Purbi Garjan

अमेरिकन चलखेलविरुद्व झापामा नेकपाको विरोध प्रदर्शन

अमेरिकन चलखेलविरुद्व झापामा नेकपाको विरोध प्रदर्शन

अमेरिकन चलखेलविरुद्व झापामा नेकपाको विरोध प्रदर्शन

झापा । हस्तक्षेपकारी अमेरिकन चलखेल विरुद्ध विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले वृहत् विरोध प्रदर्शन गरेको छ। आज शनिबार झापाको दमकमा नेपाल कम्युनिस्ट पार्टीका नेताकार्यकर्ता तथा स्थानीय जनताको उपस्थितिमा र्‍याली सहितको विरोध प्रदर्शन गरिएको हो । पछिल्लो समय अमेरिकाले विश्वका विभिन्न देशहरुमा युद्ध चर्काएर अस्थिरता , अशान्ति मच्चाउँदै हतियारको ब्यापार चलाएको र नेपालमाथि पनि अमेरिकाले विभिन्न परियोजना मार्फत हस्तक्षेप बढाएको नेकपाले जनाएको छ। एमसिसी नेपालको सदनबाट पारित गरिए सँगै अहिले अमेरिकाले नेपालमा हतियार भित्र्याउन थालिसकेको र सैन्य गतिविधि बढाउन एसपिपी( स्टेट पार्टनरसिप प्रोग्राम ) लागु गर्न लागेको भन्दै नेकपाले विरोध प्रदर्शन गरेको हो । गोर्खा डिपार्टमेन्टको नजिकै बाट शुरु भएको…
Read More
मेचीनगर स्तरीय वक्तित्वकला: धुलाबारी माविकी दिव्या प्रथम

मेचीनगर स्तरीय वक्तित्वकला: धुलाबारी माविकी दिव्या प्रथम

काँकरभिट्टा । मनबहादुर बानियाँ क्षेत्री स्मृति प्रथम मेचीनगरस्तरीय अन्तर मावि वक्तित्वकला प्रतियोगितामा  धुलाबारी माविकी दिब्या राय प्रथम बनेकी छिन् । शुक्रबार काँकरभिट्टा खानेपानीको सभाहलमा सम्पन्न प्रतियोगितामा प्रथम हुँदै रायले नगद ७ हजार, प्रमाण पत्र तथा ट्रफी प्राप्त गरिन् । त्यस्तै हिमालय इङ्लिस एकाडेमी धुलाबारीकी विद्या बुढाथोकी द्वितीय, आदर्श मावि इटाभट्टाका विकास गौतम तृतीय र शहिद दशरथ चन्द मावि चारआलीकी विअसा बराल सान्त्वना भइन् ।  उनीहरुले क्रमशः नगद ५ हजार, ३ हजार र १ हजार तथा प्रमाण पत्र प्राप्त गरे । विजेतालाई प्रमुख अतिथि नगर शिक्षा अधिकारी होमनाथ भण्डारी, बानियाँ बन्धु समाजका केन्द्रीय सल्लाहकार हरिचरण बानियाँलगायतले पुरस्कृत गरे । बाहुण्डाँगी जेसीजको…
Read More
एमसिसी र एसपिपी विरुद्ध विप्लव नेकपाले शनिबार दमकमा प्रदर्शन गर्दै

एमसिसी र एसपिपी विरुद्ध विप्लव नेकपाले शनिबार दमकमा प्रदर्शन गर्दै

झापा । राष्ट्रिय स्वाधीनता र त्यसको रक्षाका लागि निरन्तर संघर्ष गरिरहेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले भोलि झापाको दमकमा एमसिसी र एसपिपी विरुद्ध वृहत् प्रदर्शन गर्ने भएको छ। पछिल्लो समय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिमा देखा परेको समस्या र वैदेशिक हस्तक्षेप लगायतका विषयमा बोल्दै आएको नेकपाले अमेरिकी परियोजना एमसिसी र एसपिपी विरुद्ध पटकपटक विरोध प्रदर्शन गर्दै आइरहेको छ। नेपालको संसदमै हस्तक्षेप जमाएर एमसिसी पास गराइसकेको अमेरिकाले अहिले एसपिपी (स्टेर्ट पार्टनरसिप प्रोग्राम ) पारित गराउने रणनीति अगाडि सारिरहेको छ। एसपिपी अन्तर्गत विभिन्न अमेरिकी राज्यका सेना र एसपिपी पारित तथा कार्यनयन गर्ने देशको सेनाबिच सैन्य सहकार्य हुने गर्दछ। अमेरिकाले नेपाललाई पुर्ण रुपमा…
Read More
किशोरीमाथि सामुहिक बलात्कार : कारबाहीको माग गर्दै अखिल (समाजवादी) को प्रदर्शन

