रौतहट – सर्लाहीमा सशस्त्र प्रहरीले ठूलो परिमाणमा तस्करी हुन लागेको सामान लोड भएको चार भारतीय बोलेरो पिकअप र एक नेपाली आईचर ट्रकसहित ५ वटा सवारी साधन समेत नियन्त्रणमा लिएको छ । पछिल्लो समय बीउजन्य वस्तुको अवैध कारोबार बढ्दै गएको गुनासो बढ्दै गएको बेला सशस्त्र प्रहरी बलले तस्करी नियन्त्रणमा लगातार सक्रियता देखाएसँगै गए राति अबेर बलरा नगरपालिका–२ स्थित हतिवल बाँध नजिकको सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भारततर्फ तस्करी हुँदै गरेको करिब एक करोड रुपैयाँ बराबरको खरबुजाको बीउ सशस्त्र प्रहरीले बरामद गरेको हो । असार १० गते राति करिब १० बजे विशेष सूचनाको आधारमा सीमा सुरक्षा गुल्म मुख्यालय सिमराबाट सशस्त्र प्रहरी नायव उपरीक्षक विष्णुदत्त…
विराटनगर – कोशी प्रदेशमा छ महिनादेखि विद्युत् मिटरको अभाव हुँदा हजारौँ नागरिक अन्धकारमा बस्न बाध्य भएका छन् । नेपाल विद्युत् प्राधिकरणले माग अनुसारको मिटर उपलब्ध गराउन नसक्दा कोशी प्रदेशका १४ जिल्लाका १२ हजारभन्दा बढी परिवारले विद्युत् जडानका लागि दिएको आवेदन त्यत्तिकै थन्किएको हो । छ महिनाअघिदेखि कोशीमा विद्युत् मिटरको अभाव सुरु भएको हो, अहिले समस्या झन् बढ्दै गएकाले प्राधिकरणका कर्मचारी उपभोक्ताको चर्को दबाबमा छन् । प्राधिकरणको कोशी प्रादेशिक कार्यालय विराटनगरका अनुसार हाल दर्ता भएका १२ हजारभन्दा बढी आवेदनमध्ये अधिकांश ‘सिङ्गल फेज’ मिटरका हुन् । दुई महिनाअघि प्रदेशभर वितरण गर्नका लागि दुई हजार पाँच सय थान मिटर प्राप्त भएको थियो । मागको तुलनामा थोरै सङ्ख्यामा मिटर प्राप्त…
काठमाडौं – पूर्वमुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको विषयलाई लिए रास्वपाले समाजमा नयाँ राजनीतिक द्वन्द्वको बीउ नरोपोस् भन्ने कुरामा सचेत हुन जरुरी रहेको बताएका छन्। आज दिउँसो सामाजिक सञ्जालमार्फत उनले चुनावका बेला ‘प्रदेश र स्थानीय तहलाई थप बलियो बनाउने’ दाबी गरेर जनताको मत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी ले महाधिवेशनमार्फत संघीयताकै विरुद्धमा आफूलाई उभ्याउने काम गरेको टिप्पणी गरेका हुन्। एमालेका महासचिवसमेत रहेका पोखरेलले संघीयता आदिवासी जनजाति, मधेसी, दलित र अल्पसंख्यक समुदाय तथा पिछडिएको क्षेत्रको दशकौँ लामो आकांक्षा र संघर्षको परिणाम भएको बताए। ‘संघीयता आदिवासी जनजाति, मधेसी, दलित र अल्पसंख्यक समुदाय तथा पिछडिएको क्षेत्रको दशकौँ लामो आकांक्षा र संघर्षको परिणाम हो, जसलाई ऐतिहासिक संविधानसभाले संस्थागत…
