Purbi Garjan

समाचार

मेचीनगर : नीति तथा कार्यक्रमको प्राथमिकतामा शिक्षा क्षेत्र 

मेचीनगर : नीति तथा कार्यक्रमको प्राथमिकतामा शिक्षा क्षेत्र 

मेचीनगर । मेचीनगर नगरपालिकाको आगामी आर्थिक बर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा प्राथमिकताका साथ शिक्षा क्षेत्रलाई समेटिएको छ । सोमबार प्रस्तुत गरेको प्रस्तावित बजेटमा शिक्षा सम्बन्धि २० बुँदा समावेश छन् । शिक्षालाई प्राथमिकता दिने प्रतिवद्धता अनुसार नगरपालिकाले शिक्षालाई सञ्चार र प्रविधिसँग जोड्ने देखि शिक्षक, कर्मचारी तथा प्रारम्भिक बाल कक्षाका सहजकर्ताको पारिश्रमिकलाई निरन्तरता दिइने उल्लेख छ । त्यस्तै विद्यालयमा शैक्षिक विकासका लागि प्रविधिमैत्री शिक्षक तालिम सञ्चालन गर्ने उल्लेख छ । विद्यालयका प्रअ तथा विव्यसका पदाधिकारीहरुका लागि असल अभ्यास भएका विद्यालय तथा पालिकाको अवलोकन भ्रमणको व्यवस्था गर्ने उल्लेख छ । त्यस्तै गुणस्तर सुधारका लागि विव्यस, शिअसं, बाल क्लब पदाधिकारी र शिक्षकहरुको क्षमता विकासका…
Read More
मेचीनगरको फुलवासा खोलामा डुबेर २० महिनाको बच्चाको मृत्यु

मेचीनगरको फुलवासा खोलामा डुबेर २० महिनाको बच्चाको मृत्यु

मेचीनगर। झापाको मेचीनगर नगरपालीका वडा नं १४ मा अवस्थित फुलवासा खोलामा डुबेर २० महिनाको बच्चाको मृत्यु भएको छ। मंगलबार अन्दाजि ७:३० बजेको समयमा नमुना टोल स्थित बामरा सतारको छोरा २० महिनाको रिहान सतार घर देखि अन्दाजि ३०० मिटर पुर्वमा रहेको फुलवासा खोलामा खेल्ने क्रममा अचानक डुवि मृत्यू भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार प्रहरी टोलि खटि गई घट्ना स्थल सुरक्षित राखेको र थप अनुसन्धान तथा कानुनी प्रकृया पुरा गरी लास पोष्टमाटमको लागि प्रादेशीक अस्पताल भद्रपुर झापा पठाईएको सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको छ।
Read More
मेचीनगर बजेट : कृषि क्षेत्र र कृषकलाई प्रोत्साहन गरिने

मेचीनगर बजेट : कृषि क्षेत्र र कृषकलाई प्रोत्साहन गरिने

मेचीनगर । मेचीनगर नगरपालिकाले कृषि क्षेत्र र कृषकलाई प्रोत्साहन दिनेगरी आगामी आर्थिक बर्ष २०८१/०८२ का लागि वार्षिक नीति तथा कार्यक्रम ल्याएको छ । आर्थिक विकास सम्बन्धि नीति अन्तर्गत कृषि विकासतर्फ खेती योग्य जमीनमा १२ महिना सिंचाई सुविधा पुर्याउन अभियानकै रुपमा डिप वोरिङ, सोलार पम्प, कुलो मर्मत तथा निर्माण, वाटर लिफ्टिङ्ग स्प्रिङ्कल सिंचाई योजना र बर्षको पानी संकलन गर्ने पोखरी निर्माण आदिको माध्यमबाट सिंचाई सुविधाको व्यवस्थापन गरी सिंचाईका पूर्वाधारहरु मर्मत तथा पुनः निर्माण गरी आवश्यकता अनुसार नयाँ कुलो पैनी निर्माण गर्ने नीति लिइएको छ । नगरपालिका क्षेत्रभित्र हात्तीको कारण हुने क्षतिलाई न्यूनिकरण गर्न हात्तीबाट बढी प्रभावितक्षेत्रहरुमा हात्तीले कम क्षति पुर्याउने बालीको…
Read More
प्यारागन एकाडेमिले यस वर्षदेखि कक्षा ११ सम्म अध्यापन गराउने

