मेचीनगर, झापा । स्वच्छ ऊर्जा प्रवर्द्धन र दिगो यातायात प्रणालीको लक्ष्यसहित ईभी नेपाल यातायात प्रालिले काँकडभिट्टामा आफ्नो कार्यालय सञ्चालनमा ल्याएको छ। मेचीनगर–६ स्थित पुरानो भन्सार क्षेत्रको कार्यालय आइतबार एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको हो। ईभी नेपालले यसअघि नै बैशाख ७ गतेदेखि काँकडभिट्टा–विराटनगर र काँकडभिट्टा–धरान रुटमा ७ वटा विद्युतीय माइक्रोबस (ईभी) नियमित रूपमा सञ्चालनमा ल्याइसकेको छ। कम्पनीले वायु प्रदूषण न्यूनीकरण तथा वातावरणीय सन्तुलनलाई प्रमुख प्राथमिकता दिँदै काँकडभिट्टा–ईलाम रुटमा समेत सेवा विस्तारको तयारी गरिरहेको जनाएको छ। कार्यक्रममा बोल्दै ईभी नेपालका अध्यक्ष तथा पत्रकार सन्तोष आचार्यले कम्पनीले सुरक्षित, सुलभ र यात्रु–मैत्री सेवा प्रदान गर्दै हरित यातायात प्रणालीको उदाहरणीय नमूना बन्ने विश्वास व्यक्त…
झापा । कप्तान सवित्रा भण्डारी ‘साम्बा’ को उत्कृष्ट पाँच गोलको मद्दतले नेपालले एएफसी महिला एसियन कप छनोट अन्तर्गत लाओसलाई ९-० को फराकिलो अन्तरले पराजित गरेको छ। नेपालका लागि अनिता बस्नेत, सरु लिम्बु, रश्मिकुमारी घिसिङ र अनिता केसी ले पनि समान १–१ गोल गर्दै जितमा योगदान दिए। पहिलो हाफमा दुई गोल नेपालले खेलको सुरुवातमै आक्रामक शैली देखायो। १२औं मिनेटमा अनिता बस्नेतले खेलको खाता खोलेकी थिइन्। सविता राना मगरको क्रसमा साम्बाको हेडरपछि अनिताको बायाँ खुट्टाले प्रहार गरेको बल जाली चुमेको थियो। ४४औं मिनेटमा साम्बाले हेडरमार्फत गोल गर्दै अग्रता २–० मा पुर्याइन्। अनिता बस्नेतको क्रसमा उनले गोल गरेकी थिइन्। दोस्रो हाफमा गोलको वर्षा…
अर्जुनधारा, झापा । गएराति करिब १२ बजे झापा जिल्लाको अर्जुनधारा नगरपालिका–११ स्थित बसपार्क क्षेत्रमा रहेको एक फर्निचर उद्योगमा आगलागी भएको छ। स्थानिय मोतीबहादुर खड्काको टिनको छानो र टिनको बेराले बनाइएको एक तले घरमा सञ्चालित ‘खड्का फर्निचर’ मा विद्युत सर्ट भई आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। आगलागीबारे राति १२:०५ बजे सूचना प्राप्त हुनासाथ प्रहरी निरीक्षक नोर्जङ लामा नेतृत्वको टोली घटनास्थलमा खटिएको थियो। प्रहरी, बिर्तामोड नगरपालिकाको दमकल र स्थानिय बासिन्दाको सहयोगमा आगो राति करिब १२:३० बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको झापाका सुरक्षास्रोतले जनाएको छ। आगलागीबाट उद्योगमा रहेको एक थान काठ चिर्ने मेसिन र ठूलो परिमाणमा काठपात जलेर नष्ट भएको छ। प्रारम्भिक…