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक–कर्मचारी तथा विद्यार्थी सम्मान कार्यक्रमका लागि नगरभित्रका सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयलाई पठनपाठन बन्द गरी कार्यक्रममा सहभागी हुन निर्देशन दिएको छ। नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले असार २२ गते जारी गरेको पत्रअनुसार असार २५ गते सोमबार बिहान १०:३० बजे वडा नं. ६ नजिकको सामुदायिक भवनमा कार्यक्रम आयोजना गरिएको उल्लेख छ । उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक–कर्मचारी तथा सम्मानित हुने विद्यार्थीको अनिवार्य उपस्थिति रहने उल्लेख गरिएको छ। पत्रमा शैक्षिक वर्ष २०८१ मा उत्कृष्ट भएका विद्यार्थी, सेवानीवृत्त स्थायी शिक्षक तथा कर्मचारीलाई सम्मान गरिने जनाइएको छ। साथै सम्बन्धित विद्यालयलाई सम्मानित हुने व्यक्तिहरूलाई जानकारी गराई अनिवार्य…
झापा। नेपाल -भारत सीमा क्षेत्रबाट ठूलो मात्रामा लागूऔषधसहित एक नेपाली महिला पक्राउ परेकी छन्। शनिबार साँझ करिब ५:३० बजे एसएसबीको ४१औँ वाहिनी, रानीडाँगाअन्तर्गत पानीटंकी कम्पनीको टोलीले विशेष सूचनाका आधारमा भारत–नेपाल सीमास्थित सीमा स्तम्भ नं. ९०/१ नजिकै पुरानो पुलबाट ती महिलालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा झापा दमककी जम्मू कुमारी सदा (विष्णु सदा पत्नी) रहेकी छन्। उनको साथबाट ३८.७ ग्राम शंकास्पद ब्राउन सुगर (३७ वटा प्याकेटमा), एक थान स्यामसङ मोबाइल (२ नेपाली सिमसहित), र २० हजार नेपाली रुपैयाँ बरामद गरिएको एसएसबीले जनाएको छ। एसएसबीका अनुसार बरामद पदार्थको परीक्षण खोजी कुकुर (स्निफर डग) तथा ड्रग डिटेक्सन किटमार्फत गर्दा लागूऔषध भएको पुष्टि भएको…
प्रविण अधिकारी झापा । सशस्त्र प्रहरी बल नेपालले ठूलो परिमाणमा सुन तथा विदेशी मुद्रासहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। पूर्वी सिमानाका काकडभिट्टामा गरिएको नियमित चेकजाँचका क्रममा भारतको कोलकाता निवासी ३९ वर्षीय परम पाठकलाई सुन, अमेरिकी डलर र भारतीय रुपैयाँसहित सशस्त्र प्रहरी र मेची भन्सार कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको हो। आज दिउँसो करिब ५:१० बजे झापाको मेचीनगर नगरपालिका–६, काकडभिट्टा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोस्ट (BOP) काकडभिट्टाबाट खटिएको टोली र मेची भन्सार कार्यालयको संयुक्त टोलीले विशेष सूचनाका आधारमा जाँच गर्ने क्रममा उनलाई नियन्त्रणमा लिएको हो। प्राप्त विवरणअनुसार भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको अवस्थामा उनको साथबाट ५७०…
झापा । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले कोशी प्रदेश सरकारलाई शिक्षा ऐन बनाउँदा शैक्षिक परामर्शका क्षेत्रमा समेट्नुपर्नेे सुझावसहित ज्ञापन पत्र बुझाएको छ । कोशी प्रदेश सरकारले कन्सल्टेन्सीहरुलाई ब्यवस्थित गर्दै कानुनी दायरामा ल्याउने तयारी स्वरुप कानुन निर्माणको प्रक्रिया शुरु गरेसंगै इक्यानले कानुन निर्माण प्रक्रियामा चासो ब्यक्त गरेको हो । इक्यान केन्द्रका अध्यक्षमा लक्ष्मण पौडेल (एन्ड्रयु)ले शैक्षिक परामर्श ब्यवसायीहरुलाई ब्यवस्थित गर्न कानुन आवश्यक रहेको र आफुहरुले कानुन निर्माण गर्न समेट्नुपर्ने विषयलाई अवगत गराउँदै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ज्ञापन पत्र बुझाएको जानकारी दिए । शैक्षिक परामर्श क्षेत्रलाई ‘एकेडेमिक सर्भिस सेक्टर’ को मान्यता दिनुपर्ने, छुट्टै ‘कोशी प्रदेश शैक्षिक परामर्श सेवा ऐन’ निर्माण गर्नुपर्ने,…
