मेचीनगर। झापाको मेचीनगरमा फागुन २४ गते शनिबारदेखि सञ्चालन हुन लागेको पाँचौं मेचीनगर गोल्डकपको सम्पुर्ण तयारी पूरा भएको छ । आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले आज काँकरभिट्टा माविको खेल मैदानमा पत्रकार सम्मेलन गर्दै गोल्डकपको सम्पुर्ण तयारी पूरा भएको जनाएको छ । प्रतियोगिताको बारेमा जानकारी दिँदै गोल्डकप मुल आयोजक समितिका संयोजक श्रीप्रसाद मैनालीले बिगत ६ बर्षदेखि सञ्चालन हुन नसकिरहेको गोल्डकपको पाँचौं संस्करण सफलता नजिक पुगेको बताए । उनले समग्र मेचीनगरको उत्साहजनक साथ र सहयोगका कारण गोल्डकप पुर्ण रूपमा सफल हुनेमा आफुहरू विश्वस्त रहेको जानकारी दिए । आयोजकले टिम व्यवस्थापन देखि खेल हेर्न आउने दर्शकहरूका लागि अस्थायी बासको प्यारापिटको उचित व्यवस्थापनलगायत खेल मैदानको…
मेचीनगर । झापाको मेचीनगर -४ बाहुणडाँगी स्थित सरस्वती माविको खेल मैदानमा जारी इण्डो-नेपाल टि-ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा बल ब्लास्टर भद्रपुरलाई ७ विकेटले हराउँदै झापा क्रिकेट क्लब सेमिफाइनल प्रवेश गरेको छ। टस हारेर व्याटिङको निम्तो पाएको भद्रपुरले १३ ओभरमा सबै विकेट गुमाउँदै मात्रै ६९ रन बनाएको थियोे । भद्रपुरका लागि सुमिरन राइले सर्वाधिक ११ बलमा २२ रन बनाए। त्यस्तै मनिष कर्माकारले ७ बलमा १८ तथा विष्णु कामतिले १२ बलमा१५ रन बनाएका थिए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन नसक्दा टिम भद्रपुर ६९ रनमै समेटिएको थियोे । बलिङतर्फ झापाका लागि विक्रम यादवले सर्वाधिक ४ विकेट लिए। त्यस्तै प्रविण…
मेचीनगर। मेचीनगर नगरपालिकाले चालु आर्थिक वर्षका लागि ३ करोड ५९ लाख ९८ हजार ५८८ रुपैयाँ शिक्षा क्षेत्रमा बजेट विनियोजन गरेको छ। तर, उक्त बजेटमा नगरस्तरीय पुस्तक "हाम्रो मेचीनगर" प्रकाशनका लागि कुनै शीर्षक नराखिएको पाइएको छ। शिक्षा क्षेत्रमा २३ वटा शिर्षकमा करोडौं बजेट विनियोजन गरेको नगरले आफैंले अनिवार्य गरेको "हाम्रो मेचीनगर" पुस्तक छपाइका लागि भने बजेट विनियोजनमा गम्भीर लापरबाही गरेको पाइएको छ। स्थानीय शैक्षिक संस्थाहरू र पुस्तक प्रकाशनमा संलग्न व्यक्तिहरूले नगरपालिकासँग पटक–पटक अनुरोध र छलफल गरे पनि यो विषय बजेटमा समेटिएको छैन। नगरमा अध्ययनरत विद्यार्थीहरूलाई स्थानीय पाठ्यक्रम, इतिहास, कला, संस्कृति र अनुसन्धानमूलक विषयमा जानकारी दिने उद्देश्यले नगरपालिकाले अनिवार्य गरेको "हाम्रो मेचीनगर"…
