सुनसरी । जिल्ला प्रशासन कार्यलय सुनसरीमा भएको सहमति अनुसार घटनाको निष्पक्ष छानबिन गरी दोषी उपर कार्वाही गरिने छ । मृतकको श्रीमती र छोरालाई जागिर लगाइने छ । काजकृया र क्षतिपूर्ति बापत सहयोग उपलब्ध गराइने छ । सर्वपक्षीय सहमति पश्चात् प्रशासनमा वार्तामा बसेकाे मृतक पक्षका आफन्त र स्थानीयले आन्दाेलनरत पक्षलाई आन्दोलन र प्रदर्शन फिर्ता लिन आग्रह गरेकाे छ ।
झापा । झापामा अटो पल्टिँदा चालकको मृत्यु भएको छ। शिवसताक्षी नगरपालिका–१ निवासी ४० वर्षीय वीरबहादुर चेम्जोङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार गएराति साढे ९ बजे शिवसताक्षी– १ लक्ष्मीनारायण मावि नजिक भित्रि पक्की सडक खण्डमा धरमपुर चोकबाट चर्चावारि घरतर्फ जाँदै गरेको प्र १–२–००२ ह ९६९९ नम्बरको अटो आफैँ अनियन्त्रित भई सडकमा पल्टिएको हो। दुर्घटनामा परी अटो चालक चेम्जोङको टाउकोमा गम्भीर चोट लागेर उपचारको लागि दमक अस्पताल पठाइएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ।
मेचीनगर । मेचीनगर प्रेस क्लबको आयोजनामा हुन गइरहेको ‘इन्डो–नेपाल मेचीनगर मिडियाकप–२०८२’ को लोगो सार्वजनिक गरिएको छ । मंगलबार प्रेस क्लब मेचीनगरको कार्यालयमा आयोजित कार्यक्रममा लोगो सार्वजनिक गरिएको हो । ट्रफी आकारको लोगोमा सबैभन्दा माथि फुटबल राखिएको छ भने फुटबलभित्र मेचीनगरका प्रमुख पर्यटकीय स्थलहरू समावेश गरिएको छ । लोगोको बीच भागमा नेपाल र भारतका झण्डा अंकित छन् । उक्त लोगोले नेपाल–भारतबीचको आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ । प्रेस क्लब मेचीनगरका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरपालिका–७ का वडाध्यक्ष प्रल्हादमणि ओलीले लोगो सार्वजनिक गरेका हुन् । कार्यक्रममा प्रेस क्लब मेचीनगरका संस्थापक अध्यक्ष…
मेचीनगर। काकडभिट्टा बहुमुखी क्याम्पसको २७औँ स्थापना दिवस तथा वार्षिकोत्सव सोमबार विविध कार्यक्रमका साथ सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य गोपाल तामाङले पानसमा दीप प्रज्वलन गरी गर्नुभयो। उहाँले गुणस्तरीय शिक्षा हरेक नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै सामुदायिक क्याम्पसको संरक्षण र सुधारमा सबै पक्षको भूमिका आवश्यक रहेको बताउनुभयो। वार्षिकोत्सवका अवसरमा व्यवस्थापन संकायका शिक्षक मणिकुमार लिम्बु, शिक्षा संकायका शिक्षक पुष्पप्रसाद पौडेल तथा कर्मचारी कृष्ण राजवंशी लाई सम्मान गरिएको थियो। साहित्यिक कार्यक्रममा कवितातर्फ नविन फूयाँल (प्रथम), युवराज राई (दोस्रो) र अभिषेक राजवंशी (तेस्रो) भए। शैक्षिक उत्कृष्टतामा प्रास्ना गिरी र अनुप राई पुरस्कृत भए। स्नातक तह व्यवस्थापन संकाय बोर्ड परीक्षामा उत्कृष्ट…
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र काठमाडौँ महानगरका मेयर बालेन साहबीच चुनावी सहकार्यबारे सहमति जुटे पनि आलोपालो प्रधानमन्त्रीमा कुरा नमिलेको बुझिएको छ । केही दिनयता तीन नेताबीच निरन्तर संवाद भैरहेकोमा प्रधानमन्त्रीमा कसलाई अघि सार्ने भन्ने विषयले टुंगो पाउन नसकेको बताइन्छ । भनिएअनुसार बालेन र रविबीच आलोपालो प्रधानमन्त्रीको भागबण्डामा मोटामोटी सहमति भए पनि पहिलो कार्यकाल कसले खाने भन्नेमा गाँठो परेको छ । अहिले बालेनका सहयोगी कुमार बेनको कुपण्डोलस्थित निवासमा रवि र बालेनबीच छलफल जारी छ । निर्णायक भनिएको छलफलमा एक जनालाई भावी प्रधानमन्त्रीमा अघि सारेर जानेगरी सहमतिको प्रयास भइसकेको बुझिएको छ । भरे-भोलिसम्म…
रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेर निस्किएका छन् । ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा उनीहरूबीच वार्ता भएको थियो । वार्ता सकेर लामिछाने भर्खरै निस्किएका हुन् । उनीहरूबीच भएको कुराकानीबारे विस्तृत जानकारी आउन बाँकी छ ।
ताप्लेजुङ, पुस १० गते । ताप्लेजुङको फक्तालुङ गाउँपालिका–५ हेल्लोकमा आगलागी हुँदा ९ लाख रुपियाँ बढीको क्षति भएको छ । बुधबार साँझ करिब ५ बजेको समयमा स्थानीय दर्शन लिम्बूको घरमा आगलागी हुँदा उक्त बराबरको क्षति भएको हो। घरमा ठूला मान्छे नभएको बेला साना बच्चाहरूले आगो ताप्नका लागि बालिएको आगोबाट घरमा आगो सल्की आगलागी भएको प्रहरी नायब उपरीक्षक डीएसपी बेदप्रसाद गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीबाट ढुङ्गा, माटो र काठले बनेको एक तले घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । घरभित्र रहेको अन्नपात, काठपात, लत्ताकपडा, भाँडाकुँडा, नगद २० हजार रुपियाँ र घरधनी लिम्बू तथा श्रीमती हेमकला लिम्बुको नागरिकता प्रमाणपत्रसहित अन्य…
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबिच छलफल भएकाे छ । बिहीबार ललितपुरस्थित बालेनका सहयोगी कुमार बेन निवासमा वैकल्पिक शक्ति मिल्नुपर्ने भन्दै भट्टराई पुगेका थिए । बाबुरामसँगै उनकी छोरी मानुषी यामी पनि सहभागी छिन् । उनीहरूबिच समसामयिक राजनीतिक र आगामी निर्वाचनका विषयमा छलफल भइरहेकाे बुझिएकाे छ ।
मेचीनगर । मेचीनगर–६ स्थित पशुपति अंग्रेजी माध्यमिक विद्यालयका विद्यार्थीहरूले बुधबार विभिन्न आकर्षक सीप र कला प्रदर्शन गरेका छन्। विद्यालयले सिनियर तहका विद्यार्थीहरूको सहभागितामा विभिन्न विधासम्बन्धी प्रदर्शनी आयोजना गरेको हो। प्रदर्शनीमा पर्यावरण, संस्कार र संस्कृति, विज्ञान, गणित, नेपाली भाषा, चित्रकला तथा हस्तकलासँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गरिएको थियो। विद्यार्थीहरूले निर्माण गरेका धरहरा, काँकरभिट्टास्थित विश्वनाथ शिवालय मन्दिर, कृष्ण थुम्की, मिनी माउन्टेन, विभिन्न पर्यटकीय तथा धार्मिक स्थलका नमूना, स्मार्ट सिटी, प्रदूषण नियन्त्रणसम्बन्धी सामग्री, ब्रह्माण्ड, वन–जंगललगायत विज्ञानका आकर्षक नमूनाले विद्यालय परिसरमा निर्माण गरिएका पाँचवटा स्टल भरिभराउ देखिन्थे। प्रदर्शनीमा राखिएका सामग्रीबारे विद्यार्थीहरूले आफैं अभिभावकहरूलाई जानकारी गराएका थिए। आफ्ना नानीहरूले निर्माण गरेका सामग्री अवलोकन गर्न पुगेका अभिभावकहरू…
डाँडागाउँ तराई सम्पर्क मञ्चले जेष्ठ नागरिकलाई सम्मान गर्दै विशेष प्रेम–मिलन तथा वनभोज कार्यक्रम सम्पन्न गरेको छ। पछिल्लो समय पहाडबाट तराईतर्फ बसाइँसराइ, रोजगारी, उच्च शिक्षा तथा अन्य विविध कारणले गाउँ छोड्ने क्रम बढ्दै जाँदा आफन्त, नातागोता र छरछिमेकबीचको दूरी बढिरहेको सन्दर्भलाई मध्यनजर गर्दै उक्त कार्यक्रम आयोजना गरिएको हो। धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका–३ स्थित डाँडागाउँका युवाहरूको सक्रियतामा पुष ५ गते सम्पन्न कार्यक्रममा भेटघाट, वनभोज, विभिन्न मनोरञ्जनात्मक खेल तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम समावेश गरिएको थियो। कार्यक्रममा झापा, मोरङ, सुनसरी लगायत विभिन्न जिल्लामा बसोबास गर्दै आएका डाँडागाउँवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमको आयोजक समितिको नेतृत्व सुनसरीबाट रेणुका पौडेल, लेखत खड्का, भुपाल थापा र…