किशोरीमाथि सामुहिक बलात्कार : कारबाहीको माग गर्दै अखिल (समाजवादी) को प्रदर्शन

झापा । झापाको अर्जुनधारा नगरपालिका १० घर भएकी १६ वर्षीय बालिका लाई ७ जना पुरुषले सामूहिक बलात्कार गरेको दर्दनाक घटना सार्वजानिक भएसंगै नेकपा निकट अखिल (समाजवादी ) झापाले पीडकलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन गरेको छ। बलात्कार भएको ५ दिन बितिसक्दा पनि प्रशासनले दोषीलाई कारवाही गर्न ढिलासुस्ती गरेको भन्दै पीडितको पक्षमा विप्लव निकट अखिल (समाजवादी) झापाले शनिश्चरे चोकमा व्यापक प्रदर्शन गरेको हो । देशै भरि दिनदिनै महिला हिंसा बढेपनि प्रशासनले त्यसतर्फ ध्यान नदिएको भन्दै संगठनले विरोध प्रदर्शन गरेको अखिल समाजवादी झापाका इन्चार्ज विनोद सी ले जानकारी दिए। हिंसाको सिकार सँधै विद्यार्थी हुने गरेको कारण महिला विद्यार्थी लाई अन्याय हुँदा विद्यार्थी…
Read More
नागरिकलाई सास्ती नदिन वडाध्यक्ष बरालले गरे विद्युत प्राधिकरणलाई ध्यानाकर्षण

नागरिकलाई सास्ती नदिन वडाध्यक्ष बरालले गरे विद्युत प्राधिकरणलाई ध्यानाकर्षण

मेचीनगर । विद्युत प्राधिकरणको बेवास्ताको कारण जनताले सास्ती पाएपछि मेचीनगर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष दिपक बरालले नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्र प्रमुखलाई ध्यानाकर्षण गराएका छन् । वडाध्यक्ष बरालले वडाका २४ वटै टोल विकास संस्थाका पदाधिकारीसहितको टोली बुधबार विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्र पुगेर कार्यालय प्रमुख इन्जिनियर माधवप्रसाद यादवलाई ध्यानाकर्षण गराएका हुन् । धुलाबारी विद्युत प्राधिकरण अन्तर्गत रहेको मेचीनगर-२ (साबिक बाहुण्डाँगी ४ र ६ वडा ) मा विद्युत लाइन विस्तार, पोल सार्नुपर्ने, फेर्नु पर्ने अत्यावश्यक भएको साथै सम्भावित दुर्घटना समेत रहेको भएता पनि त्यसलाई बेवास्ता गर्दा ठुलो दुर्घटना हुने जोखिम बढिरहेको छ । त्यसतर्फ प्राधिकरणले खासै चासो नदिएपछि…
Read More
सन्दीप र ललित बिगबास लिगको ड्राफ्टमा

सन्दीप र ललित बिगबास लिगको ड्राफ्टमा

झापा । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख खेलाडी लेग स्पिनर सन्दीप लामिछाने र ललितनारायण राजवंशी अस्ट्रेलियाको बिग बास लिग (बिबीएल) को ‘ड्राफ्ट’ मा परेका छन् । बिबीएल आयोजकले बुधबार सार्वजनिक गरेको ‘ड्राफ्ट’को सुचीमा नेपालका दुई खेलाडी सन्दीप र ललित ड्राफ्टमा परेका हुन् । ‘ड्राफ्ट’ मा ३० देशका चारसय ३२ खेलाडी रहेका छन् । जसबाट सेप्टेम्बर १ तारिख खेलाडीको छनोट हुनेछ । सन्दीपले यसअघि पनि बिबीएल खेलिसकेका छन् भने ललित पहिलो पटक विदेशी लिगको ड्राफ्टमा परेका हुन् ।
Read More
मेचीनगर: राजवंशी समुदायले भव्य रुपमा मनाए “दधिकाद” पर्व

मेचीनगर: राजवंशी समुदायले भव्य रुपमा मनाए “दधिकाद” पर्व

मेचीनगर। झापाको मेचीनगर -७ इटाभट्टामा राजवंशी समुदायले "दधिकाद" पर्व धुमधाम साथ मनाएका छन्। विशेषगरी नेपालको पूर्वी तराईमा बसोबास गर्ने आदिवासी समुदायले बर्सेनि मनाउँदै आएको परम्परागत दधिकाद पर्व यो वर्ष पनि भव्य रूपमा मनाइएको छ । राजवंशी समुदायले आज मंगलबार झापाका विभिन्न स्थानमा हर्षोल्लासका साथ दधिकाद पर्व मनाएका हुन् । मेचीनगर -७ स्थित बाइरुबारीमा सम्पन्न "दधिकाद" पर्वमा राजवंशी समुदायले पर्व सँग सम्बन्धित विभिन्न ५ वटा खेलहरु खेलाएको स्थानीय युवा बब्लु राजवंशीले जानकारी दिए। कार्यक्रममा झुला खेल, चिप्ले बाँस खेल, बाँस खेल, भ्यागुते खेल र हाँडी खेल खेलाइएको थियोे । उक्त खेलमा सहभागी मध्य क्रमश झुला खेलमा बुधारु राजवंशी , चिप्ले बाँस…
Read More
पत्रकारद्वय पौडेल र आचार्य सम्मानित

