बिर्तामोड । प्रेस सेन्टर नेपालको १० औं जिल्ला अधिवेशनले पुष्प खड्काको अध्यक्षता ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षद्वयमा होमप्रकाश अधिकारी र सन्तोष शर्मा, सचिवमा प्रकाश उप्रेती, सहसचिवद्वयमा लेखनाथ चापागाईं र राजन साम्पाङ्ग तथा कोषाध्यक्षमा मनोज तिवारीको नाम सर्वसम्मत चयन गरेको हो । त्यसैगरी टिकाराम बाँस्तोला, भोला तिम्सिना र पर्वत तामाङ सदस्यमा चयन गरिएको छ। समिति पछि २ सदस्यीय थप गर्ने गरी ११ सदस्यीय समिति चयन गरेको हो। अधिवेशनले डण्डिराज घिमिरे र झुलन रेग्मीलाई केन्द्रीय प्रतिनिधिमा पठाउने निर्णय गरेको छ । कार्यक्रममा पत्रकार राजन साम्पाङ प्रेस सेन्टर नेपालमा प्रवेश गरेको छन् । साम्पाङलाई प्रमुख अतिथि एबम्…
मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर १२ मा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । मेचीनगरले अभियान कै रुपमा पुस १ गतेदेखि वडा नम्बर १ बाट सुरु गरेको उक्त कार्यक्रम शुक्रबार १२ नम्बर वडामा सम्पन्न भएको हो । पुस १५ गतेसम्म वडागत रुपमा सञ्चालन हुने अभियान मेचीनगरको पन्ध्रै वटा वडामा एक एक दिन सञ्चालन हुने छ । नगरको १, २, ३, ४ , ५, ६, ७, ८, ९, १०, ११ र १२ नम्बर वडामा कार्यक्रम सकिएको छ । अब ३ वटा वडामा कार्यक्रम बाँकी रहेको छ । हालसम्म करिव एक…
झापा । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा दोस्रो दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनी–२०८१ हुने भएको छ । यो दोश्रो पटकको प्रदर्शनी हुन लागेको हो । कार्यक्रमको सम्पुर्ण तयारी सुरु भएको छ । पुस्तक प्रर्दशनीमा कोशी प्रदेशका व्यवसायी पनि सहभागि हुने भएका छन् । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका कोशी प्रदेश अध्यक्ष जीवन नेपालका अनुसार पुस्तक प्रर्दशनीमा कोशीका पुस्तक व्यवसायी, पाठक, लेखक, पत्रकार, शिक्षक, विद्यार्थी लगायतकाको सहभागिता हुने छ । नेपालका अनुसार झापा, मोरङ, सुनसरी, पाँचथर, धनकुटा लगायतका जिल्लाबाट कम्तिमा १ सय व्यवसायीले प्रर्दशनीको अवलोकन गर्ने छन् । उनले…
झापा । झापाको कमल गाउँपालिका वडा नं ७ मा रहेको अरनिको प्राथमिक विद्यालयका विपन्न विद्यार्थीहरुलाई स्कूल ब्याग वितरण गरिएको छ । झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आज एक कार्यक्रमकाबिच विद्यालयमा पुगेर स्कूल ब्याग वितरण गरेको हो । आर्थिक अवस्था कमजोर भएका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई सिम्रिक सहकारीले सहयोग गरेको भन्दै कार्यक्रमका प्रमुख अतिथि कमल गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष पृथ्वीपति राईले खुसी ब्यक्त गरे । विद्यार्थीहरूको पठनपाठनलाई थप सहज बनाउन सामाजिक उत्तरदायित्व वहन गर्दै १ सय थान स्कूल ब्याग वितरण गरिएको संस्थाका कार्यकारी प्रमुख कमल बस्नेतले जानकारी दिए । संस्थाको…
बिर्तामोड । झापा कपको पहिलो संस्करणको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ । उपाधिसँगै चर्च ब्वाइजले नगद १० लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता एनआरटी क्लबले ५ लाख रुपैयाँमा चित्त बुझायो । चर्च ब्वाइजले एनआरटीलाई फाइनलमा ३–१ गोलअन्तरले हरायो । चर्च ब्वाइजले जितसँगै १० दिनअघि सम्पन्न इलाम गोल्डकपको फाइनलमा एनआरटीसँग व्यहोरेको हारको बदला लिएको छ । इलाम गोल्डकपको फाइनलमा चर्च ब्वाइजलाई एनआरटी क्लबले ३–० गोलअन्तरले पराजित गरेको थियो । गत वर्ष यही रंगशालामा आयोजित झापा गोल्डकपको छैटौँ संस्करणमा पनि चर्च ब्वाइजले उपाधि हात पारेको थियो । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको ‘झापा कप’ फाइनल प्रतियोगिताको सुरुवातमा एनआरटीले बल पोजिसन…
