मेचीनगर । झापाको मेचीनगर -४ बाहुनडाँगी स्थित सरस्वती माविको खेल मैदानमा जारी इण्डो-नेपाल टि-ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थण्डर-११ सेमिफाइनल प्रवेश गरेको छ। टस हारेर पहिलो ब्याटिङ गरेको थण्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै ११४ रन बनाएको थियोे । पानीका कारण १६ ओभरको म्याच खेलाइएको थियोे । थण्डरका लागि किरात डाँगीले सर्वाधिक ३७ रन बनाए । त्यस्तै विदान दुलालले १८ रन, शिव राजवंशीले १६ रन तथा नित्य खडरियाले १५ रन बनाएका थिए। बलिङतर्फ दमकका लागि आनन्द शर्माले सर्वाधिक ३ विकेट लिए। त्यस्तै रवित राजवंशी र एलिक राईले समान २/२ विकेट…
मेचीनगर। सडनडेथमा धरानलाई पराजित गर्दै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर यहाँ आयोजित पाँचौ मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । फाइनल प्रवेशसँगै काँकरभिट्टाले कम्तिमा ५ लाख रुपैयाँ सुरक्षित गरेको छ । उपाधीका लागि काँकरभिट्टाले बिहिवार हुने अन्तिम सेमिफाइनल खेल चर्च व्वाइज क्लब र मच्छिन्द्र क्लबबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । सडनडेथमा काँकरभिट्टाका विदेशी खेलाडी फ्रेन्कलिन तालाले गोल गरे भने धरानका रोमन लिम्बूको प्रहार गोलरक्षक विवस चौधरीले बचाए । टाइब्रेकरमा काँकरभिट्टाका अभिषेक गुरुङ, दिवस उराउ, निशान लिम्बू र विवेक गुरुङले गोल गरे भने हेमन्त लिम्बूको प्रहार बारमा लागेर फर्किएको थियो । धरानका मिलन राई, सबिन राई, प्रज्वल थापा, अजय विष्टको प्रहार गोल…
मेचीनगर । झापाको मेचीनगरमा जारी मेचीनगर गोल्डकप अन्तर्गत मंगलवार भएको अन्तिम क्वाटरफाइनल खेलबाट मच्छिन्द्र फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आजको खेलसँगै जारी प्रतियोगिताको सेमिफाइनल संस्करण पुरा भएको छ । मच्छिन्द्रले जितमा १–० को संघर्षपूर्ण जित निकाल्यो । मच्छिन्द्रका लागि निर्णायक एक मात्र गोल विदेशी खेलाडी युसुफ मलिकले पहिलो हाफको अतिरिक्त समयमा गरेका थिए । उनले स्टेफन कामाहाको पासमा पेनाल्टी एरियाबाट गोल गरे । मच्छिन्द्रले दोस्रो सेमिफाइनल खेलमा चर्च व्वाइज युनाइटेडको सामना गर्नेछ । खेलको ११ औँ मिनेटमा मच्छिन्द्रका आदित्य शाक्यको क्रसमा स्टेफन कामाहाले गरेको हेडर बाहिरियो । खेलको ३५ औँ मिनेटमा मछिन्द्रका पुजन श्रेष्ठको फ्रिकिकलाई विदेशी खेलाडी युसुफ…
मेचीनगर । झापाको मेचीनगर -४ बाहुनडाँगी स्थित सरस्वती माविको खेल मैदानमा जारी इण्डो-नेपाल टि-ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा विर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले पराजित गर्दै पेनोरिस -११ सेमिफाइनल प्रवेश गरेको छ। टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै मात्रै १४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल ठाकुरले सर्वाधिक ५६ रन बनाए । उनले ३५ बलमा ५६ रन बनाएका हुन्। त्यस्तै सिन्टु देवले १९ रन, करनजित रोयले १७ रन तथा बोनम अलि खान र अनुज रोयले समान १२ रन बनाए। बलिङतर्फ विर्तामोडका लागि ज्ञानु श्रेष्ठले सर्वाधिक ५ विकेट लिए। उनले कसिलो बलिङ गर्दै…
मेचीनगर। झापाको मेचीनगरमा जारी पाँचौं मेचीनगर गोल्डकप अन्तर्गत आज अन्तिम क्वाटरफाइनल खेल हुँदैछ । काँकरभिट्टा खेल मैदानमा आज ए डिभिजन क्लब मछिन्द्र एफसी काठमाडौं र विभागीय टिम शसस्त्र प्रहरीको एपीएफ एफसी काठमाडौं बिच खेल हुनेछ । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा सञ्चालित मेचीनगर गोल्डकपको पाँचौं संस्करणमा यी दुई टिम बिच रोमाञ्चक भिड्न्त हुने आयोजकले जनाएको छ । आजको खेल जित्दै दुवै टिमले अन्तिम चारमा फाइनल प्रवेशिका लागि चर्च ब्वाइज युनाइटेड संगको भेट पक्का गर्ने दाउमा हुनेछन् । यसअघि सोमबार भएको खेलमा उज्वेकिस्तानको व्ल्याक बुल्स एफसीलाई पराजित गर्दै धरान एफसी सेमिफाइनलमा प्रवेश गरिसकेको छ । धरानले पहिलो सेमिफाइनलमा आयोजकसंग खेल्ने छ…
