सुनसरी । सुनसरी जिल्लाको देवानगंज गाउँपालिका–१ मध्याहर्षाहीमा घाँस काट्न बारीमा गएकी एक महिलाको सर्पदंशका कारण मृत्यु भएको छ। मृतक ५५ वर्षीया कल्सी मेहता मंगलबार साँझ करिब ६:३० बजे आफ्नै बारीमा घाँस काट्ने क्रममा विषालु सर्पले टोकेको प्रहरीले जनाएको छ। सर्पले टोकेको केही समयमै अवस्था गम्भीर बनेपछि उनलाई उपचारका लागि अस्पताल लैजाने प्रयास गरिएको थियो। तर, अस्पताल पुर्याउनु अघि नै बाटोमै उनको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। स्थानीयवासीका अनुसार बारी आसपासका क्षेत्र पहिले पनि सर्प देखिने क्षेत्रका रूपमा चिनिएको भए पनि यस्तो दुर्घटना यसअघि भने भएको थिएन। घटनापछि गाउँमा शोकको वातावरण छ।
प्रविण अधिकारी झापा । बहुचर्चित एसियन हाइवे अन्तर्गत काकडभिट्टा–लौकही सडकखण्ड निर्माणका क्रममा देखिएको चरम लापरबाहीले दैनिक हजारौं यात्रु सास्तीमा परिरहेका छन्। सम्झौताअनुसारको मापदण्डलाई बेवास्ता गर्दै कम्पनीले सडक निर्माणलाई उपहास बनाएको छ, जसको मार यात्रु र स्थानीय बासिन्दाले दिनहुँ भोग्नुपरेको छ। निर्माण क्षेत्रमा अहिले धुलोको महामारी फैलिएको छ। सडकमा यात्रा गर्नु भनेको श्वास फेर्नै नसकिने गरी धुलोमा गाडिनु हो। पानी छर्कने त कुरै परोस्, निर्माण कम्पनी यात्रुको ज्यान जोखिममा पारेर आफ्ना जिम्मेवारीबाट स्पष्ट रूपमा पन्छिएको देखिन्छ। स्कुल जाने बालबालिका, वृद्धवृद्धा र बिरामीहरू सबैभन्दा बढी प्रभावित छन्। स्थानीय बासिन्दा र सवारी चालकहरूका अनुसार, अत्यधिक धुलो, खाल्डाखुल्डी र असुरक्षित डाइभर्सनका कारण दैनिकजसो दुर्घटनाको…
झापा । प्रहरी संगठन भित्र चरम राजनीतिक हस्तक्षेप छताछुल्ल हुँदै गइरहेको छ। सोही क्रममा विवादित छबीका प्रहरी उपरीक्षक (एसपी) राजन लिम्बु राजनीतिक आडबाटै झापा आएका छन् । उनी चितवनबाट सरुवा भएर झापा आएका हुन् । झापा प्रहरी प्रमुखको रूपमा सरुवा भएका लिम्बुको राजनीतिक पहुँचका कारण प्रहरीको सरुवा मापदण्ड मिचेर झापा आएका हुन् । सरुवा प्रक्रिया सामान्य प्रशासनिक निर्णय भए पनि, लिम्बुको सरुवा राजनीतिक पहुँचको प्रभावमा भएको भन्ने आरोपहरू उठेका छन् । सामान्यतया एक जिल्लाको प्रमुखबाट अर्काे जिल्लाको प्रमुखमा सरुवा हुँदैन । चितवन मन नपरेको भन्दै लिम्बूले झापा मागेर आएको स्रोतको दावी छ । उनी प्रधानमन्त्री केपी ओलीको पूर्व पिएसओ भएकाले…
