Purbi Garjan

अवैध रूपमा ल्याइँदै गरेका १३ थान मोबाइलसहित एक भारतीय नागरिक पक्राउ

अवैध रूपमा ल्याइँदै गरेका १३ थान मोबाइलसहित एक भारतीय नागरिक पक्राउ

अवैध रूपमा ल्याइँदै गरेका १३ थान मोबाइलसहित एक भारतीय नागरिक पक्राउ

धुलाबारी । झापाको धुलाबारीबाट अवैध रूपमा भित्र्याइँदै गरेका १३ थान मोबाइल फोनसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले आज दिउँसो साढे ३ बजे धुलाबारीबाट ईटहरी जाने तयारीमा रहेको बसमा चढ्न खोजिरहेका भारत पश्चिम बंगालका ६५ वर्षीय नुर आलमलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार आलमले भन्सार छली गरी झोलामा लुकाइछिपाई ल्याएका मोबाइलहरूको अनुमानित मूल्य पाँच लाख चालिस हजार रुपैयाँ (रु. ५,४०,०००) बराबर रहेको छ। बरामद मोबाइलहरू आइफोन ११ देखि १३ सम्मका विभिन्न मोडलका रहेको जनाइएको छ। पक्राउ परेका व्यक्ति र बरामद मोबाइलहरूलाई आवश्यक कारबाहीका लागि मेचि भन्सार कार्यालय, काँकडभिट्टामा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले…
Read More
झापा नेशनलका विद्यार्थीद्वारा स्थानीय स्रोत प्रयोग गरी टेलिस्कोप निर्माण

झापा नेशनलका विद्यार्थीद्वारा स्थानीय स्रोत प्रयोग गरी टेलिस्कोप निर्माण

मेचीनगर (झापा), — झापाको मेचीनगर-७ स्थित झापा नेशनल स्कुलका विद्यार्थीहरूले स्थानीय स्रोत साधन प्रयोग गर्दै टेलिस्कोप निर्माण गरेका छन्। विज्ञानमा रुचि राख्ने कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरूको टोलीले विद्यालयको प्राविधिक सहयोगमा यो टेलिस्कोप तयार पारेका हुन्। विद्यालयका प्रधानाध्यापक कमल भेट्वाल र शिक्षकहरूको प्रेरणा एवं सहकार्यमा तयार गरिएको उक्त टेलिस्कोप निर्माणमा लेन्स, पाइप, माउन्ट लगायतका सामग्री स्थानीय रूपमा संकलन गरिएका थिए। विद्यालयका को-अर्डिनेटर अनुप सुवेदीका अनुसार विद्यार्थीहरूले बनाएको टेलिस्कोपले रातको समयमा चन्द्रमा तथा ताराहरूको अवलोकन गर्न सक्ने क्षमता राख्दछ। उनले यस कार्यले विद्यार्थीहरूमा वैज्ञानिक सोचको विकासमा उल्लेखनीय योगदान पुर्‍याएको बताए। बिहीबार विद्यालय परिसरमा आयोजित पत्रकार सम्मेलनमार्फत विद्यार्थीहरूले आफैंले निर्माण गरेको…
Read More
मानव हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चका अध्यक्ष घिमिरेले दिए राजीनामा

मानव हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चका अध्यक्ष घिमिरेले दिए राजीनामा