मेचीनगर । झापाको मेचीनगर -४ बाहुणडाँगी स्थित सरस्वती माविको खेल मैदानमा जारी इण्डो-नेपाल टि-ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा दमकले विजयी शुरुआत गरेको छ। लर्डबुद्व क्रिकेट क्लबलाई ५० रनले पराजित गर्दै दमकले विजयी शुरुआत गरेको हो । टस हारेर व्याटिङको निम्तो पाएको दमकले १६ ओभरमा सबै विकेट गुमाउँदै १४१ रन बनाएको थियोे । दमकका लागि अभिषेक थापालेसर्वाधिक ४७ रन बनाए। उनले २७ बलमा ४७ रन प्रहार गरेका थिए। त्यस्तै दमकका लागि निरज थापाले १५ बलमा ३४रन बनाएका थिए भने विवेक पौडेलले १३ तथा विजयले १२ रन प्रहार गरेका थिए। बलिङतर्फ लर्डबुद्वका आयुस कार्की र अर्जुन राजवंशीले समान ३- ३…
झापा । लोकदोहोरी क्षेत्रमा आफ्नो पाइला अगाडि बढाइरहेका गायक सुरज बुढाथोकी र शारदा रसाइलीको स्वरमा रहेको गीत ‘केटीहरू घमण्डी नेपालको’ सार्वजनिक भएको छ । बालकुमार श्रेष्ठको शब्द रचना, सुरज बुढाथोकीको संगीत, विष्णु तामाङको एरेञ्ज र कुमारसानु पुनको मिक्सिङ रहेको काठे भाकाको लोकदोहोरी गीतको भिडियो सार्वजनिक भएको हो । गायक बुढाथोकीका यसअघि पनि थुप्रै गीतहरु सार्वजनिक भएका छन्। सुरेश काफ्लेको निर्देशन एवं छायांकन रहेको गीतको भिडियोमा सुरज बुढाथोकी, अञ्जना, समिर सुवेदी, एलिना थपलिया, शिवु पाण्डे, सन्ध्या घतानी, कौशल नेपाललगायत कलाकारको अभिनय रहेको छ । सुमन शंकरको मेकअप रहेको भिडियोमा कल्पेश विश्वकर्माको सम्पादन एवं कलर छ । गीतको भिडियोे चिलगाडी फिल्मस् युट्युब…
मेचीनगर । झापाको मेचीनगर -४ बाहुणडाँगीमा आजदेखि शुरु भएको इण्डो- नेपाल टि - ट्वान्टी नकआउट क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा भारतको सिलिगुडीले विजयी शुरुआत गरेको छ। बाहुणडाँगी युवा क्लबको आयोजनामा आजबाट शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालको ड्रागन -११ लाई ४४ रनले पराजित गर्दै सिलिगुडीको पेनोरिस -११ ले विजयी शुरुआत गरेको हो । टस हारेर पहिलो व्याटिङ गरेको सिलिगुडीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८९ रन बनाउँदै विशाल स्कोर खडा गरेको थियोे । सिलिगुडीका लागि राकेशले अर्धसतकिय पारी खेल्दै सर्वाधिक ५३ रन प्रहार गरे। उनले ३३ बलमा ५३ रन बनाएर राजु धिमालको बलमा क्याच आउट भएका थिए। त्यस्तै सिलिगुडीका लागि…
झापा । यातायात व्यवस्था कार्यालय मेचीले लाइसेन्स ट्रायलमा ढिलो गरेर कान्तिपुरलाई कमाइखाने स्पेस दिएको पाइएको छ । तोकिएको समयभन्दा २ घण्टा बढी समय ढिलो ट्रायल सञ्चालन गरी नजानिदो पारामा कर्मचारी र व्यवसायीले दैनिक हजारौँ रुपैया असुल्ने गरेका छन् । सवारी अनुमति पत्र प्राप्तिका लागि सेवाग्राहीलाई भ्रममा पारी यातायात व्यवस्था कार्यालय मेचीका कर्मचारीले कान्तिपुर भेइकल्सलाई फाइदाँ पुग्नेगरी २ देखी ३ घण्टासम्म ट्रायल नगर्ने गरेको खुलेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका एक प्रहरीका अनुसार यसरी ट्रायल ढिलो गरेबापत कान्तिपुर भेइकल्सले यातायातका कर्मचारी र ट्राफिकका हाकिमलाई महिनामारी रकम बुझाउने गरेका छन् । त्यस्तै कान्तिपुरका एक पूर्व कर्मचारीको अनुसार हाजिर गर्ने र अन्य…
