Purbi Garjan

काँकरभिट्टा महोत्सव : आज चर्चित गायिका प्रिती आले आउँदै

काँकरभिट्टा महोत्सव : आज चर्चित गायिका प्रिती आले आउँदै

काँकरभिट्टा महोत्सव : आज चर्चित गायिका प्रिती आले आउँदै

मेचीनगर। झापाको मेचीनगर- ६ स्थित काँकरभिट्टा माविको खेलमैदानमा जारी सांगीतिक महोत्सव तथा रमाइलो मेला २०८१ को आज तेस्रो दिन शुक्रबार राष्ट्रिय ख्यातिप्राप्त कलाकार प्रिती आलेको प्रस्तुति रहनेछ । काँकरभिट्टा भेट्रान्स फुटबल क्लबले आयोजना गरेको आयोजित महोत्सवमा दैनिक राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति रहनेछ । यसै सिलसिलामा आज पछिल्लो समयकी चर्चित गायिका प्रिती आले आउने भएकी हुन् । काँकरभिट्टा खेलमैदानमा आगामी असोज १५ गतेसम्म सञ्चालन हुने महोत्सवको दोस्रो दिन हिजो बिहीबार चर्चित गायिका अस्मिता अधिकारीले आफ्नो सुपरहिट गीत गाउँदै दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेकी थिइन् । आयोजक काँकरभिट्टा भेट्रान्स फुटबल क्लबका महासचिव सुन्दर बस्नेतका अनुसार प्रत्येक दिन स्थानीय कलाकारको साथमा राष्ट्रिय ख्यातिप्राप्त…
Read More
बरिष्ठ पत्रकार सुदर्शनराज पाण्डेको निधन

बरिष्ठ पत्रकार सुदर्शनराज पाण्डेको निधन

काठमाडौं । जनपत्रकार संगठन नेपालका सचिवालय सदस्य तथा बरिष्ठ पत्रकार सुदर्शनराज पाण्डेको असामयिक निधन भएको छ । बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा उनको निधन भएको हो । भदौ १३ गते स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको जापानी इंसेफेलाइटिस रोगबाट पाण्डेको निधन भएको त्रिवि शिक्षण अस्पतालमा जनाएको छ । पाण्डेको पार्थीव शरिरलाई पशुपति आर्यघाटमा अन्त्यष्ठी गरिएको छ । पाण्डे ४० वर्षदेखि नेपालको वामपन्थी राजनीति, जनपक्षीय पत्रकारिता र प्रगतिवादी समालोचनाका क्षेत्रमा प्रखर, निर्भिक, अविचलित र सम्मानित प्रतिभा मानिन्छन् । पाण्डे जनयुद्धका महान सहिद सुरज पाण्डेको बुवा हुन् । उनी उत्थान साप्ताहिकको सम्पादकसमेत हुन् । रुचिले…
Read More
अनेमसंघ(क्रान्तिकारी) कर्णाली प्रदेश भेला सम्पन्न, संयोजकमा सभ्यता सी

अनेमसंघ(क्रान्तिकारी) कर्णाली प्रदेश भेला सम्पन्न, संयोजकमा सभ्यता सी

सुर्खेत । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कर्णाली प्रदेशको प्रथम भेला तथा प्रशिक्षण सम्पन्न भएको । मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न प्रथम भेलाले सभ्यता सीकाे संयोजकत्वमा २१ सदस्यीय प्रदेश समिति गठन गरेको छ । भेलाले सदस्यमा ज्ञानु फडेरा, नविना बिक, सुनमाया शाही, दुर्गा राेकाया, कुशुम फडेरा, जानकी शाही, करिश्मा विसी, कमला परियार, शितला विसी, मिना राेकाया , रमना सी, अप्सरा बाेगटी, संगीता बिक, गीता परियार, तुलसा पौडेल, अरूणा बुढाथोकी, किर्ति खरेल, विपना शाही, सर्मिला बिक लगायतको २१ सदस्यीय प्रदेश समिति गठन गरेको छ । प्रथम भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सुशील सीले महिला अधिकारका…
Read More
नेपालमा ७५ बर्षदेखि हुन नसकेकाे क्रान्ति नेकपाले गर्छ : प्रवक्ता प्रकाण्ड

