Purbi Garjan

मेचीनगरले सञ्चालनमा ल्यायो नगर आधारभूत अस्पताल

मेचीनगरले सञ्चालनमा ल्यायो नगर आधारभूत अस्पताल

मेचीनगरले सञ्चालनमा ल्यायो नगर आधारभूत अस्पताल

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले नगरबासीको स्वास्थ्य सुरक्षामा चासो राख्दै स्वास्थ्य सेवा विस्तारलाई तिब्रता दिइरहेको छ । नगरको पन्द्रवटै वडामा यस अघि नै प्राथमिक स्वास्थ्य सेवा केन्द्र मार्फत वडाबासीलाई वडामा स्वास्थ्य सेवा पुर्याइरहेको  नगरपालिकाले आजदेखि धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्रलाई थप सेवा सुविधा सहित स्तरवृद्वि गरी नगर आधारभूत अस्पतालको रूपमा सञ्चालनमा ल्याएको हो । मेचीनगर - १० स्थित धुलाबारी मोडमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई थप बिशेषज्ञ डाक्टरसहित नगर आधारभूत अस्पतालको रूपमा सञ्चालन गरिएको नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले जानकारी दिए । स्वास्थ्य क्षेत्रमा आम नागरिकको पहुँच सहज रूपमा पुर्याउने उदेश्यले नगरपालिका लागि रहेको बताउँदै उनले भने ४ जना एमबिबिएस डाक्टरसहित सेवा सञ्चालन…
Read More
देवकोटा परिवारको सहयोगमा बन्यो जेसीज धारा, अध्यक्ष कार्कीद्वारा उद्घाटन

देवकोटा परिवारको सहयोगमा बन्यो जेसीज धारा, अध्यक्ष कार्कीद्वारा उद्घाटन

बाहुण्डाँगी । झापाको मेचीनगर नगरपालिका - ४ स्थित बाहुण्डाँगीमा जेसीज धारा उद्घाटन गरिएको छ । स्व टंकबहादुर देवकोटाको स्मृतिमा बाहुनडाँगी जेसीजको समन्वय तथा उनको परिवारको आर्थिक सहयोगमा निर्मित जेसीज धाराको आज सोमबार उद्घाटन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि मेचीनगर -४ का वडा अध्यक्ष अर्जुनकुमार कार्कीले धारामा पानी खोलेर उद्घाटन गरेका थिए भने कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष भिमबहादुर कुँवर, दाता परिवार , स्थानीय समाजसेवी लगायतको उपस्थिति रहेको थियोे । सार्वजनिक उपयोगका लागि स्व. देवकोटाको स्मृतिमा श्रीमती नर्वदा देवकोटा, छोरा बुहारीहरु सुरज, अनिसा, खेम, कला देवकोटा तथा देवकोटा परिवारले धारा निर्माण गर्न आर्थिक सहयोग गरेका थिए । सो अवसरमा…
Read More
छैटौं राष्ट्रिय एमेच्यूर बुद्धिचाल प्रतियोगिता भदौ ७ गतेदेखि काकडभिट्टामा हुँदै

छैटौं राष्ट्रिय एमेच्यूर बुद्धिचाल प्रतियोगिता भदौ ७ गतेदेखि काकडभिट्टामा हुँदै

मेचीनगर । झापाको मेचीनगरमा छैटौं राष्ट्रिय एमेच्यूर बुद्धिचाल प्रतियोगिता हुने भएको छ । आगामी भदौ ७ गतेदेखि १० गतेसम्म काँकरभिट्टामा हुने उक्त प्रतियोगितामा नेपाल भरीबाट विभिन्न जिल्लाका खेलाडीहरूको सहभागीता रहने छ । नेपाल राष्ट्रिय बुद्धिचाल महासंघको प्राविधिक सहयोग तथा नाइट चेस क्लब मेचीनगरको आयोजनामा काँकरभिट्टा खानेपानी संस्थाको सभाहलमा सञ्चालन हुने प्रतियोगिताको विजेता दुई जना २०२४ डिसेम्बर १३ देखि २२ तारिखसम्म दुवईमा हुने एशियन एमेच्यूर बुद्धिचाल प्रतियोगिता २०२४ का लागि नेपालको प्रतिनिधित्व गर्ने आयोजक नाइट चेस क्लबका अध्यक्ष विश्वविजेता घिमिरेले जानकारी दिए । प्रतियोगितामा सहभागी हुन देशका ७७ वटै जिल्लाबाट सिनियर तथा जुनियर खेलाडीहरू नेपालीको सुदूर पुर्व काँकरभिट्टा आउने आयोजकको भनाइ…
Read More
पार्टी भित्रको द्वन्द जसले व्यवस्थापन गर्छ त्यही पार्टीको असल नेता- कार्की

