बिर्तामोड । झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालका संस्थापक तथा दुर्गा प्रसाईँका दाजु महेन्द्र प्रसाईँ मृत भेटिएका छन् । प्रसाईँले आत्महत्या गरेको प्रहरीले जनाएको छ । अर्जुनधारा नगरपालिका ६ महानन्द चौक निवासी प्रसाइँले बिर्तामोड–१ स्थित नरेन्द्र मैनालीको घरमा गएर शुक्रबार बिहान आत्महत्या गरेका हुन् । करिव एक घण्टाअघि उनी झुन्डिएको थाहा भएको थियो । मैनाली काठमाडौमा बस्दै आएका छन् । उनको खाली घरको दोस्रो तलामा गएर प्रसाईँ झुन्डिएको प्रहरीले बताएको छ । उनी लामो समयसम्म बिर्तामोडको बीएण्डसी अस्पतालका सञ्चालक रहेका थिए । उनी, दुर्गा प्रसाईँ र बुद्धशान्तिका प्रेम नेम्वाङको सक्रियतामा बीएण्डसी अस्पताल स्थापना भएको थियो । नेम्वाङ र मृतक प्रसाईँ केही समय…
झापा । झापाको शिवसताक्षीमा शिक्षकको कुटपिटबाट एक छात्रा घाइते भएकी छिन्। शिवसताक्षी नगरपालिका-१० स्थित बाल निकुञ्ज माध्यमिक विद्यालयका शिक्षकले एक छात्रामाथि निर्मम कुटपिट गरी घाइते बनाएका हुन् । कक्षा ६ मा अध्ययनरत छात्रा अञ्जली गुरुङलाई `क्लास वर्क´ गर्न अटेर गरेको भन्दै नेपाली विषयका शिक्षक हेतिराज निरौलाले पाइपले कुटपिट गरी घाइते बनाएको र उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । छात्रालाई पिट्ने शिक्षक निरौला कानुन व्यवसायी तथा शिक्षकहरूको छाता संगठन नेपाल शिक्षक महासंघ शिवसताक्षी नगरका सचिवसमेत हुन् । उनले आफूबाट गम्भीर त्रुटि भएको बताएका छन्। उनले आफू विद्यार्थीको उपचार भइरहेको बिर्तासिटी अस्पतालतर्फ गइरहेको बताए । बुधवार कक्षा कोठामा नेपाली विषयको…
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले नगरबासीको स्वास्थ्य सुरक्षामा चासो राख्दै स्वास्थ्य सेवा विस्तारलाई तिब्रता दिइरहेको छ । नगरको पन्द्रवटै वडामा यस अघि नै प्राथमिक स्वास्थ्य सेवा केन्द्र मार्फत वडाबासीलाई वडामा स्वास्थ्य सेवा पुर्याइरहेको नगरपालिकाले आजदेखि धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्रलाई थप सेवा सुविधा सहित स्तरवृद्वि गरी नगर आधारभूत अस्पतालको रूपमा सञ्चालनमा ल्याएको हो । मेचीनगर - १० स्थित धुलाबारी मोडमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई थप बिशेषज्ञ डाक्टरसहित नगर आधारभूत अस्पतालको रूपमा सञ्चालन गरिएको नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले जानकारी दिए । स्वास्थ्य क्षेत्रमा आम नागरिकको पहुँच सहज रूपमा पुर्याउने उदेश्यले नगरपालिका लागि रहेको बताउँदै उनले भने ४ जना एमबिबिएस डाक्टरसहित सेवा सञ्चालन…
