झापा । विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) झापाले “संगठन सुदृढ, विस्तार तथा शिक्षालय सुधार” अभियान आज देखि सुरु गरेको छ। संगठनले "आन्तरिक रुपमा संगठनलाई सुदृढ गरौँ , नवउदारवादी शिक्षा नितिको विरुद्धमा संघर्ष गरौँ" भन्ने मुल नाराका साथ अभियानको पहिलो दिन आज झापाको शनिश्चरे स्थित शनिश्चरे बहुमुखी क्याम्पसमा इकाई समिति गठन गरी उद्घाटन गरेको हो । वर्तमान समयमा, विद्यार्थीहरू आफ्नो हक - अधिकारबाट विमुख भएको र नयाँ पुस्तामा निराशा हावी भएको कारण आम विद्यार्थीहरुमा उर्जा भर्दै समाजवादी आन्दोलनमा प्रेरीत गर्न संगठनले ४५ दिने अभियान सुरु गरेको संगठनका केन्द्रीय सचिवालय सदस्य एवम् (झापा -मोरङ - सुनसरी)…
झिलझिले । नेपाली कांग्रेसको भातृ संस्था नेपाल महिला संघको ७७ औँ स्थापना दिवस झापाको शिवसताक्षीमा वृक्षरोपण गरि मनाईएको छ । नेपाल महिला संघ शिवसताक्षी नगर समितिको आयोजनामा धार्मिक तथा पर्यटकिय स्थल सताक्षीधाममा विभिन्न जातका विरुवा रोपेर नेपाल महिला संघका अगुवा महिलाले स्थापना दिवस मनाएका हुन् । चुलोचौकामा सीमित महिलालाई राजनीतिमा स्थापित गर्नका लागि तत्कालिन महिलानेत्री मंगलादेवी सिंहको सक्रियतामा २००४ साउन २४ गते नेपाल महिला संघको स्थापना भएको थियो । सिंहको सक्रियतामा काठमाडौँको भेडासिंस्थित चिनियाँलाल श्रेष्ठको घरमा भूमिगतरूपमा महिला भेला भएर नेपाल महिला संघको नामाकरण संगै संस्था स्थापना गरेका हुन् । सो भेलाले सिंहको अध्यक्षतामा ११ सदस्यीय महिला संघ तदर्थ कार्यसमिति…
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा बसाइँ सरी जानेको भन्दा आउनेको संख्या बढी रहेको छ । नगरपालिकाको तथ्यांक अनुसार पछिल्लो तीन बर्षमा मेचीनगर क्षेत्रबाट अन्यत्र बसाइँ सरेर जानेको भन्दा आउनेको संख्या बढी रहेको हो । मेचीनगरको तथ्यांक अनुसार २०७८ साल साउन १ गतेदेखि २०८१ साल असार मसान्तसम्ममा नगरपालिकाबाट बसाइँ सरी आउनेको संख्या २ हजार २७७ परिवारका ७ हजार ४४९ जना सदस्य रहेका छन् । त्यस्तै सोही अवधिमा नगरबाट अन्यत्र बसाइँ सरी जाने १ हजार १८९ परिवारका ३ हजार ५४९ जना सदस्य रहेका छन् । नगरको सबैभन्दा बढी बसाइँ सरेर आउने वडाको रूपमा ६ नम्बर रहेको छ उक्त वडामा बसाइँ सरी आउनेको…
