कमल । झापाको कमल ३ मा रहेको केर्खा पब्लिक स्कूलले शिक्षक क्षमता विकास तथा मन्टेश्वरी तालिमको आयोजना गरेको छ । कात्तिक २६ गतेसम्म सञ्चालन हुने तालिमको उद्घाटन आज एक कार्यक्रमका बिच कमल गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सुर्यप्रसाद न्यौपाने गरे । ६ दिनसम्म सञ्चालन हुने तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि सूर्यप्रसाद न्यौपानेले विद्यालयका शिक्षक-शिक्षिकाहरुलाई यस प्रकारको तालिमले शैक्षिक पेशासँग आधारित क्षमता विकास तथा बालमैत्री शैक्षिक वातावरण सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । साथै बालबालिकाहरूको चौतर्फी विकासको लागि शिक्षक सधै तत्पर रहनुपर्ने र त्यसको लागि शिक्षकहरूमा नविनतम तालिम तथा प्रविधिहरूसंग जानकार हुनुपर्ने बताउदै तालिम सफलताको शुभकामना व्यक्त गरे…
मेचीनगर। सिद्धार्थ बैंक काँकरभिट्टा शाखाले आफ्नो वार्षिक सामाजिक उत्तरदायित्व अन्तर्गत मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयलाई दुई थान कम्प्युटर प्रदान गरेको छ। विद्यालयमा मंगलबार आयोजित एक विशेष समारोहकाबीच कम्प्युटर हस्तान्तरण गरिएको हो। सिद्धार्थ बैंकका कर्मचारी तथा मेचीनगर–३ निवासी राजकुमार थापाको विशेष पहलमा विद्यालयले कम्प्युटर प्राप्त गरेको हो। थापाको यस महत्वपूर्ण योगदानले विद्यालयका विद्यार्थीहरूलाई प्रविधिसँग नजिक आउने अवसर प्रदान गर्ने विश्वास गरिएको विद्यालयले जनाएको छ। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर थापाको सभापतित्वमा सिद्धार्थ बैंकको कोशी प्रदेशीय कार्यालय बिर्तामोडका प्रमुख सुभाष श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित थिए। साथै, बैंकका काँकरभिट्टा शाखा प्रमुख सुमेश देवकोटा, कर्जा अधिकृत सरोज अधिकारी, सहायक अधिकृत राजकुमार थापा,…
प्रविण अधिकारी मेचीनगर। झापाको मेचीनगर नगरपालिका भित्र अध्ययन गर्ने हजारौं विद्यार्थीहरुको शैक्षिक हकसम्बन्धीको अधिकार माथि सम्बन्धित निकायले नै गम्भीर खेलबाड गरेको पाइएको छ। शैक्षिकसत्र शुरु भएको पाँच महिना बितिसक्दा समेत विद्यार्थीहरुले "हाम्रो मेचीनगर" नामक पुस्तक पाएका छैनन् । नगर शिक्षा शाखाले नगरका प्रत्येक विद्यालयमा अनिवार्य विषयका रुपमा अध्यापन गराउने गरि सुचारु गरेको उक्त पुस्तक नै विद्यार्थीहरुले हालसम्म पनि नपाएको भेटिएको छ। संविधान प्रदत्त शिक्षा सम्बन्धी आधारभूत तथा माध्यमिक तहसम्मको हक सुनिश्चित गर्न स्थानीय सरकार सञ्चालन ऐनको दफा ११ (ञ) ले २३ वटा अधिकार स्थानीय तहको सरकारलाई दिएको भएपनि कतिपय स्थानीय तहको लापरबाहीले हजारौं विद्यार्थीहरुको शैक्षिक हकअधिकार हनन भएको छ। नेपालको…
