झापा, २३ फागुन । झापा क्षेत्र नम्बर ५ मा रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले जितेका छन् । औपचारिक घोषणा मात्र बाँकी रहेको छ । निर्वाचन आयोगको वेभसाइटमा उल्लेख भए अनुसार यस्तो छ हालसम्मको मतपरिणाम झापा ५ मा बालेनको जीत । औपचारिक घोषणा मात्र बाँकी । वालेन्द्र शाह(३६ ) राष्ट्रिय स्वतन्त्र पार्टी ५२,०९६ के.पी शर्मा ओली(७४ ) नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) १४,०३१ समिर तामाङ्ग(३३ ) श्रम संस्कृति पार्टी ८,००८ मंधरा चिमरिया(६३ ) नेपाली काँग्रेस १,४१७ रन्जित तामाङ(४३ ) नेपाली कम्युनिष्ट पार्टी १,१७६ लक्ष्मी प्रसाद संग्रौला(५४ ) राष्ट्रिय प्रजातन्त्र पार्टी १,१३३ अमृतलाल महतो(४३ ) जनमत पार्टी २२६ सविन राई(३५ )…
झापा । मेचीनगर नगरपालिका–१५ टुक्रे बाँधस्थित मेची नदीबाट करिब १५० मिटर पूर्व चिया बगान क्षेत्रमा टहरा बनाई बस्दै आएका एकल वृद्ध पुरुषको उद्धार गरिएको छ। आज दिउँसो १२:४० बजेको समयमा सानो पराल र प्लास्टिकले बनाइएको टहरामा बसोबास गर्दै आएका करिब ६८ वर्षीय पूर्णबहादुर भट्टराईलाई सशस्त्र प्रहरी बल नेपाल बीओपी ज्यामिरगढीबाट सप्रनानी अमर खड्काको कमाण्डमा खटिएको ७ जनाको टोलीले उद्धार गरेको हो। खुट्टा राम्रोसँग नचल्ने तथा छोरा–छोरी वा अन्य आफन्त कोही नभएको बताउने भट्टराईसँग प्रारम्भिक सोधपुछ गर्दा मानव सेवा आश्रममा बस्न स्वीकृति जनाएपछि उद्धार प्रक्रिया अघि बढाइएको थियो। सशस्त्र प्रहरी टोलीले मेचीनगर नगरपालिका–४ स्थित मानव सेवा आश्रमका जिल्ला संयोजक खगेन्द्र मानव…
झापा । मेचीनगर–३ निवासी बिनोद रिमाल शर्माले आफ्नो ३०औँ जन्मदिनलाई समाजसेवामूलक कार्यमार्फत मनाउँदै प्रेरणादायी उदाहरण प्रस्तुत गरेका छन्। हाल व्यापारिक सिलसिलामा जिल्ला बाहिर रहेका शर्माले सामाजिक सद्भाव, दृढ इच्छाशक्ति र जिम्मेवारीबोधका साथ जन्मदिनलाई औपचारिक उत्सवमा सीमित नराखी मानवीय सेवामा समर्पित गरेका हुन्। उनले “सानो कर्म भए पनि समाजका लागि केही गर्नुपर्छ” भन्ने भावनासहित यस अभियानको सुरुवात गरेका बताए। उनको पहलमा विशाल बास्तोला मार्फत काठमाडौंस्थित मेचीनगरपालिका–१ मा रहेको बाल आश्रम तथा मेचीनगरपालिका–७ स्थित देवाश्री आश्रममा २० हजार रुपैयाँ बराबरको सहयोग प्रदान गरिएको छ। उक्त अवसरमा आश्रममा आश्रित बालबालिका तथा वृद्धहरूलाई भोजन गराइएको, आवश्यक सामग्री वितरण गरिएको तथा केही स्थानमा कुर्सीसमेत प्रदान…
बिर्तामोड, फागुन १ । टाइब्रेकरमा भाग्यमानी सावित हुँदै सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लब झापाको डोमालाल राजवंशी रंगशालामा जारी एक्स्ट्रिम सातौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एफिएफले आयोजकको टिम झापा–११ फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । एक गोलले पछि परेको अवस्था उल्टाउँदै एपिएफले कमब्याक जित हासिल गरेको हो । जितसँगै एपिएफले कम्तिमा ७ लाख ५० हजार रुपैयाँ सुरक्षित गरेको छ । एपिएफका लागि सुमन श्रेष्ठ, दिपेश धिमाल, सन्तोष खत्री र समिराज थोकरले गोल गरेका थिए भने नविन लामाको प्रहार झापाका गोलकिपर सन्दिप लिम्बुले रोकेका थिए । झापाका तर्फबाट…
बिर्तामोड, फागुन १ । झापाका अग्रज खेल पत्रकार रमेश समदर्शी राईलाई सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणको अवसरमा आयोजक समितिले शुक्रबार सम्मानसहित पुरस्कृत गरेको छ । झापाको डोमालाल राजवंशी रंगशालामा जारी झापा गोल्डकपको अवसरमा आज अग्रज पत्रकार समदर्शीलाई विशेषगरी खेल क्षेत्रलाई प्राथमिकतामा राखेर खेलाडी, प्रतियोगिता र खेल संरचनाको विकासका लागि पुर्याएको योगदानको कदर गर्दै नगदसहित सम्मान गरिएको हो । नेपाल खेलकुद पत्रकार मञ्च झापाका संस्थापक अध्यक्ष समदर्शीले खेल पत्रकारितालाई संस्थागत रुप दिन, खेलाडीलाई प्रोत्साहन गर्न तथा झापालाई खेल गतिविधिको केन्द्रका रुपमा स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै आयोजकले कदरस्वरुप आज सम्मान गरिएको उल्लेख छ । अर्जुनधारा प्रेस…
