Purbi Garjan

समाचार

झापामा डेंगु संक्रमणबाट ११ वर्षीया बालिकाको मृत्यु

झापामा डेंगु संक्रमणबाट ११ वर्षीया बालिकाको मृत्यु

झापा — झापामा डेंगु संक्रमणबाट एक ११ वर्षीया बालिकाको मृत्यु भएको छ। शिवसताक्षी नगरपालिका निवासी सुमन राईकी छोरी सुरविरा राईको बीएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि बिहीवार अस्पताल भर्ना गरिएकी बालिकाको शुक्रबार बिहान ८:२५ बजे निधन भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन युवनाथ बरालले जानकारी दिए। यो वर्ष झापामा डेंगु संक्रमणबाट भएको पहिलो मृत्यु हो। गत वर्ष जिल्लामा दुई जनाको ज्यान गएको थियो। मनसुन सुरु भएसँगै डेंगु संक्रमितको संख्या बढ्न थालेको छ। हाल बीएण्डसी अस्पतालमा ४८, दमकमा १ र गौरादहमा ६ जना संक्रमित उपचाररत रहेको बरालले बताए। डेंगु संक्रमण असारदेखि असोजसम्म उच्च हुने गरेको भए पनि…
Read More
एसिसी यु–१६ इस्ट जोन कप: मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा

एसिसी यु–१६ इस्ट जोन कप: मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा

मलेसिया । डिफेन्डिङ च्याम्पियन नेपाल एसिसी मेन्स यु–१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ। बुधबार मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल उपाधिनजिक पुगेको हो। घरेलु टोली मलेसियाले दिएको ९१ रनको सामान्य लक्ष्य नेपालले ११.४ ओभरमा मात्र १ विकेटको क्षतिमा सहजै पुरा गर्‍यो। नेपालको जितमा परिमार्जन यादवले विस्फोटक प्रदर्शन गर्दै ३५ बलमा ५ चौका र ५ छक्का प्रहार गर्दै अविजित ५९ रन बनाए। साथमा शिवान्श बजगाईंले २२ बलमा ५ चौकासहित २३ रन बनाएर नटआउट रहे। ओपनर प्रसिद्ध जैसी भने २ रनमै आउट भए। मलेसियाका लागि नागिनिश्वरमले एकमात्र विकेट लिए। टस जितेर पहिले बलिङ रोजेको नेपालले किफायती बलिङ प्रदर्शन गरेको थियो।…
Read More
कोशीमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु, झापामा ९ जना संक्रमित

कोशीमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु, झापामा ९ जना संक्रमित

झापा । कोशी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ। विराटनगर–९ की ७५ वर्षीया कान्तादेवी पोद्दारको आज बिहान उपचारको क्रममा मृत्यु भएको हो। श्वासप्रश्वासमा समस्या देखिएपछि हिजो साँझ ५ बजे उनलाई न्युरो अस्पताल, विराटनगर लगिएको थियो। प्रारम्भिक परीक्षणमा कोरोना पोजेटिभ पुष्टि भएपछि अवस्था गम्भीर देखिएपछि उनलाई थप उपचारका लागि विराट टिचिङ अस्पतालमा सारिएको थियो। तर, उपचारका क्रममा आज बिहान ३ः३० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ। यसअघि असार १० गते इलामकी एक महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो। नयाँ भेरिअन्ट फैलिएपछि देशभर दुई जनाको ज्यान गइसकेको छ। यसैबीच, झापामा कोरोना संक्रमणका ९ जना नयाँ संक्रमित…
Read More
एसीसी यु–१६ इस्ट जोन कप: फाइनल पुग्न नेपाललाई ९१ रनको लक्ष्य

