मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले "लैंगिक हिँसा विरूद्धकाे १६ दिने अभियान" विविध कार्यक्रम गरि भव्यरूपमा सफल बनाउन सम्बन्धि सरोकारवाला निकायहरूसंग छलफल अगाडि बढाएको छ । नगरपालिकाले हिजो नगरपालिकाको बैठक कक्षामा बिशेष छलफलको आयोजना गरि नगरक्षेत्र भित्र रहेका महिला, बालबालिका तथा मानव अधिकारका क्षेत्रमा क्रियाशील विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्था, विभिन्न राजनीतिक दलका नेतृत्वदायी भूमिकामा रहेका महिला प्रमुख प्रतिनिधिहरूलाई एक ठाउँमा उपस्थित गराएर मेचीनगरको अगुवाइमा सबैलाई एकताबद्ध बनाइ अभियानलाई साझा रूपमा सफल बनाउन के कस्ता उपायहरू अपनाउनु पर्छ भन्ने बिषयमा बृहत् छलफल गरेको थियो । छलफलमा बोल्दै मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले अहिलेको समयमा पनि विभिन्न बहानामा मानिसको मानवीय अधिकारी…
बिर्तामोड। झापा ११ फुटबल क्लबले स्थापनापछि दोस्रोपटक ठुलो नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लबले यसअघि २०७२ सालमा झापा गोल्डकपको सुरुवात गरेको थियो । क्लबको आयोजनामा यही मंसिर २९ गतेदेखि झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बिर्तामोड झापा कप अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता हुने भएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइयो । प्रतियोगिता सञ्चालन समितिका संयोजक केशवराज दाहालका अनुसार प्रतियोगितामा मोफसलका चर्चित टिम र भारतका दुई वा तीन टिमको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले नगद १० लाख, ट्रफी र मेडल पाउनेछ भने उपविजेता टिमले नगद पाँच लाख, ट्रफी र मेडल प्राप्त गर्नेछ । फाइनल खेल पुस ६ गते हुनेछ…
हेमन्तप्रकाश वली दाङ । विप्लव सी नेतृत्वको नेकपाले दाङको तुलसीपुरमा एकैदिन २ लाख रकम बराबरको धान बेचेको छ । पार्टीले तुलसीपुर-१६ कन्ज्वारमा लगाएको धान बिक्री गरेको हो । पार्टीको स्वामित्वमा जमिन भाडामा लिएर पार्टीका नेताकार्यकर्ताहरुले गरेको धान खेतिमा करिव ७५ क्विन्टल धान उत्पादन भएको थियो । पार्टीले ७५ क्विन्टल मध्यबाट करिव ६० क्विन्टल धान स्थानीय मिल व्यवसायीलाई बिक्री गरि बचेको धान पार्टीका आन्तरिक कार्यक्रमका लागि पार्टीको गोदाममा राखेको नेकपाका दाङ जिल्ला सेक्रेटरी तिलक सीले जानकारी दिएका छन् । यस्तै पार्टीले जिल्लालाई तीन वटा उत्पादन केन्द्रमा विभाजन गरि सामुहिक खेतिपाती गरिरहेको छ । पार्टीले देउखुरी, घोराही र तुलसीपुरलाई उत्पादन केन्द्र…
मेचीनगर । झापाको मेचीनगर मेचीनगरद्वारा सञ्चालित आधारभूत नगर अस्पतालमा सुविधा युक्त बेबी वार्मर मेसिन थपिएको छ । यो संगै अब यस अस्पतालमा जन्म लिएका नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न यसले थप मद्दत पुर्याउने छ । चौबीसै घण्टा प्रसुति सेवा प्रदान गर्दै आएको यस नगर अस्पतालमा आज एक कार्यक्रमका बिच ज्योति विकास बैंकले “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत नगरपालिकाको प्रसुित गृहलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित ८७ हजार पाँच सय मूल्य पर्ने बेबी वार्मर (न्यानो नानी) प्रदान गरेको छ । बेबी वार्मर नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुने मेसिन हो । यसको प्रयोगसंगै अस्पतालमा नवजात शिशुको शारिरिक तापक्रम उचित…
अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले अर्घाखाँचीको सितङ्गा नगरपालिकामा सञ्चालनमा रहेको कृषि जनकम्युनको अवलोकन गरेका छन् ।आइतबार महासचिव विप्लव ,नेकपा पीबीएमहरु भेषराज सी, प्रज्वलन सी, केन्द्रीय सदस्यहरु सुन्दर सी, सुदर्शन सी, प्रयास सी र केन्द्रीय प्रतिनिधि सदस्य विमर्श सी लगायतको सहभागितामा कम्युनको अवलोकन गरिएको हो। करिब ४ बिघा क्षेत्रफल जमिनमा आलु खेती गरिएको उक्त जनकम्युनले गरेका कामहरू, सिकाइहरु र संभावनाबारे कम्युनका सदस्यहरुको अनुभवबारे जानकारी लिने उदेश्यले विप्लवसहितको नेताहरुको टोलि अर्घाखाँची पुगेको हो। अवलोकन गर्न गएको नेताहरूको उक्त टोलिले कम्युनमा श्रम गरेको थियो भने स्थानीयहरुले स्वागत गरेका थिए। नेपाल कम्युनिस्ट पार्टीले हिउँदे सिजनमा ५० बिघा जमिनमा आलु खेती गर्ने लक्ष्य…