नेपालमा ७५ बर्षदेखि हुन नसकेकाे क्रान्ति नेकपाले गर्छ : प्रवक्ता प्रकाण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता प्रकाण्ड सीले ७५ बर्षदेखि हुन नसकेकाे क्रान्ति नेकपाले गर्ने दावि गरेका छन् । मंगलबार जनवर्गीय संगठन/माेर्चा बागमती प्रदेशकाे प्रथम बैठककाे अध्यक्षता गर्दै उनले नेपाल कम्युनिस्ट पार्टी स्थापना भएदेखि हुन नसकेकाे क्रान्ति नेकपाले गर्ने दावि गरेका हुन् । पार्टीकाे बागमती प्रदेश इन्चार्जसमेत रहेका उनले नेपालमा १० बर्ष चलेकाे जनयुद्धले परिवर्तनकाे पक्षमा धेरै काम गरेकाे बताउँदै जनयुद्धले गर्न नसकेका काम एकीकृत जनक्रान्तिले गर्ने बताए । "नेपालमा‌ ७५ बर्षमा नभएकाे काम हामी गर्न सक्छौँ भन्ने छ । हामीले गर्छौं।", उनले भने, "नेपालमा जति परिवर्तन भएकाे छ १० बर्षे जनयुद्धले भएकाे छ । जनयुद्धले समेत गर्न नसकेका काम…
Read More
कोशीका पूर्वमुख्यमन्त्री कार्की अनशनस्थलबाटै पक्राउ, बिराटनगर तनावग्रस्त

कोशीका पूर्वमुख्यमन्त्री कार्की अनशनस्थलबाटै पक्राउ, बिराटनगर तनावग्रस्त

बिराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई प्रहरीले अनशनस्थलबाटै पक्राउ गरेपछि बिराटनगर तनावग्रस्त बनेको छ। सुरक्षाकर्मी र केदार कार्की समर्थकबीच दोहोरो झडप भएपछि अवस्था तनावग्रस्त बनेको हो । झडपपछि कार्की र उनका केही समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएकाहरुको संख्या यकिन छैन। झडपमा परेर केही अनशनकारी र प्रहरी घाइते भएका छन्। घाइतेहरुको संख्या पनि यकिन छैन। झडपका कारण प्रदेशसभा भवननजिकको अनशनस्थल तनावग्रस्त बनेको छ। १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार कटौती गरेको, गरिब जेहेनदार विद्यार्थीलाई दिइने छात्रवृत्ति हटाएको आदि विषयमा विरोध जनाउँदै पूर्वमुख्यमन्त्री कार्कीले आमरण अनशनमा बसेका थिए । उनले विराटनगरस्थित कोसी प्रदेशसभा सचिवालय पूर्वपट्टिको वनसखण्डी मन्दिरअगाडि आमरण अनशनमा बसेका…
Read More
पुर्वी नाकामा नयाँ शैलीमा तस्करी, कारसहित चालक पक्राउ

पुर्वी नाकामा नयाँ शैलीमा तस्करी, कारसहित चालक पक्राउ

मेचीनगर । झापाको मेचीनगर -६ स्थित काँकडभिट्टा नाकाबाट भारतीय नम्बर प्लेटका तीनवटा कार र तस्करीको सामानसहित तीनजना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। भारतीय कार प्रयोग गरी अवैध रुपमा भन्सार छलेर लत्ताकपडा भित्र्याएको सुराकी पाएको जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काकडभिट्टाको टोलीले घटनामा संलग्नलाई सामानसहित पक्राउ गरेको हो । कपडा तस्करहरूले कारको पछाडि भागको ब्याक लाइट हुने दुवै ठाउँमा दुलो बनाई त्यसभित्र लत्ताकपडा हालेर सोजै भन्सार अगाडिबाटै सरसामान लैजाने गरेको नयाँ तथ्य खुलेको छ। तीन वटा भारतीय नम्बर प्लेट भएको कार नियन्त्रणमा लिएसँगै सो तस्करीको नयाँ शैली पत्ता लागेको हो । नयाँ मेची पुलबाट सोजै भन्सार अगाडिबाट नेपाल…
Read More
मेचीनगरमा जिल्लास्तरीय फुटबल प्रतियोगिता असोज १२ गतेदेखि हुँदै

मेचीनगरमा जिल्लास्तरीय फुटबल प्रतियोगिता असोज १२ गतेदेखि हुँदै

मेचीनगर। झापाको मेचीनगर-८ स्थित "इटाभट्टा फुटबल क्लब"ले प्रथम इटाभट्टा नकआउट जिल्लास्तरीय फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । स्थानीय युवाहरुको चौतर्फी खेलकुद विकासलाई मध्यनजर गर्दै आगामी असोज १२ गतेदेखि १९ गतेसम्म "प्रथम इटाभट्टा नकआउट जिल्ला स्तरीय फुटबल प्रतियोगिता"’ गर्ने भएको आयोजकले बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । आयोजकको एक टिमसहित जिल्लाका बिभिन्न ८ चर्चित क्लबहरू बिच प्रतियोगितामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको सबै प्रक्रिया पूरा गरीसकेको आयोजक इटाभट्टा फुटबल क्लबका अध्यक्ष मनकुमार लिम्बुले जानकारी दिए । उनका अनुसार १५ लाख खर्च अनुमान गरिएको उक्त प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख १ हजार १ सय ११ रुपैयाँ र दोस्रो हुनेलाई…
Read More
केरा बगानभित्र २ नाबालिकाको शव भेटियो, विष खुवाएर मारेको आशंका