प्यारागन एकाडेमिले यस वर्षदेखि कक्षा ११ सम्म अध्यापन गराउने

विनोद सापकोटा सुरुङ्गा । कनकाई नगरपालिका वडा नम्बर ३ को प्यारागन एकाडेमिले यस वर्षदेखि कक्षा ११ मा पनि अध्यापन गराउने भएको छ । पूर्व प्राथमिक तहदेखि कक्षा १० सम्म यस अघि सञ्चालन भएको प्रविधि र पूर्वाधारयुक्त सो विद्यालयले व्यवस्थापन समूहमा कम्प्युटर विज्ञानको साथ अध्ययन अध्यापन गराउने सोमबार पत्रकार सम्मेलन गरेर विद्यालय सञ्चालकले जानकारी दिएको छ। विद्यालयकी संस्थापक तथा सञ्चालन समितिकी अध्यक्ष चम्पा खनाल सुवेदीले कन्काई नगरपालिकाको निजी विद्यालयतर्फ अब्बल प्यारागन एकाडेमीले कक्षा ११ मा पनि अध्ययन अध्यापन गराउने बताइन्। ’एसईई को रिजल्ट आए लगत्तै विद्यार्थी भर्ना प्रक्रिया सुरु हुनेछ,' उनले भनिन् । विद्यालयले कक्षा ११ सञ्चालनका निमित्त सबै तयारी पूरा…
Read More
मेचीनगरको आगामी बजेट : २ अर्ब ५ करोड २९ लाख सार्वजनिक

मेचीनगरको आगामी बजेट : २ अर्ब ५ करोड २९ लाख सार्वजनिक

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले आगामी आर्थिक बर्ष २०८१/०८२ का लागि २ अर्ब ५ करोड २९ लाखको बजेट सार्वजनिक गरेको छ । आज सम्पन्न दोस्रो नगरसभामाको पाँचौ अधिवेशनमा नगरउप्रमुख मिना पोखरेल उप्रेतीले बजेट प्रस्तुत गर्दै चालू खर्च तर्फ ७३ करोड ९६ लाख तथा पुजीगत तर्फ एक अर्ब ३१ करोड ७ लाख ८ हजार रकम विनियोजन गरिएको बताइन् । नगरसभामा प्रस्तुत भएको बजेट चालू तर्फ ३६ प्रतिशत र पुजीँगत खर्च ६३ प्रतिशत सहित बित्तिय व्यवस्थापन तर्फ एक प्रतिशत रकम बिनियोजन भएको छ । मेयर गोपालचन्द्र बुढाथोकीको अध्यक्षमा भएको दोस्रो नगरसभाको पाँचौ अधिवेशनको नीति तथा कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद अधिकारीले…
Read More
इन्जिनियर र ठेकेदारको लापरबाहीले निर्माणाधीन प्लमवाल भत्कियो, स्थानीय सरकारसँग छैन समन्वय

इन्जिनियर र ठेकेदारको लापरबाहीले निर्माणाधीन प्लमवाल भत्कियो, स्थानीय सरकारसँग छैन समन्वय

मेचीनगर ।  झापाको मेचीनगर-१३ स्थित छबिलाल मार्गमा निर्माणाधीन प्लमवाल भत्किएको छ । इन्जिनियर र ठेकेदार कम्पनीले त्यस ठाउँको भौगोलिक माटोको सतहको अवस्था नबुझी अन्धाधुन्ध निर्माण गर्दा काम सम्पन्न नहुँदै प्लमवाल भत्किएको हो । मेचीनगर वडा नम्बर १३ र नगरपालिका तथा केही सामाजिक व्यक्तित्वको बिशेष पहलमा संघीय सरकारको १ करोड १६ लाख विनियोजित बजेटबाट धमाधम निर्माण भइरहेको १० फुट अग्लो प्लमवाल करिब ६० मिटर भत्किएको छ भने करिब २० मिटर चर्किएको छ । माथी ३०, बेस ६० सेन्टिमिटर र २ मिटर अग्लो वाल जमिनमुनिको बेसमै कमजोर ढलान भएका कारण क्षति भएको मेचीनगर १३ का वडाध्यक्ष कृष्णराज सिग्देलले जानकारी दिए । "स्थानीय…
Read More
मेची पुलबाट खैरो हिरोईनसहित एक युवा पक्राउ

