मेचीनगर। झापाको मेचीनगर–१०, धुलाबारीस्थित नन्दा कोरिडोरमा दोस्रो वडाध्यक्ष कप जिल्ला स्तरीय भलिबल प्रतियोगिता बिहीबारदेखि सुरु हुने भएको छ। मेचीनगर–१० वडा खेलकुद विकास समितिको आयोजनामा वैशाख १७ देखि १९ गतेसम्म प्रतियोगिता सञ्चालन हुने जनाइएको छ। प्रतियोगितामा जिल्लाका ८ टोली सहभागी हुनेछन्। सहभागी टोलीहरूमा बिर्तामोड, कनकाई, शिवसताक्षी, भद्रपुर नगरपालिका, हल्दीबारी गाउँपालिका तथा आयोजक मेचीनगर नगरपालिकाका दुई टोली समावेश छन्। https://youtu.be/LyV72iPSHGg?si=GNzOfuy9speW8O0X आयोजक समितिले बुधबार पत्रकार सम्मेलनमार्फत सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ। गत वर्ष सफलतापूर्वक सम्पन्न नगरस्तरीय प्रतियोगितालाई यस वर्ष जिल्ला स्तरमा विस्तार गरिएको जनाइएको छ। मेचीनगर–१० का वडाध्यक्ष नारायण खनालले भलिबल खेलको विकास, खेलाडीलाई प्रोत्साहन तथा युवालाई खेलतर्फ आकर्षित गर्ने उद्देश्यले…
झापा, वैशाख १५ — झापाको झापा गाउँपालिका–१ सालमारा क्षेत्रबाट ठूलो परिमाणमा अवैध स्याउ बरामद गरिएको छ। आज दिउँसो करिब १२:३० बजे जालिम मियाको घरमा नेपालबाट भारततर्फ लैजानका लागि स्याउ लुकाइ छिपाइ राखिएको भन्ने विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल बीओपी टाघनडुब्बा र इलाका प्रहरी कार्यालय कुमारखोदबाट खटिएको संयुक्त टोलीले छापा मारेको थियो। छापामार क्रममा बिल–बिजक बिना अवैध रूपमा भण्डारण गरी राखिएको १०४ कार्टुन, करिब २०८० केजी स्याउ बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद स्याउको अनुमानित मूल्य रु. ८ लाख ४० हजार रहेको छ। बरामद गरिएको स्याउ आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।…
झापा — बिर्तामोड नगरपालिका–२ स्थित ‘गन्तब्य डान्सबार’मा गएराति झडप हुँदा दुई जना घाइते भएका छन् भने कुटपिटमा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार बैशाख १४ गते बिहानको राति करिब १:३० बजेतिर भएको झै–झगडाको सूचनापछि इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले घटनामा संलग्नहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको हो। घटनामा मेचीनगर नगरपालिका–१ बस्ने २० वर्षीय सिद्धार्थ साही टाउकोमा चोट लागेर घाइते भएका छन्। त्यस्तै सोही स्थानका ३० वर्षीय कर्ण राईको अनुहारमा चोट लागेको छ। दुवै जनाको अवस्था सामान्य रहेको र उनीहरुको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। कुटपिटमा संलग्न रहेको आरोपमा मेचीनगर–१२ का…
विराटनगर । मोरङको विराटनगर महानगर क्षेत्रमा स्पाको आवरणमा गैरकानुनी गतिविधि भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले ठूलो कारबाही गरेको छ। वैशाख १२ गते दिउँसो जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त स्थानमा छापा मारेको हो। प्रहरीका अनुसार चेकजाँचका क्रममा शंकास्पद गतिविधिमा संलग्न रहेको पाइएपछि सञ्चालकसहित ३६ जनालाई नियन्त्रणमा लिइएको छ। पक्राउ परेकाहरूमाथि हाल थप सोधपुछ तथा अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ। प्रहरीले उक्त स्थानमा स्पाको आवरणमा गैरकानुनी क्रियाकलाप भइरहेको भन्ने प्रारम्भिक सूचनाका आधारमा कारबाही अघि बढाइएको बताएको छ। घटनाबारे विस्तृत अनुसन्धानपछि मात्र थप विवरण सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
झापा । झापाको मेचीनगर नगरपालिका–२ स्थित दुर्गा मन्दिर नजिक मदन भण्डारी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। मंगलबार साँझ करिब ५:३० बजे तिरिङखोलाबाट बाहुनडाँगीतर्फ जाँदै गरेको मे ७ प ९६५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार पाँचथर फिदिम नगरपालिका–१२ घर भई हाल बाहुनडाँगीस्थित बिओपीमा सशस्त्रमा कार्यरत सशस्त्र प्रहरी बलका सहायक हवल्दार ३५ वर्षीय सचिन तामाङ गम्भीर घाइते भएका थिए। उनको नाक तथा शरीरका विभिन्न भागमा चोट लागेको थियो। त्यस्तै, मोटरसाइकल चालक झापा अर्जुनधारा नगरपालिका–१ घर भई सोही बिओपीमा कार्यरत हवल्दार ४० वर्षीय डिल्लिराम सुबेदी सामान्य…
