मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले आगामी पुस १ गतेदेखि नगरका अपाङ्गता भएका व्यक्तिहरुको बिशेष स्वास्थ्य परिक्षण गराउने भएको छ । वडा वडामा नै बिशेषज्ञ डाक्टर, स्वास्थ्यकर्मीसहितको टोलि लगेर नगरपालिकाले उनीहरूको स्वास्थ्य परिक्षण गर्ने भएको हो । नगरपालिकाले अभियान कै रूपमा पुस १ गतेदेखि १५ गतेसम्म प्रत्येक वडामा अपाङ्गता भएका व्यक्तिहरुको बिशेष स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र बितरण गरिने कार्यक्रम रहेको नगरपालिकाको कार्यालयले जनाएको छ । प्रत्येक वडामा एक एक दिन सञ्चालन हुने गरी आयोजित पन्द्रदिने कार्यक्रम अन्तर्गत १ नं वडाबाट उद्घाटन भई कार्यक्रम २, ३, ४, ५ हुँदै क्रमश १५ गते वडा नं १५ मा पुगेर सम्पन्न गरिने…
मेचीनगर । मेचीनगर नगरपालिकाले लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान विविध कार्यक्रम गरि मनाइरहेको छ । सोही क्रममा नगरपालिकाले अभियानको १२ औं दिन शुक्रबार लैंगिक हिंसा र कानुन सम्बन्धि नगरका सरोकारवाला निकायबिच अन्तरक्रिया सम्पन्न गरेको छ । मेचीनगर सभाहलममा उपप्रमुख मीना पोख्रेल उप्रेतीको अध्यक्षता आयोजित अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै नगर प्रमुख बुढाथोकीले लैंगिक हिंसा गर्ने कार्य समाजको कुरीति हो । यसलाई नियन्त्रण गर्न नगरपालिकाले विभिन्न कार्यक्रमहरू अगाडि सारिएको बताए । त्यस्तै उनले लैंगिक हिंसा गर्नेलाई कानुनी दायरामा ल्याएर कडा भन्दा कडा कार्वाही अगाडि बढाउनुपर्ने बताए । जुनसुकै बहाना र…
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले आफ्ना नगर प्रहरीलाई सवारीसाधन प्रदान गरेको छ । नगर प्रहरीलाई विभित्र कामकाजमा सहजै सेवा प्रदान गर्नका निमित्त नगरले प्रहरी भ्यान उपलब्ध गराएको हो । आज बिहीबार विहान नगरपालिका प्राङ्गणमा एक कार्यक्रमका बिच नगर प्रमुख गोपालचन्द्र बुढाथोकी , उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी र प्रशासन प्रमुख अनन्त प्रकाश वस्तीले संयुक्तरुपमा नगर प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक श्याम गिरीलाई गाडीको साँचो हस्तान्तरण गरेका हुन् । सो अवसरमा बोल्दै नगर प्रमुख बुढाथोकीले नगर प्रहरी आम जनताको साथि जस्तै भएर हरेक ठाउँमा आवश्यकता अनुसार पुग्नुपर्ने बताए । साथै नगरभित्र हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न र…
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले "लैंगिक हिँसा विरूद्धकाे १६ दिने अभियान" विविध कार्यक्रम गरि भव्यरूपमा सफल बनाउन सम्बन्धि सरोकारवाला निकायहरूसंग छलफल अगाडि बढाएको छ । नगरपालिकाले हिजो नगरपालिकाको बैठक कक्षामा बिशेष छलफलको आयोजना गरि नगरक्षेत्र भित्र रहेका महिला, बालबालिका तथा मानव अधिकारका क्षेत्रमा क्रियाशील विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्था, विभिन्न राजनीतिक दलका नेतृत्वदायी भूमिकामा रहेका महिला प्रमुख प्रतिनिधिहरूलाई एक ठाउँमा उपस्थित गराएर मेचीनगरको अगुवाइमा सबैलाई एकताबद्ध बनाइ अभियानलाई साझा रूपमा सफल बनाउन के कस्ता उपायहरू अपनाउनु पर्छ भन्ने बिषयमा बृहत् छलफल गरेको थियो । छलफलमा बोल्दै मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले अहिलेको समयमा पनि विभिन्न बहानामा मानिसको मानवीय अधिकारी…
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले तरकारी खेती प्रवर्द्धनका लागि किसान लक्षित कार्यक्रम ल्याएको छ । तरकारी खेती प्रवर्द्धनका लागि नगरपालिकाले चालु आ.व. २०८१/८२ का लागि तरकारी पकेट विकास कार्यक्रम (कार्यविधि अनुसार कार्यान्वयन हुने गरि १२ लाख तथा आलु खेति प्रवर्द्धन कार्यक्रम (लागत सहभागिता २५ %) का लागि १५ लाख बजेट विनियोजन गरि कार्यक्रममा सहभागी हुन लक्षित वर्गलाई आह्वान गरेको छ । मेचीनगरको चालु आ.व. २०८१/८२ को स्वीकृत वार्षिक नगर विकास योजना अन्तर्गत प्रदेश तथा संघीय सशर्त अनुदान तर्फको २७ लाख बजेटबाट किसान तथा कृषि फर्महरूलाई आलु तथा तरकारी खेती तर्फ व्यवसायीकता गर्न कार्यक्रम अगाडि सारिएको मेचीनगर प्रमुख प्रशासकीय अधिकृत अग्नि…
