झापा / ७ असोज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बदलिनेले नेतृत्व गर्ने र बदलिन नचाहने बढारिने बताउनु भएको छ । गृहनगर धुलाबारीमा आज आयोजित "जेनजी आन्दोलनमा जीवन गुमाएकप्रति श्रद्धाञ्जली एवम् अबको राजनीति र अबको नेपाल" विषयक अन्तरक्रियामा बोल्दै महामन्त्री शर्माले भन्नुभयो,"अहिलेको माग र जनभावना अनुसार नै कांग्रेसको नेतृत्व बदलिन्छ, त्यसको बाधक बन्ने बढारिन्छन् ।" एउटाले आन्दोलन गर्ने र अर्कोले अवसर लिने कुरा असान्दर्भिक भएको तर्क गर्नु भएको शर्माले सरकारमा जेनजी पुस्ताको प्रतिनिधित्व हुनु पर्नेमा जोड दिनुभयो ।" सरकारमा जेनजी पुस्ताको प्रतिनिधित्व हुनुपर्छ, त्यो अनिवार्य सर्त हो " उहाँले भन्नुभयो," प्रधानमन्त्री सुशीला कार्कीजी जेनजी पुस्तालाई प्रतिनिधित्व गराएर सरकारलाई छिटो पूर्णता…
झापा, ७ मंसीर । काठमाडौँ महानगरपालिका–१० बानेश्वरनजिक थापा गाउँमा बस्दै आएकापत्रकार दीपेन्द्र खनिया मृत भेटिएका छन् । उनी बस्दै आएको घरमा पत्रकार खनिया आज मृत भेटिएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो । घरको चौथो तलाको बरण्डाको रेलिङमा झुन्डिएको अवस्थामा उनको शव भेटिएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताउनुभयो । पत्रकार खनिया रेडियो अडियोका सञ्चालक थिए ।
झापा, ७ मंसीर । गत भदौ २४ गते जनजी आन्दोलनको क्रममा जिल्ला कारागार कार्यालय चितवनबाट पुर्पक्षका लागि थुनामा रहेका एक जना झापाबाट पक्राउ परेका छन् । सालकको अखेटोपहार मुद्दाका बन्दी झापा शिवसताक्षी नगरपालिका–८ का आशिष सुब्बा पक्राउ परेका हुन् । आज साँझ सुब्बा आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। हाल उनलाई इप्रका झिलझिलेमा राखिएको छ र सम्बन्धित कारागारमा बुझाउने प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
काँकरभिट्टा । झापाको मेचीनगर -६ स्थित एमीटी पब्लिक स्कुलको आयोजनामा सम्पन्न अन्तर–मावि भलिबल प्रतियोगिताको उपाधि आदर्श माध्यमिक विद्यालयले हात पारेको छ। आइतबार एमिटी पब्लिक स्कुल, काँकरभिट्टाको खेल मैदानमा सम्पन्न प्रतियोगिताको फाइनलमा आदर्श मावि, इटाभट्टा विजेता बन्न सफल भएको हो। फाइनल खेलमा आदर्शले सरस्वती मावि, बाहुनडाँगीलाई सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो। विजेता तथा उत्कृष्ट खेलाडीलाई प्रमुख अतिथि वडा सदस्य ध्रुव राई, विशिष्ट अतिथि प्याब्सन झापाका अध्यक्ष धर्मराज माझीलगायतले पुरस्कार वितरण गरेका थिए। प्रतियोगिताको उत्कृष्ट खेलाडी आदर्श माविका रुपेश गौतम घोषित भएका छन्। कार्यक्रमको समापन समारोहमा विद्यार्थीहरूले आकर्षक नृत्य प्रस्तुति दिएका थिए। सो अवसरमा प्रमुख अतिथि राई, प्याब्सन अध्यक्ष माझी,…
सुनसरी, ६ मंसीर । जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रतिबन्धित लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । मंसिर ५ गते गस्तिमा खटिएको प्रहरी टोलीले इनरुवा–४ स्थित भित्री सडक खण्डबाट प्र १–०२–००४ ह १७७६ नम्बरको सिटी सफारीमा लुकाई छिपाई लैजाँदै गरेको १० किलोग्राम ५४० ग्राम गाँजासहित सिटी चालक हरिनगर–४ का अजमल अंसारी र सिटीमा सवार अमिर अंसारीलाई नियन्त्रणमा लिएको हो । यता, प्रहरी चौकी घुस्किहाटले हरिनगर–७ बाट बोरामा बेबारीसे अवस्थामा राखेको १२ किलोग्राम १३० ग्राम लागू औषध गाँजा फेला पारेको छ । लागुऔषधसहित पक्राउ परेका दुबै जनामाथि कानूनी कारबाही भइरहेको छ भने बेबारीसे गाँजा सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौ। नेपाल कम्युनिस्ट पार्टी(माओवादी)ले देशलाई अर्को बिद्रोहको बाटोमा नधकेल्ने हो र जेनजी बिद्रोहको मागलाई सम्बोधन गर्ने हो भने बिस्तृत शान्ति सम्झौताका सहमतिलाई पालना गर्नुपर्ने बताएको छ।