झापा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ‘आत्मनिर्भर पार्टी, आत्मनिर्भर नेता–कार्यकर्ता हुँदै आत्मनिर्भर देश’ भन्ने नाराका साथ देशव्यापी उत्पादन अभियान तीव्र बनाएको छ। असार १० गतेदेखि सुरु भएको यो अभियान साउन १० गतेसम्म सञ्चालन हुनेछ, जसमा पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ता खेत–बारीदेखि खलिहानसम्म सक्रिय रुपमा खटिएका छन्। पार्टी महासचिव विप्लव सीका अनुसार, यो अभियान पार्टीको मात्र नभई देश र जनताको साझा प्रयास हो। यसले नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउने र जनतालाई स्वाभिमानी तथा स्वाधीन जीवनयापनको दिशामा अग्रसर गराउने लक्ष्य लिएको छ। व्यवहारमा उतारिँदै आत्मनिर्भरताको दर्शन नेकपाले विगतदेखि नै आत्मनिर्भर पार्टी निर्माणको वैचारिक आधार तयार गरी व्यवहारमा उतार्ने प्रयास गर्दै आएको…
क्वालालम्पुर । ओपनर प्रसिद्ध जैसीको शानदार शतक र कप्तान विपिनप्रसाद शर्माको उत्कृष्ट बलिङ प्रदर्शनको मद्दतले नेपालले एसिसी यू–१६ इस्ट जोन कप २०२५ को सेमिफाइनलमा स्थान पक्का गरेको छ। नेपालले आइतबार भएको समूह चरणको तेस्रो खेलमा इण्डोनेसियालाई ३७० रनको विशाल अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा सुनिश्चित गरेको हो। नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ४२० रनको विशाल योगफल तयार गर्यो। जवाफमा इण्डोनेसिया २४.३ ओभरमा मात्र ५० रनमा समेटियो। नेपालका ओपनर प्रसिद्ध जैसीले ११५ बलमा १५ चौका र १ छक्का सहित १३२ रनको शतकीय इनिङ खेले। पहिलो विकेटका लागि उनले परिमार्जन यादवसँग १३२ रनको साझेदारी गरे। परिमार्जनले २८…
मेचीनगर, झापा । बाहुण्डाँगी जेसीजले अति विपन्न अवस्थाका विद्यार्थीहरूलाई शैक्षिक सामग्री तथा पोशाक वितरण गरेको छ। मेचीनगर–१ स्थित पवित्र माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा तीन जना विद्यार्थीलाई सहयोग सामग्री वितरण गरिएको हो। विद्यालयका शिक्षक तथा जेसीज सदस्य जेसी विष्णु अधिकारीका अनुसार बाँडिएको सामग्रीमा पोशाकसहित शैक्षिक सामग्रीहरू समावेश छन्। वितरण कार्यक्रम बाहुण्डाँगी जेसीज २०२५ का कानुनी सल्लाहकार जेसी अनिश काफ्लेको जन्मदिनको अवसर पारेर गरिएको हो। उहाँको आर्थिक सहयोगमा दुई जना विद्यार्थीलाई र शिक्षक अधिकारीको सहयोगमा एक जना विद्यार्थीलाई सामग्री प्रदान गरिएको अध्यक्ष जेसी नित्यानन्द चम्लागाईंले जानकारी दिनुभयो। कार्यक्रम अध्यक्ष चम्लागाईंको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथि मेचीनगर–१ का वडाध्यक्ष तथा विद्यालय…
बिर्तामोड, झापा । झापाको बिर्तामोड नगरपालिका–१ स्थित बिर्तासिटी अस्पताल छेउमा रहेको एक चिया–नास्ता पसलमा आगलागी भएको छ। बलभद्र प्रसाईद्वारा सञ्चालित टिनको छानो र टिनको बेरा भएको भुईँतले पसलमा करिब ४ बजे आगो लागेको हो। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, पसल संचालककी श्रीमती ३८ वर्षीया सोईता प्रसाईले मादक पदार्थ सेवन गरेर श्रीमानसँग झगडा गरेपछि पेट्रोल छर्की आगो लगाएको खुलेको छ। आगलागी गरेपछि उनी फरार रहेको जनाइएको छ। घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी बिर्ताबजारबाट प्रहरी टोली खटिएको थियो। स्थानीयवासी र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा करिब ४:२० बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो। आगलागीबाट खाजा–नास्ता, भाँडाकुँडा, फ्रिज लगायत पसलभित्र रहेका सामग्री जलेर करिब…