एसीसी यु–१६ इस्ट जोन कप: फाइनल पुग्न नेपाललाई ९१ रनको लक्ष्य

मलेसिया । एसिसी मेन्स यु–१६ इस्ट जोन कपको सेमिफाइनलमा नेपालले घरेलु टोली मलेसियाविरुद्ध फाइनलमा स्थान बनाउने अवसर पाएको छ। टस हारेर पहिला ब्याटिङ गरेको मलेसिया ४३.१ ओभरमा मात्र ९० रनमै समेटिएको हो। मलेसियाका लागि मोहम्मद फतुलले ७१ बलमा सर्वाधिक ३८ रन बनाए। कप्तान डिज पार्तोले ३२ बलमा १० रन जोड्दै पवेलियन फर्किए। बाँकी कुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन्। नेपालका लागि बलिङमा अभय यादवले सर्वाधिक ४ विकेट लिए भने शुभम खनालले ३ विकेट झारे। कप्तान विपिनप्रसाद शर्मा र सचिन भट्टले समान १-१ विकेट हात पारे। नेपाल समूह ‘ए’ को विजेता र मलेसिया समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनलमा…
Read More
झापा शिवसताक्षी कुटपिट घटनाः घाइते दुई किशोरको मृत्यु, ६ जना पक्राउ

झापा शिवसताक्षी कुटपिट घटनाः घाइते दुई किशोरको मृत्यु, ६ जना पक्राउ

झापा । शिवसताक्षी नगरपालिका–९ मा भएको कुटपिट घटनामा घाइते भएका दुई युवाको मृत्यु भएको छ। यसअघि १९ वर्षीय रोमन थापाको असार १४ गते बिहान मृत्यु भएको थियो। त्यसै घटनामा घाइते भएका संगम चोकका १५ वर्षीय आदित्य तामाङको पनि बुधबार दिउँसो १ः४५ बजे बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मृतकको शव अस्पतालमै राखिएको छ। असार ११ गते बिहान करिब ६ः४० बजे ट्युसन पढेर फर्कँदै गरेका आदित्य तामाङलाई शिवसताक्षी नगरपालिका–११ स्थित प्लटिङ क्षेत्रमा बोलाई ६ जनाले कुटपिट गरेका थिए। उनी राष्ट्रिय रमणीय मावि, दूधेमा कक्षा ८ मा अध्ययनरत थिए भने कुटपिटमा संलग्नमध्येका केही ध्रुबतारा बोर्डिङ स्कुलका…
Read More
गरामनीमा जंगली हात्तीको आक्रमणबाट एक व्यक्तिको मृत्यु

गरामनीमा जंगली हात्तीको आक्रमणबाट एक व्यक्तिको मृत्यु

झापा। झापाको बिर्तामोड नगरपालिका–७, फक्तालुङमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। बिहीबार बिहान ३ः४५ बजे शौचालयका लागि आफ्नै घरबाहिर आँगनमा निस्किएका ५९ वर्षीय लोकप्रसाद लिम्बुलाई एक जंगली हात्तीले आक्रमण गरी किच्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनापछि हात्ती दक्षिणतर्फ भागेको थियो। टेलिफोनमार्फत जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी चौकी गरामनीबाट प्रहरी टोली खटिई घटनास्थल सुरक्षित पारिएको थियो। घटनाको थप अनुसन्धान तथा कानुनी प्रकृयाका लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट टोली परिचालित गरिएको जनाइएको छ। प्रारम्भिक अनुसन्धानपछि बिहान ७ः३५ बजे कानुनी प्रक्रिया पूरा गरी मृतकको शव पोष्टमार्टमका लागि प्रदेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ। वन क्षेत्र नजिकका…
Read More
विरोधका बाबजुद अमेरिकी सरकारले एमसीसी परियोजना अगाडि बढायो

विरोधका बाबजुद अमेरिकी सरकारले एमसीसी परियोजना अगाडि बढायो

काठमाडौँ — मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल)लाई पुनः सक्रियताका साथ अगाडि बढ्न बाटो खुलेको छ। अमेरिकी सरकारले एमसीसी परियोजनालाई निरन्तरता दिने निर्णय गरेसँगै एमसीए–नेपालले त्यसको स्वागत गरेको छ। विरोधका स्वरहरू उठिरहेका बेला यो निर्णय आएको हो। विशेषगरी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लगायतका केही दल तथा समूहहरूले एमसीसी परियोजनालाई ‘नेपालको सार्वभौमिकतामाथिको हस्तक्षेप’ भन्दै तीव्र आलोचना गर्दै आएका छन्। विभिन्न ठाउँमा विरोध प्रदर्शनहरू पनि भइरहेका छन्। बुधबार जारी विज्ञप्तिमा एमसीए–नेपालले भनेको छ, “अमेरिकी वैदेशिक सहयोगमा लगाइएको स्थगनका सन्दर्भमा विशेष छुट अन्तर्गत एमसीसी नेपाल कम्प्याक्टको कार्यान्वयनलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णयको हामी स्वागत गर्दछौँ।” एमसीए–नेपालले हालसम्म २९७ किलोमिटर विद्युत्…
Read More
सर्पको टोकाइबाट घाँस काट्न गएकी महिलाको मृत्यु