सरकार र माओवादी बिच शान्ति सम्झौता भएको १९ बर्ष पुगेको सन्दर्भमा महासचिव विप्लवले आज एक प्रेस बक्तव्य जारी गरी सहमतिको पालना र कार्यान्वयन हुनुपर्ने बताउनु भएको हो। महासचिव विप्लवद्वारा हस्ताक्षरित विज्ञप्तिमा बर्तमान राजनीति संकटको निकासका लागि ६ बुदे प्रस्ताव समेत सार्वजनिक गरिएको छ।जस अनुसार सुशीला नेतृत्वको सरकारका ठाउँमा सर्वपक्षीय अन्तरिम सरकार गठन हुनुपर्ने,वर्तमान संविधान संशोधन गरी उच्चस्तरिय निकाय खडागरी संविधान पुनर्लेखन गर्नुपर्ने,अग्राधिकार सहितको समाजवादी संघीयता, पूर्ण समानुपातिक र समावेसी राज्य पुनर्संरचना गर्नुपर्ने कुराहरू उल्लेख छन्…
निशान निराैला ईलाम –२७ । उदाउँदो मोडल मुकेस गुरुङले आफ्नो प्रतिभा र मेहनतको बलमा ६औं जीनियस अवार्ड २०८२ मा “बेस्ट डेब्यु मोडल”को उपाधि हात पारेका छन्। उनीले अभिनय गरेको गीत ‘तिमी बिना’ मा देखाएको दमदार प्रदर्शनका लागि यो अवार्ड प्रदान गरिएको हो। उक्त गीतमा गायिका रोजिना बस्नेत र गायक साउगात जंग खड्काको स्वर रहेको छ। कार्यक्रम राजधानीको नेपाल प्रहरी क्लब (Nepal Police Club) मा भव्य रूपमा सम्पन्न भएको थियो। यसअघि पनि मुकेस गुरुङले विभिन्न विधामा दुई वटा अवार्ड जितिसकेका छन्। छोटो समयमा नै मोडलिङ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल उनी अहिलेको मोडलिङ क्षेत्रका चर्चित अनुहारहरूमा गणना हुन थालेका छन्। साथै,…
झापा, २५ कात्तिक । किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किरात, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उहाँको महत्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गर्नुभएको थियो । यसलाई सत्य धर्म मुचुल्का भनिन्छ । यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो । किरात समाज सुधारका लागि नीतिसमेत निर्माण गरी योगदान गर्नुभएका फाल्गुनन्दको विसं २००५ मा निधन भएको हो । किरात समाज सुधारमा उहाँले पु¥याउनुभएको योगदानको कदर गर्दै उहाँलाई २०६६ मङ्सिर १६ गते सरकारले राष्ट्रिय…
मेचीनगर। जेनजी आन्दोलन पश्चात् केहि आक्रमक बनेर देशभर सडक प्रदर्शन गरिरहेको नेकपा (एमाले) ले भोलि बुधबार झापाको मेचीनगरमा संसद् पुनर्स्थापना र असंवैधानिक अन्तरिम सरकार खारेजीको माग गर्दै धुलाबारीदेखि चारआलीसम्म दुई हवार बढी मोटरसाइकल र्याली गर्ने भएको छ। एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकारलाई राजीनामा दिन बाध्य बनाएर पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको र त्यो असंवैधानिक रहेकाले भोलि त्यसका विरुद्ध विरोध कार्यक्रम गर्न लागेको एमाले मेचीनगरले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ। एमाले मेचीनगर नगरकमिटीका अध्यक्ष राजु कार्कीका अनुसार धुलाबारीदेखि चारआलीसम्मको मोटरसाइकल र्यालीमा दुइहजार बढी मोटरसाइकल रहने गरि तय भइरहेको र भव्य सहभागिता रहने छ। कार्यक्रमबारे जानकारी…
झापा, २४ कात्तिक । जापानको इवाते प्रान्तको तटमा आइतबार ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। स्थानीय समय दिउँसो १ः३३ बजे आएको भूकम्पपछि मौसम विभागले इवाते प्रान्तका लागि सुनामी चेतावनी जारी गरेको छ । यसपछि इवातेको ओफुनाटो सहरको तटीय क्षेत्रबाट ६ हजार १३८ जनालाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ । मौसम एजेन्सीका अनुसार ओफुनाटो बन्दरगाहमा १० सेन्टिमिटर अग्लो सुनामी छाल रेकर्ड गरिएको छ । छाल १ मिटरसम्म पुग्ने अनुमान गरिएको बेला सुनामी सूचना जारी गरिन्छ ।