झापा | पूर्व जनमुक्ति सेनाहरूसँगको भेटमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘बिप्लव’ लाई ती सेनाहरूले विभिन्न जिज्ञासा र धारणा व्यक्त गरेका छन् । उनीहरूले बिप्लव नेतृत्वको पार्टीलाई जनताको आशाको केन्द्रका रूपमा हेरेको संकेत गर्दै देशको वर्तमान राजनीतिक अवस्था र क्रान्तिका सम्भावनाहरूका विषयमा धारणा राखेका थिए । उनीहरूले प्रश्न गर्दै , "नेपाली जनता निराश छन्, फेरि क्रान्ति सम्भव छ ?" साथै, "देशलाई सही दिशामा लैजाने नेता को?" भन्ने प्रश्न गर्दै नेतृत्वप्रति असन्तुष्टि पोखे । पूर्व सेनाहरूले माओवादी नेतृत्वको विचलन, वैकल्पिक राजनीतिका नाममा उठेका नयाँ पात्रहरू, र जनताको अन्योलबारे बिप्लवसँग धारणा मागे । "नेपाली जनताले नै एक-अर्कालाई बुझ्न नसकेको…
गोविन्द पौडेल रोङ । निर्माणाधीन सिद्धी खोला जलविद्युत् आयोजनाका कारण इलामको रोङ गाउँपालिका-६ का करिब आधा दर्जन घर जोखिममा परेका छन्। रोङ गाउँपालिका-६ र सूर्योदय नगरपालिका-५ को सीमाना भएर बग्ने सिद्धी खोलामा १० मेगावाट क्षमताको विद्युत् परियोजना निर्माण भइरहेको छ। पाइपलाइन विस्तारको क्रममा बिक्रम राई, गणेश राई र मैतसिङ राईका घर पहिरोले बगाउने खतरा छ भने तलका अन्य घरहरू पुरिने सम्भावनाले स्थानीयहरू त्रसित भएका छन्। स्थानीय बासिन्दाहरूले आफ्ना घरहरू जोखिममा परेको भन्दै गाउँपालिकामा गुनासो गरेपछि पुस २५ गते गाउँपालिकाले स्थलगत अनुगमन गरेको थियो। अनुगमनमा गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बो, उपाध्यक्ष विष्णुमाया खवास, वडा-६ का अध्यक्ष सत्यम राई, तथा अन्य सरोकारवालाहरू उपस्थित…
झापा । झापाको भद्रपुरस्थित मेचीरंगशालामा हुन लागेको ‘भद्रपुर झापा गोल्डकप’ को दोस्रो संस्करणको तयारी पूरा भएको छ । आयोजक भद्रपुर झापा गोल्डपकका अध्यक्ष दिपेश ढकालले ‘सौर्य एअरलाइन्स ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकप’ ‘गम्भीर राई स्मृति संस्करण’को सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन् । करिब २० हजार दर्शक बस्न मिल्नेगरी स्थायी पक्की तथा बाँसको अस्थायी प्यारापिट निर्माण गरिएको उनले बताए । “दोस्रो भद्रपुर झापा गोल्डकपलाई उत्कृष्ट, भव्य र परिष्कृत बनाउनका लागि सम्पूर्ण तयारी पूरा भएको छ”, उनले भने, “गोल्डकपका लागि झण्डै दुई महिना लगाएर उत्कृष्ट मैदान बनाइएको छ ।” प्रतियागिताको तयारी स्वरुप स्वागत गेटहरुसमेत निर्माण गरिएको उनले बताए ।…
झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन किराँत लिम्बुवान प्रदेश कमिटीले स्ववियु निर्वाचन केन्द्रित दोस्रो पुर्ण बैठक सम्पन्न गरेको छ। शनिबार झापाको विर्तामोडमा पार्टीका प्रदेश इन्चार्ज दिपेश सी को प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले स्वबियुलाई एउटा अभ्यास जस्तै हेरेर सबैतिर चुनावी मोर्चा बनाउने र प्रयोग गर्ने निति अवलम्बन गरिएको प्रदेश इन्चार्ज नतासा सी ले जानकारी दिइन् । पछिल्लो चरणमा भ्रष्टाचारको चरम अखडा बन्दै गएको स्ववियुलाई फेरि विद्यार्थीहरुको हकहितको लागि काम गर्ने थलो बनाउने अभियानमा अखिल (समाजवादी ) अगाडि बढ्ने समेत बैठकले निर्णय गरेको छ। बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि दिपेश सी ले विद्यार्थी भनेको यो देशको खम्बा रहेको…
