Purbi Garjan

समाचार

मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आर्थिक बर्ष २०८०/०८१ मा नगरमा भए गरेको गतिविधि सहित सार्वजनिक सुनुवाई सम्पन्न भएको हो । सार्वजनिक सुनुवाई कार्यक्रम मेचीनगर नगरपालिकाको आयोजना तथा काजी मिडिया एण्ड टेक्निकल प्रालिको सहजीकरणमा सम्पन्न भएको हो । नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा सहभागि बिजय डालमिया, भूमि पौडेल, गोपाल बस्नेत, राजु महर्जन, लाक्पा लामा, सन्दिप थापा, सरस्वती सिटौला, देबु बानियाँ, प्रविण अधिकारी, खगेन्द्र घिमिरे, मञ्जील देवानलगायतले बोल्दै नगर र नगरबासीलाई समृद्ध बनाउन स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, खेलकुदलगायत बिषयलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका थिए । साथै स्थानीय सरकारको हैसियतले मेचीनगर क्षेत्रको व्यापार व्यवसायमा प्रवर्द्धन, लागुऔषध दुव्र्यशनी…
Read More
मनोज गजुरेलको घरमा तला लगाउन गएको आरोपमा पूर्वपत्नी मिना ढकाल पक्राउ

मनोज गजुरेलको घरमा तला लगाउन गएको आरोपमा पूर्वपत्नी मिना ढकाल पक्राउ

झापा । चर्चित हाँस्यव्यङ्ग्य कलाकार मनोज गजुरेलको घरमा केही युवाको समूह लिएर ताला लगाउन गएको आरोपमा उनकी पूर्वपत्नी मिना ढकाललाई प्रहरीले पक्राउ गरेको छ । मिना केटाहरुको ग्रुप लिएर घर पुग्दा मनोज भने थिएनन् । ८५ बर्षकी गजुरेलकी आमालाई धम्काई चाबि लगाएर हिंड्न लागेका बेला छिमेकीहरुले प्रहरीलाई खबर गरिदिएपछि उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। २०७४ सालमै सहमतिमै सम्बन्धविच्छेद भैसकेपछि पनि मीनाले सामाजिक सञ्जालमा मनोजको चरित्रह'त्या गर्दै आएको समेत उनिमाथि आरोप छ।
Read More
उमानाथको ‘सनेस’ काठमाडौंमा विमोचन

उमानाथको ‘सनेस’ काठमाडौंमा विमोचन

झापा । झापाली साहित्यकार एवं सताक्षीधाम साहित्य सङ्गमका अध्यक्ष उमानाथ दाहालको पहिलो लघुकथा सङ्ग्रह ‘सनेस’को शनिवार भक्तपुरमा विमोचन भएको छ । सताक्षीधाम साहित्य सङ्गम र हाम्रो लघुकथा केन्द्र नेपालको संयुक्त आयोजनामा भक्तपुरको कौशलटारमा आयोजित विमोचन कार्यक्रममा साहित्यकार, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ पूर्व सदस्य, प्रा डा देवी नेपाल, सृजना साहित्य समूहका अध्यक्ष एवं प्रज्ञा प्रतिष्ठानका प्राज्ञ पूर्व सदस्य लघुकथाकार ध्रुव मधिकर्मीलगायतले विमोचन गरेका हुन् । कार्यक्रममा साहित्यकार प्रा डा नेपालले दाहालको कृति लघुकथा ‘सनेस’ भाषा, शैली, प्रस्तुति, संवाद सबै कोणबाट हेर्दा लघुकथाको आयामामा उत्कृष्ट रहेको चर्चा गरे । उनँले लघुकथाभित्र दाहालले समाजको बेथितिलाई भित्रैबाट केलाउँदै सामाजिक सन्देश छरेको बताए । लेखक…
Read More
सन्दीप लामिछानेलाई ग्रेड ‘ए’ मा राख्ने क्यानको निर्णय