बाहुण्डाँगी । झापाको मेचीनगर नगरपालिका - ४ स्थित बाहुण्डाँगीमा जेसीज धारा उद्घाटन गरिएको छ । स्व टंकबहादुर देवकोटाको स्मृतिमा बाहुनडाँगी जेसीजको समन्वय तथा उनको परिवारको आर्थिक सहयोगमा निर्मित जेसीज धाराको आज सोमबार उद्घाटन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि मेचीनगर -४ का वडा अध्यक्ष अर्जुनकुमार कार्कीले धारामा पानी खोलेर उद्घाटन गरेका थिए भने कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष भिमबहादुर कुँवर, दाता परिवार , स्थानीय समाजसेवी लगायतको उपस्थिति रहेको थियोे । सार्वजनिक उपयोगका लागि स्व. देवकोटाको स्मृतिमा श्रीमती नर्वदा देवकोटा, छोरा बुहारीहरु सुरज, अनिसा, खेम, कला देवकोटा तथा देवकोटा परिवारले धारा निर्माण गर्न आर्थिक सहयोग गरेका थिए । सो अवसरमा…
मेचीनगर । झापाको मेचीनगरमा छैटौं राष्ट्रिय एमेच्यूर बुद्धिचाल प्रतियोगिता हुने भएको छ । आगामी भदौ ७ गतेदेखि १० गतेसम्म काँकरभिट्टामा हुने उक्त प्रतियोगितामा नेपाल भरीबाट विभिन्न जिल्लाका खेलाडीहरूको सहभागीता रहने छ । नेपाल राष्ट्रिय बुद्धिचाल महासंघको प्राविधिक सहयोग तथा नाइट चेस क्लब मेचीनगरको आयोजनामा काँकरभिट्टा खानेपानी संस्थाको सभाहलमा सञ्चालन हुने प्रतियोगिताको विजेता दुई जना २०२४ डिसेम्बर १३ देखि २२ तारिखसम्म दुवईमा हुने एशियन एमेच्यूर बुद्धिचाल प्रतियोगिता २०२४ का लागि नेपालको प्रतिनिधित्व गर्ने आयोजक नाइट चेस क्लबका अध्यक्ष विश्वविजेता घिमिरेले जानकारी दिए । प्रतियोगितामा सहभागी हुन देशका ७७ वटै जिल्लाबाट सिनियर तथा जुनियर खेलाडीहरू नेपालीको सुदूर पुर्व काँकरभिट्टा आउने आयोजकको भनाइ…
शिवगञ्ज। नेकपा एमालेका केन्द्रीय सदस्य दीपक कार्कीले पार्टीभित्रको आन्तरिक द्वन्द व्यवस्थापन जसले गर्न सक्यो उ पार्टीको असली नेता हुने बताएका छन् । नेकपा एमाले शिवसताक्षी नगरपालिका वडा नम्बर ६ ले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण तथा हालै निर्वाचित वडा कमिटीका पदाधिकारीलाई प्रमाणपत्र प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा मन्तव्य राख्दै संविधानसभाका सदस्य समेत रहेका एमाले नेता कार्कीले पार्टीको कुरा चिया दोकान, होटल या कुनै अनौपचारिक कार्यक्रममा एकले अर्कालाई नराख्न अपिल गरे । उनले सम्बन्धित नेतृत्व वा व्यक्तिलाई आफ्नो समस्याका वा गुनासोको बारेमा सिधा कुरा राख्न अनुरोध गरे । उनले भने ’जनप्रतिनिधि, नेतृत्व वा पार्टीभित्रका नेता कार्यकर्ता ले एकले अर्कालाई आफूलाई परेको…
शिवगञ्ज। शिवसताक्षी नगरपालिका वडा नम्बर ६ ले वडाका उद्यमी महिलालाई आत्मनिर्भर बनाउन सिलाइ–कटाई (हेभी खुट्टे) मेसिन वितरण गरेको छ । वडाको सिलिङ बजेटमा समावेस भएको उद्यमी महिलाका लागि सिलाईकटाई मेसिन वितरण गरिएको वडा सदस्य नरेन्द्र बस्नेतले बताए । उनका अनुसार वडामा सिलाई कटाईको शिप भएर पनि बेरोजगार एवम उद्यमी बन्न चाहाने महिलालाई आत्म निर्भर बनाउनका लागि मेसिन प्रदान गरिएको हो । वडाले बिभिन्न कार्यक्रम ल्याएर एउटा समुहलाई ९ थान मेसिन प्रदान गरिएको वडा पालिकाले जनाएको छ । सो समुहमा २१ महिला आवद्ध छन । मेसिन पाएपछि वडाका महिला खुसि भएका छन् । वडाले यी महिलालाई पहिलो पटक १ लाख खर्च…