झापा । राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले आज सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धतापत्रमा पूर्वाधार विकाससम्बन्धी अघि सारिएका प्रस्तावहरूमध्ये “महेन्द्र राजमार्ग” समेत परेको छ। राजा महेन्द्र वीर विक्रम शाह द्वारा निर्माण सुरु गरिएको महेन्द्र राजमार्गलाई प्रजातन्त्र स्थापनापछि सरकारी रूपमा “पूर्व–पश्चिम राजमार्ग” भनिँदै आएपनि अहिलेको सरकारले पुरानै नामबाट राजमार्गलाई सम्बोधन गरेको हो । सरकारी कागजातमा ‘पूर्व–पश्चिम राजमार्ग’ उल्लेख गरिए पनि जनस्तरमा ‘महेन्द्र राजमार्ग’ नाम नै अझै लोकप्रिय छ। वर्तमान सरकारले पनि राजा महेन्द्रलाई श्रेय दिँदै पुरानै ‘महेन्द्र राजमार्ग’ नामलाई पुनः स्वीकार गरेको देखिन्छ। हाल पुर्वी झापामा एसियन हाइवेका नामले समेत चिनिन थालेको अवस्थामा सरकारी प्रतिबद्धतापत्रमा महेन्द्र राजमार्गलाई तीन वर्षभित्र अन्तर्राष्ट्रिय स्तरको हाइवेमा स्तरोन्नति…
झापा । नेपालमै सर्वाधिक पुरस्कार राशिको महिला फुटबल प्रतियोगिता ‘चन्द्रगढी महिला गोल्डकप’ को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। भद्रपुरस्थित मेची रंगशालामा आज आयोजित पत्रकार सम्मेलनमार्फत चन्द्रगढी युवा क्लब ले प्रतियोगिताबारे विस्तृत जानकारी दिएको हो। क्लबका अध्यक्ष रोहित सुब्बा का अनुसार विजेताले महिला फुटबलकै इतिहासमा सर्वाधिक ११ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछन्। प्रतियोगिताको मुख्य प्रायोजक ओम साई पाथिभरा हस्पिटल रहेको छ भने उपविजेताको पुरस्कार रकम सजिलो नेट ले उपलब्ध गराउनेछ। भद्रपुर नगरपालिका र सबै वडा कार्यालयहरूले पनि प्रतियोगितामा सहयोग गरेका छन्। अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट प्रतियोगिता २०८३ वैशाख ५ देखि १४ गतेसम्म सञ्चालन हुनेछ।…
धुलाबारी। धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस मेसिनहरूले सुसज्जित ‘The Ironi X Fitness’ आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। युवा उद्यमशीलताको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै ३० वर्षीय फिरदोश अन्सारीले करिब १ करोड ७ लाख रुपैयाँ लगानीमा यो जिम स्थापना गरेका हुन्। उद्घाटन समारोहका प्रमुख अतिथि डा. शरद चन्द्र राईले रिवन काटेर जिमको उद्घाटन गरेका थिए। उनले युवाहरूलाई स्वस्थ जीवनशैलीतर्फ आकर्षित गर्ने यस्ता प्रतिष्ठान आवश्यक रहेको उल्लेख गर्दै अन्सारीले गरेको लगानी प्रशंसनीय रहेको बताए। जिममा एसी, आकर्षक लाइटिङ, अत्याधुनिक फिटनेस मेसिन, कार्डियो जोन, स्ट्रेन्थ ट्रेनिङ सेटअपलगायत सबै आधुनिक सुविधाहरू उपलब्ध छन्। जिमका सञ्चालक अन्सारीका अनुसार फिटनेसमा रुचि बढिरहेका बेला धुलाबारीमा गुणस्तरीय…
झापा। झापा जिल्ला गौरादह नगरपालिका–६ धोपा टोलमा अविरल वर्षासँगै आएको हावाहुरी र चट्याङका कारण गएराती ठूलो क्षति पुगेको छ। मंगलबार राति २३:३० बजे अजय कुमार झा (५०) को घरस्थित टिन छानो र बाँसले बनाइएको एकतले भान्साघर तथा संगै जोडिएको ग्वालीमा चट्याङ परेपछि आगलागि भएको प्रहरीले जनाएको छ। आगो लाग्दा मानविय क्षति भने नभएको तर भान्साघर र ग्वाली पूर्णरूपमा जलेर नष्ट भएको छ। घरभित्र रहेको ग्यास सिलिन्डर, ८० के.जि. चामल, भाँडावर्तन, विद्युत मिटर, वाईफाई राउटर, फर्निचर, अन्नपात, साथै ग्वालीमा राखिएका ६ वटा बाख्रा (२ माउ, ४ पाठा) समेत जलेर नष्ट भएका छन्। सम्पूर्ण क्षति करिब २ लाख ५० हजार रुपैयाँ बराबरको…
झापा । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत उम्मेदवारी मनोनयनको दिन झापा क्षेत्र नं. ५ को दमकमा नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबीच झडप भएको छ। घटनामा तीन जना एमाले कार्यकर्ता घाइते भएका छन्। नेकपा (एमाले) झापा क्षेत्र नं. ५ निर्वाचन क्षेत्र समन्वय समितिले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, निर्वाचन आयोगले तोकेको स्थानभन्दा बाहिर एमालेका क्षेत्रीय अध्यक्ष तथा उम्मेदवार केपी शर्मा ओलीलाई उम्मेदवारी दर्ता गर्न नदिने नियतले रास्वपाका कार्यकर्ताले संगठित आक्रमण गरेको एमालेले जनाएको छ। विज्ञप्तिमा रास्वपाका कार्यकर्ताद्वारा गरिएको आक्रमणबाट तीन जना कार्यकर्ता घाइते भएको र उनीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको उल्लेख छ। साथै, आक्रमणका क्रममा दुई जना कार्यकर्ताको सुनको सिक्रीसमेत लुटिएको…