पत्रकारद्वय पौडेल र आचार्य सम्मानित

मेचीनगर । पत्रकारद्वय मुक्ती पौडेर र युवराज आचार्य सम्मानित भएका छन् । छैटौं राष्ट्रिय एमेच्युर बुद्वीचाल प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रमका बिच आज पत्रकारद्वय पौडेल र आचार्य सम्मानित भएका हुन् । बिगत लामो समयदेखि झापाको मेचीनगरमा रहेर पत्रकारीता क्षेत्रमा सक्रिय हुँदै समाजमा पुर्याएको योगदानको कदर स्वरुप सम्मान गरिएको आयोजक नाइटचेस क्लबले जनाएको छ । पत्रकार मुक्ति पौडेल जनसंसद डटकमका सम्पादक तथा एभिन्यूज टेलिभिजनको झापा संवाददाता हुन् । त्यस्तै उनी मेची सामुदायिक सेवा केन्द्रका निर्वाचित वर्तमान अध्यक्ष समेत हुन् । त्यसैगरी युवराज आचार्य हाम्रो खबरपाटी डटकमका सम्पादक तथा न्यूज २४ टिभिका झापा संवाददाता हुन् । साथै उनी मेचीनगर नगरपालिकाको प्रेस…
Read More
शैक्षिक संस्थामा एक महिनाभित्र जंकफुड निषेध गर्न नेकपा झापाको अपिल

शैक्षिक संस्थामा एक महिनाभित्र जंकफुड निषेध गर्न नेकपा झापाको अपिल

विर्तामोड । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले झापाका शैक्षिक संस्थाहरुमा खाजाका नाममा प्रयोग हुने जंकफुड प्रयोग तथा बेचबिखन नगर्न अपिल गरेको छ। झापाका अधिकांश आवासीय तथा गैरआवासीय शिक्षण संस्थाहरुमा मानवीय स्वास्थ्यमा दीर्घकालीन रुपमा असर गर्ने जंकफुड व्यापक प्रयोग भएको पाइएकाले प्रतिवन्ध गर्न र अटेर गरे कारबाही गरिने नेकपा झापाले जनाएको छ । नेकपाका जनबर्गिय संगठनले आज (सोमवार) बिर्तामोडमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरेर झापाका शिक्षण संस्थाहरुमा एक महिनाभित्र जंकफुड प्रतिबन्ध लगाउने जानकारी दिएको हो । पार्टीले सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडीसी) का अनुसार बालवालिकाको अत्याधिक तौल, टाईप टु मधुमेह, उच्च रक्तचाप, हृदय रोग, कोलेस्ट्रॉल, मृगौला रोग, ओस्टियोपोरोसिस, अटेन्सन…
Read More
छैटौं राष्ट्रिय बुद्धिचाल प्रतियोगिता : तेस्रो दिनको खेल सम्पन्न

छैटौं राष्ट्रिय बुद्धिचाल प्रतियोगिता : तेस्रो दिनको खेल सम्पन्न

झापा । काँकरभिट्टामा जारी छैटौं राष्ट्रिय एमेच्यूर बुद्धिचाल प्रतियोगिता अन्तर्गत आज तेस्रो दिनको खेल सम्पन्न भएको छ । २००० भन्दा कम १७०० सम्म रेटिङ ए तथा १७०० भन्दा कम रेटिङ बि गरी दुई विधामा शुक्रबारदेखि प्रतिष्पर्धा भइरहेको छ । उक्त प्रतियोगिताको आज तेस्रो दिनको खेल सम्पन्न भएको हो । आज सम्पन्न खेलमा ए तर्फका पाँच तथा बि तर्फका सात खेल भएको आयोजक नाइट चेस क्लब मेचीनगरका प्रथम उपाध्यक्ष राजु पौडेलले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा नेपाल भरीबाट १० बर्षदेखि ७४ बर्षसम्मका सिनियर तथा जुनियर गरि करिब एक सय खेलाडीको सहभागीता रहेको छ । नेपाल राष्ट्रिय बुद्धिचाल महासंघको प्राविधिक सहयोगमा…
Read More
ne_NPNepali