विर्तामोड । नेपाल कम्युनिस्ट पार्टीका किराँत लिम्बूवान प्रदेश कमिटीका इन्चार्ज दिपेश सि ले अब देशको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीले गर्ने बताएका छन्। आज जिल्ला समिति झापाको छैटौं पूर्ण बैठकमा आफ्नो भनाइ राख्दै उनले यतिबेला नेपालमा देखिएको संकटको समाधान अहिलेको दलाल नेत्रित्वको सत्ता बाट संभव नभएको बताउंदै अब नेकपाको नेत्रित्वमा मात्र आजको नेपालको संकटको समाधान गर्न संभव रहेको बताएका हुन । बैठकमा प्रमुख अथीतीको रुपमा सहभागी उनले नेपालको सत्ता कुनै पनि हालतमा यो अवस्थामा चल्न नसक्ने हुनाले अब नेकपाले अगाडि सारेका प्रस्तावहरुमा सबै अग्रगामी, परिवर्तनकामी शक्तीहरुले गंभिर भएर सोच्नु पर्ने बेला आएको उनले बताए । उनिहरु गंभिर नबन्ने र यसरी नै…
प्रविण अधिकारी सुनसरी । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले अहिले हरेक तह र तप्कामा माओवादी रहेको बताएका छन्। आज सुनसरीको धरानमा आयोजित पार्टी ध्रुवीकरण तथा राजनैतिक वैचारिक प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले आज विश्वभर माओवादी पुगेको बताएका हुन्। माओवादी जनयुद्ध लड्दै आएका माओवादीहरु अहिले नेपालका हरेक पार्टीमा रहेको र देशबाहिर समेत विभिन्न देशहरुमा माओवादी पुगेको उल्लेख गरेका हुन्। महासचिव विप्लवले जनयुद्ध लडेका लडाकु कमान्डर हरु अहिले रुस युक्रेन युद्धमा समेत नेतृत्व गरिरहेको बताउँदै अब फेरि सबै माओवादीहरु एकै ठाउँमा उभ्भिने बेला आएको बताएका छन्। उनले आज विभिन्न पार्टीमा पुगेका पुराना माओवादी नेताकार्यकर्तालाई स्वागत गर्दै अब देशको नेतृत्व नेकपाले…
काकडभिट्टा । पछिल्लो समय झापा, मोरङ, सुनसरी लगायतका जिल्लाहरुमा अत्यधिक सवारी दुर्घटना बढेसँगै सडक दुर्घटनालाई न्यूनीकरण गर्न आजबाट सार्वजनिक सवारीसाधनहरुमा टाइमकार्ड लागु गरिएको छ। आज शनिबार बिहान झापाको मेचीनगर -६ स्थित पुर्वी नाका काँकडभिट्टामा एक कार्यक्रममार्फत झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले टाइमकार्डको शुभारम्भ गरेका हुन्। उनले सवारी चालकलाई टाइम कार्ड हस्तान्तरण तथा हस्ताक्षर गराएर कार्यक्रमको शुभारम्भ गरेका हुन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको आयोजनामा शुरुआत गरिएको उक्त कार्यमा सबै निकाय जिम्मेवार भएर लाग्नुपर्ने प्रजिअ बास्तोलाले बताए । काकडभिट्टा बसपार्कबाट पश्चिम सुनसरी र मोरङ जिल्लाका विभिन्न स्थानमा प्रस्थान गर्ने मध्यम दूरीका सार्वजनिक सवारीसाधनलाई लक्षित गरी झापा , मोरङ र सुनसरी…