काँकरभिट्टा । मनबहादुर बानियाँ क्षेत्री स्मृति प्रथम मेचीनगरस्तरीय अन्तर मावि वक्तित्वकला प्रतियोगितामा धुलाबारी माविकी दिब्या राय प्रथम बनेकी छिन् । शुक्रबार काँकरभिट्टा खानेपानीको सभाहलमा सम्पन्न प्रतियोगितामा प्रथम हुँदै रायले नगद ७ हजार, प्रमाण पत्र तथा ट्रफी प्राप्त गरिन् । त्यस्तै हिमालय इङ्लिस एकाडेमी धुलाबारीकी विद्या बुढाथोकी द्वितीय, आदर्श मावि इटाभट्टाका विकास गौतम तृतीय र शहिद दशरथ चन्द मावि चारआलीकी विअसा बराल सान्त्वना भइन् । उनीहरुले क्रमशः नगद ५ हजार, ३ हजार र १ हजार तथा प्रमाण पत्र प्राप्त गरे । विजेतालाई प्रमुख अतिथि नगर शिक्षा अधिकारी होमनाथ भण्डारी, बानियाँ बन्धु समाजका केन्द्रीय सल्लाहकार हरिचरण बानियाँलगायतले पुरस्कृत गरे । बाहुण्डाँगी जेसीजको…
मेचीनगर । झापाको मेचीनगर -१० मा अवस्थित धुलाबारी क्याम्पसकाे अध्यक्षमा भिम खवास पुन: सर्वसम्मत चयन भएका छन् । आज धुलाबारी क्याम्पसकाे बार्षिक साधारण सभाले खवासलाई पुन: अध्यक्षमा चयन गरेकाे हाे । उनी यसअघि पनि अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका थिए । त्यस्तै सभाले समितिकाे उपाध्यक्षमा पुनित बंशल, सदस्यहरूमा वीपी भट्टराई, कृष्ण काैशल, सुष्मा कार्की डाेली, नमिता बुढाथोकी, शुशिला रिजाल र सदस्य सचिवमा क्याम्पस प्रमुख पुष्पराज पौडेल सर्वसम्मत चयन भएका छन्। समितिमा मेचीनगर नगरपालिका प्रमुख वा प्रतिनिधिका एक जना, कार्यक्रम संयाेजक एक जना र पुर्वाञ्चल युनिभर्सिटीका प्रतिनिधि एक जना रहनेछन् । नवनिर्मित कार्यसमितिको कार्यकाल ३ वर्षे रहने निर्वाचन समिति संयाेजक अधिवक्ता…
विनोद सापकोटा शिवगञ्ज । सामुदायिक तथा संस्थागत विद्यालयबाट २०८० को एसईई परीक्षाको नतिजामा असफल भएका विद्यार्थीलाई शिवसताक्षीका एक जना वडा अध्यक्षले अतिरिक्त कक्षा सञ्चालन गर्ने भएका छन्। शिवसताक्षी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सिकिन पासवानले पुरक परिक्षा अवधि सम्म बिहान र बेलुका एक एक घण्टा आफै अतिरिक्त कक्षा निःशुल्क सञ्चालन गर्ने बताए । वडा अध्यक्ष पासन पूर्व शिक्षक हुन् । सामाजिक विषयमा अनुतिर्ण भई ग्रेड बृद्धिको परिक्षाको पर्खाइमा रहेका विद्यार्थीलाई बिहान १ र बेलुका १ घण्टा अतिरिक्त कक्षा संचालन गर्ने बताए । उनले स्थानीय शिवगञ्ज बजारको ट्युसन केन्द्रमा अतिरिक्त कक्षा संचालन गरिने सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।…