पार्टी भित्रको द्वन्द जसले व्यवस्थापन गर्छ त्यही पार्टीको असल नेता- कार्की

शिवगञ्ज। नेकपा एमालेका केन्द्रीय सदस्य दीपक कार्कीले पार्टीभित्रको आन्तरिक द्वन्द व्यवस्थापन जसले गर्न सक्यो उ पार्टीको असली नेता हुने बताएका छन् । नेकपा एमाले शिवसताक्षी नगरपालिका वडा नम्बर ६ ले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण तथा हालै निर्वाचित वडा कमिटीका पदाधिकारीलाई प्रमाणपत्र प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा मन्तव्य राख्दै संविधानसभाका सदस्य समेत रहेका एमाले नेता कार्कीले पार्टीको कुरा चिया दोकान, होटल या कुनै अनौपचारिक कार्यक्रममा एकले अर्कालाई नराख्न अपिल गरे । उनले सम्बन्धित नेतृत्व वा व्यक्तिलाई आफ्नो समस्याका वा गुनासोको बारेमा सिधा कुरा राख्न अनुरोध गरे । उनले भने ’जनप्रतिनिधि, नेतृत्व वा पार्टीभित्रका नेता कार्यकर्ता ले एकले अर्कालाई आफूलाई परेको…
Read More
महिलालाई आत्मनिर्भर बनाउन वडाद्वारा सिलाइ – कटाई मेसिन वितरण

महिलालाई आत्मनिर्भर बनाउन वडाद्वारा सिलाइ – कटाई मेसिन वितरण

शिवगञ्ज। शिवसताक्षी नगरपालिका वडा नम्बर ६ ले वडाका उद्यमी महिलालाई आत्मनिर्भर बनाउन सिलाइ–कटाई (हेभी खुट्टे) मेसिन वितरण गरेको छ । वडाको सिलिङ बजेटमा समावेस भएको उद्यमी महिलाका लागि सिलाईकटाई मेसिन वितरण गरिएको वडा सदस्य नरेन्द्र बस्नेतले बताए । उनका अनुसार वडामा सिलाई कटाईको शिप भएर पनि बेरोजगार एवम उद्यमी बन्न चाहाने महिलालाई आत्म निर्भर बनाउनका लागि मेसिन प्रदान गरिएको हो । वडाले बिभिन्न कार्यक्रम ल्याएर एउटा समुहलाई ९ थान मेसिन प्रदान गरिएको वडा पालिकाले जनाएको छ । सो समुहमा २१ महिला आवद्ध छन । मेसिन पाएपछि वडाका महिला खुसि भएका छन् । वडाले यी महिलालाई पहिलो पटक १ लाख खर्च…
Read More
बंगलादेश घटनाक्रम – नेपाल र वर्तमान राजनीतिबारे के भन्छन् विप्लव ? विशेष अन्तर्वार्ता

बंगलादेश घटनाक्रम – नेपाल र वर्तमान राजनीतिबारे के भन्छन् विप्लव ? विशेष अन्तर्वार्ता

काठमाडौं । नेपालमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार ढलेर एमाले अध्यक्ष केपी शर्मा नेतृत्वको सरकार बनेको छ । संसदका दुई ठूला दलहरु मिलेर सरकार बनेपछि थरिथरीका विश्लेषणहरु भइरहेका छन् । कसैले कांग्रेस एमाले मिलेर संविधान संशोधन गर्दै देशलाई प्रतिगमनको दिशातिर धकेल्न खोजेको आरोप लगाएका छन् भने कसैले देशमा स्थायीत्व र विकासका लागि ठूला पार्टीहरु मिलेर स्थिरता कायम गर्न खोजेको बताउने गरेका छन् । बंगलादेशमा विद्यार्थीको आवरणमा भएको आन्दोलनका कारण निर्वाचित प्रधानमन्त्री शेख हसिनाले देश छोडेर भाग्नुपरेको छ । देशभित्र र बाहिर भएका राजनीतिक फेरबदलका बिचमा नेकपाको स्थायी समिति बैठक पार्टी केन्द्रीय कार्यालय कपिलबस्तुमा बसेको थियो । बैठकमा पछिल्लो राजनीतिक…
Read More
मेचीनगर: ६ राजनीतिक दलद्वारा नगरपालिका विरुद्ध आन्दोलन गर्ने चेतावनी

