काठमाडौ । जनपत्रकार संगठन नेपालले नेपाल पत्रकार महासंघको निर्वाचनलाई कसैको जीतहारको रुपमा नलिई सबैको अपनत्व कायम हुने गरी निर्वाचन सुनिश्चित गर्न माग गरेको छ । संगठनले शनिवार एक प्रेश विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासंघ सबैको साझा अगुवा संस्था भएकोले निर्वाचनलाई जीतहारको रुपमा नलिई सबैको अपनत्व कायम हुने गरी निर्वाचन गर्न माग गरेका छ । जनपत्रकार संगठन नेपालले बैधानिक व्यवस्था बमोजिम हुनुपर्ने निर्वाचन पटक –पटक तोकिने तर विभिन्न बहानामा स्थगित हुने गरेको भन्दै अझै निर्वाचनलाई अनिश्चित दिशामा धकेल्ने गरिएको गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संगठनले जारी गरेको विज्ञप्ति मार्फत समग्र पत्रकारिता आन्दोलन,मर्यादित पत्रकारिता र पेसागत अधिकारको संघर्षलाई समेत…
काठमाडौँ । आज असार १५, मानो रोपेर मुरी उब्जाउने मुख्य दिन । यस दिनलाई किसानले अरू पनि विभिन्न रूपमा सम्झिन्छन् । असार १५ मा खेतमा धान रोपाइँ गरेपछि दही चिउरा खाने चलन पनि छ । कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा २०६१ देखि असार १५ मा नै राष्ट्रिय धान दिवस मनाउन थालिएको छ । यस वर्ष २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै छ । सरकारले असार १५ गते धान दिवस तथा रोपाइँ महोत्सवको मुख्य कार्यक्रम चितवनमा गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहको उपस्थितिमा चितवनको बछौलीमा…
मेचीनगर । झापाको मेचीनगर नगरपालिका स्थित सिताराम सामुदायिक अंग्रेजी विद्यालय धाईजनका विराज प्रसाईं र इस्ट होराइजन अङ्ग्रेजी मावि धुलाबारीकी साक्षी ओझा एसईई २०८० मा मेचीनगरबाट उत्कृष्टको सूचीमा परेका छन् । प्रसाईंले ३.९ जिपीए प्राप्त गरेको विद्यालयका प्रिन्सिपल राजेश निरौलाले बताए । प्रिन्सिपल निरौलाका अनुसार प्रसाईंले ५ वटा विषयमा ४ जिपीए प्राप्त गरेका छन् । भाषा विषय अंग्रेजी र नेपालीमा मात्र ३.६ जिपीए ल्याएका कारण उनले ४ जिपीए ल्याउनबाट वञ्चित हुनु परेको निरौलाले बताए । त्यस्तै छात्रातर्फ इष्ट होराइजन अंग्रेजी मावि धुलाबारीकी साक्षी ओझा उत्कृष्ट बनेकी छिन् । ३.८६ जिपीएसहित ओझा छात्रातर्फ मेचीनगरकै अधिकतम जिपीए प्राप्त गर्ने विद्यार्थीको सूचीमा परेकी छिन्…
विनोद सापकोटा झिलझिले । झापाको शिवसताक्षी नगरपालिकाको एउटा सामुदायिक विद्यालयको २०८० को एसइइको नतिजा शून्य आएको छ । नतिजाअनुसार चन्द्रडाँगीको शुक्र माविको परीक्षाफल शून्य आएको हो । शिवसताक्षी–७ को सो विद्यालयबाट एसइइमा २० जना परीक्षार्थी सहभागी थिए । त्यस्तै, जनआदर्श मावि, शिवगञ्जबाट एकजना मात्र परीक्षार्थी उत्तीर्ण भएका छन् । ५१ जना सहभागीमध्ये ५० जना अनुत्तीर्ण भएका छन् । जनआदर्श नगरको एक मात्र नमुना विद्यालय हो । लालपानी मावि, लालपानीबाट दुईजना मात्र उत्तीर्ण भएका छन् । सो विद्यालयबाट एसइइमा ३४ जना सहभागीमध्ये ३२ जना उनुत्तीर्ण भए । नगरका एक प्राविधिकसहित १३ वटा माध्यमिक विद्यालयका विद्यार्थीले २०८० को एसइइ दिएका थिए ।…
झापा । झापाको भद्रपुरमा धारिलो हतियार सिक्कल प्रहार गरी एक वृद्धाको हत्या गरिएको छ । हत्या गर्ने भद्रपुर नगरपालिका-२ पृथ्वीनगरस्थित डिगाँउ निवासी अन्दाजी ४० वर्षीय राजेश तामाङ रहेको लाई पक्राउ परिसकेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ। शुक्रबार दिउँसो साढे ३ बजेको समयमा राजेशले सोही ठाउँका ७० वर्षीया गौरीमाया तामाङको घाँटीको दाहिने भागमा सिक्कल प्रहार गरेका थिए । उनको घटनास्थलमै मृत्यु भएको थियो । वृद्धा गौरीमाया राजेशकै घरमा उनको दिदीसँग गफगाफ गरी बसिरहेका थिए । सोही बेला राजेशले उनीमाथि एक्कासि सिक्कल प्रहार गरेको स्थानीयले बताएका छन् । घटनाको कारण नखुलेपनि राजेशको मानसिक अवस्था ठिक नभएको स्थानीयको भनाई छ ।…
