खगेन्द्र सिटौला - झापाको गौरादह नगरपालिकामा रहेका पुराना वामपन्थीहरु संग नेकपा महासचिब बिप्लबले आईतवार अपरान्ह मसिनो छलफल गरेका छन । अन्तर्कृयात्मक बसाइको क्रममा झापाको कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएका पुराना वामपन्थी अग्रजहरु संग महासचिब बिप्लबले पार्टीको योजना कार्यक्रम बारे छलफल गरेका हुन । नेपालको वर्तमान राजनीतिक अन्यौलता र समाजको आगामी बाटो बारे उक्त छलफल भएको हो । स्थानिय बामपन्थी अग्रजहरुले नेपालमा सबै दल र नेताहरु खराब भएको र जनता आजित भैसकेको अवस्थामा नेपाल कम्युनिस्ट पार्टी र बिप्लब प्रती भरोसा रहेको बताए । उनिहरुले पार्टीलाई जनताको प्रतिनिधित्व गर्नेगरी जनताको बिचमा तिब्र रुपमा जान समेत सुझाब दिए । गौरादहका बामपन्थी अग्रजहरुको सुझाब…
झापा | नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' झापाको सीमावर्ती ग्रामीण बस्तीमा पुगेका छन् । उनले स्थानीय जनतासँग अन्तरक्रिया गर्दै उनीहरूका समस्या सुनेर समाधानका लागि पार्टीको प्रतिबद्धता दोहोर्याएका छन् । विशेष गरी सीमा अतिक्रमण, भूमि व्यवस्थापन, सुरक्षा, र विकासका मुद्दाहरूमा उनले गम्भीर चासो व्यक्त गरेका छन् । महासचिव विप्लवले सिमा अतिक्रमणविरुद्ध सशक्त पहल गर्नुपर्ने आवश्यकता औंल्याउँदै राज्यले सीमावर्ती क्षेत्रमा बेवास्ता गरे कम्युनिस्ट आन्दोलनले अगुवाइ लिने चेतावनी दिए। साथै, शिक्षा, स्वास्थ्य, रोजगारी, र पूर्वाधार विकासजस्ता आधारभूत आवश्यकताहरू पूरा गर्न नेकपाले संघर्ष जारी राख्ने उनले स्पष्ट पारे । यसै क्रममा, महासचिव विप्लवको झापा भ्रमणलाई पार्टीको अग्रगामी आन्दोलनलाई बलियो बनाउन महत्त्वपूर्ण मानिएको…
मेचीनगर। बाहुण्डाँगी जेसीजले नारी दीवस विशेष प्यानल डिस्कन कार्यक्रम शनिवार भव्य रुपमा सम्पन्न गरेको छ । बाहुनडाँगी जेसीज बर्ष २०२५ का अध्यक्ष जेसी नित्यानन्द चम्लागाँईको अध्यक्षता तथा मेचीनगर नगरपालीकाकी उप-प्रमुख मिना पोखरेल उप्रेतीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । विशेषगरी महिलाहरुलाई सक्षम र सबल बनाउने उद्देश्यले आयोजित उक्त कार्यक्रमको संयोजन उपाध्यक्ष जेसी रिना दर्जीले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन महासचिव सुस्मा मिश्रले गरेकि थिइन् । उक्त कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष जेसी किरण गौतमले आस्था पाठ गरेका थिए भने उपाध्यक्ष जेसी प्रबिन चापागाईंले मिसन भिजन सुनाएका थिए । जेसी रीना दर्जीले कार्यक्रम माथि प्रकाश पार्दै सहभागीहरुलाई स्वागत गरेकी थिइन् । कार्यक्रममा…
KHAGENDRA SITAULA, JHAPA । काठमण्डौमा बुद्धीजिवीहरु भेला गरेर नेपाली समाजको आगामी बाटो बारे परामर्श गरिरहेका बिप्लव शनिवार सांझ एकाएक भद्रपुर बिमान स्थल झरे । बिप्लबलाई स्वागत गर्न नेकपा किरात लिम्बुवान प्रदेश इन्चार्ज दिपेश सी, झापा इन्चार्ज सुमनसिंह सी, झापाका प्रहरी प्रमुख मिलन केसी लगायत तीन दर्जन नेता कार्यकर्ताको उपस्थिती थियो । हुनत यसअघी नै बिप्लव झापा आउने कार्यसुची रहेको नेकपा झापाका नेताहरुले बताइरहेका थिए । तर, बिप्लब तीन दिन सम्म झापामा के गर्दैछन र यसको कारण के हो ? पुर्वी गर्जनले चासोका साथ बुझेको छ । झापामा पछील्लो चरण प्रतिगामी, पश्चगामी गतिबिधीको तिब्र चलखेल बढेको, झापाली जनता परिवर्तनको पक्षमा हुंदा…
विप्लव झापामा : अग्रगामि प्रवृतीलाई बलियो पार्दै झापा | नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द बिप्लव ३ गते बाट झापा भ्रमणमा हुनेछन् । आज २ गते सांझ उनी काठमाडौबाट भद्रपुर बिमान स्थल आईपुगेका हुन । ३,४,५ गते उनले जिल्लाका विभिन्न स्थानमा अग्रगामी प्रवृती संग भेटघाट, छलफल अन्तर्कृया गर्नेछन् । बिप्लवको उदेश्य झापालाई देशको आगामि निकास संग जोड्न मसिनो गरि छलफल गर्ने रहेको छ । पार्टीका झापा जिल्ला इन्चार्ज सुमनसिंह सी, का अनुसार महासचिवको यो भ्रमण वर्तमान राजनितिक अन्यौलताको कारण भ्रमको खेती चलाएर झापा मार्फत प्रतिगमनकारी षड्यन्त्रलाई टेवा पुर्याउंदै आएको प्रवृतिलाई निरुत्साहित गर्ने र झापाको क्रान्तिकारी कम्युनिस्ट प्रवृतीलाई अग्रगामी…