मेचीनगर । अन्तिम पाँच मिनेट सम्हालिन नसक्दा पाहुना टोली उज्वेकिस्तानको व्ल्याक बुल्स एफसी यहाँ आयोजित पाँचौ मेचीनगर गोल्डकपको पहिलो चरणबाटै घर फर्किएको छ । टाइब्रेकरमा धरान फुटबल क्लबसँग ५– ३ को गोल अन्तरले पराजित हुँदै व्ल्याक बुल्स घर फर्किएको हो । टाईब्रेकरमा धरानका कप्तान मिलन राई, सुरज रसाइली, प्रज्वल थापा, अजय विष्ट र सुगम जिसीले गोल गरेका थिए । यसैगरी व्ल्याक बुल्सका खुसन गनुनोभ, अजिजबेक खुसौनोबेभ र कुभनबेकले गोल गरे भने आसिभेकको प्रहार गोलरक्षक बिपुल मगरले बचाए । निर्धारित ९० मिनेटको खेलमा दुबै टिमको १–१ को बराबरीमा सकिएपछि खेललाई सोझै टाइब्रेकरमा धकेलिएको थियो । खेलको ६० औँ मिनेटमा व्ल्याक बुल्सले…
मेचीनगर । झापाको मेचीनगर -४ बाहुनडाँगी स्थित सरस्वती माविको खेल मैदानमा जारी इण्डो-नेपाल टि-ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ। टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै मात्रै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पन कार्कीले सर्वाधिक समान २१ /२१ रन बनाएका थिए। लिम्बू र कार्कीले समान २० बल खेल्दै २१ रन बनाएका थिए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन नसक्दा बुधबारे ७२ रनमै अलआउट भएको थियोे । बलिङतर्फ बाहुनडाँगीका लागि सन्तोष प्रधान र…
नेपालको इतिहास राजनीतिक उतार-चढावले भरिएको छ । पञ्चायत, राणा शासन, गणतन्त्र, राजतन्त्र, जस्ता विभिन्न शासन व्यवस्थाहरू जनताको चाहना र संघर्षकै कारण स्थापित वा विस्थापित भएका उदाहरणहरू हुन् । आज फेरि, नेपालको राजनीतिक फलकमा राजसंस्था पुनर्स्थापनाको बहस चर्किएको छ । राजसंस्थाको पुनर्स्थापनाको माग र समसामयिक बहस गणतन्त्र स्थापनाको १७ वर्षपछि पनि नेपालमा राजनीतिक अस्थिरता, भ्रष्टाचार, र सुशासनको अभाव छ । यही परिस्थितिले केही वर्गलाई राजसंस्था पुनर्स्थापना नै समाधान हुन सक्ने सोच बनाउन बाध्य गराएको छ । हालै देशभर आयोजित विभिन्न प्रदर्शनहरूले राजसंस्था पुनर्स्थापनाको माग पुनः बलियो बनाएको देखिन्छ । विश्वका उदाहरण : पुनर्स्थापित राजसंस्थाहरू केही देशहरूले राजसंस्था पुनर्स्थापनाको बाटो अपनाएका छन्…
मेचीनगर । नेकपा माओवादी केन्द्र मेचीनगरले पार्टी रुपान्तरण अभियानलाई तिव्र पारेको छ । पार्टीले नगरमा प्रभाव पार्ने गरी अभियानलाई तिव्र बनाएको हो । गत पुष महिनादेखि मेचीनगर-६ बाट सुरु गरेको अभियानले नगरभित्र १५ वटै वडामा अधिवेशन-सम्मेलनबाट पार्टी सदस्यलाई जागरुक बनाउने गरी लागिपरेको छ । पार्टीले पुराना सदस्यलाई उनीहरुको कार्यशैली, प्रभाव र इमान्दारिताका आधारमा वडास्तरको पदमा हेरफेर गर्दै नगर पठाउने तथा नयाँ सदस्यलाई स्वागत गर्दै विभिन्न उप-समितिसमेत निर्माण गरेको छ । वडा अधिवेशनपछि पार्टीले वडाभित्र `टोलसेल´ कमिटीसमेत निर्माण गर्ने तयारी गरेको नेकपा माओवादी केन्द्र मेचीनगरका अध्यक्ष राजन चिमोरियाले जानकारी दिए । उनका अनुसार मेचीनगरभित्र १ हजार ९३ जना पार्टी क्रियाशील सदस्य…
मेचीनगर । झापाको मेचीनगरमा जारी पाँचौं मेचीनगर गोल्डकप अन्तर्गत आज तेस्रो क्वाटरफाइनल खेल हुँदैछ । धरान एफसी सुनसरीले विदेशी टिम उज्वेकिस्तानको व्ल्याक बुल्स एफसीको सामना गर्दैछ । व्ल्याक बुल्स एफसी यसअघि आहा रारा पोखरा गोल्डकप खेल्न नेपाल आएको थियो । नेपालमा खेलेको पहिलो पटक नै उसले विभागीय टिम नेपाल पुलिस क्लबलाई पराजित गर्दै आहारारा गोल्डकपको उपाधि समेत जित्न सफल भएको थियो । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा सञ्चालित मेचीनगर गोल्डकपको पाँचौं संस्करण काँकरभिट्टा खेलमैदानमा दिउँसो २:३० बजेबाट सेमिफाइनल प्रवेशका लागि हुने खेलमा बहुप्रतिक्षित उज्वेकिस्तानको व्ल्याक बुल्स एफसी र धरान एफसी बिच रोमाञ्चक भिड्न्त हुने छ । आजको खेल जित्दै दुवै…