प्रविण अधिकारी मेचीनगर। झापाको मेचीनगर नगरपालिका भित्र अध्ययन गर्ने हजारौं विद्यार्थीहरुको शैक्षिक हकसम्बन्धीको अधिकार माथि सम्बन्धित निकायले नै गम्भीर खेलबाड गरेको पाइएको छ। शैक्षिकसत्र शुरु भएको पाँच महिना बितिसक्दा समेत विद्यार्थीहरुले "हाम्रो मेचीनगर" नामक पुस्तक पाएका छैनन् । नगर शिक्षा शाखाले नगरका प्रत्येक विद्यालयमा अनिवार्य विषयका रुपमा अध्यापन गराउने गरि सुचारु गरेको उक्त पुस्तक नै विद्यार्थीहरुले हालसम्म पनि नपाएको भेटिएको छ। संविधान प्रदत्त शिक्षा सम्बन्धी आधारभूत तथा माध्यमिक तहसम्मको हक सुनिश्चित गर्न स्थानीय सरकार सञ्चालन ऐनको दफा ११ (ञ) ले २३ वटा अधिकार स्थानीय तहको सरकारलाई दिएको भएपनि कतिपय स्थानीय तहको लापरबाहीले हजारौं विद्यार्थीहरुको शैक्षिक हकअधिकार हनन भएको छ। नेपालको…
मेचीनगर । झापा मेचीनगरका युवा जयराम दाहालले आइल्याण्ड पिक हिमालको सफल आरोहण गरेका छन् । मेचीनगर १५ ज्यामिरगढीका दाहालले १७ सेम्टेम्बर अर्थात असोज १ गते आज बिहान उक्त हिमालको सफल आरोहण गर्न सफल भएका हुन् । सोलुखुम्बु जिल्लाको सगरमाथा हिमाल क्षेत्रमा नै रहेको ६ हजार एक सय ६५ मिटर उचाईको आइल्याण्ड पिक हिमालको टुप्पोमा आज विहान ९ः३० बजे पुग्न सफल भएको दाहालले जानकारी दिए। २७ बर्षे युवा दाहालको समुहलाई आइल्याण्ड पिक हिमालको सफल आरोहणका लागि १४ दिन लागेको समेत उनले बताए । भदौ १९ गते हिमाल आरोहणका लागि सुरुवात गरेका दाहाल असोज १ गते शिखरमा पुग्न सफल भएका हुन् ।दाहालसंगै…
बिराटनगर । मोरङको ग्रामथान गाउँपालिका -४ कटरियाबाट गएराती ९ जना जुवाडे पक्राउ परेका छन्। प्रदेश प्रहरीले विशेष सुचनाको आधारमा शनिबार राति ८ बजे छापा मारी उनिहरुको साथबाट कौडा, मोबाइल , १८ लाख ५० हजार पैसा र उनिहरुले प्रयोग गर्ने गरेका विभिन्न ब्रान्डका गाडी बरामद गरेको छ। प्रहरीले विशेष सुचनाको आधारमा ९ जना जुवाडे र उनिहरुको गाडी समेत नियन्त्रणमा लिएको स्रोतले जनाएको छ। उक्त जुवा खालबाट मुख्य नाइके मानिएका अर्जुन तुम्रुक फरार रहेको र उनको गाडी भने प्रहरी नियन्त्रणमा रहेको छ। अहिले प्रहरी नियन्त्रणमा रहेको तुम्रुकको गाडी छुटाउन प्रशासनलाई दबाब आइरहेको समेत पाइएको छ। स्रोतका अनुसार जुवा खेलाउन स्थानीय प्रशासनलाई सेटिङ…
काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने फेसबुक पेज, इन्स्टाग्राम र एक्स (ट्वीटर) बाट एकाएक गायब भएका छन् । शनिबार राति लामिछानेको सबै प्लेटफर्मबाट गायब भएका हुन् । गुगलमा इन्डेक्स भएका उनका अकाउन्टहरू सम्बन्धित सामाजिक सञ्जालका प्लेटफर्मबाट भने हटेका छन् । अकाउन्टमा समस्या आएको हो वा उनी आफै गायब भएका हुन् भन्ने विषय अहिलेसम्म बाहिरिएको छैन । लामिछानेको फेसबुकमा ११ लाख, इन्स्टामा तीन लाख ३७ हजार र एक्समा दुई लाख ६६ हजार बढी फलोअर थिए । लामिछानेको एक लाख पाँच हजार बढी सब्स्क्राइबर भएको युट्युब च्यानल भने यथावत छ । सामाजिक सञ्जालबाट लामिछाने एकाएक किन गायब भए भन्ने विषयले चौतर्फी चर्चा पाइरहेको…
झापा । अर्जुनधारा -६ महानन्द चोकमा हत्या गरिएकी युवती इलाम फिक्कलकी -२० वर्षकी मनिषा लोहार रहेको खुलेको छ। तीन ठाउँमा छुरा प्रहार गरेर आज साँझ एक युवकले मनिषाको हत्या गरेका थिए । मनिषाको घाँटी, छाती र कोखमा छुरा प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । पटक–पटक छुरा प्रहार गरेपछि स्थानीयले कैलालीका २० वर्षीय अनिल विकलाई पक्राउ गरेका थिए । तत्कालै युवतीको उपचारका लागि विएण्डसी पुराइएको थियो । युवतीको उपचारका क्रममा मृत्यू भएको थियोे । घटनाबारे अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ।