मेचीनगर। मानव हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्च बाहुण्डाँगिका निर्वाचित अध्यक्ष निरज घिमिरेले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले आज एक विज्ञप्ति जारी गर्दै राजीनामा दिएको जानकारी गराएका हुन्। घिमिरेले स्वास्थ्य समस्याका कारण चिकित्सकको सल्लाहअनुसार विश्राम आवश्यक परेकाले पदबाट राजीनामा दिएको उल्लेख गरेका छन्। उनले आफू बिरामी भएका कारण हाललाई जिम्मेवारी वहन गर्न असमर्थ भएको र मञ्चको प्रभावकारी सञ्चालनमा बाधा नपरोस् भन्ने उद्देश्यले यो निर्णय लिएको बताएका छन्। राजीनामा पत्रमा घिमिरेले भनेका छन्, "स्वास्थ्यगत कारणले जिम्मेवारी निर्वाह गर्न सक्ने अवस्था नरहेकोले अध्यक्ष पदबाट राजीनामा दिएको छु।" उनले भविष्यमा स्वास्थ्य लाभ प्राप्त गरेपछि सामाजिक काममा पुनः सक्रिय हुने विश्वाससमेत व्यक्त…
Read More
बाहुण्डाँगी: हात्ती पीडितको समस्या समाधान नहुँदा भोलि सयौं पीडित नगरपालिका जुलुससहित जाँदै

बाहुण्डाँगी: हात्ती पीडितको समस्या समाधान नहुँदा भोलि सयौं पीडित नगरपालिका जुलुससहित जाँदै

बाहुण्डाँगी। झापाको मेचीनगर नगरपालिका स्थित बाहुण्डाँगी क्षेत्रका हात्ती पीडितहरू लामो समयदेखि न्यायको खोजीमा संघर्षरत छन्। जंगली हात्तीबाट ज्यान र धनसम्पत्तिमा क्षति व्यहोर्दै आएका स्थानीयवासीहरूले पटकपटक सम्बन्धित निकायसँग गुहार गरे पनि हालसम्म समस्या समाधान नभएको गुनासो गरेका छन्। आज पत्रकारहरुसँग कुरा गर्दै हात्ती पीडित संघर्ष समितिले जंगली हात्तीको आक्रमणबाट खेतबारीमा लगाइएको अन्नबाली सखाप हुने, घरगोठ भत्किने, मानवीय क्षति समेत हुने घटना पटकपटक दोहोरिँदै आएको छ। तर, पीडितहरूको उचित राहत, क्षतिपूर्ति वा दीर्घकालीन समाधानका लागि प्रभावकारी पहल नहुँदा आफुहरु निराश हुनुपरेको बताएका छन्। यसै सन्दर्भमा, पीडितहरू भोलि सयौंको संख्यामा बाहुण्डाँगी नगरपालिकातर्फ जुलुससहित जाने तयारीमा छन्। उनीहरूले "न्याय दे, सुरक्षा दे" भन्ने नारासहित…
Read More
विराटनगरका पोखरेलमाथि सम्पत्ति सुद्धीकरणको नजर, ठगीको आरोप

विराटनगरका पोखरेलमाथि सम्पत्ति सुद्धीकरणको नजर, ठगीको आरोप

विराटनगरका पोखरेलमाथि सम्पत्ति सुद्धीकरणको नजर, कन्सल्टेन्सीको आवरणमा ठगी धन्दाको आरोप ! थोरै ऋण तिरिदिएर करोडौंको सम्पत्ति क्वाप्लक्कै ! पुजन घिमिरे /झापा । मोरङको विराटनगरस्थित हिमगुण कन्सल्टेन्सीका सञ्चालक विराटनरका कृष्णहरी पोखरेलले ऋण तिरिदिने बहानामा करोडौंको सम्पत्ति हत्याएको भन्दै पीडितहरु न्यायका लागि हारगुहार गरिरहेका छन् । सिमित ऋण तिरिदिएर विराटनगर र झापा दमकस्थित मुख्य बजारकै घर जग्गा हत्याएपछि घर न घाटको अवस्थामा पुगेका पीडितहरु न्यायको खोजीमा लागेका हुन् । मोरङको विराटनगर महानगरपालिकाका–११ जनपथ टोल कान्छा दाई मार्गको साढे दुई तलाको घर करिब १७ धुरमा बनेको छ । जसको मुल्य अहिले ४ करोड भन्दा माथि पर्छ । जुन घरका धनी थिए स्थानीय ताराकुमार…
Read More
दरबार हत्याकाण्डको २४ वर्ष: त्यही अँध्यारो रात, जुन कहिल्यै उज्यालो भएन