मेचीनगर: ६ राजनीतिक दलद्वारा नगरपालिका विरुद्ध आन्दोलन गर्ने चेतावनी

मेचीनगर । मेचीनगर नगरपालिका नेतृत्वको कार्यशैली जनहितकारी नभएको भन्दै ६ दलले भदौबाट चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । नगर नेतृत्व स्वेच्छाचारिता ढंगले अघि बढेको भन्दै ६ दल आक्रोशित बनेको हो । केन्द्रीय सरकारमा एमालेसँगै रहेको नेपाली कांग्रेससहित ६ वटा राजनीति दलले मेचीनगरविरुद्ध चरणबद्ध आन्दोलन गर्ने भएका बुधबार धुलाबारीमा पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । मेचीनगर नगरपालिकामा एमालेको दुई तिहाई बहुमत रहेको छ । गत साउन १८ गते नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना उप्रेतीलाई कार्यशैली सच्याउन माग गर्दै २१ बुँदे ज्ञापन पत्रमार्फत ६ वटा दलले ध्यानाकर्षण गराएका थिए । नगरका नेतृत्वले ६ दलले गराएको ध्यानाकर्षणको विषयमा कुनै प्रतिक्रिया…
Read More
अमेरिकाले आफ्नो स्वार्थ अनकुल नचले हसिनाको हालत बनाउँछ : विप्लव

अमेरिकाले आफ्नो स्वार्थ अनकुल नचले हसिनाको हालत बनाउँछ : विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका माहासचिव विप्लव सीले बंगलादेशमा शेख हसिना सत्ताच्युत हुनुका पछाडि अमेरिकाको हात रहेको बताएका छन् । मङ्गलबार जनपत्रिका अनलाइनसँग कुरा गर्दै महासचिव विप्लवले हसिनाको सत्ता गुम्नुमा अमेरिकाको मुख्य हात रहेको बताएका हुन् । महासचिव विप्लवले पुँजीवादी मुलुकहरुले विश्वका गरिव तथा अविकसित देशहरुलाई जनताको इच्छा बिपरित चलाउने गरेको बताउँदै बंगलादेशको घटना यसकै निरन्तरता जिकिर गरे । ‘गरिव तथा अविकसित देशहरु पुँजीवादीहरुको हित अनकुलका काम गरेर जनताको इच्छा विपरितका काम गरिरहेका हुनछन् ।’, विप्लवले भने, ‘शेख हसिनाले त्यो गरिनन् । अमेरिकाले सैन्य क्याम्प राख्न गरेको प्रस्ताव अस्वीकार गरेका कारण आफूले देश छाड्न परेको हो । उनी आफैले यो बताएकी…
Read More
बिर्तामोडमा महिलालाई घाइते बनाएर साढे ५ लाख बढीको चोरी

बिर्तामोडमा महिलालाई घाइते बनाएर साढे ५ लाख बढीको चोरी

बिर्तामोड । बिर्तामोडमा चोरको आक्रमणबाट एक महिला घाइते भएकी छिन् । बिर्तामोड नगरपालिका- ६ स्थित सुगम शान्ति टोलकी २० वर्षीया कृतिका अधिकारी घाइते भएकी छिन् । श्रीमान् विष्णुप्रसाद अधिकारी विदेशमा रहेको र गएराति घरको दोस्रो तलाको झ्यालबाट चोर पसेको थाहा पाएपछि उनले प्रतिकार गरेका थिइन् । सोही क्रममा उनको नाकमा सामान्य चोट लागि घाइते भई बेहोस भएकी थिइन् । घरमा एक वर्षीया छोरी नित्यनिसँगै सुतिरहेको अवस्थामा घरमा चोर पसेको उनले थाहा पाइन् । उनी बेहोस भएपछि चोरलेदराज फोडेर अन्दाजी तीन तोला सुन, एक तोला चाँदी, अन्दाजी लत्ताकपडा एक लाख रुपैयाँ बराबरको, झर्के थाल–१० थान, बटुका–५ थान, ओपो कम्पनीको मोबाइल–१ थान…
Read More
साम्राज्यवादी शक्ति विरुद्ध लड्न माओवादी एकता- दिपेश सी

साम्राज्यवादी शक्ति विरुद्ध लड्न माओवादी एकता- दिपेश सी

झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य तथा कोशी प्रदेशका इन्चार्ज दिपेश सी ले विश्व साम्राज्यवादी शक्ति एमसिसी र एसपिपी लगायतका विभिन्न प्रोजेक्टका नाममा नेपाल घुसेकाले यसका विरुद्ध लड्न नेपालका हरेक बामपंथी , कम्युनिस्ट शक्तिहरु मिल्नुपर्ने परिस्थिति सिर्जना भएको बताएका छन्। पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमले अहिले नेपालमा विभित्र शक्ति राष्ट्रहरुले षड्यन्त्र गरिरहेकाले यसलाई परास्त नगर्ने हो भने नेपाल देशै नरहने खतरामा पुगेकाले कम्युनिस्ट , देशभक्त , बामपंथी लगायतका शक्तिहरु बीच ध्रुवीकरणको आवश्यकता रहेको उनले बताएका हुन्। नेकपा माओवादी केन्द्र र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बीच एकीकरणको हल्ला चलिरहेका बेला उनले नेताकार्यकर्तालाई स्पस्ट पार्दै माओवादी ध्रुवीकरणको हल्ला…
Read More
ne_NPNepali