सन्दीप लामिछानेलाई ग्रेड ‘ए’ मा राख्ने क्यानको निर्णय

झापा । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख खेलाडी सन्दिप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले ग्रेडिङमा समावेश गर्ने भएको छ गरेको छ । क्यानले आज प्रेस विज्ञप्ति जारी गर्दै सन्दिपलाई ग्रेड ‘ए’ मा राख्ने निर्णय गरिएको र उक्त निर्णय जुलाई १ देखि लागू हुने जानकारी दिएको छ। यसअघि सन्दीपविरुद्ध बलात्कारको आरोप लागेपछि उनी क्यानको निलम्बनमा परेका थिए। अदालतले उनलाई उक्त आरोपबाट सफाई दिएपछि पहिलोपटक ग्रेडिङमा समावेश गरिएको हो । क्यानले यसै वर्षदेखि ग्रेड "ए"मा रहेका खेलाडीलाई मासिक एक लाख रूपैयाँ पारिश्रमिक निर्धारण गरेको छ । पुरुषतर्फ ३० र महिलातर्फ १९ खेलाडी ग्रेडिङमा समावेश थिए । पुरुषतर्फ ग्रेड "ए" मा कप्तान…
Read More
क्रिकेटर अप्सरी बेगमलाई निलम्बन, प्रशिक्षक र व्यवस्थापकलाई अभद्र व्यवहार गरेको आरोप

क्रिकेटर अप्सरी बेगमलाई निलम्बन, प्रशिक्षक र व्यवस्थापकलाई अभद्र व्यवहार गरेको आरोप

मेचीनगर । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी अलराउण्डर एवम्  प्रमुख खेलाडी अप्सरी बेगमलाई नेपाल क्रिकेट संघ (क्यान)ले टिम व्यवस्थापक र प्रशिक्षकमाथि अभद्र व्यवहार गरेको आरोपमा निलम्बन गरेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आज प्रेस विज्ञप्ति जारी गर्दै बेगमलाई निलम्बन गर्ने र थप छानबिन गरी आवश्यक निर्णय गर्न अनुशासन समितिलाई जिम्मेवारी दिने निर्णय गरिएको जनाएको छ । जुलाई १९ देखि श्रीलंकामा हुने महिला टी-२० एसिया कपका लागि अहिले बन्द प्रशिक्षण चलिरहेको छ । बन्द प्रशिक्षणका क्रममा अप्सरीले टीम व्यवस्थापक र प्रशिक्षकमाथि अभद्र व्यवहार गरेको क्यानले दाबी गरेको छ ।
Read More
समिक्षा अधिकारीको स्वर रहेको “फेसनको पातलो चोली” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित )

समिक्षा अधिकारीको स्वर रहेको “फेसनको पातलो चोली” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित )

काठमाडौ । चर्चित गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘फेसनको पातलो चोली ... ‘ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । जेनी इन्टरटेनमेन्ट युटुब च्यानलबाट आज उक्त भिडियो सार्वजनिक भएको हो । जेनिशा नेपालको शब्द तथा नवीन कार्कीको संगीत रहेको गीतलाई विशाल निरौलाले एरेन्ज गरेका हुन । पहिलाको र अहिलेको फेसनमा आएको परिवर्तन लाई मिलाएर लेखिएको गीतकार जेनिशा नेपालले बताइन । केशब अधिकारीको छायाँंकन , बिश्वास भण्डारीको सम्पादन तथा राजन महर्जनको कोरियोग्राफीमा भिडियो तयार गरिएको हो । उक्त भिडियोको निर्देशन रबिन श्रीले गरेका हुन । ‘फेसनको पातलो चोली‘ गीतमा मोडल दिपेन्द्र सोनाम र आयुष्मा कार्कीको फिचरिङ रहेको छ । ‘फेसनको पातलो…
Read More
झापा : नेकपाका कार्यकर्ताले झिलझिलेमा डेढ बिघा जग्गामा रोपे धान

झापा : नेकपाका कार्यकर्ताले झिलझिलेमा डेढ बिघा जग्गामा रोपे धान

झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले आज झापाको झिलझिलेमा डेढ बिघा खेतमा धान रोपेको छ। पार्टीका केन्द्रिय सदस्य तथा झापा जिल्ला इन्चार्ज सुमन सिंह सी ,पार्टी केन्द्रिय सदस्य प्रशान्त सी, जिल्ला सचीव संजय सी,प्रदेश सदस्य हुकुम सी , सौगात सी लगायतका नेताकार्यकर्ताको उपस्थिति रहेको थियो । आत्मानिर्भर कृषि उत्पादन तथा बचत समुहको आयोजनामा १ बिगाहा १० कठ्ठा जमिनमा आज बिहिवार धान रोपाइँ कार्यक्रम सम्पन्न भएको हो । धान रोपाइँ कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला इन्चार्ज सुमन सिंह सिले नेपालमा दलाल पुजिबादी अर्थ नितिले जनतालाई कंगाल बनाएको र परनिर्भर अर्थतन्त्रको बिकास गरेको बताए । उनले समाजबादी अर्थ नीति अन्तर्गत एकीकृत…
Read More
झापा : उत्पादनमा होमिए विप्लवका नेताकार्यकर्ता, ८ बिघा बढी जमिनमा धान खेती