दरबार हत्याकाण्डको २४ वर्ष: त्यही अँध्यारो रात, जुन कहिल्यै उज्यालो भएन

२४ वर्षअघि आजकै दिन, नेपाली इतिहासको सबैभन्दा रहस्यमय, क्रूर र दुखद घटना घट्यो—दरबार हत्याकाण्ड। आज पनि नारायणहिटी दरबारको त्यो भीषण रात नेपाली जनताको स्मृतिमा एक कालो धब्बाजस्तै गढेर बसेको छ। त्यो रात थियो—अँध्यारो, रगतले रेटिएको, र जसले नेपाली राजतन्त्रको इतिहासलाई नै बदलिदियो। दरबारभित्रको शान्ति, अनि अचानक गोलीको गर्जन २०५८ साल जेठ १९ गते, शुक्रवार। सधैंझैँ दरबारभित्र शान्त वातावरण थियो। परिवारभित्र एउटा जमघट थियो—खानपिन, हाँसो–मजाक र सौहार्द। तर, रातको लगभग ८:३० बजेपछि दरबारभित्रको त्यो शान्त वातावरण अचानक गोलियोंको आवाजले चिरचिरायो। राजपरिवारको अन्त्य: एकै रातमा नष्ट भएको पुस्ता त्यो रात, राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, र अन्य छजना शाही…
Read More
आजबाट देशभर अनिश्चितकालीन सार्वजनिक यातायात बन्द, सरकारको निर्णयविरुद्ध आन्दोलन

आजबाट देशभर अनिश्चितकालीन सार्वजनिक यातायात बन्द, सरकारको निर्णयविरुद्ध आन्दोलन

झापा । सार्वजनिक यातायात व्यवसायी तथा श्रमिक संगठनहरूको संयुक्त केन्द्रीय संघर्ष समितिले आजदेखि देशभर अनिश्चितकालीन सार्वजनिक यातायात बन्दको घोषणा गरेका छन्। सरकारले गण्डकी प्रदेशका ६ नं. र ७ नं. सडक मार्गहरूमा २०८१ साल जेठ १० गतेदेखि एकीकृत सवारी साधन सञ्चालन गर्ने निर्णय गरेको थियो। यस निर्णयले निजी क्षेत्रको लगानीमा सञ्चालन भइरहेका सार्वजनिक यातायात व्यवसायहरू विस्थापित हुने भन्दै व्यवसायी तथा श्रमिक आन्दोलित भएका हुन्। संघर्ष समितिको भनाइमा, सरकारले 'राइड सेयरिङ'लाई प्रोत्साहन गर्दै सार्वजनिक यातायात क्षेत्रमा राज्यको लगानीका नाममा निजी व्यवसायलाई विस्थापित गर्न खोजेको छ। उनीहरूले सवारी तथा यातायात व्यवसायीको हक, अधिकार र स्वामित्वको रक्षा गर्न संघर्ष गर्ने बताएका छन्। विज्ञप्तिमा भनिएको…
Read More
पूर्व प्रगती आमा समूहको वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम सम्पन्न

पूर्व प्रगती आमा समूहको वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम सम्पन्न

