो। स्थानीयवासी र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा करिब ४:२० बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो। आगलागीबाट खाजा–नास्ता, भाँडाकुँडा, फ्रिज लगायत पसलभित्र रहेका सामग्री जलेर करिब…
झापा । झापाको अर्जुनधारा नगरपालिका–६ स्थित पुष्पलाल चोकबाट लाऔ गाँजासहित दुई जना पक्राउ परेका छन्। असार १२ गते दिउँसो ४:३० बजे जिल्ला प्रहरी कार्यालय झापाको शनिश्चरे प्रहरी चौकीबाट खटिएको प्रहरी नायब निरीक्षक उमेश श्रेष्ठको टोलीले गोप्य सूचनाका आधारमा अमृत माया लिम्बुको घरमा छापा मारेर ठूलो परिमाणमा लागुऔषध बरामद गरेको हो। अर्जुनधारा–६ निवासी ५९ वर्षीया लिम्बुको घर खानतलासी गर्दा १ केजी ८८२ ग्राम लाऔ गाँजा फेला परेको प्रहरीको भनाइ छ। त्यस्तै, सोही ठाउँमा रहेका जिल्ला इलाम, इलाम नगरपालिका–१२ स्यानाङ्बाका २० वर्षीय रोशन भट्टराईको साथबाट थप ६ ग्राम ६३० मिलिग्राम लागुऔषध फेला परेको थियो। भट्टराई हाल अर्जुनधारा–१ मा निर्माणाधीन झुलुङ्गे पुलमा काम…
मेचीनगर, झापा । प्रहरीले झापाको मेचीनगर–६ स्थित काँकरभिट्टा बसपार्कबाट हतियार सहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। मंगलबार साँझ ७:२० बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले प्राप्त गोप्य सूचनाको आधारमा भारतको पश्चिम बङ्गाल, दुर्गानगर सिलिगुडी निवासी अन्दाजी ३५ वर्षीय जय प्रकाश कुमार पाठकलाई नियन्त्रणमा लिएको हो। पाठक सवार WB 70 G 3232 नम्बरको TUV300 मोडलको कार चेकजाँच गर्दा चालक सिटमुनि लुकाइएको अवस्थामा ‘STAR RX (IN XAMPL CO2 001907 4.5 MM) MAKE IN INDIA’ लेखिएको म्याग्जिनसहितको कालो रंगको एयर पेस्तोल जस्तो देखिने एक थान हतियार फेला परेको प्रहरीले जनाएको छ। उक्त पेस्तोलमा प्रयोग हुने ५ थान एयर बुलेट जस्तो देखिने…
झापा । सार्वजनिक यातायात व्यवसायी तथा श्रमिक संगठनहरूको संयुक्त केन्द्रीय संघर्ष समितिले आजदेखि देशभर अनिश्चितकालीन सार्वजनिक यातायात बन्दको घोषणा गरेका छन्। सरकारले गण्डकी प्रदेशका ६ नं. र ७ नं. सडक मार्गहरूमा २०८१ साल जेठ १० गतेदेखि एकीकृत सवारी साधन सञ्चालन गर्ने निर्णय गरेको थियो। यस निर्णयले निजी क्षेत्रको लगानीमा सञ्चालन भइरहेका सार्वजनिक यातायात व्यवसायहरू विस्थापित हुने भन्दै व्यवसायी तथा श्रमिक आन्दोलित भएका हुन्। संघर्ष समितिको भनाइमा, सरकारले 'राइड सेयरिङ'लाई प्रोत्साहन गर्दै सार्वजनिक यातायात क्षेत्रमा राज्यको लगानीका नाममा निजी व्यवसायलाई विस्थापित गर्न खोजेको छ। उनीहरूले सवारी तथा यातायात व्यवसायीको हक, अधिकार र स्वामित्वको रक्षा गर्न संघर्ष गर्ने बताएका छन्। विज्ञप्तिमा भनिएको…
बाहुनडाँगी। झापाको मेचीनगर–४ मा अवस्थित श्री विद्या विकास एकेडेमीले आगामी शैक्षिक सत्रदेखि कक्षा ११ औपचारिक रूपमा सञ्चालन गर्ने घोषणा गरेको छ। प्रारम्भिक चरणमा व्यवस्थापन संकायअन्तर्गत होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्स विषयमा अध्यापन सुरु गरिने विद्यालयले जानकारी दिएको छ। https://youtu.be/lCi6eaeLiAc एकेडेमीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा विद्यालयका निर्देशक बद्री निरौला, एकेडेमिक निर्देशक प्रोफेसर हेमराज कार्की, मेचीनगर–४ का वडा अध्यक्ष अर्जुनकुमार कार्की, झापा जिल्ला शिक्षक संघका अध्यक्ष तोयानाथ दाहाल, अभिभावक, संघसंस्थाका प्रतिनिधि तथा शिक्षासम्बद्ध व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै निर्देशक बद्री निरौलाले श्री विद्या विकास एकेडेमीले गुणस्तरीय शिक्षा प्रदान गर्दै सक्षम, आत्मविश्वासी र व्यवहारिक सीपयुक्त विद्यार्थी उत्पादन गर्ने लक्ष्य लिएको बताए ।…