बाहुण्डाँगी । श्री गणेश नर्सरी मेचीनगर २ को दोस्रो बार्षिक उत्सव मंगलवार सम्पन्न भएको छ । मेचीनगर २ सरस्वती टोलमा बार्षिक उत्सव तथा सांगितिक साँझको रुपमा आयोजित कार्यक्रममा चर्चित गायक हिमाल सागरको विशेष प्रस्तुती रहेको थियो । हिमालले एक दर्जन भन्दा बढी उनका चर्चित गीतहरु गाएर दर्शकलाई मनोरन्जन गराएका थिए । यसैगरी सोही अवसरमा अर्का कलाकार सन्तोष पन्तको समेत विशेष प्रस्तुती रहेको थियो । यसैगरी स्थानिय कलाकारहरुले पनि विभिन्न गित गाएका थिए। नर्सरीका सन्चालन भीम भट्टराई (दिनेश) को सभापतित्व तथा वडा अध्यक्ष दिपक बरालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा व्यवसायी आनन्द डालमिया, थेसीज अंग्रेजी स्कुलका प्रिन्सिपल डम्बर रुचाल, कृषि वृज्ञ जगननाथ…
बिर्तामोड, माघ १९ । एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणको खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक झापा गोल्डकपले आज सामाजिक सञ्जालमार्फ खेल तालिका सार्वजनिक गरेको हो । माघ २४ गतेदेखि हुने प्रतियोगिताको खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजकको टिम झापा ११ फुटबल क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ । त्यस्तै, माघ २५ गते त्रिभुवन आर्मी फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुने अध्यक्ष केदार गिरीले बताए । त्यस्तै, प्रतियोगिताको पहिलो क्वार्टर फाइनल खेल माघ २६ गते उद्घाटन खेलको विजेता र सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबबीच हुनेछ । दास्रो क्वार्टर फाइनल खेल माघ २७ गते दोस्रो दिनको विजेता र…
झापा, १५ माघ । झापाको अर्जुनधारा नगरपालिका–७ स्थित दोभान एकीकृत कृषि परियोजनाको परालको स्टोकमा आगलागी भएको छ। परियोजनाका सञ्चालक दिपल कार्कीका अनुसार करिब ५ विगाह बराबरको पराल जलेर नष्ट हुँदा करिब १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ। आगलागी नियन्त्रणका लागि बिर्तामोड नगरपालिकाको दमकल, प्रहरी तथा स्थानीय बासिन्दा खटिएका थिए ।
झापा । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत उम्मेदवारी मनोनयनको दिन झापा क्षेत्र नं. ५ को दमकमा नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबीच झडप भएको छ। घटनामा तीन जना एमाले कार्यकर्ता घाइते भएका छन्। नेकपा (एमाले) झापा क्षेत्र नं. ५ निर्वाचन क्षेत्र समन्वय समितिले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, निर्वाचन आयोगले तोकेको स्थानभन्दा बाहिर एमालेका क्षेत्रीय अध्यक्ष तथा उम्मेदवार केपी शर्मा ओलीलाई उम्मेदवारी दर्ता गर्न नदिने नियतले रास्वपाका कार्यकर्ताले संगठित आक्रमण गरेको एमालेले जनाएको छ। विज्ञप्तिमा रास्वपाका कार्यकर्ताद्वारा गरिएको आक्रमणबाट तीन जना कार्यकर्ता घाइते भएको र उनीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको उल्लेख छ। साथै, आक्रमणका क्रममा दुई जना कार्यकर्ताको सुनको सिक्रीसमेत लुटिएको…
सुनसरी । सुनसरीको भोकाहा नरसिंह गाउँपालिका–८ स्थित कब्रिस्थान नजिक हुलाकी लोकमार्गमा मार्बल बोकेको ट्रक दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ। आज बिहान करिब ६ बजेको समयमा विराटनगरबाट राजविराजतर्फ जाँदै गरेको को १ ख ४५४१ नम्बरको मार्बल बोकेको ट्रक अनियन्त्रित भई हुलाकी लोकमार्गको पश्चिमतर्फ रहेको मकैबारीमा पल्टिएको हो। दुर्घटनामा ट्रकमा सवार ९ जनामध्ये अगाडि सवार ३ जना सकुशल निस्किएका थिए भने पछाडि सवार ५ जना कामदार ट्रकमा च्यापिएका थिए। घटनापछि विराटनगरबाट आएको एक क्रेन को सहायताले ट्रक निकाल्ने क्रममा पछाडि सवार पाँचै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ। मृतकहरूलाई पोष्टमार्टमका लागि बिहान ८:२० बजे जिल्ला अस्पताल सुनसरी, इनरुवा…