प्रविण अधिकारी मेचीनगर। झापाको मेचीनगर नगरपालिका भित्र अध्ययन गर्ने हजारौं विद्यार्थीहरुको शैक्षिक हकसम्बन्धीको अधिकार माथि सम्बन्धित निकायले नै गम्भीर खेलबाड गरेको पाइएको छ। शैक्षिकसत्र शुरु भएको पाँच महिना बितिसक्दा समेत विद्यार्थीहरुले "हाम्रो मेचीनगर" नामक पुस्तक पाएका छैनन् । नगर शिक्षा शाखाले नगरका प्रत्येक विद्यालयमा अनिवार्य विषयका रुपमा अध्यापन गराउने गरि सुचारु गरेको उक्त पुस्तक नै विद्यार्थीहरुले हालसम्म पनि नपाएको भेटिएको छ। संविधान प्रदत्त शिक्षा सम्बन्धी आधारभूत तथा माध्यमिक तहसम्मको हक सुनिश्चित गर्न स्थानीय सरकार सञ्चालन ऐनको दफा ११ (ञ) ले २३ वटा अधिकार स्थानीय तहको सरकारलाई दिएको भएपनि कतिपय स्थानीय तहको लापरबाहीले हजारौं विद्यार्थीहरुको शैक्षिक हकअधिकार हनन भएको छ। नेपालको…
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले गुणस्तरहिन र म्याद नाघेको खाद्यान्न सामाग्री बिक्री वितरण रोक्न बजार अनुगमनलाई तिब्रता दिएको छ । नगरपालिकाले बजार अनुगमनमा कडाई गर्दा केहि व्यापारीहरू भने आफ्नो सटर बन्द गरेर भाग्ने गरेका छन् । बजारमा छ्याप छ्याप्ती गुणस्तरहिन र म्याद नाघेको खाद्यान्न सामाग्रीहरू उपलब्ध रहेको हुनसक्ने भन्दै त्यसलाई नियन्त्रण गर्न बजार अनुगमनमा कडाई गरिएको नगरपालिकाले जनाएको छ । खाद्यान्न मानिसको स्वास्थ्य संग प्रत्यक्ष जोडिने भएको हुँदा त्यस्ता सामाग्री बिक्रि वितरण गर्दा उपभोग गर्न योग्य हुनु अनिवार्य रहेको मेचीनगर खाद्य विश्लेशक दिपेन्द्र कार्की बताउँछन् । कार्कीको नेतृत्वमा आइतबार सुरू भएको अनुगमनमा अधिकांश पसलमा गुणस्तरहिन र म्याद नाघेको खाद्यान्न सामाग्रीहरू…
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले नगरबासीको स्वास्थ्य सुरक्षामा चासो राख्दै स्वास्थ्य सेवा विस्तारलाई तिब्रता दिइरहेको छ । नगरको पन्द्रवटै वडामा यस अघि नै प्राथमिक स्वास्थ्य सेवा केन्द्र मार्फत वडाबासीलाई वडामा स्वास्थ्य सेवा पुर्याइरहेको नगरपालिकाले आजदेखि धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्रलाई थप सेवा सुविधा सहित स्तरवृद्वि गरी नगर आधारभूत अस्पतालको रूपमा सञ्चालनमा ल्याएको हो । मेचीनगर - १० स्थित धुलाबारी मोडमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई थप बिशेषज्ञ डाक्टरसहित नगर आधारभूत अस्पतालको रूपमा सञ्चालन गरिएको नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले जानकारी दिए । स्वास्थ्य क्षेत्रमा आम नागरिकको पहुँच सहज रूपमा पुर्याउने उदेश्यले नगरपालिका लागि रहेको बताउँदै उनले भने ४ जना एमबिबिएस डाक्टरसहित सेवा सञ्चालन…
शिवगञ्ज। शिवसताक्षी नगरपालिका वडा नम्बर ६ ले वडाका उद्यमी महिलालाई आत्मनिर्भर बनाउन सिलाइ–कटाई (हेभी खुट्टे) मेसिन वितरण गरेको छ । वडाको सिलिङ बजेटमा समावेस भएको उद्यमी महिलाका लागि सिलाईकटाई मेसिन वितरण गरिएको वडा सदस्य नरेन्द्र बस्नेतले बताए । उनका अनुसार वडामा सिलाई कटाईको शिप भएर पनि बेरोजगार एवम उद्यमी बन्न चाहाने महिलालाई आत्म निर्भर बनाउनका लागि मेसिन प्रदान गरिएको हो । वडाले बिभिन्न कार्यक्रम ल्याएर एउटा समुहलाई ९ थान मेसिन प्रदान गरिएको वडा पालिकाले जनाएको छ । सो समुहमा २१ महिला आवद्ध छन । मेसिन पाएपछि वडाका महिला खुसि भएका छन् । वडाले यी महिलालाई पहिलो पटक १ लाख खर्च…
मेचीनगर । मेचीनगर नगरपालिका नेतृत्वको कार्यशैली जनहितकारी नभएको भन्दै ६ दलले भदौबाट चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । नगर नेतृत्व स्वेच्छाचारिता ढंगले अघि बढेको भन्दै ६ दल आक्रोशित बनेको हो । केन्द्रीय सरकारमा एमालेसँगै रहेको नेपाली कांग्रेससहित ६ वटा राजनीति दलले मेचीनगरविरुद्ध चरणबद्ध आन्दोलन गर्ने भएका बुधबार धुलाबारीमा पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । मेचीनगर नगरपालिकामा एमालेको दुई तिहाई बहुमत रहेको छ । गत साउन १८ गते नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना उप्रेतीलाई कार्यशैली सच्याउन माग गर्दै २१ बुँदे ज्ञापन पत्रमार्फत ६ वटा दलले ध्यानाकर्षण गराएका थिए । नगरका नेतृत्वले ६ दलले गराएको ध्यानाकर्षणको विषयमा कुनै प्रतिक्रिया…