दार्जिलिङ, पश्चिम बंगाल । भारत–नेपाल सीमावर्ती क्षेत्रमा तेस्रो देशका नागरिकहरूको अवैध आवागमन भइरहेको विशेष सूचनाका आधारमा भारतीय सशस्त्र सीमा बल (SSB) ले विशेष अपरेसन सञ्चालन गर्दै ४ जनालाई नियन्त्रणमा लिएको छ। सोमबार साँझ करिब ५:३० बजे पश्चिम बंगालको दार्जिलिङ जिल्लाअन्तर्गत नक्सलबारी प्रहरी चौकी क्षेत्रको रतखोला नजिक (BP No. 88/08 आसपास) सशस्त्र सिमा बलको ४१औँ बटालियन, राणीडाँगा अन्तर्गत बी–कम्पनी मदनजोटे टोलीले उक्त अपरेसन सञ्चालन गरेको हो। अपरेसनका क्रममा टोलीले २ जना थाई नागरिक, १ जना नेपाली नागरिक र १ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। साथै एउटा कार, मोबाइल फोन, पासपोर्ट, आधार कार्ड र राष्ट्रिय परिचयपत्र समेत बरामद गरिएको जनाइएको छ।…
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा सम्पन्न दोस्रो वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १२ ले जितेको छ। बिहीबार बलभद्र आधारभूत विद्यालयको खेलमैदानमा सम्पन्न फाइनल खेलमा वडा नम्बर ५ लाई २–० गोल अन्तरले पराजित गर्दै वडा नम्बर १२ च्याम्पियन बनेको हो। खेलको सुरुआतदेखि नै आक्रामक देखिएको वडा नम्बर १२ ले १२औँ मिनेटमा अग्रता लियो। टोलीका फरवार्ड मनोज राईले उत्कृष्ट गोल गर्दै टोलीलाई सुरुआती बढत दिलाए। पहिलो हाफमा दुवै टोलीले अवसर सिर्जना गरे पनि गोल थप्न सकेनन्। दोस्रो हाफमा पनि वडा नम्बर १२ ले खेलमाथि नियन्त्रण कायम राख्यो। ४८औँ मिनेटमा विवेक राईले अर्को गोल थप्दै अग्रता दोब्बर…
मेचीनगर। युवा व्यवसायी तथा समाजसेवीका रुपमा आफ्नो परिचय बनाएका सन्तोष खवास मेची उद्योग वाणिज्य संघको वाणिज्य उपाध्यक्ष पदमा उम्मेदवार बनेसँगै संघको आगामी नेतृत्व चयनमा नयाँ ऊर्जा थपिएको छ। व्यवसायीहरूको हकहितका पक्षमा निरन्तर आवाज उठाउँदै आएका खवासको उम्मेदवारीलाई परिवर्तन र सुधारको संकेतका रूपमा हेरिएको छ। व्यवसायिक क्षेत्रमा सक्रिय खवासले लामो समयदेखि व्यवसायीहरूले भोग्दै आएका समस्या समाधान, राजस्व तथा नीतिगत सुधार, र संघभित्र पारदर्शिता तथा उत्तरदायित्वको अभावजस्ता विषयमा खुला रूपमा धारणा राख्दै आएका छन्। विशेषगरी युवाहरुमाझ लोकप्रिय रहेका उनी समाजसेवामा पनि उत्तिकै सक्रिय रहँदै स्थानीय तहमा विभिन्न सामाजिक गतिविधिमा योगदान दिँदै आएका छन्। उनले आफ्नो उम्मेदवारीमार्फत व्यवसायमैत्री वातावरण निर्माण, संघभित्र पारदर्शी नेतृत्व…