Purbi Garjan

समाचार

ढलेको क्रान्तिलाई हामीले बिउँझाएका छौं : विप्लव

ढलेको क्रान्तिलाई हामीले बिउँझाएका छौं : विप्लव

कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपालमा आफूहरुले ढलेको क्रान्तिलाई पुनः ब्युझाएको बताएका छन् । कपिलवस्तुस्थित पार्टीको केन्द्रिय कार्यालयमा जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्ने क्रममा महासचिव विप्लवले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र नेपाली क्रान्तिमा आएको प्रतिक्रान्तिपछि पुनः क्रान्ति ब्युझाएको दाबी गरेका हुन् । बिहीबारदेखि जारी केन्द्रीय समिति बैठकमा प्रस्तुत दस्तावेजमाथि केन्द्रीय सदस्यहरुले राखेका धारणाबारे स्पष्ट पार्ने क्रममा महासचिव विप्लवले पछिल्लो एक दशकयता नेपाल कम्युनिस्ट पार्टीले मार्क्सवाद, लेनिनवाद र माओवादका तीन संघटक अंगहरुमा थप विकास गरेकोले विचारको संश्लेषण जरुरी रहेको बताए । मन्तव्यको क्रममा महासचिव विप्लवले नेपालमा संसदीय व्यवस्था कि समाजवाद भन्ने विषयलाई नेपाल कम्युनिस्ट पार्टीले आम रूपमा स्थापित…
Read More
प्रथम झापा कप: एलेक्स सिटिलाई ३-० ले हराउँदै आर्मी क्वाटरफाइनल प्रवेश

प्रथम झापा कप: एलेक्स सिटिलाई ३-० ले हराउँदै आर्मी क्वाटरफाइनल प्रवेश

बिर्तामोड । झापाको बिर्तामोडमा सुरु भएको प्रथम झापा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुवात गरेको छ । आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको हो । आर्मीका लागि राष्ट्रिय टिमका स्ट्राइकरसमेत रहेका नियमित खेलाडी जिलेस्पीजंग कार्की र दिशान्त राईले गोल गरे । खेलको २५औँ मिनेटमा आर्मीका स्ट्राइकर कार्कीले मोरङका डिफेन्डर अगाडि बढेको अवस्थामा गोल गरेका थिए । मैदानको मध्यभागमा सिंगल खेल्दै बललाई पोस्टको दिशा दिए । आर्मीका लागि अर्काे गोल खेलको ८२ औँ मिनेटमा सम्भव भयो । वैकल्पिक खेलाडी दिशान्त राईले निरज घिसिङको पासमा गोल गर्दै अग्रता…
Read More
झापा कप भोलिदेखि, उद्घाटन खेलमा आर्मी र एलएक्स सिटी खेल्ने

झापा कप भोलिदेखि, उद्घाटन खेलमा आर्मी र एलएक्स सिटी खेल्ने

बिर्तामोड। भोलिदेखि सुरु हुने झापा कपको उद्घाटन खेलमा काठमाडौँको त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, काठमाडौँको एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी हुने भएका छन् । त्यस्तै, दार्जिलिङको जिटिए, काठमाडौँ जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, रुपन्देहीको गोर्खा ब्वाईज स्पोर्ट्स क्लब र झापा ११ सहभागी हुने भएका छन् । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ । प्रतियोगिताका लागि १० हजारजना दर्शक क्षमताको प्यारापिट निर्माण, खेलमैदान स्तरोन्नति लगायतका काम…
Read More
मेचीनगर:पुस १ देखि वडा-वडामा अपाङ्गहरुको स्वास्थ्य परिक्षण, पहिचान र परिचय पत्र बितरण गर्ने

मेचीनगर:पुस १ देखि वडा-वडामा अपाङ्गहरुको स्वास्थ्य परिक्षण, पहिचान र परिचय पत्र बितरण गर्ने