केरा बगानभित्र २ नाबालिकाको शव भेटियो, विष खुवाएर मारेको आशंका

विराटनगर । मोरङको सुन्दरहरैँचामा शनिबार दिउँसो एकै घरका २ नाबालिकाको शव भेटिएको छ। सुन्दरहरैँचा नगरपालिका–७ स्थित नारायण न्यौपानेको केरा बगानभित्र दिउँसो ४:३० बजेतिर नाबालिकाहरु मृत फेला परेका हुन्। मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले धनकुटा घर भएका ३१ वर्षीय अर्जुन कार्कीका छोरीहरु १ वर्षीया अर्पणा कार्की र ३ वर्षीया आयिका कार्की मृत फेला परेको जानकारी दिए। अर्जुनकी पत्नी (श्रीमती) २९ वर्षीया अस्मिता न्यौपाने सम्पर्कविहीन छन्। केराघारीभित्र २ बालिका मृत फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। धनकुटाको पाख्रिबास नगरपालिका–४ डिकुरेका अर्जुन केही समययता पत्नी र २ छोरीसहित मोरङको सुन्दरहरैँचा–७ मालती टोलस्थित दिदी सीता रेग्मीको घरमा बस्दै आएको प्रहरीले जनाएको छ।…
Read More
बिर्तामोडमा मोटरसाइकललाई बसले ठक्कर दिँदा एकजनाको मृत्यु

बिर्तामोडमा मोटरसाइकललाई बसले ठक्कर दिँदा एकजनाको मृत्यु

विर्तामोड । झापाको बिर्तामोड -५ स्थित हिकोला मोडमा यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। आज साँझ ५ बजेको समयमा बिर्तामोड बसपार्कबाट पश्चिम बस स्टेण्डतर्फ जाँदै गरेको प्र१-०२-००२ ख ००३५ नम्बरको यात्रुबाहक बसले बाटो क्रस गर्दै गरेको मोटरसाइकल प्र१-०१-०१३ प ५७०० लाई ठक्कर दिएको थियो। दुर्घटनामा इलाम जिल्ला, माई नगरपालिका वडा नम्बर - ४ गैरीगाउँ निवासी ३६ वर्षीय ठिर प्रसाद सुवेदी र ३० वर्षीया तुलसा पाँचकोटी घाइते भएका थिए। घाइतेहरुलाई तत्कालै उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल लगिएको थियो। अस्पतालमा उपचारको क्रममा तुलसा पाँचकोटीको मृत्यु भएको छ भने मोटरसाइकल चालक सुवेदीलाई सामान्य चोट लागेको छ। दुर्घटनापछि बसचालक…
Read More
नेपालमा अमेरिकी षड्यन्त्र विरुद्ध नेकपाले बन्दुक उठाउन सक्छ- सुमनसिंह

नेपालमा अमेरिकी षड्यन्त्र विरुद्ध नेकपाले बन्दुक उठाउन सक्छ- सुमनसिंह

झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज सुमनसिंह सी ले नेपालमाथिको अमेरिकी हस्तक्षेप स्विकार्य नहुने भन्दै जबर्जस्ती गरे नेकपाले बन्दुक उठाउने चेतावनी दिएका छन्। आज झापाको दमकमा आयोजित हस्तक्षेपकारी अमेरिकन चलखेल विरुद्धको विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। पछिल्लो समय अमेरिकाले नेपालको सदनबाट एमसिसी पास गराएको र अहिले एसपिपी परियोजना पास गराएर नेपालमा प्रत्यक्ष रुपमा हस्तक्षेप जमाउन षड्यन्त्र बुनिरहेको उनलेे आरोप लगाएका छन्। केपी ओली नेतृत्वको सरकारले षड्यन्त्र गरेर अमेरिकी परियोजना एसपिपी पास गराए ओलीलाई झापा आउन नदिने र नेपाली जनताले सडकमा घिसार्दै देशबाटै लखेट्ने समेत नेता सुमनसिंहले चेतावनी दिएका छन्।…
Read More
ne_NPNepali