मेचीनगर। झापाको मेचीनगर–६ मेची डाँडामा अवस्थित पूर्व प्रगती आमा समूहले आफ्नो तेस्रो वार्षिक साधारण सभा विविध कार्यक्रमसहित सम्पन्न गरेको छ। उक्त अवसरमा संस्थामा विशेष योगदान पु¥याउने सदस्य आमाहरुलाई सम्मानसमेत गरिएको थियो। सभामा संस्थाकी संस्थापक अध्यक्ष राधा सिलवाल, पूर्वअध्यक्ष भगवती अधिकारी, ईन्दिरा रायामाझी, विष्णुमाया अधिकारी र पुष्पाकुमारी राईलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो। आमा समूहले सञ्चालित आर्थिक बचत कार्यक्रममा असल ऋणीका रूपमा उषा राई (उर्मीला)लाई प्रशंसा–पत्रद्वारा सम्मान गरिएको थियो। संस्थाले बचत कार्यक्रमअन्तर्गत तीन वर्षमा जम्मा ५८ लाख रुपैयाँ संकलन गरी १०८ जना सदस्यलाई वितरण गरेको जनाएको छ। समूहका सदस्यहरूले मासिक १ हजार रुपैयाँ बचत र ५ हजार रुपैयाँ शेयर जम्मा गरेर…
Read More
विद्या विकास एकेडेमीमा कक्षा ११ सञ्चालन, व्यवस्थापन संकायअन्तर्गत आधुनिक विषयहरू पढाइने

विद्या विकास एकेडेमीमा कक्षा ११ सञ्चालन, व्यवस्थापन संकायअन्तर्गत आधुनिक विषयहरू पढाइने

बाहुनडाँगी। झापाको मेचीनगर–४ मा अवस्थित श्री विद्या विकास एकेडेमीले आगामी शैक्षिक सत्रदेखि कक्षा ११ औपचारिक रूपमा सञ्चालन गर्ने घोषणा गरेको छ। प्रारम्भिक चरणमा व्यवस्थापन संकायअन्तर्गत होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्स विषयमा अध्यापन सुरु गरिने विद्यालयले जानकारी दिएको छ। https://youtu.be/lCi6eaeLiAc एकेडेमीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा विद्यालयका निर्देशक बद्री निरौला, एकेडेमिक निर्देशक प्रोफेसर हेमराज कार्की, मेचीनगर–४ का वडा अध्यक्ष अर्जुनकुमार कार्की, झापा जिल्ला शिक्षक संघका अध्यक्ष तोयानाथ दाहाल, अभिभावक, संघसंस्थाका प्रतिनिधि तथा शिक्षासम्बद्ध व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै निर्देशक बद्री निरौलाले श्री विद्या विकास एकेडेमीले गुणस्तरीय शिक्षा प्रदान गर्दै सक्षम, आत्मविश्वासी र व्यवहारिक सीपयुक्त विद्यार्थी उत्पादन गर्ने लक्ष्य लिएको बताए ।…
Read More
प्रहरीलाई ठुलो सफलता: मेचीनगरबाट लागूऔषधसहित ४५ जना एकैपटक पक्राउ

प्रहरीलाई ठुलो सफलता: मेचीनगरबाट लागूऔषधसहित ४५ जना एकैपटक पक्राउ

झापा । झापाको मेचीनगरस्थित कालिका सिमसारमा लागूऔषध खरिद गर्न भेला भएका ४३ जना सेवनकर्ता र २ जना कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार हिजो साँझ करिब ६ बजे मेचीनगर–११ स्थित कालिका सामुदायिक वन क्षेत्रमा इप्रका धुलाबारीका प्रहरी निरीक्षक (प्रनि) पाण्डवकुमार राजवंशी, प्रहरी चौकी चारआलीका प्रहरी नायब निरीक्षक (प्रनानि) प्रमोद रेग्मी, जिल्ला प्रहरी कार्यालय झापाका प्रनि विजय चौहान र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाका प्रनानि कुमार सोमेश लामिछानेको कमाण्डमा खटिएको संयुक्त टोलीले विशेष 'स्वीप अपरेसन' चलाएको थियो। उक्त अपरेसनमा १५ देखि ४० वर्ष उमेर समूहका ४३ जना पुरुष लागूऔषध सेवनकर्ता पक्राउ परेका छन्। उनीहरू लागूऔषध खरिद गर्न त्यहाँ भेला भएका थिए…
Read More
ne_NPNepali