झापा । झापाको शिवसताक्षीमा जुवातास खेलिरहेको अवस्थामा ४ लाख ५४ हजार ५०० रुपैयाँ नगदसहित १८ जना जुवाडे पक्राउ परेका छन् । शिवसताक्षी नगरपालिका- ११ ब्यांगडाँडास्थित चन्द्रमणि रिमालको घरको तल्लो तलामा तास खेलिरहेका १८ जनालाई नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा सताक्षीधाम मन्दिरका अध्यक्ष तुलाराम बोखिम भनिने तुला सुब्बा, घरधनी चन्द्रमणि रिमाल, शिवसताक्षी नगरपालिका वडा नम्बर ५ का मुकेश राउत, वडा नम्बर ११ का राजेन्द्र बास्कोटा, वडा नम्बर ४ का सेवराज राजवंशी छन् । यस्तै वडा नम्बर ७ का छत्रबहादुर सोडारी, वडा नम्बर ६ का लोकनाथ दुलाल, वडा नम्बर ४ का रूपनारायण शाह, वडा नम्बर ७…
कमल । झापाको कमल ३ मा रहेको केर्खा पब्लिक स्कूलले शिक्षक क्षमता विकास तथा मन्टेश्वरी तालिमको आयोजना गरेको छ । कात्तिक २६ गतेसम्म सञ्चालन हुने तालिमको उद्घाटन आज एक कार्यक्रमका बिच कमल गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सुर्यप्रसाद न्यौपाने गरे । ६ दिनसम्म सञ्चालन हुने तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि सूर्यप्रसाद न्यौपानेले विद्यालयका शिक्षक-शिक्षिकाहरुलाई यस प्रकारको तालिमले शैक्षिक पेशासँग आधारित क्षमता विकास तथा बालमैत्री शैक्षिक वातावरण सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । साथै बालबालिकाहरूको चौतर्फी विकासको लागि शिक्षक सधै तत्पर रहनुपर्ने र त्यसको लागि शिक्षकहरूमा नविनतम तालिम तथा प्रविधिहरूसंग जानकार हुनुपर्ने बताउदै तालिम सफलताको शुभकामना व्यक्त गरे…
झापा । झापाको झापा गाउँपालिका- २ स्थित काली मन्दिरभित्र एक जना व्यक्ति मृत फेला परेका छन् । झापा बजार उत्तर चिया बगानको काली मन्दिरभित्र अन्दाजी ५३ वर्षका जङ्गबहादुर राजवंशी मृत फेला परेका हुन् । चिया बगानमा काम गर्ने चौकीदार विनोद मण्डलले बिहान पूजा गर्न काली मन्दिरमा आउँदा राजवंशीलाई मृत फेला पारेका थिए । त्यसपछि उनले इलाका प्रहरी कार्यालय कुमरखोदमा जानकारी गराएका थिए । वडा अध्यक्ष हिमालकुमार चम्लागाईले मृत फेला परेका राजवंशीको मानसिक सन्तुलन ठिक नभएको बताएका छन् । उनले गाउँघरमा मागेर आफ्नो गुजारा गर्दै आएका थिए । वडा अध्यक्ष चम्लागाईका अनुसार मृतकको झापा गाउँपालिका वडा नं २ बालुवाटारमा १ कट्ठा…
मेचीनगर। महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औ जन्म जयन्तीको अवसरमा सञ्चारकर्मी युवराज आचार्य सम्मानित भएका छन्। आज झापाको मेचीनगर -६ मा अवस्थित देवकोटा पार्क व्यवस्थापन समितिको आयोजनामा भएको देवकोटा जन्म जयन्ती विशेष समारोहबीच सक्रिय सञ्चारकर्मी युवराज आचार्यलाई नगद ५ हजार र प्रमाणपत्रद्वारा सम्मान गरिएको हो । आचार्यलाई कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य रविन कोइराला, विशिष्ट अतिथि मेचीनगर उपप्रमुख मिना पोख्रेल (उप्रेती ) अग्रज पत्रकार चन्द्र भण्डारी , प्राज्ञ सुभद्रा अर्याल, पार्क व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण थापा लगायतले संयुक्त रुपमा सम्मानपत्र हस्तान्तरण गरेका थिए। आचार्यले आफ्नो उर्भर समयलाई पत्रकारिता क्षेत्रमा खर्चिएर सकारात्मक कर्म गर्दै आइरहेका छन् । उनी हाल न्युज २४ टेलिभिजनमा…
झापा । बिर्तामोडको क्युएफएक्स सिनेमा हलमा सोमबार दर्शकहरू ‘१२ गाउँ’ फिल्म हेरिरहेका बेला सरप्राइज भए जब पर्दामा देखिएका कलाकारहरू अचानक रियल लाइफमा उनीहरूबीच उपस्थित भए। अभिनेता बिराज भट्ट, अभिनेत्री न्यान्सी खड्का लगायतका निर्माण टोलीले दर्शकलाई तिहारको शुभकामना दिँदै उपस्थित भएर दर्शकलाई धन्यवाद प्रकट गरे। बिराजले फिल्मको लोकप्रिय डाइलग “चट्टै होइन, चैट चैट चैट” लाई लाइभ प्रस्तुत गर्दा दर्शकहरू उत्साहित बने। फिल्म हेर्न आएका दर्शकले विशेष रूपमा समीर भट्टलाई खोज्दै “समीर भट्ट खोइ, छोरा चाहियो छोरा” भनेर हुटिङ गरे, जसले उत्साहको माहोल थप बढायो। फूलपातिको दिन रिलिज भएको ‘१२ गाउँ’ १९ दिन बितिसक्दा पनि दर्शकको माया उस्तै पाउँदै आएको छ। सोमबार…