मेचीनगर। झापाको मेचीनगर नगरपालिकाको कार्य सम्पादन प्रति असन्तुष्टि जनाउँदै नेपाली काँग्रेससहित, नेकपा माओबादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजबादी पार्टी र नेकपा एकीकृत समाजबादी पार्टीले संयुक्त रुपमा नगरपालिकालाई २१ बुँदे ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा नगरको लापरवाहीका कारणले शिक्षक धनराज भण्डारीको मृत्यु भएकाे ६ राजनितिक दलहरूले ठहर गरेका छन । शिक्षक भण्डारीको मृत्युमा नगरपालिका असंवेदनशिल तथा मौन बसेको ठहर गर्दै सर्वदलीय छानविन समिति गठन गर्न माग गरिएको छ । मेचीनगरको कार्यालयले लगाएको नदीजन्य पदार्थको ठेक्काबाट नदीमा मापदण्डविपरित उत्खनन् गरिएको खाल्डोमा डुबेर वडा नं. ३ निवासी शिक्षक धनराज भण्डारीको दुःखद निधन भएको र अनियन्त्रित उत्खनन् हुँदासमेत नगरपालिकाको कार्यालयले…
धनगढी । सरकारी निकायलाई छलेर अस्पताल बनाउने नाममा चर्च र अवैध संरचना बनाइएको पाइएपछि धनगढी उपमहानगरपालिकाले त्यसमा डोजर चलाएको छ । वडा नम्बर ७ स्थित धनगढी मण्डली नामको चर्चसहित अवैध संरचनालाई भत्काइएको हो । चर्चको दोस्रो तलामा दुई कोठा, एक भान्सा र दुई चर्पीसहित स्नानकक्ष नक्सा पासबिना निर्माण गरेको पाइएको छ । पेरिमिटर वाल, पोखरी पनि नक्सा पासबिनै बनाइएको छ । चर्चमा निर्माण गरिएको नक्सा पासविपरीतका सबै संरचना भत्काइएको पालिकाका इन्जिनियर सुवास पाठकले जानकारी दिनुभयो । स्थानीयस्तरबाट जनगुनासो बढेपछि उपमहानगरपालिकाको कार्यालयबाट गठित स्थलगत अध्ययन समितिले केही संरचना अवैध रहेको निष्कर्ष निकालेको थियो । समितिले तयार पारेको प्रतिवेदनका आधारमा अवैध संरचना हटाएको जनाइएको छ । व्यवसाय र तालिम…
झापा । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको छ। इन्डियन आयल कर्पोरेसनबाट आज पेट्रोलको मूल्य प्रतिलिटर ०.९८ र डिजेलको मूल्य प्रतिलिटर २.२८ रुपैयाँले घटेर आएपछि सोही अनुसार पेट्रोलियम पदार्थको मुल्य घटाइएको हो । मूल्य घटेसँगै पहिलो वर्गअन्तर्गत पेट्रोलको मूल्य प्रतिलिटर १६७.५० रुपैयाँ र डिजेलको मूल्य १५५.५० रुपैयाँ कायम भएको छ भने दोस्रो वर्गअन्तर्गत पेट्रोलको मूल्य प्रतिलिटर १६९ र डिजेलको मूल्य १५७ रुपैयाँ कायम भएको छ । तेस्तै तेस्रो वर्गअन्तर्गत पेट्रोलको मूल्य प्रतिलिटर १७० र डिजेलको मूल्य १५८ रुपैयाँ कायम भएको छ । निगमका अनुसार…
मेचीनगर। झापाको मेचीनगर नगरपालिकाले आन्तरिक आय तर्फको धाइजन, धुलाबारी, ईटाभट्टा चोक उत्तर दक्षिण र काँकरभिट्टा बर्मेली चोक उत्तर पूर्वाधार उपयोग सेवा शुल्क दैनिक असुली आजबाट स्थगन गरेको छ। रकम असुलीको ठेक्का पाएको ॐ बाठौँ निमार्ण सेवा मे.न.पा ११ ले सम्झौता विपरीत कार्यादेशमा दिइएको दररेट भन्दा फरक दररेटमा तथा तोकिएको स्थानमा भन्दा बाहेकका स्थानहरुमा पनि शुल्क असुली भएको गुनासो बढेपछि उक्त कार्य स्थगन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बताए । उनका अनुसार जनगुनासोलाई मध्यनजर गरी सरोकारवालाहरुसँगको छलफल आवश्यक भएकोले सरोकारवालासँगको छलफल पश्चात आवश्यक निर्णय लिनेगरी हाललाई असुली कार्य स्थगन गरीएको हो ।