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले आगामी पुस १ गतेदेखि नगरका अपाङ्गता भएका व्यक्तिहरुको बिशेष स्वास्थ्य परिक्षण गराउने भएको छ । वडा वडामा नै बिशेषज्ञ डाक्टर, स्वास्थ्यकर्मीसहितको टोलि लगेर नगरपालिकाले उनीहरूको स्वास्थ्य परिक्षण गर्ने भएको हो । नगरपालिकाले अभियान कै रूपमा पुस १ गतेदेखि १५ गतेसम्म प्रत्येक वडामा अपाङ्गता भएका व्यक्तिहरुको बिशेष स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र बितरण गरिने कार्यक्रम रहेको नगरपालिकाको कार्यालयले जनाएको छ । प्रत्येक वडामा एक एक दिन सञ्चालन हुने गरी आयोजित पन्द्रदिने कार्यक्रम अन्तर्गत १ नं वडाबाट उद्घाटन भई कार्यक्रम २, ३, ४, ५ हुँदै क्रमश १५ गते वडा नं १५ मा पुगेर सम्पन्न गरिने…
Read More
झापाबाट अमेरिकी डलरसहित एकजना पक्राउ

झापाबाट अमेरिकी डलरसहित एकजना पक्राउ

झापा । झापाको कमल गाउँपालिका–३ केर्खाबाट अमेरिकी डलरसहित एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत कमल-३ स्थित केर्खाबाट गौरादह नगरपालिका-५ का २५ वर्षीय मोहम्मद नौसाद मियाँलाई डलरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। त्यहाँस्थित पूर्वपश्चिम राजमार्गमा सवारीसाधन जाँच गर्ने क्रममा दमकबाट बिर्तामोडतर्फ जाँदै गरेको प्रदेश१–०२–००१ख ९५३० नम्बरको यात्रुबाहक बसमा सवार मियाँले बोकेको झोला जाँच गर्दा स्रोत नखुलेको डलर एक सय दरका दुई सय ९७ थान फेलापरेको हो । आजको नेपाली दररेट अनुसार उक्त डलरको नेपाली रु ४० लाख ३३ हजार आठ सय ५४ रहेको छ । घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले…
Read More
नेकपाकाे केन्द्रीय बैठक जारी, भाेलि शुक्रबार बिहान फेरि बस्दै

नेकपाकाे केन्द्रीय बैठक जारी, भाेलि शुक्रबार बिहान फेरि बस्दै

कपिलवस्तु। विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठक बिहीबार अपरान्ह १ बजे सुरु भएर ४ बजेदेखि स्थगन भएको छ । आज बिहीबार महासचिव विप्लव सीले व्याख्यासहित प्रस्ताव पेश गरेपछि अध्ययनका लागि बैठक स्थगन गरिएको प्रवक्ता प्रकाण्ड सी ले बताए । शुक्रबार बिहानैदेखि केन्द्रीय सदस्यहरूले धारणा राख्नेछन् । बैठक कपिलवस्तुकाे शिवगढीस्थित केन्द्रीय कार्यालय रहेको प्रकाशन तथा प्रचार विभाग इन्चार्ज अनिल सीले बताएका छन्
Read More
पत्रकारको चुनाव : झापामा मिलेन कुरा, युनियनका दुई उम्मेदवार मैदानमा

पत्रकारको चुनाव : झापामा मिलेन कुरा, युनियनका दुई उम्मेदवार मैदानमा

विर्तामोड । नेपाल पत्रकार महासंघको भोली हुने निर्वाचनको लागि नेपाल प्रेस युनियनको तर्फबाट झापामा दुई उम्मेदवारको नाम सिफारिस भएपछि लफडा शुरु भएको छ। प्रेस चौतारी र प्रेस युनियनले झापा सहित देशैभर चुनावी गठबन्धन गरेका छन्। यता केन्द्रले जिल्लालाई पत्राचार गरेरै आधिकारिक उम्मेदवार राजेन्द्र गौतम रहेको बताएको छ भने जिल्लाले केन्द्रको आदेश इन्कार गर्दै हालका जिल्ला अध्यक्ष एकराज गिरीलाई अगाडि सारेको छ। महासंघको निर्वाचनमा प्रेस युनियन नेपाल र प्रेस चौतारीको साझा प्यानलमा युनियनको तर्फबाट अध्यक्ष पदमा वर्तमान अध्यक्ष एकराज गिरी र युनियन झापा शाखाको सल्लाहकार राजेन्द्र गौतमको उम्मेदवारी दर्ता भएको स्थितमा प्रेस युनियनको केन्द्रीय समितिले गौतमलाई आधिकारीक उम्मेदवार तोकेको थियोे ।…
Read More
नेकपाको स्थायी समितिको बैठक कपिलवस्तुमा शुरु