मेचीनगर । झापाको मेचीनगर -४ बाहुनडाँगी स्थित सरस्वती माविको खेल मैदानमा जारी इण्डो-नेपाल टि-ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको दोस्रो सेमिफाइनल खेलमा आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई ७६ रनले पराजित गर्दै थण्डर-११ फाइनल प्रवेश गरेको छ। टस हारेर पहिलो ब्याटिङ गरेको थण्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २०५ रन बनाएको थियोे । थण्डरका लागि रोहित राजवंशीले सर्वाधिक ७३ रन बनाए । त्यस्तै विशेष बुढाथोकीले २८ रन, चन्द्र भट्टराईले २४ तथा विराट डाँगीले २० रन प्रहार गरे। बलिङतर्फ बाउनडाँगीका लागि आयुश दाहाल र सन्तोष प्रधानले समान ३/३ विकेट हात पारे भने नाजिर हुसेनले २ तथा रमन कार्की र निरोथ रोयले १/१ विकेट…
मेचीनगर। लिगलिडर चर्च व्वाइज युनाइटेड पाँचौ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार सम्पन्न फाइनल खेलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० कोे गोलअन्तर पराजित गर्दै प्रतियोगिताको च्याम्पियन बनेको हो । जितसँगै चर्च व्वाइजले झापा कप पछि उपाधीको खडेरी तोडेको छ । मंसिरमा सम्पन्न झापाको उपाधी हात पारेको चर्च व्वाइजले त्यसयता कुनै प्रतियोगितामा जित निकालेको थिएन । चर्च व्वाइजले नगद १० लाख, ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेता बनेको काँकरभिट्टाले नगद ५ मा चित्त बुझायो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च व्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर अभिषेक गुरुङले पेनाल्टी एरियामा क्लियर…
मेचीनगर। बाहुनडाँगी जेसिजले सधैं झै होलि मिलन कार्यक्रम सम्पन्न गरेको छ । बाहुण्डाँगी जेसीज बर्ष २०२५ का अध्यक्ष जेसी नित्यानन्द चम्लागाँईको अध्यक्षतामा भएको कार्यक्रममा बाहुनडाँगी जेसीजका संस्थापक अध्यक्ष जेसी नवीन बरालको प्रमुख आतिथ्यता रहेको थियोे । उक्त होली मिलन कार्यक्रम को संयोजन सामुदायिक क्षेत्रका उपाध्यक्ष जेसी बिमल रणपहेली रहेका थिए। महासचिव सुस्मा मिश्रले सञ्चालन गरेको कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष जेसी किरण गौतमले जेसीज आस्था बाचन गरेका थिए भने मिसन, भिजन र व्यक्तिगत क्षेत्रका उपाध्यक्ष जेसी रिना दर्जीले बाचन गरेकी थिइन । कार्यक्रम संयोजक बिमल रणपहेलीले स्वागत गरेको कार्यक्रममा २०१३ का अध्यक्ष बद्री निरौला , २०२० का अध्यक्ष जेसी सागर कार्की र…
मेचीनगर । पाँचौ संस्करणको मेचीनगर गोल्डकपको उपाधिका लागी लिगलिडर चर्च ब्वाइज युनाइटेड र आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर बिच शनिबार प्रतिस्पर्धा हुँदैछ । काँकरभिट्टा खेल मैदानमा जारी प्रतियोगिताको उपाधिका लागि शनिबार आयोजक र चर्च ब्वाइज आमनेसामने हुन लागेका हुन् । फाइनल अघि शुक्रबार भएको प्रि–म्याच कन्फ्रेन्समा बोल्दै दुबै टोलीका कप्तान र प्रशिक्षकले पहिलो पटक च्याम्पियन बन्न टोली तयार रहेको सुनाए । पाँच वर्षपछि प्रतियोगिता हुँदा नयाँ च्याम्पियन पाउने टुंगो लागेको छ । २०७१ सालबाट सुरु भएको प्रतियोगिताको पहिलो उपाधि विर्तामोड युनाइटेड, दोस्रो पटक झापा ११, तेस्रो पटक विभागीय टोली त्रिभुवन आर्मी क्लब र चौथो संस्करण अर्काे विभागीय टोली नेपाल पुलिस…
प्रविण अधिकारी मेचीनगर। आम नगरवासीको आलोचना खेपिरहेको मेचीनगर नगरपालिका अब भने नागरिकका प्रश्नसँगै तर्सिन थालेको छ। यसको उदाहरण हो बुधबार भएको सार्वजनिक सुनुवाइ कार्यक्रम । बुधबार नगरपालिकाको सभाहलमा आफू निकट केही पत्रकार बोलाएर नगरपालिकाले गुपचुप सार्वजनिक सुनुवाइ सक्कायो। गजबको कुरा त के छ भने, नगरपालिकाले गरेको पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रममा मेचीनगरका अधिकांश पत्रकारलाई खबर नै गरिएन। त्यतिमात्र होइन नगरपालिका आफैंले नगरका सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरुलाई समेट्ने गरी सञ्चार प्रतिष्ठान गठन गरेको छ। तर सोही सञ्चार प्रतिष्ठानलाई समेत नगरपालिकाको सार्वजनिक सुनुवाइबारे पत्तो भएन। नगरपालिकाको मुख्य गेट अगाडि मेचीनगरका तमाम सञ्चारकर्मीहरुको साझा संस्था प्रेस क्लब मेचीनगरको कार्यालय छ । तर आफैंले गठन गरेको…