इलाम, साउन २८ — अविरल वर्षाका कारण इलाम जिल्लाका विभिन्न स्थानमा पहिरो खस्दा भित्री सडकहरू अवरुद्ध भएका छन्। यस्तै, एक स्थानमा घर भत्किँदा दुई जना सामान्य घाइते भएका छन्। आज बिहान करिब ७:३० बजे फाकफोकथुम गाउँपालिका–१ पंचेवा स्थित आमचोक–घुरमिसे–पञ्चमी हुँदै राँके–इलाम जोड्ने भित्री कच्ची सडकमा लेदो सहितको पहिरो खस्दा यातायात पूर्ण रूपमा रोकिएको हो। घटनास्थलमा इलामको प्रजिअमचोकबाट प्रहरी टोली खटिई अवरोध हटाउने कार्यका लागि समन्वय भइरहेको प्रहरीले जनाएको छ। गत राति माई नगरपालिका–९ सोक्तिमस्थित इलाम–बिर्तामोड भित्री सडक खण्डमा रुखसहितको पहिरो खसेको छ। यस्तै, इलाम नगरपालिका–११ सोयाङको गोलाखर्क–बिर्तामोड जाने केचना–कंचनजङ्गा फास्ट ट्र्याक सडक खण्डमा पनि पहिरोका कारण आवागमन अवरुद्ध भएको छ।…
झापा, २७ साउन। झापाको दुई छुट्टा छुट्टै स्थानबाट लागू औषध ब्राउन सुगर सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन २५ गते झापाको झापा गाउँपालिका–४ स्थितमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा अर्जुनधारा नगरपालिका–९ का ३१ बर्षीय अनिल राईलाई ब्राउन सुगर २ ग्राम ७०० मिलिग्राम सहित नियन्त्रणमा लिएको छ भने प्रहरी चौकी बिर्ताबजारले बिर्तामोड नगरपालिका– ८ का २४ बर्षीय पकंज मैनाली, ३३ बर्षीय सरोज पौडेल, भद्रपुर नगरपालिका–१० का ४० बर्षीय शंकर चिमरिया, हल्दिवारी गाउँपालिका–४ का ३४ बर्षीय प्रदिप राई र हुम्ला नाम्खाका ३५ बर्षीय राजु लामालाई ४ सय मिलिग्राम ब्राउन सुगर र नगद १ लाख २२ हजार ९०…
झापा, २७ साउन । भारतबाट भन्सार छल्दै ल्याइएको मोबाइलको विभिन्न पार्टपुर्जासहित एक गाडी र चालकलाई झापाको मेचीनगरमा प्रहरीले नियन्त्रणमा लिएको छ । आज दिउँसो इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ स्थित भन्सार गेट अगाडि भारतबाट नेपालतर्फ आउँदै गरेको डब्लुबी २६केओ७४६ नम्बरको सवारी साधनलाई जाँच गर्दा गाडीको पछाडिको डिक्कीमा लुकाइ ल्याइएको मोबाइलको पार्टपुर्जा फेला पारेको हो। गाडी चालक पश्चिम बंगाल सिलिगुडीस्थित शिवनगर कोलोनी प्रधाननगर निवासी २८ वर्षीय राज ठाकुर रहेको प्रहरीले जनाएको छ । गाडीसहित सामानको मूल्यांकन १४ लाख ३० हजार गरिएको छ भने गाडी, चालक र सामानलाई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको…
बाहुण्डाँगी । बाहुण्डाँगी जेसीज सप्ताह–२०२५ मंगलबारदेखि शुरु भएको छ। उद्घाटन कार्यक्रम अन्तर्गत आयोजित ‘रन बाहुण्डाँगी’ १२ किमि दौडमा अर्जुन बस्नेतले पहिलो स्थान हासिल गर्दै १५ हजार रुपैयाँ नगद पुरस्कार जितेका छन् । दोस्रो स्थानमा रिदन विश्वकर्मा (१० हजार) र तेस्रो स्थानमा विप्लव श्रेष्ठ (५ हजार) जित्न सफल भए । बस्नेतले ५१ मिनेटमा, विश्वकर्माले ५२ मिनेटमा र श्रेष्ठले ५३ मिनेटमा दौड पूरा गरेका थिए। ८५ जना सहभागी प्रतिस्पर्धामा उत्कृष्ट १० मा क्रमशः चौथो स्थानमा युवराज मगर रहेभने पाँचौ निश्चल कार्की, छैटौं रोशन लकान्द्री, सातौं निर्मल घिमिरे, आठौं उप्सन राई, नवौं अनुराज मगर र दसौं नम्बरमा अमन तामाङ परेका छन्। उनीहरुलाई प्रमाणपत्रसहित…
धरान, २५ साउन । सुनसरीको इटहरी उपमहानगरपालिका–२० को इटहरी–धरान सडकखण्डस्थित पानीपिया जङ्गलमा आज स्कुटर र बस एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । इटहरीबाट धरानतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ०४५५ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको को २२ प २१२५ नम्बरको स्कुटर ठोक्किँदा स्कुटर चालक झापाको बिर्तामोड नगरपालिका–५ का सुजन विक र पछाडि सवार सुरज विक गम्भीर घाइते भएका थिए । घाइते दुवैको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा दिउसो १२ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिनुभयो । बस चालक उदयपुरको बेलका नगरपालिका–३ का प्रेम मगरलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा…