मेचीनगर । मेचीनगर नगरपालिका नेतृत्वको कार्यशैली जनहितकारी नभएको भन्दै ६ दलले भदौबाट चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । नगर नेतृत्व स्वेच्छाचारिता ढंगले अघि बढेको भन्दै ६ दल आक्रोशित बनेको हो । केन्द्रीय सरकारमा एमालेसँगै रहेको नेपाली कांग्रेससहित ६ वटा राजनीति दलले मेचीनगरविरुद्ध चरणबद्ध आन्दोलन गर्ने भएका बुधबार धुलाबारीमा पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । मेचीनगर नगरपालिकामा एमालेको दुई तिहाई बहुमत रहेको छ । गत साउन १८ गते नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना उप्रेतीलाई कार्यशैली सच्याउन माग गर्दै २१ बुँदे ज्ञापन पत्रमार्फत ६ वटा दलले ध्यानाकर्षण गराएका थिए । नगरका नेतृत्वले ६ दलले गराएको ध्यानाकर्षणको विषयमा कुनै प्रतिक्रिया…
बिर्तामोड । बिर्तामोडमा चोरको आक्रमणबाट एक महिला घाइते भएकी छिन् । बिर्तामोड नगरपालिका- ६ स्थित सुगम शान्ति टोलकी २० वर्षीया कृतिका अधिकारी घाइते भएकी छिन् । श्रीमान् विष्णुप्रसाद अधिकारी विदेशमा रहेको र गएराति घरको दोस्रो तलाको झ्यालबाट चोर पसेको थाहा पाएपछि उनले प्रतिकार गरेका थिइन् । सोही क्रममा उनको नाकमा सामान्य चोट लागि घाइते भई बेहोस भएकी थिइन् । घरमा एक वर्षीया छोरी नित्यनिसँगै सुतिरहेको अवस्थामा घरमा चोर पसेको उनले थाहा पाइन् । उनी बेहोस भएपछि चोरलेदराज फोडेर अन्दाजी तीन तोला सुन, एक तोला चाँदी, अन्दाजी लत्ताकपडा एक लाख रुपैयाँ बराबरको, झर्के थाल–१० थान, बटुका–५ थान, ओपो कम्पनीको मोबाइल–१ थान…
झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य तथा कोशी प्रदेशका इन्चार्ज दिपेश सी ले विश्व साम्राज्यवादी शक्ति एमसिसी र एसपिपी लगायतका विभिन्न प्रोजेक्टका नाममा नेपाल घुसेकाले यसका विरुद्ध लड्न नेपालका हरेक बामपंथी , कम्युनिस्ट शक्तिहरु मिल्नुपर्ने परिस्थिति सिर्जना भएको बताएका छन्। पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमले अहिले नेपालमा विभित्र शक्ति राष्ट्रहरुले षड्यन्त्र गरिरहेकाले यसलाई परास्त नगर्ने हो भने नेपाल देशै नरहने खतरामा पुगेकाले कम्युनिस्ट , देशभक्त , बामपंथी लगायतका शक्तिहरु बीच ध्रुवीकरणको आवश्यकता रहेको उनले बताएका हुन्। नेकपा माओवादी केन्द्र र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बीच एकीकरणको हल्ला चलिरहेका बेला उनले नेताकार्यकर्तालाई स्पस्ट पार्दै माओवादी ध्रुवीकरणको हल्ला…