मेची पुलबाट खैरो हिरोईनसहित एक युवा पक्राउ

मेचीनगर । प्रहरीले झापाको काँकरभिट्टास्थित पुरानो मेचीपुलबाट लागूऔषध खैरो हिरोईनसहित एक युवालाई नियन्त्रणमा लिएको छ । भारतबाट नेपाल आउँदै गरेका दमक -४ का २७ वर्षीय बिर्जेस सुनुवारमाथि चेकजाँच गर्दा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले सुनुवारको शरीर तलासी लिँदा उनले बायाँ खुट्टामा लगाएको जुत्ताभित्र लागुऔषध खैरो हिरोईन लिसाइलो पदार्थ भेटिएको थियो । उनको साथबाट २ ग्राम ४७० मिलिग्राम लागुऔषधसहित उनलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको प्रहरीले जनाएको छ ।
Read More
जेठ महिनामा सरकारले लियो त्रिचालिस अर्ब ऋण

जेठ महिनामा सरकारले लियो त्रिचालिस अर्ब ऋण

काठमाडौँ । नेपाल सरकारले जेठ महिनामा मात्रै करिब ४३ अर्ब रुपियाँ सार्वजनिक ऋण लिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार जेठमा मात्रै सरकारले ३४ अर्ब रुपियाँ आन्तरिक ऋण र करिब नौ अर्ब रुपियाँ बाह्य ऋण उठाएको आजको गोरखापत्र दैनिकले खबर छापेको छ। यससँगै सरकारले चालु आर्थिक वर्षको ११ महिनामा कुल तीन खर्ब सात अर्ब ६७ करोड रुपियाँ सार्वजनिक ऋण प्राप्त गरेको छ । चालु आवमा प्राप्त कुल ऋणमध्ये अधिकांश आन्तरिक ऋणकै हिस्सा छ । कार्यालयका अनुसार जेठसम्म सरकारले दुई खर्ब २५ अर्ब रुपियाँ आन्तरिक ऋण लिएको छ भने ८२ अर्ब ६७ करोड रुपियाँ बाह्य ऋण लिएको छ । चालु…
Read More
झापामा नेकपाले सुरु गर्यो कृषि उत्पादन तथा बचत सहकारी, पहिलो साधारण भेला सम्पन्न

झापामा नेकपाले सुरु गर्यो कृषि उत्पादन तथा बचत सहकारी, पहिलो साधारण भेला सम्पन्न

झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले जिल्लामा क्रियाशील रहेका नेता कार्यकर्ताहरुलाई समेट्दै कृषि उत्पादन तथा बचत सहकारीको सुरुवात गरेका छन् । बुधबार झापाको सुरुङ्गामा नेकपाका केन्द्रिय सदस्य तथा झापा जिल्ला इन्चार्ज सुमनसिंह सीको नेतृत्वमा भेला सम्पन्न भएको हो । उक्त भेलामा बोल्दै सुमनसिंहले आफुहरुले संचालन गर्ने सहकारी कस्तो हुन्छ भन्ने समग्र योजना प्रस्तुत गरेका थिए । आत्मनिर्भर कृषि उत्पादन तथा बचत सहकारीको नाम दिइएको सहकारीले एक हजार सदस्यहरुलाई मासिक एक हजार बचत गराउने, उक्त रकम कृषि उत्पादन, कृषि उद्योग र कृषि व्यापारमा लगानी गर्ने योजना बनाएको छ । निराशाले भरिएको समाजमा यहीँ केही गर्न सकिन्छ भन्ने भाष्य निर्माण…
Read More
दमकको रतुवा खोलामा एक पुरुषको शव भेटियो

दमकको रतुवा खोलामा एक पुरुषको शव भेटियो

झापा । झापाको दमक नगरपालिका वडा नम्बर -७ स्थित रतुवा खोलाको पुल छेउमा एक पुरुषको शव फेला परेको छ । बिहीबार बिहान करिब ८ बजेको समयमा दमक नगरपालिका–१ सरस्वती टोलका ५३ वर्षीय मोहन रामदाम बिकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । खोलाले बगाएर ल्याएको अवस्थामाउनको शव फेला परेको र घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले छ ।
Read More
ne_NPNepali