सर्पको टोकाइबाट घाँस काट्न गएकी महिलाको मृत्यु

सुनसरी । सुनसरी जिल्लाको देवानगंज गाउँपालिका–१ मध्याहर्षाहीमा घाँस काट्न बारीमा गएकी एक महिलाको सर्पदंशका कारण मृत्यु भएको छ। मृतक ५५ वर्षीया कल्सी मेहता मंगलबार साँझ करिब ६:३० बजे आफ्नै बारीमा घाँस काट्ने क्रममा विषालु सर्पले टोकेको प्रहरीले जनाएको छ। सर्पले टोकेको केही समयमै अवस्था गम्भीर बनेपछि उनलाई उपचारका लागि अस्पताल लैजाने प्रयास गरिएको थियो। तर, अस्पताल पुर्‍याउनु अघि नै बाटोमै उनको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। स्थानीयवासीका अनुसार बारी आसपासका क्षेत्र पहिले पनि सर्प देखिने क्षेत्रका रूपमा चिनिएको भए पनि यस्तो दुर्घटना यसअघि भने भएको थिएन। घटनापछि गाउँमा शोकको वातावरण छ।  
Read More
ताप्लेजुङमा पहिरो जाँदा पाँच घाइते, १ को अवस्था गम्भीर

ताप्लेजुङमा पहिरो जाँदा पाँच घाइते, १ को अवस्था गम्भीर

ताप्लेजुङ — ताप्लेजुङको सिदिङबा गाउँपालिका–५, आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन्। स्थानीय हस्तबहादुर कटुवालको घरमा गएको राति करिब १ बजेतिर पहिरो खस्दा उनकी ५० वर्षीया श्रीमती ठगमाया कटुवाल गम्भीर घाइते भएकी छन्। अन्य चार जना परिवारका सदस्य सामान्य घाइते भएका वडाध्यक्ष रत्नबहादुर खत्रीले जानकारी दिए। वडाध्यक्ष खत्रीका अनुसार कुलोमा बगेको पानी थुनिँदा खेत हुँदै पहिरो खसेर घरमा ठोक्किएको थियो। पहिरोले घर पुरिएपछि छेउको मतानमा सुतेका छोराबुहारीले तत्कालै आमाबुबाको उद्धार गरेका थिए। घाइतेमध्ये घरमालिक हस्तबहादुर कटुवाल, छोरा जगत कटुवाल, बुहारी सरस्वती कटुवाल र छोरी सम्झना कटुवाललाई सामान्य चोट लागेको जनाइएको छ। गम्भीर घाइते ठगमायाको थप उपचारका लागि एम्बुलेन्स…
Read More
रौनकको शतकमा नेपालको शानदार जित, भुटान २९८ रनले पराजित

रौनकको शतकमा नेपालको शानदार जित, भुटान २९८ रनले पराजित

मलेसिया। रौनक श्रीवास्तवको विस्फोटक शतकको मद्दतमा नेपालले एसिसी मेन्स यु–१६ इस्ट जोन कपमा भुटानलाई २ सय ९८ रनको फराकिलो अन्तरले पराजित गर्दै लगातार चौथो जित निकालेको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ५८ रनको विशाल योगफल खडा गर्‍यो। नेपालको सुरुआत कमजोर रहँदा १७ रनमै २ ओपनर आउट भए पनि त्यसपछि रौनकले पारी सम्हाले। रौनकले १ सय ३२ बलमा १६ चौका र ५ छक्काको मद्दतले १ सय ६८ रनको शान्दार शतकीय इनिङ्स खेले। उनले शिवान्शं बजगाईं (५४), सुगम बुढाथोकी (३५) र जोय थापा (६१*) सँग क्रमशः महत्वपूर्ण साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा…
Read More
ne_NPNepali