नेकपाको स्थायी समितिको बैठक कपिलवस्तुमा शुरु

झापा । नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुमा आज बिहान १० बजेदेखि बैठक सुरु भएको हो । बैठकमा महासचिव विप्लव सीले सामायिक राजनीतिक परिस्थितिका बारेमा प्रस्ताव पेश गर्ने बताइएको छ । बैठकले नेपालको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गरेर पार्टीको आगामी कार्ययोजना तय गर्ने स्थायी समिति सदस्य तथा जनप्रचार तथा प्रकाशन विभागका इन्चार्ज अनिल सीले बताए । उनका अनुसार ६ महिने आवधिक योजनाको समिक्षा पनि गर्ने बताइएको छ । बैठकमा महासचिव विप्लवसहित प्रवक्ता प्रकाण्ड, स्थायी समिति सदस्यहरु विषय सी, अनिल सी, उमा सी, भरत सी र सुशील सीको उपस्थिति रहेको छ ।
Read More
झापामा ८३ वर्षकी वृद्धाको हत्या, दुईजना पक्राउ

झापामा ८३ वर्षकी वृद्धाको हत्या, दुईजना पक्राउ

विर्तामोड । झापाको  झापा गाउँपालिका वडा न. ६ पुष्पाञ्जली टोल बस्ने वर्ष ८३ की फुलमाया मुर्मुको हत्या गरी फरार रहेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। हिजो शनिबार फुलमाया दिउँसो ४:३० बजेको समयमा मृत अवस्थामा फेला परेको प्रहरीलाई खबर पुगेको थियोे । जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले नेपाल प्रदेश प्रहरी कार्यालय केनाइन शाखा धरानबाट आएको Dog सहितको टोलीको सहयोगमा अनुसन्धान गर्ने क्रममा मृत महिलाको टाउको र चिउडोमा प्रहार गरी कर्तव्य गरी मार्न प्रयोग भएको कलको ह्याण्डिल र फरुवा सहित घटना पश्चात फरार रहेका दुइजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापा गाउँपालिका वडा न.७ वस्ने वर्ष…
Read More
प्रधानमन्त्री ओली झापा आउँदै, दमक भिउ टावरको उद्घाटन गरिने

प्रधानमन्त्री ओली झापा आउँदै, दमक भिउ टावरको उद्घाटन गरिने

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली दुई दिने गृह जिल्ला भ्रमणका लागि भोलि आइतवार झापा आउने भएका छन् । जिल्लामा आयोजना गरिने विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री झापा आउने तयारी रहेको नेकपा एमालेका झापा अध्यक्ष प्रेमबहादुर गिरीले जानकारी दिए। मंसिर २३ र २४ गते झापाका विभिन्न स्थानमा आयोजना हुने कार्यक्रमहरुमा सम्बोधन गर्न आउन लागेका ओलीलाई एमालेले जिल्लामा भव्य स्वागतको तयारी गरेको जनाएको छ। प्राप्त जानकारी अनुसार जिल्लामा तय भएको कार्यक्रम मध्य मुख्य कार्यक्रम दमक विजनेश टावरको उद्घाटन रहेको छ । जिल्लामा दमक विजनेश टावरको कार्यक्रमलाई भव्य र अन्य सबै कार्यक्रमहरुलाई सभ्य रुपमा सम्पन्न गर्न पार्टीको तर्फबाट…
Read More
ne_NPNepali