विनोद सापकोटा झापा । झापामा नेपाली सेनाले विद्यालय स्तरीय राष्ट्रिय सेवा दल (एनसिसी) तालिम सुरु गरेको छ । चारआली स्थित नेपाली सेनाको अरिदमन गणले जिल्लाका सामुदायिक र संस्थागत गरेर ८ वटा विद्यालयमा उक्त तालिम सञ्चालन गरेको हो । बिहीबार एकै दिन विद्यालयहातामा पुगेर ति विद्यालयमा अरिदमन गणका गणपती कर्नेल प्राजु बस्नेतले तालिमको उद्घाटन गर्दै प्रथम प्रवचन गरेका थिए । पहिलो पटक ५० व्याच जुनियर तर्फको एनसीसी तालिम उद्घाटन भएको हो । उद्घाटन भएका विद्यालयमा शुक्रबार अर्थात असार १४ देखी तालिम सुरु हुने नेपाली सेनाको चाराली स्थित अरिदमन गणका सेनानी नरेन्द्र प्रसाद खतिवडाले जानकारी दिए । सिनियर तर्फको तालिम साउन १…
मेचीनगर । मेचीनगर नगरपालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई नगदसहित सम्मान गरेको छ । बुधबार नगर कार्यपालिकाको दोस्रो नगरसभाको पाँचौ अधिवेशनको समापन शत्रको अवसरमा महिला स्वास्थ्य स्वयंसेविका तेजमणी चौधरी मेचेलाई नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उप-प्रमुख मीना पोख्रेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी लगायतले नगद एक लाखसहित सम्मान गरेका हुन् । बिगत लामो समयदेखि आफ्नो उर्भर समय युवा अवस्थादेखि ६० बर्ष पुग्दासम्म निरन्तर महिला स्वयंसेविकाको रूपमा रहेर समुदायस्तरमा स्वास्थ्य सेवा प्रवाह गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरि अहिले अनिवार्य अवकाशप्राप्त मेचीनगर ८ निवासी मेचेलाई नगदसहित खदा ओढाएर सम्मानपत्रले सम्मान गरिएको छ । नगरपालिकाले यसअघि पनि नगरका १२ जना महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मानित…
मेचीनगर । मेचीनगर नगरपालिकाको आगामी नयाँ आर्थिक बर्ष २०८१/८२ को बजेट, नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ । सोमबार नगर कार्यपालिकाको दोस्रो नगरसभाको पाँचौ अधिवेशनको उद्घाटन शत्रमा आर्थिक बर्ष २०८१/८२ को प्रस्तावित बजेट, नीति तथा कार्यक्रम सभा मार्फत प्रस्तुत गरिएको थियो । उक्त बजेट, नीति तथा कार्यक्रम बुधबार मेचीनगरका सर्वसम्मति जनप्रतिनिधिले पारित गरेका छन् । मेयर गोपालचन्द्र बुढाथोकीको सभाध्यक्षमा पहिलो चरणको दोस्रो नगरसभाको पाँचौ अधिवेशनको नीति तथा कार्यक्रमबाट प्रस्तावित बजेट उपमेयर मीना पोखरेल उप्रेतीले प्रस्तुत गरेकी थिइन् । उपमेयर उप्रेतीले दुई अर्ब ५ करोड २९ लाख २ हजार रूपैयाँको प्रस्तावित बजेट प्रस्तुत गरेकी थिइन् । उक्त बजेट, नीति तथा कार्यक्रम…
काठमाडौं। जारी विश्वकप अन्तर्गत भर्खरै सम्पन्न खेलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका फाइनल प्रवेश गरेको छ। अफगानिस्तानले दिएको ५७ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले ८.५ ओभरमा १ विकेट गुमाएर पूरा गर्दै ऐतिहासिक सफलता हात पारेको हो । दक्षिण अफ्रिकाका लागि एडेन मारक्रमले २१ बलमा अविजित २३ रन जोडे भने रिजा हेन्ड्रिक्सले २५ बलमा अविजित २९ रन जोडे। अर्का ओपनर क्विन्टन डेककले ८ बलमा ५ रन जोडेर बोल्ड आउट भएका थिए। दक्षिण अफ्रिका सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलोपटक विश्वकपको फाइनल पुगेको हो। त्यसअघि टस जितेर ब्याटिङ थालेको अफगानिस्तानले ११.५ ओभरमा सबै विकेट गुमाएर ५६रन जोडेकाे थियाे। अफगानिस्तानलाई अलआउट गर्न मार्को…
झापा । झापाको मेचीनगर नगरपालिका वडा नम्बर -३ स्थित धरधरे फुटबल ग्राउन्डको छेउमा एउटा भाले हात्ती मृत फेला परेको छ। स्थानीय बासिन्दाहरुका अनुसार उक्त हात्ती के कारणले मरेको भन्ने पत्ता नलागेको र हाल अनुसन्धान भैरहेको पाइएको छ। अहिले घटनास्थलमा बन कार्यालयका कर्मचारी पुगिसकेको र अनुसन्धान भइरहेको छ। विस्तृत विवरण आउन बाँकी छ।