आज २१ पmागुन २०८१ शहिद सप्ताह, सुखानी दिवश अर्थात आज भन्दा ठिक ५२ बर्ष अगाडि २१ पmागुन २०२९ सालमा झापा र इलामको सिमानामा पर्ने सुखानी जंगलमा जनताका प्रिय नेता तथा योद्धाहरु रामनाथ दाहाल बर्ष ३४, नेत्र घिमिरे बर्ष २५, बिरेन राजबंशी बर्ष ३१, कृष्ण कुंइकेल बर्ष १८, नारायण श्रेष्ठ बर्ष १७ लाइ झापाबाट इलाम जेल सार्ने बाहनामा सुखानी जंगलमा गोली हानेर निर्ममता पुर्वक हत्या गरेको दिन हो । तत्कालिन पंचायती सत्ताले झापामा उठेको किसान बिद्रोह माथि निर्मम दमन गर्यो । दर्जनौ योद्धाहरुको हत्या, हिरासत र जेलका कालकोठरिहरु जनताको उक्त बिद्रोहले झेल्नु पर्यो । हात्ति लगाएर झापाली जनताका घर छाप्राहरु भत्काइए ।…
मेचीनगर । वार्षिक परीक्षाको मिति नजिकिए पनि झापाको मेचीनगर नगरपालिकाका विद्यार्थीहरुले भने अझै पुस्तक पाएका छैनन् । शैक्षिक सत्रको अन्तिम परीक्षा यहि चैत ७ गतेदेखि सुरु हुदैँछ । पाठ्यपुस्तक नपाउँदा विद्यार्थी के पढ्ने, कसरी परीक्षा दिने भन्ने अन्यौलमा छन् । शिक्षकले पढाएको कुरालाई मात्र बिद्यालयमा बुझेर उपलब्धी हासिल गर्न नसक्ने विद्यार्थीको गुनासो छ । मेचीनगर नगरपालिकाले पाठ्यपुस्तक बनाएर विद्यालयमा पु¥याउन नसक्दा शिक्षकले पढाएका आधारमा मात्र कसरी परीक्षामा राम्रो अङ्क ल्याउन सकिन्छ भन्ने चिन्तामा बिद्यार्थीहरू रहेका छन् । झापाको मेचीनगर नगरपालिका भित्र अध्ययन गर्ने हजारौं विद्यार्थीहरुको शैक्षिक हकसम्बन्धीको अधिकार माथि सम्बन्धित निकायले नै गम्भीर खेलबाड गरेको छ । स्थानीय सरकार सञ्चालन…
बिर्तामोड। बिर्तामोड नगरपालिका–३ सैनिक मोड निवासी ज्योति लिम्बूले ३० हप्तामा शिशूलाई जन्म दिएकी छिन् । उनले बिर्तामोडस्थित पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा डा. अजय अग्रवालको सहयोगमा ‘नर्मल’ रुपमा छोरीलाई जन्म दिएकी हुन् । उनले जन्माएको छोरीको तौल १.७ केजी रहेको छ । ‘सामान्यतया गर्भधारण भएको ३७ हप्ता पूरा भएपछि टम डेलिभरी हुनेगर्छ’– अस्पतालकी पिडियाट्रिक एण्डोक्राइनोलजी डा. ज्योति अग्रवालले भनिन्– समय अवधि पुगेर जन्मिएका शिशुको तौल सामान्यतया २.५ केजीदेखि ३.५ केजीसम्म हुने गर्छ । तर, ज्योतिले ३० हप्तामै शिशुलाई जन्म दिएकी थिइन् । जुन ‘एब्नर्मल’ हो, जसलाई हामी ‘प्रि म्याचुर्ड वर्थ’ भन्छौं । ३८ हप्ताभन्दा मुनि बच्चा जन्मिए हामी त्यसलाई ‘प्रि म्याचुर्ड वर्थ’…