विनोद सापकोटा शिवगञ्ज । कृषकहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ शिवसताक्षी नगरपालिका वडा नम्वर ६ ले उन्नत जातका रुख र फलफुलका बिरुवाहरु बितरण गरेको छ । डिभिजन बन कार्यालय दमक अन्र्तगत झिलझिले नर्षरीबाट प्राप्त विरुवा वडाबासीलाई वडाले निशुल्क प्रदान गरेको हो । वडा अध्यक्ष मनोज खुलाल कार्कीका अनुसार विभिन्न जातका करिव ५ हजार विरुवा वडाबासीलाई सार्वजनिक सूचना आव्हान गरेर वितरण गरिएको हो । ‘वडालाई डिभिजन बन कार्यालय दमकले निशुल्क विरुवा उपलब्ध गराएको थियो । त्यै विरुवा वडाका बासिन्दालाई वितरण गरिएको हो,’ वडा अध्यक्ष मनोज खुलालले भने । उनका अनुसार वडाले विरुवा वितरण प्रयोजनका लागि आर्थिक व्ययभार गर्नुपरेको छैन । डिभिजन बनकार्यालय…
माईधार । शिवसताक्षी नगरपालिका वाडनम्वर १० माइधार निवासी सावित्रा देवी कार्कीको निधनमा नेकपा एमाले शिवसताक्षीले शनिवार शोक सभा सम्पन्न गरेको छ । २०२७ साल देखीको कम्युनिस्ट आन्दोलनमा अनवरत रुपमा सक्रिय राजनीतिक योद्धा तथा एमाले नेताका सेल्टर दाता समध्वज कार्कीको श्रीमती सावित्राको निधनमा एमालेले निवासमै पुगेर श्रद्वान्जली सभा सम्पन्न गरेको हो । शोक सभामा मन्तव्य राख्दै नेकपा एमाले की केन्द्रिय सदस्य मेनुका काफ्लेले कार्कीको मृत्युले पार्टी र समाजमा अतुलनीय क्षति पुगेको बताईन् । उनले पार्टी भुमिगत भएका बेला स्वर्गिय सावित्राले पार्टीका नेतालाई महिनौ सम्म खाना पकाएर ख्खाउने र तत्कालिन शासकले नभेट्ने गरी लुकाउने गरेको केन्द्रिय सदस्य काफ्लेले बताईन् । ‘उहाँ ईमान्दार,…
मेचीनगर । मेचीनगर नगरपालिकाका नगरप्रमख गोपालचन्द्र बुढाथोकीले राष्ट्रिय आवास कम्पनीले मेचीनगर क्षेत्रमा रहेको सार्वजनिक प्रयोजनका जग्गाहरू तत्काल हस्तान्तरण नगरे नगरपालिकाले हस्तक्षेप गर्न बाध्य हुने बताएका छन् । आवास कम्पनीले मेचीनगर-६ स्थित सार्वजनिक प्रयोगमा रहेका जग्गाहरु हाल सम्मपनि स्थानीय तह वा सम्वन्धित संस्थाहरुलाई विधिसम्मत हस्तान्तरण नगर्दा समस्या भएको बताउँदै नगरप्रमुख बुढाथोकीले तत्काल उक्त जग्गा हस्तान्तरण गरिनुपर्ने बताए । विगत ३३ वर्ष देखि सम्बन्धित निकायमा यहाँका जनप्रतिनीधि, राजनीतिक, सामाजिक नेतृत्वले निरन्तर प्रयत्न गरिरहयो त्यहि क्रममा हामी २०७९ मा निर्वाचित भएपछी पनि उक्त कार्यलाई अगाडी वढाउन तिव्रता दिइयों उनले भने, पटक पटकको प्रयत्नवाट पनि समस्या समाधानमा राष्ट्रिय आवास कम्पनिले अग्रसरता देखाएन । अब…