बिर्तामोड । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली दुई दिने गृह जिल्ला भ्रमणका लागि भोलि आइतवार झापा आउने भएका छन् । जिल्लामा आयोजना गरिने विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री झापा आउने तयारी रहेको नेकपा एमालेका झापा अध्यक्ष प्रेमबहादुर गिरीले जानकारी दिए। मंसिर २३ र २४ गते झापाका विभिन्न स्थानमा आयोजना हुने कार्यक्रमहरुमा सम्बोधन गर्न आउन लागेका ओलीलाई एमालेले जिल्लामा भव्य स्वागतको तयारी गरेको जनाएको छ। प्राप्त जानकारी अनुसार जिल्लामा तय भएको कार्यक्रम मध्य मुख्य कार्यक्रम दमक विजनेश टावरको उद्घाटन रहेको छ । जिल्लामा दमक विजनेश टावरको कार्यक्रमलाई भव्य र अन्य सबै कार्यक्रमहरुलाई सभ्य रुपमा सम्पन्न गर्न पार्टीको तर्फबाट…
प्रविण अधिकारी मेचीनगर । झापाको मेचीनगर -५ स्थित माङ्हिम टोलमा ३ दिने धार्मिक मेला लाग्ने भएको छ। विगतका वर्षहरुझैँ यस वर्षपनि यहि मंसिर ३० गतेदेखि पुष २ गतेसम्म मेला सञ्चालन हुने समितिका अध्यक्ष महेन्द्र लावतीले बताए । उक्त धार्मिक सांस्कृतिक मेलामा मंसिर ३० गते पुर्णिामाका दिन पुजापाठ तथा विभित्र सांस्कृतिक नृत्य हुने र बाँकी २ दिन विभिन्न प्रकारका खेलकुद तथा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साथमा सांगीतिक कार्यक्रम गरिने स्थानीय समाजसेवी दिलिपजंग सुब्बाले बताए । लिम्बूहरुको कुल देवताका रुपमा पुजा गरिँदै आएको युमा माङहिम मन्दिर परिसरमा मेला आयोजना हुने भएको हो । शनिबार पत्रकारहरुसँग कुरा गर्दै आयोजक समितिले मेलामा रचना रिमाल,…
झापा । इजरायलमा प्यालेस्टिनी समूह हमासको आक्रमणपछि बेपत्ता रहेका नेपाली युवा विपिन जोशी जिवित रहेको र छिट्टै उनी नेपाल फर्कने इजरायल दुतावासले जानकारी गराएको छ। अघिल्लो वर्ष इजरायलमा हमासको आक्रमणमा परि थुप्रैले ज्यान गुमाएका र कञ्चनपुरका विपिन जोशी भने बेपत्ता भएका थिए। नेपालका लागि नवनियुक्त इजरायली राजदूत शमुलिक ए.वासले जोशी गाजा क्षेत्रमा जिउँदै रहेको सूचना पाएको बताएका हुन्। काठमाण्डौमा बिहिवार पत्रकारहरुसँग भएको भेटमा उनले विपिन छिट्टै नेपाल फर्किने विश्वास व्यक्त गर्दै विपिनलाई राखिएको ठाउँ भने अझै पहिचान भइनसकेको बताएका हुन्। हमासले विपिनसहित दुई सय ५१ जनालाई बन्धक बनाएर गाजा क्षेत्र लगेको थियो । त्यसमध्ये दुई पटक भएको युद्धविराममा एक सय…
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले आफ्ना नगर प्रहरीलाई सवारीसाधन प्रदान गरेको छ । नगर प्रहरीलाई विभित्र कामकाजमा सहजै सेवा प्रदान गर्नका निमित्त नगरले प्रहरी भ्यान उपलब्ध गराएको हो । आज बिहीबार विहान नगरपालिका प्राङ्गणमा एक कार्यक्रमका बिच नगर प्रमुख गोपालचन्द्र बुढाथोकी , उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी र प्रशासन प्रमुख अनन्त प्रकाश वस्तीले संयुक्तरुपमा नगर प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक श्याम गिरीलाई गाडीको साँचो हस्तान्तरण गरेका हुन् । सो अवसरमा बोल्दै नगर प्रमुख बुढाथोकीले नगर प्रहरी आम जनताको साथि जस्तै भएर हरेक ठाउँमा आवश्यकता अनुसार पुग्नुपर्ने बताए । साथै नगरभित्र हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न र…
बिर्तामोड । दस दिनपछि हुने बिर्तामोड झापा कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मोफसलको चर्चित फुटबल क्लब झापा ११ एफसीको आयोजनामा हुन लागेको प्रतियोगिताका लागि अस्थायी प्यारापिट निर्माण सम्पन्न भएको छ । १० हजार दर्शक क्षमताको बाँसको अस्थायी प्यारापिट बनाइएको छ । त्यस्तै, प्रतियोगितालाई अझ उत्कृष्ट, भव्य र परिष्कृत बनाउनका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए । छोटो समयमै खेलमैदान उत्कृष्ट र शानदार बनाइएको छ । यही मंसिर २९ गतेदेखि बिर्तामोड–३ मा रहेको डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिताका लागि मैदानको झार छाँटेर रंगशालालाई पुरानै अवस्थामा पु¥याइएको छ । डोमालाल…