काठमाडौँ । सरकारले संसदमा दर्ता भएको केही नेपाल ऐन (संशोधन) विद्येयकको दफा ६४ फिर्ता लिने सरकारको निर्णयप्रति नेकपाले आपत्ति जनाएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै नेकपा महासचिव विप्लव सीले नेपाल सरकारले पुस ७ गते ऐनको दफा ६४ फिर्ता लिन गरेको प्रस्तावप्रति गम्भीर आपत्ति जनाएका छन् । केपी शर्मा ओली नेतृत्वको सरकार आफैँले विगतमा गरेको निर्णय कार्यान्वयन गर्नुको सट्टा राजनीतिक सहमतिबाट राज्य आफै पछि फर्किन्नु, छलछाम र षड्यन्त्रबाट गुज्रन खोजेको प्रष्ट भएको विप्लवको जिकिर छ । विज्ञप्तिमा विप्लवले पूर्वकानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले राजनीतिक दलमाथि लागेका मुद्धा फिर्ता लिने निर्णय बदर गर्नेगरी वर्तमान कानूनमन्त्री अजयकुमार चौरसियाद्वारा…
मेचीनगर । मेचीनगरमा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण कार्यक्रम धमाधम भइरहेको छ । पुस १ गतेदेखि वडा नम्बर १ बाट सुरु उक्त कार्यक्रम आइतबार सम्म ७ वटा वडामा सम्पन्न भएको छ । पुस १५ गतेसम्म सञ्चालन हुने अभियान मेचीनगरको पन्ध्रै वटा वडामा एक - एक दिन सञ्चालन हुने छ । नगरको १, २, ३, ४ , ५, ६ र ७ नम्बर वडामा उक्त कार्यक्रम सकिएको छ । अब ८ वटा वडामा कार्यक्रम बाँकी छ । हालसम्म करिव एक हजार जनाले सो सेवा लिइसकेका छन् । वडा नम्बर ७ मा अपाङ्गता भएका २०३ जना व्यक्तिहरु…
बिर्तामोड। झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी प्रथम झापा कपको उपाधिका लागि भोलि चर्च ब्वाइज युनाइटेड र न्यु रोड टिम ९एनआरटी० खेल्दै छन् । फाइनल खेलको अघिल्लो दिन आज खेलमैदानमा आयोजित प्रिम्याच कन्फ्रेन्समा दुबै टिमले उपाधि जित्ने दाबी गरेका छन् । ए डिभिजन लिगको च्याम्पियन चर्च ब्वाइज र छैटौँ स्थानको एनआरटी १० दिनपछि पुनः उपाधि होडमा रहेका छन् । इलाम गोल्डकपपछि उनीहरु छिमेकी जिल्ला झापामा झापा कपको फाइनलमा खेल्दै छन् । झापा कपको पहिलो चरणमा गोर्खा ब्वाइज स्पोर्टस् क्लबलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको चर्च ब्वाइजले फाइनल प्रवेशका लागि सिरहाको सलहेश फुटबल क्लबलाई पराजित गरेको थियो । त्यस्तै, चित्लाङ फुटबल क्लबलाई…
मेचीनगर । मेचीनगरमा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र बितरण कार्यक्रम प्रभावकारी बन्दै गइरहेको छ । पुस १५ गतेसम्म सञ्चालन हुने यो अभियानबाट आजसम्म ६ वटा वडाका अपाङ्गता भएका मानिसहरुले लाभ लिइसकेका छन् । पुस १ गतेदेखि सञ्चालन भएको कार्यक्रम अहिलेसम्म ६ नं वडासम्म कार्यक्रम सम्पन्न भइसकेको छ। नयाँ तथ्याकं अनुसार मेचीनगर वडा नम्बर ६ मा २१६ जना अपाङ्गता भएका व्यक्तिहरु रहेका छन् । शनिबार मेचीनगर ६ वडा कार्यालय परिसरमा सम्पन्न कार्यक्रममा उनीहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र बितरण गरिएको मेचीनगर ६ का वडाध्यक्ष ललितबहादुर तामाङ्गले जानकारी दिए । उनले अभियानमा सबै लक्षित वर्गको…
प्रविण अधिकारी मेचीनगर । नेपाली महिला राष्ट्रिय टिमकी पुर्व कप्तान रुविना क्षेत्री र रङ्गकर्मी एवम् जातिय छुवाछुत विरुद्धकी अभियान्ता कविता नेपाल "उत्कृष्ट दस युवा पुरस्कार"बाट सम्मानित भएका छन्। राष्ट्रिय महिला क्रिकेट टिमकी पुर्व कप्तान रूविना क्षेत्री र अभियान्ता कविता नेपाललाई नेपाल जेसीजले आफ्नो ५१ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा "उत्कृष्ट युवा पुरस्कार"बाट सम्मानित गरिएको हो । हिजो शनिबार इटहरीमा शुरु भएको जेसिज राष्ट्रिय सम्मेलनका प्रमुख अतिथि एवम् प्रधानमन्त्री केपी शर्मा ओली, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष रबिन कुमार पोखरेल लगायतले रुविना र कवितालाई नगद २० हजार सहित सम्मानपत्रद्धारा सम्मानित गरेका हुन् । सुरूङ्गा जेसीजको सिफारिसमा खेलको…