झापा : उत्पादनमा होमिए विप्लवका नेताकार्यकर्ता, ८ बिघा बढी जमिनमा धान खेती

प्रविण अधिकारी  झापा । महासचिव नेत्र विक्रम सी "विप्लव" सहित नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ता यतिबेला झापा सहित देशैभर उत्पादनमा होमिएका छन्। कम्युनिस्ट पार्टीका नेताकार्यकर्ताले अनिवार्य श्रम गर्नुपर्ने र आत्मनिर्भरताका लागि उत्पादन सँग जोडिनुपर्ने पार्टीको निति अन्तर्गत विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता यतिबेला राजनीतिक गतिविधि स्थगित गरेर श्रममा होमिएका हुन्। यो समय खेती लगाउने समय पनि भएकोले उनिहरु यतिबेला सहर बजारमा नभएर खेत- खेतमा भेटिने गरेका छन्। यतिबेला झापामा पनि विप्लव नेकपाका नेताकार्यकर्ता धान रोप्न व्यस्त छन्। पार्टीका जनवर्गीय संगठनहरु समेत यतिबेला उत्पादनमा जोडिएका छन्। झापामा मात्रै ९ बिघा जमिनमा धान रोप्ने लक्ष्य रहेको पार्टीका जिल्ला सचिव…
Read More
मेचीनगर: तोरी खेती प्रवर्द्धन कार्यक्रम प्रभावकारी, किसानले पाए २६ लाख ८३ हजार रूपैयाँ अनुदान

मेचीनगर: तोरी खेती प्रवर्द्धन कार्यक्रम प्रभावकारी, किसानले पाए २६ लाख ८३ हजार रूपैयाँ अनुदान

मेचीनगर । मेचीनगर नगरपालिकाको तोरी खेती प्रवर्द्धन कार्यक्रम प्रभावकारी बनेको छ । आर्थिक बर्ष २०८०/८१ मा नगरका पन्ध्रवटै वडामा रहेका किसानलाई तोरी खेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत अनुदान दिने निर्णय गरेको थियो । जसमा नगरका सबै वडाबाट सहभागी ८३३ किसानलाई अनुदान बापत २६ लाख ८३ हजार ५० रूपैयाँ उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ । कृषि प्रधान देश भएपनि पछिल्लो समय कृषि पेशा प्रति नागरिकको आकर्षण घट्दै गइरहेको छ । खेतीपातीबाट किसानहरू निराश छन् यसलाई थोरै भएपनि हौसला दिन आफुहरूले किसानलाई अनुदानको व्यवस्था गरिएको नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले बताए । उनले मेचीनगर क्षेत्रमा हुने बालीहरूलाई उत्पादनसंग जोड्दै किसानलाई आत्मनिर्भर बनाउनुको साथै कृषि…
Read More
एमाले मेचीनगर कमिटीले किसानको धान रोपेर मनायो असार पन्ध्र

एमाले मेचीनगर कमिटीले किसानको धान रोपेर मनायो असार पन्ध्र

मेचीनगर । नेकपा एमाले मेचीनगर कमिटीले यसपालिको असार पन्ध्र (राष्ट्रिय धान दिवस) किसानको खेतमा सामुहिक धान रोपाइँ गरेर मनाएको छ । प्रत्येक बर्ष छुट्टाछुट्टै क्षेत्रका विभिन्न किसानहरूकोमा सामुहिक रूपमा धान रोपेर मनाउँदै आएको असार पन्ध्र यसपटक एमाले नगर कमिटीले मेचीनगर-९ शिवराज चोक स्थित रति किसानको १ बिघा जग्गामा धान रोपेको हो । शनिबार बिहान किसानको खेतमा धान रोपाइँ कार्यक्रममा एमालेका केन्द्र देखि वडासम्मको करिब १५० जना बढी नेताकार्यकर्ताको सहभागिता रहेको थियो । नौमती बाजा सहित आयोजना गरिएको सामुहिक धान रोपाइँ कार्यक्रममा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा पुर्व बागमती प्रदेश प्रमुख बिष्णुप्रसाद प्रसाईको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा एमाले…
Read More
ne_NPNepali