झापा, २३ साउन । झापा जिल्लाको दमक नगरपालिका–४ स्थित चियाडोकानमा लागुऔषधसहित चार जना पक्राउ परेका छन् । त्यहाँ खैरो हेरोइनको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दमक–४ चियाडोकानकी २६ वर्षीया ज्योती राई तामाङ उर्फ सितल, कमल गाउँपालिका–५ पाथीभरा टोलका २७ वर्षीय सञ्जिव लिम्बू, दमकमा बस्दै आएका बसन्त राई र दमक–४ मा बस्दै आएका सन्दिप धिमाल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिहीबार राति करिब १० बजे इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले पासाङ तामाङको घरमा तलासी गर्दा प्रतिबन्धित लागुऔषध खैरो हेरोइन प्लास्टिकसहित ११.३९ ग्राम र प्लास्टिकबाहेक ३.३२ ग्राम फेला पारेको…
काठमाडौँ, २३ साउन । दूरसञ्चार सेवा प्रदायक एनसेलले इन्टरप्राइज ग्राहकको सुरक्षालाई थप सुदृढ बनाउन साइबर सुरक्षासँग सम्बन्धित युरोपेली कम्पनी विथसेक्योरसँग साझेदारी गरेको छ । उक्त साझेदारीमार्फत एनसेल बिजनेसले नेपाली व्यवसायलाई साइबर जोखिमको खतराबाट जोगाउन भूमिका खेल्नेछ । एनसेलका अनुसार विथसेक्योरले इन्डप्वाइन्ट डिभाइस सुरक्षा, डिटेक्सन र रेस्पोन्स ९इडिआररएक्सडिआर०, क्लाउड सुरक्षा, असुरक्षित व्यवस्थापन, इमेल सुरक्षा र चुनौतीलगायतका समस्या समाधानमा सेवा प्रवाह गर्नेछ । यसले पछिल्लो समय बढ्दो डिजिटल सेवालाई थप सुरक्षित बनाउन सहयोग गर्नेछ । आज यहाँ आयोजित साइबर भिजन, २०२५ कार्यक्रममा एनसेलका प्रमुख इन्टरप्राइज बिजनेस अधिकृत डिओन एसेन्सियोले विथसेक्योरसँगको सहकार्यले व्यवसायलाई सुरक्षित बनाउन थप सहयोग पुगेको बताउनुभयो । “एनसेल बिजनेसले आफ्ना इन्टरप्राइज…
झापा, २३ साउन । झापाको शिवसताक्षी नगरपालिकास्थित माई खोलाले बगाउँदा आज एक जना बेपत्ता भएका छन् । शिवसताक्षी नगरपालिका–१० र ७ को सिमाना टेक्रा क्षेत्रमा रहेको माई खोलाबाट दाउरा निकाल्ने क्रममा कनकाई नगरपालिका–५ का ६० वर्षीय चन्द्रबहादुर बिक खोलाले बगाउँदा बेपत्ता भएका हुन् । नेपाल प्रहरी तथा स्थानीयबासीको सहयोगमा बेपत्ता बिकको खोजतलास कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा । झापाको बिर्तामोडस्थित यातायात व्यवस्था कार्यालयमा सेवा लिन आउने नागरिक सधैं सास्ती खेप्न बाध्य छन्। अव्यवस्थित लाइन, बिचौलियाको जालो, कर्मचारीको ढिलासुस्ती त सामान्यजस्तै भइसकेको यस कार्यालयमा अहिले स्वास्थ्य परीक्षणमा समेत दोब्बर शुल्क असुलिएको गुनासो तीव्र भएको छ। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन आउने सेवाग्राही बिहान सबेरै लाइन लागे पनि कार्यालयमा समयमै काम हुँदैन, प्रक्रिया पनि छरितो छैन। अहिले त स्वास्थ्य परीक्षणका नाममा बढी शुल्क असुलिँदै सेवाग्राही आक्रोशित छन्। यसअघि निजी क्षेत्रमार्फत स्वास्थ्य परीक्षण गर्दा १५० रुपैयाँ मात्र तिर्नु पर्नेमा कोशी प्रदेश सरकारले सरकारी कार्यालयमार्फत परीक्षण सुरु गरेपछि शुल्क ठीक दोब्बर बढाएर ३०० रुपैयाँ लिएको छ। सेवाग्राही क्रिफान नेम्बाङ्ग भन्छन्,…
धरान, २३ साउन । तीन दिनदेखि लगातार भइरहेको वर्षासँगै गएराति आएको पहिरोले धरान उपमहानगरपालिका–३ स्थित हृदयेन्द्र मार्गमा एक घरमा क्षति पुर्याएको छ भने सो क्षेत्रका १२ भन्दा बढी घर उच्च जोखिममा परेका छन्। राति करिब १ः३० बजे खसेको पहिरोले स्थानीय छजुङ भोटेको घरको माथिल्लो भाग पुरिँदा घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। “राति ठूलो आवाज आयो, भुइँचालो हो कि भनेर डर लाग्यो,” भोटेले भने, “बाहिर निस्केर हेर्दा पहिरो खसिरहेको देखियो। हेर्दाहेर्दै घर पुरियो।” स्थानीय कौशल श्रेष्ठले वर्षा सुरु भएदेखि पहिरोको त्रासमा रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको बताए । घटनापछि तत्कालै घटनास्थल पुगेका वडा नं. ३ का सदस्य मिङ्मा भोटेले वडाको…