विर्तामोड । झापाको बिर्तामोडस्थित महानन्द चोकमा आज साँझ २० वर्षकी युवतीको छुरा प्रहार बाट मृत्यु भएको छ। अपरिचित युवकले युवतीलाई छुरा प्रहार गरि गम्भीर घाइते बनाएर फरार भएका थिए। घटनामा गम्भीर घाइते भएकी युवतीको उपचारका क्रममा मृत्यु भएको हो । एकजना अपरिचित युवकले उनलाई पक्रिएर लगातार छुरा प्रहार गरेका थिए । घटनाको स्थानीयले प्रतिकार गर्दा उनी भागेका थिए । उनलाई अर्जुनधारा ६ मा स्थानीयले पक्रिन सफल भएका थिए । त्यसपछि स्थानीयले प्रहरीलाई बोलाएर युवकलाई जिम्मा लगाएका थिए ।युवक र युवतीको नाम थाहा हुन सकेको छैन । प्रहरीले घटनाको कारण थाहा हुन नसकेको र अनुसन्धान शुरु गरिएको जनाएको छ ।
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता प्रकाण्ड सीले ७५ बर्षदेखि हुन नसकेकाे क्रान्ति नेकपाले गर्ने दावि गरेका छन् । मंगलबार जनवर्गीय संगठन/माेर्चा बागमती प्रदेशकाे प्रथम बैठककाे अध्यक्षता गर्दै उनले नेपाल कम्युनिस्ट पार्टी स्थापना भएदेखि हुन नसकेकाे क्रान्ति नेकपाले गर्ने दावि गरेका हुन् । पार्टीकाे बागमती प्रदेश इन्चार्जसमेत रहेका उनले नेपालमा १० बर्ष चलेकाे जनयुद्धले परिवर्तनकाे पक्षमा धेरै काम गरेकाे बताउँदै जनयुद्धले गर्न नसकेका काम एकीकृत जनक्रान्तिले गर्ने बताए । "नेपालमा ७५ बर्षमा नभएकाे काम हामी गर्न सक्छौँ भन्ने छ । हामीले गर्छौं।", उनले भने, "नेपालमा जति परिवर्तन भएकाे छ १० बर्षे जनयुद्धले भएकाे छ । जनयुद्धले समेत गर्न नसकेका काम…
मेचीनगर । झापाको मेचीनगर -६ स्थित काँकडभिट्टा नाकाबाट भारतीय नम्बर प्लेटका तीनवटा कार र तस्करीको सामानसहित तीनजना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। भारतीय कार प्रयोग गरी अवैध रुपमा भन्सार छलेर लत्ताकपडा भित्र्याएको सुराकी पाएको जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काकडभिट्टाको टोलीले घटनामा संलग्नलाई सामानसहित पक्राउ गरेको हो । कपडा तस्करहरूले कारको पछाडि भागको ब्याक लाइट हुने दुवै ठाउँमा दुलो बनाई त्यसभित्र लत्ताकपडा हालेर सोजै भन्सार अगाडिबाटै सरसामान लैजाने गरेको नयाँ तथ्य खुलेको छ। तीन वटा भारतीय नम्बर प्लेट भएको कार नियन्त्रणमा लिएसँगै सो तस्करीको नयाँ शैली पत्ता लागेको हो । नयाँ मेची पुलबाट सोजै भन्सार अगाडिबाट नेपाल…
विराटनगर । मोरङको सुन्दरहरैँचामा शनिबार दिउँसो एकै घरका २ नाबालिकाको शव भेटिएको छ। सुन्दरहरैँचा नगरपालिका–७ स्थित नारायण न्यौपानेको केरा बगानभित्र दिउँसो ४:३० बजेतिर नाबालिकाहरु मृत फेला परेका हुन्। मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले धनकुटा घर भएका ३१ वर्षीय अर्जुन कार्कीका छोरीहरु १ वर्षीया अर्पणा कार्की र ३ वर्षीया आयिका कार्की मृत फेला परेको जानकारी दिए। अर्जुनकी पत्नी (श्रीमती) २९ वर्षीया अस्मिता न्यौपाने सम्पर्कविहीन छन्। केराघारीभित्र २ बालिका मृत फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। धनकुटाको पाख्रिबास नगरपालिका–४ डिकुरेका अर्जुन केही समययता पत्नी र २ छोरीसहित मोरङको सुन्दरहरैँचा–७ मालती टोलस्थित दिदी सीता रेग्मीको घरमा बस्दै आएको प्रहरीले जनाएको छ।…
विर्तामोड । झापाको बिर्तामोड -५ स्थित हिकोला मोडमा यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। आज साँझ ५ बजेको समयमा बिर्तामोड बसपार्कबाट पश्चिम बस स्टेण्डतर्फ जाँदै गरेको प्र१-०२-००२ ख ००३५ नम्बरको यात्रुबाहक बसले बाटो क्रस गर्दै गरेको मोटरसाइकल प्र१-०१-०१३ प ५७०० लाई ठक्कर दिएको थियो। दुर्घटनामा इलाम जिल्ला, माई नगरपालिका वडा नम्बर - ४ गैरीगाउँ निवासी ३६ वर्षीय ठिर प्रसाद सुवेदी र ३० वर्षीया तुलसा पाँचकोटी घाइते भएका थिए। घाइतेहरुलाई तत्कालै उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल लगिएको थियो। अस्पतालमा उपचारको क्रममा तुलसा पाँचकोटीको मृत्यु भएको छ भने मोटरसाइकल चालक सुवेदीलाई सामान्य चोट लागेको छ। दुर्घटनापछि बसचालक…