बाहुण्डाँगी । बाहुण्डाँगी जेसीज वर्ष २०२५ को अध्यक्ष पदमा नित्यानन्द चम्लगाईं सर्वसम्मत चयन भएका छन् । बुधबार जेसीज सचिवालय भवनमा भएको पूर्वअध्यक्षहरु सहितको आम भेलाले चम्लगाईँको नेतृत्वमा वर्ष २०२५ का लागि कार्यसमिति चयन गरेको हो । समिति कार्यकारिणी उपाध्यक्षमा रोशन गिरी र किरण गौतम चयन भएका छन् । त्यस्तै उपाध्यक्षहरुमा बिमल रणपहेली, रीना दर्जी, एलिस पौडेल तथा प्रविण चापागाईं चयन भए । त्यसैगरी महासचिवमा सुष्मा मिश्र, कानुनी सल्लाहकारमा अनिष काफ्ले एवम् कोषाध्यक्षमा डिल्लिराज भारती चयन भएको निर्वाचन समितिका संयोजक हेमन्त मोक्तानले बताए । देबु बानियाको अध्यक्षतामा भएको भेलामा पूर्वअध्यक्षहरु बद्री निरौला, दिपक बराल, पुष्कर ढकाल, जीवन मोतेलगायत उपस्थित थिए ।…
दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखामा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । बुधबार जनपत्रकार संगठन नेपाल जिल्ला समिति दाङले एक प्रेस विज्ञप्ति जारी गर्दै शाखामा अनिश्चितकालीन तालाबन्दी गरेको हो । जनपत्रकार संगठन नेपाल दाङ जिल्ला अध्यक्ष हेमन्तप्रकाश वली सहितको टोलिले बुधबार पत्रकार महासंघले सार्वजनिक गरेको सदस्यता नामावलीप्रति असन्तुष्टि जनाउँदै तालाबन्दी गरेको हो । संगठनका जिल्ला अध्यक्ष हेमन्तप्रकाश वलीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ– ‘ नेपाल पत्रकार महासंघले आसन्न मसिर २८ गते निर्वाचन सम्पन्न गर्ने गरी सार्वजनिक गरेको सदस्यता नामावलीप्रति जनपत्रकार संगठन नेपाल जिल्ला समिति दाङको गम्भिर ध्यानाकर्षण भएको छ । महासंघले यसको इतिहास, गरिमा र आदर्शको धज्जी उडाउदै दलिय सिन्डीकेटको…
झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठनको कार्यक्रममा स्ववियुले अवरोध गरेको छ। विर्तामोड स्थित इन्द्र चन्द्र क्याम्पसमा स्ववियुले अवरोध गरेको भन्दै संगठनका झापा अध्यक्ष डिपी सी ले विज्ञप्ति जारी गर्दै चेतावनी दिएका छन्। विप्लव निकट विद्यार्थी संगठनले अहिले युद्ध ग्रस्त गाजाका बालबालिका तथा विद्यार्थीहरुका लागि देशभर सहयोग संकलन गर्दै आएको छ। इजराइल र हमास वीच गाजा क्षेत्रमा विगत एक वर्ष देखि निरन्तर लडाइँ भइरहेको छ। युद्धको कारण ४५ हजार भन्दा धेरै मानिसको मृत्यु भएको तथ्य सार्वजनिक भएको छ। त्यसमा सबै भन्दा धेरै बालबालिका तथा विद्यार्थीहरु प्रभावित भएको छ। गाजा क्षेत्रका विद्यार्थी तथा बालबालिकाको अवस्था एकदमै पीडादायी रहेको…
झापा । झापाको दमकमा आज विभिन्न सचेतना मुलक कार्यक्रम सहित दीप प्रज्वलन गर्दै ३७ औं विश्व एड्स दिवस मनाइएको छ। लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियान सँगै ३७ औँ विश्व एड्स दिवसका अवसरमा "एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित कार्यक्रम " सम्पन्न भएको हो । स्वास्थ्य, समानता र सम्मानको प्रत्याभूति गर्दै एड्सको अन्त्य गर्न सकिने र अबको प्रयास सबैका लागि एचआईभी संक्रमित माथि हुने लाञ्छना तथा भेदभाव न्यूनीकरण गर्ने उदेश्यले उक्त कार्यक्रम गरिएको हो । दमक नगरपालिकाको आयोजना तथा विभिन्न संघसंस्थाहरुको सह-आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियोे । दमक नगरपालिका कि उपप्रमुख रेगिना भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न…
काकडभिट्टा । पछिल्लो समय झापा, मोरङ, सुनसरी लगायतका जिल्लाहरुमा अत्यधिक सवारी दुर्घटना बढेसँगै सडक दुर्घटनालाई न्यूनीकरण गर्न आजबाट सार्वजनिक सवारीसाधनहरुमा टाइमकार्ड लागु गरिएको छ। आज शनिबार बिहान झापाको मेचीनगर -६ स्थित पुर्वी नाका काँकडभिट्टामा एक कार्यक्रममार्फत झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले टाइमकार्डको शुभारम्भ गरेका हुन्। उनले सवारी चालकलाई टाइम कार्ड हस्तान्तरण तथा हस्ताक्षर गराएर कार्यक्रमको शुभारम्भ गरेका हुन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको आयोजनामा शुरुआत गरिएको उक्त कार्यमा सबै निकाय जिम्मेवार भएर लाग्नुपर्ने प्रजिअ बास्तोलाले बताए । काकडभिट्टा बसपार्कबाट पश्चिम सुनसरी र मोरङ जिल्लाका विभिन्न स्थानमा प्रस्थान गर्ने मध्यम दूरीका सार्वजनिक सवारीसाधनलाई लक्षित गरी झापा , मोरङ र सुनसरी…