झापा । केही समय अघि मन्त्रालय बेच्न तम्सिएका गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङेलाई ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतले दोषी ठहर गरेको छ । न्यायाधीशद्धय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले उनलाई ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेको हो । यसअघि उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो । सर्वोच्चले पनि पाँच वर्ष कैदको फैसला सदर गरेको हो । यो विवादमा उनी २०७५ साल पुसमा थुनामा समेत बसेका थिए । उनको मुद्दा सर्वोच्चमा २०७५ फागुन ३ गते सुरु भएको थियो । उनले थुनाबाटै पुनरावेदन गरेपछि…
झापा । भर्खरै सम्पन्न खेलमा भारतलाई हारको स्वाद चखाउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ। साफ वुमन्स च्याम्पियनसिपमा भर्खर सम्पन्न खेलमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो। निर्धारित समयमा दुवै टोलीको १-१ गोलको बराबरी भएको थियो। टाइब्रेकरमा नेपालले ४-२ गोलले पराजित गरेको हो। खेलको ७१ औं मिनेटमा भारतकी संगीता बास्फोरेले गोल गरेकी थिइन्। भारतले गोल गरेलगत्तै नेपाली खेलाडीले भारतको पोस्टमा गोल गरेका थिए। भारतीय खेलाडीहरू गोलको खुशी मनाउँदै गर्दा नेपालले बल चलाएर गोल गरेको थियो। अवरुद्ध खेल पुनः सुरु भएलगत्तै नेपाली खेलाडी सावित्रा भण्डारीले गोल गरेर बराबरी बनाएकी थिइन्। १० खेलमा सिमित नेपालले उत्कृष्ट खेल खेल्दै भारतलाई हराउन सफल भएको…
बसन्त विक चितवन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले समाजवादसम्म पुग्नका लागि सबै माओवादीहरुको एकताले नेपालमा ०६४ साल जन्माउनु पर्ने बताएका छन् । शनिबार चितवनमा आयोजित ‘बेपत्ता यौद्वा दन्डपाणी न्यौपाने स्मृति साँस्कृतिक कार्यक्रम’ लाई सम्बोधन गर्दै नेकपाका महासचिव विप्लवले समाजवादका लागि सबै माओवादीहरु एकताबद्ध भएर ०६४ साल जन्माउनु पर्ने बताएका हुन् । उनले भने‘समाजवादी गणतन्त्रका लागि माओवादी एकताबद्ध हुन्छ, कुनै स्वार्थ र कुर्सीका लागि हाेइन, ०५२ साल त नभनौ, ०६४ साल जन्मिन्छ, माओवादी सिधिएको छैन, चिहानबाट उठेर आउँछ ।’ महासविच विप्लवले सामान्तवादका नाइकेहरुलाई गलहत्याए जस्तै अहिलेका दलाल पुँजीवादका नाईकेहरुलाई गलहत्याएर नफालेसम्म नेपालमा जनताको सत्ता स्थापना नहुने जिकिर गरे ।…
मेचीनगर । नेपालीहरुको महान चाड बडादशैँ , शुभ दिपावली एवम् छठ पर्वलाई लक्षित गरेर आजबाट झापाको पुर्वी नाका काकडभिट्टा सहित विभिन्न स्थानमा यात्रु सहायता कक्ष (हेल्प डेस्क ) सञ्चालनमा आएको छ। यात्रुहरुलाई सहज र सुरक्षित यात्राका लागि झापाको पूर्वी सिमावर्ती सहर काँकरभिट्टाको बसपार्कमा यात्रु सहायता कक्ष (हेल्प डेक्स) स्थापना गरिएको छ भने बुधबारे , विर्तामोड र दमकमा समेत नागरिक सहायता कक्ष राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिए। आज मंगलबार एक औपचारिक कार्यक्रमका बीच झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले यात्रु सहायता कक्षको उद्घाटन गरेका हुन्। चाडपर्वको समयमा टाढा टाढाबाट आएर समस्यामा परेका यात्रु,…
पाँचथर। पाँचथरमा बाढीपहिरोमा परी ५ जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार हालसम्म ६ जना बेपत्ता र एक जनाको उद्धार गरिएको छ । पहिरोमा परी फिदिम ४ मा बसोबास गर्दै आएकी २४ वर्षीया सपना शेर्पा, ५ वर्षीया डोल्मा शेर्पा, फिदिम ८ का ८२ वर्षीया पश्चिमा शेर्पा, फिदिम २ मजिटेकी ३५ वर्षीया रञ्जना राई र फिदिम १ का ५० वर्षीय गोपी नेपालीको मृत्यु भएको प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारीले बताए । फिदिम २ की मृतक रञ्जना राईका छोरा विपन राईलाई घाइते अवस्थामा उद्धार गरिएको उनको भनाइ छ । फालेलुङ– ५ की ३६ वर्षीया कमला राई, फिदिम–१ का कृष्ण…