शिवगञ्ज । शिवसताक्षी नगरको त्रिभुवन मावि कुनै बेला जिल्लामै कहलिएको नाम हो । तर, आजभोलि त्यही विद्यालय को बेहाल छ । त्यसको मुख्यकारण हो, सरोकारवाला निकायको उदासीनता । त्रिभुवन माविका लागि हिउँद, बर्खा दुवै याम अक्करिलो बनेर आउँछ । यसरी नै बितेको दशक माथी भइसक्यो । पानी पर्न थाल्यो कि विद्यार्थीलाई कक्षा कोठासम्म जान नै सकस हुन्छ । घुँडाघुँडासम्म पानी छिचोलेर कक्षा कोठामा विद्यार्थी पुग्नु पर्ने वर्षो देखिको बाद्यता छ । ‘हिउँदमा विद्यालयको छाना छिचोलेर शीत छिर्छ, बर्खामा घाम,’ शिक्षक रामचन्द्र फुँयालले भने । सो विद्यालयका विद्यार्थीले सोमबार कष्टपुर्ण ढंगले जिर्ण कक्षा कोठामा प्रथम त्रैमासिक परिक्षा लेखिरहेका थिए । विद्यालयको…
विनोद सापकोटा झापा । शिवसताक्षी ४ रङ्गिया थानकी पूजा कुमारी शाहले गएको एसईई परीक्षाको नतिजामा आफू मात्र उत्तीर्ण हुन्छु भनेर सोचेकी पनि थिइनन् । यसै साता मात्र प्रकाशन भएको एसईई परीक्षाको नतिजामा वडा नम्बर ६ को जनआदर्श माध्यमिक विद्यालयबाट परिक्षा दिएका मध्ये आफू मात्र उत्तीर्ण भएको खबर सुन्दा उनि निक्कै दुखी भईन् । ‘सँगै का साथी अनुत्तीर्ण भए । म मात्र उत्तीर्ण । कसरी खुसी हुनु,’ उनले भनिन् । पूजा कुमारी संगै अन्य ५० जना विद्यार्थीले वडा नम्बर ७ को व्याङडाडा स्थित भगवती माध्यमिक विद्यालयको परिक्षा केन्द्रबाट एसईईको परिक्षा दिएका थिए । ‘परिक्षा हलबाट बाहिरिदा सबै साथीले आजको परिक्षा राम्रो…
मेचीनगर । झापाको मेचीनगर नगरपालिका स्थित सिताराम सामुदायिक अंग्रेजी विद्यालय धाईजनका विराज प्रसाईं र इस्ट होराइजन अङ्ग्रेजी मावि धुलाबारीकी साक्षी ओझा एसईई २०८० मा मेचीनगरबाट उत्कृष्टको सूचीमा परेका छन् । प्रसाईंले ३.९ जिपीए प्राप्त गरेको विद्यालयका प्रिन्सिपल राजेश निरौलाले बताए । प्रिन्सिपल निरौलाका अनुसार प्रसाईंले ५ वटा विषयमा ४ जिपीए प्राप्त गरेका छन् । भाषा विषय अंग्रेजी र नेपालीमा मात्र ३.६ जिपीए ल्याएका कारण उनले ४ जिपीए ल्याउनबाट वञ्चित हुनु परेको निरौलाले बताए । त्यस्तै छात्रातर्फ इष्ट होराइजन अंग्रेजी मावि धुलाबारीकी साक्षी ओझा उत्कृष्ट बनेकी छिन् । ३.८६ जिपीएसहित ओझा छात्रातर्फ मेचीनगरकै अधिकतम जिपीए प्राप्त गर्ने विद्यार्थीको सूचीमा परेकी छिन्…
विनोद सापकोटा झिलझिले । झापाको शिवसताक्षी नगरपालिकाको एउटा सामुदायिक विद्यालयको २०८० को एसइइको नतिजा शून्य आएको छ । नतिजाअनुसार चन्द्रडाँगीको शुक्र माविको परीक्षाफल शून्य आएको हो । शिवसताक्षी–७ को सो विद्यालयबाट एसइइमा २० जना परीक्षार्थी सहभागी थिए । त्यस्तै, जनआदर्श मावि, शिवगञ्जबाट एकजना मात्र परीक्षार्थी उत्तीर्ण भएका छन् । ५१ जना सहभागीमध्ये ५० जना अनुत्तीर्ण भएका छन् । जनआदर्श नगरको एक मात्र नमुना विद्यालय हो । लालपानी मावि, लालपानीबाट दुईजना मात्र उत्तीर्ण भएका छन् । सो विद्यालयबाट एसइइमा ३४ जना सहभागीमध्ये ३२ जना उनुत्तीर्ण भए । नगरका एक प्राविधिकसहित १३ वटा माध्यमिक विद्यालयका विद्यार्थीले २०८० को एसइइ दिएका थिए ।…