झापा । झापाको अर्जुनधारा नगरपालिका–६ स्थित पुष्पलाल चोकबाट लाऔ गाँजासहित दुई जना पक्राउ परेका छन्। असार १२ गते दिउँसो ४:३० बजे जिल्ला प्रहरी कार्यालय झापाको शनिश्चरे प्रहरी चौकीबाट खटिएको प्रहरी नायब निरीक्षक उमेश श्रेष्ठको टोलीले गोप्य सूचनाका आधारमा अमृत माया लिम्बुको घरमा छापा मारेर ठूलो परिमाणमा लागुऔषध बरामद गरेको हो। अर्जुनधारा–६ निवासी ५९ वर्षीया लिम्बुको घर खानतलासी गर्दा १ केजी ८८२ ग्राम लाऔ गाँजा फेला परेको प्रहरीको भनाइ छ। त्यस्तै, सोही ठाउँमा रहेका जिल्ला इलाम, इलाम नगरपालिका–१२ स्यानाङ्बाका २० वर्षीय रोशन भट्टराईको साथबाट थप ६ ग्राम ६३० मिलिग्राम लागुऔषध फेला परेको थियो। भट्टराई हाल अर्जुनधारा–१ मा निर्माणाधीन झुलुङ्गे पुलमा काम…
बिर्तामोड । अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेव सिंह गोम्देन तामाङले आफ्नो घरअगाडि कालोपत्रे हुँदै गर्दा क्यारेम र लुडो खेलेर बस्ने होइन, सहकार्य गर्नुपर्ने बताएका छन्। उनले विरोधका नाममा विरोध गर्ने प्रवृत्ति हावी हुँदै गएको भन्दै स्थानीयलाई विकासमा सक्रिय भूमिका खेल्न आग्रह गरेका हुन्। बिहीबार अर्जुनधारा नगरपालिका–३, खुदुनावारीमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै मेयर तामाङले विकास सबैको साझा दायित्व भएको बताए। “घरअगाडि कालोपत्रे भइरहेको छ, तर सचेत युवाहरू क्यारेम खेलिरहेका छन्। पछि भने फेसबुकमा लेख्छन् – नगरपालिकाले केही गरेन,” उनले गुनासो गरे। “त्यस्ता युवालाई पाहुनाजस्तै बोलाएर काममा लगाउनुपर्छ,” उनले थपे। नगर क्षेत्रभित्र भइरहेको विकास निर्माणमा नागरिकको चासो र निगरानी अपरिहार्य रहेको उल्लेख…
तुलसीपुर हेमन्तप्रकाश वली । नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिती दाङले जिल्लामा ‘क्विक रेस्पोन्स टिम’ सक्रिय बनाउने बताएको छ । पार्टीका जिल्ला सचिव तिलक सीले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएका हुन् । जिल्ला सचिव तिलक सीद्वारा जारी विज्ञप्तिमा वर्षाको बेलामा बाढी पहिरो लगाएत सम्भावित प्रकोपमा आवश्यक सहयोग (उद्धार , राहत)का लागि जिल्ला पार्टी सचिवको नेतृत्वमा रहेको ‘क्विक रेस्पोन्स टिम’लाई सक्रिय पारी उद्धार र सहयोगमा विभिन्न निकायसंग सहकार्य गरि परिचालन गर्ने बताइएको छ । यस्तै विज्ञप्तिमा किसानहरुलाई यथासिघ्र सहजरुपमा मलको प्रवन्ध गर्न सरकारसंग जोडदार माग गरिएको छ। विज्ञप्तिमा भनिएको छ – ‘धान उत्पादनको सिजन चलिरहेको छ । मलको मात्रा…