झापा । प्रशासनको अनुमति बिना नै चिठ्ठा मार्फत ब्राभो नामक टेलिभिजन सेट बिक्री गर्दै आएको मेची कमर्स एण्ड ट्रेड प्रालिले कानुनले वर्जित गरेको पिरामिड शैलिमा नेटवर्किङ ब्यवसाय संचालन गरी सर्बसाधारणको करोडौं रुपैयाँ रकम ठगी गरिरहेको खुलासा भएको छ । उक्त प्रालिले चिठ्ठामार्फत किस्तामा सर्वसाधारणलाई टेलिभिजन सेट बिक्री गर्ने भन्दै ठगी गरिरहेको भएपनि स्थानिय प्रशासन बेखबर र मौन रहेको छ । ब्राभो नामक टेलिभिजन सेट बिक्री गर्न पिरामिड शैलिमा ग्राहक बनाई पुर्वको झापा सहित पहाडी जिल्लाहरुमा सातहजार सर्वसाधारणबाट मासिक रुपमा करोडौ रकम ठगी हुँदै आएको पाईएको हो । झापाको बिर्तामोडस्थित भद्रपुर रोडमा कार्यालय रहेको मेची कमर्स एण्ड ट्रेड प्रालिले कानुनले प्रतिबन्ध…
बिराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई प्रहरीले अनशनस्थलबाटै पक्राउ गरेपछि बिराटनगर तनावग्रस्त बनेको छ। सुरक्षाकर्मी र केदार कार्की समर्थकबीच दोहोरो झडप भएपछि अवस्था तनावग्रस्त बनेको हो । झडपपछि कार्की र उनका केही समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएकाहरुको संख्या यकिन छैन। झडपमा परेर केही अनशनकारी र प्रहरी घाइते भएका छन्। घाइतेहरुको संख्या पनि यकिन छैन। झडपका कारण प्रदेशसभा भवननजिकको अनशनस्थल तनावग्रस्त बनेको छ। १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार कटौती गरेको, गरिब जेहेनदार विद्यार्थीलाई दिइने छात्रवृत्ति हटाएको आदि विषयमा विरोध जनाउँदै पूर्वमुख्यमन्त्री कार्कीले आमरण अनशनमा बसेका थिए । उनले विराटनगरस्थित कोसी प्रदेशसभा सचिवालय पूर्वपट्टिको वनसखण्डी मन्दिरअगाडि आमरण अनशनमा बसेका…
मेचीनगर । झापाको मेचीनगर -६ स्थित काँकडभिट्टा नाकाबाट भारतीय नम्बर प्लेटका तीनवटा कार र तस्करीको सामानसहित तीनजना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। भारतीय कार प्रयोग गरी अवैध रुपमा भन्सार छलेर लत्ताकपडा भित्र्याएको सुराकी पाएको जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काकडभिट्टाको टोलीले घटनामा संलग्नलाई सामानसहित पक्राउ गरेको हो । कपडा तस्करहरूले कारको पछाडि भागको ब्याक लाइट हुने दुवै ठाउँमा दुलो बनाई त्यसभित्र लत्ताकपडा हालेर सोजै भन्सार अगाडिबाटै सरसामान लैजाने गरेको नयाँ तथ्य खुलेको छ। तीन वटा भारतीय नम्बर प्लेट भएको कार नियन्त्रणमा लिएसँगै सो तस्करीको नयाँ शैली पत्ता लागेको हो । नयाँ मेची पुलबाट सोजै भन्सार अगाडिबाट नेपाल…
विराटनगर । मोरङको सुन्दरहरैँचामा शनिबार दिउँसो एकै घरका २ नाबालिकाको शव भेटिएको छ। सुन्दरहरैँचा नगरपालिका–७ स्थित नारायण न्यौपानेको केरा बगानभित्र दिउँसो ४:३० बजेतिर नाबालिकाहरु मृत फेला परेका हुन्। मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले धनकुटा घर भएका ३१ वर्षीय अर्जुन कार्कीका छोरीहरु १ वर्षीया अर्पणा कार्की र ३ वर्षीया आयिका कार्की मृत फेला परेको जानकारी दिए। अर्जुनकी पत्नी (श्रीमती) २९ वर्षीया अस्मिता न्यौपाने सम्पर्कविहीन छन्। केराघारीभित्र २ बालिका मृत फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। धनकुटाको पाख्रिबास नगरपालिका–४ डिकुरेका अर्जुन केही समययता पत्नी र २ छोरीसहित मोरङको सुन्दरहरैँचा–७ मालती टोलस्थित दिदी सीता रेग्मीको घरमा बस्दै आएको प्रहरीले जनाएको छ।…
झापा । राष्ट्रिय स्वाधीनता र त्यसको रक्षाका लागि निरन्तर संघर्ष गरिरहेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले भोलि झापाको दमकमा एमसिसी र एसपिपी विरुद्ध वृहत् प्रदर्शन गर्ने भएको छ। पछिल्लो समय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिमा देखा परेको समस्या र वैदेशिक हस्तक्षेप लगायतका विषयमा बोल्दै आएको नेकपाले अमेरिकी परियोजना एमसिसी र एसपिपी विरुद्ध पटकपटक विरोध प्रदर्शन गर्दै आइरहेको छ। नेपालको संसदमै हस्तक्षेप जमाएर एमसिसी पास गराइसकेको अमेरिकाले अहिले एसपिपी (स्टेर्ट पार्टनरसिप प्रोग्राम ) पारित गराउने रणनीति अगाडि सारिरहेको छ। एसपिपी अन्तर्गत विभिन्न अमेरिकी राज्यका सेना र एसपिपी पारित तथा कार्यनयन गर्ने देशको सेनाबिच सैन्य सहकार्य हुने गर्दछ। अमेरिकाले नेपाललाई पुर्ण रुपमा…