Skip to main content

Purbi Garjan

ताजा खबर

दमकमा विविध कार्यक्रम गर्दै मनाइयो ३७ औं विश्व एड्स दिवस

दमकमा विविध कार्यक्रम गर्दै मनाइयो ३७ औं विश्व एड्स दिवस

झापा । झापाको दमकमा आज विभिन्न सचेतना मुलक कार्यक्रम सहित दीप प्रज्वलन गर्दै ३७ औं विश्व एड्स दिवस मनाइएको छ। लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियान सँगै ३७ औँ विश्व एड्स दिवसका अवसरमा "एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित कार्यक्रम " सम्पन्न भएको हो । स्वास्थ्य, समानता र सम्मानको प्रत्याभूति गर्दै एड्सको अन्त्य गर्न सकिने र अबको प्रयास सबैका लागि एचआईभी संक्रमित माथि हुने लाञ्छना तथा भेदभाव न्यूनीकरण गर्ने उदेश्यले उक्त कार्यक्रम गरिएको हो । दमक नगरपालिकाको आयोजना तथा विभिन्न संघसंस्थाहरुको सह-आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियोे । दमक नगरपालिका कि उपप्रमुख रेगिना भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न…
Read More
दुर्घटना न्युनिकरणका लागि आजबाट झापासहित तीन जिल्लामा टाइमकार्ड लागू

दुर्घटना न्युनिकरणका लागि आजबाट झापासहित तीन जिल्लामा टाइमकार्ड लागू

काकडभिट्टा । पछिल्लो समय झापा, मोरङ, सुनसरी लगायतका जिल्लाहरुमा अत्यधिक सवारी दुर्घटना बढेसँगै सडक दुर्घटनालाई न्यूनीकरण गर्न आजबाट सार्वजनिक सवारीसाधनहरुमा टाइमकार्ड लागु गरिएको छ। आज शनिबार बिहान झापाको मेचीनगर -६ स्थित पुर्वी नाका काँकडभिट्टामा एक कार्यक्रममार्फत झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले टाइमकार्डको शुभारम्भ गरेका हुन्। उनले सवारी चालकलाई टाइम कार्ड हस्तान्तरण तथा हस्ताक्षर गराएर कार्यक्रमको शुभारम्भ गरेका हुन्।  जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको आयोजनामा शुरुआत गरिएको उक्त कार्यमा सबै निकाय जिम्मेवार भएर लाग्नुपर्ने प्रजिअ बास्तोलाले बताए । काकडभिट्टा बसपार्कबाट पश्चिम सुनसरी र मोरङ जिल्लाका विभिन्न स्थानमा प्रस्थान गर्ने मध्यम दूरीका सार्वजनिक सवारीसाधनलाई लक्षित गरी झापा , मोरङ र सुनसरी…
Read More
विप्लवको पार्टीले दाङमा एकैदिन बेच्यो २ लाखको धान

विप्लवको पार्टीले दाङमा एकैदिन बेच्यो २ लाखको धान

हेमन्तप्रकाश वली दाङ । विप्लव सी नेतृत्वको नेकपाले दाङको तुलसीपुरमा एकैदिन २ लाख रकम बराबरको धान बेचेको छ । पार्टीले तुलसीपुर-१६ कन्ज्वारमा लगाएको धान बिक्री गरेको हो । पार्टीको स्वामित्वमा जमिन भाडामा लिएर पार्टीका नेताकार्यकर्ताहरुले गरेको धान खेतिमा करिव ७५ क्विन्टल धान उत्पादन भएको थियो । पार्टीले ७५ क्विन्टल मध्यबाट करिव ६० क्विन्टल धान स्थानीय मिल व्यवसायीलाई बिक्री गरि बचेको धान पार्टीका आन्तरिक कार्यक्रमका लागि पार्टीको गोदाममा राखेको नेकपाका दाङ जिल्ला सेक्रेटरी तिलक सीले जानकारी दिएका छन् ।   यस्तै पार्टीले जिल्लालाई तीन वटा उत्पादन केन्द्रमा विभाजन गरि सामुहिक खेतिपाती गरिरहेको छ । पार्टीले देउखुरी, घोराही र तुलसीपुरलाई उत्पादन केन्द्र…
Read More
मेचीनगर: नगर अस्पतालमा बेबी वार्मर मेसिन थपियो, अब नवजात शिशुलाई थप सहज हुने

मेचीनगर: नगर अस्पतालमा बेबी वार्मर मेसिन थपियो, अब नवजात शिशुलाई थप सहज हुने

मेचीनगर । झापाको मेचीनगर मेचीनगरद्वारा सञ्चालित आधारभूत नगर अस्पतालमा सुविधा युक्त बेबी वार्मर मेसिन थपिएको छ । यो संगै अब यस अस्पतालमा जन्म लिएका नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न यसले थप मद्दत पुर्याउने छ । चौबीसै घण्टा प्रसुति सेवा प्रदान गर्दै आएको यस नगर अस्पतालमा आज एक कार्यक्रमका बिच ज्योति विकास बैंकले “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत नगरपालिकाको प्रसुित गृहलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित ८७ हजार पाँच सय मूल्य पर्ने बेबी वार्मर (न्यानो नानी) प्रदान गरेको छ । बेबी वार्मर नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुने मेसिन हो । यसको प्रयोगसंगै अस्पतालमा नवजात शिशुको शारिरिक तापक्रम उचित…
Read More
गण्डकी प्रदेशका सांसद मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर, पाँच वर्ष कैद हुने

गण्डकी प्रदेशका सांसद मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर, पाँच वर्ष कैद हुने

झापा । केही समय अघि मन्त्रालय बेच्न तम्सिएका गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङेलाई ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतले दोषी ठहर गरेको छ । न्यायाधीशद्धय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले उनलाई ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेको हो । यसअघि उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो । सर्वोच्चले पनि पाँच वर्ष कैदको फैसला सदर गरेको हो । यो विवादमा उनी २०७५ साल पुसमा थुनामा समेत बसेका थिए । उनको मुद्दा सर्वोच्चमा २०७५ फागुन ३ गते सुरु भएको थियो । उनले थुनाबाटै पुनरावेदन गरेपछि…
Read More
गाईघाटबाट काँकरभिट्टा आउदै गरेको बस सप्तरीमा दुर्घटना, १ जनाको मृत्यु

गाईघाटबाट काँकरभिट्टा आउदै गरेको बस सप्तरीमा दुर्घटना, १ जनाको मृत्यु

सप्तरी । उदयपुरको गाइघाटबाट झापाको काकडभिट्टा आउँदै गरेको बस दुर्घटनामा परेको छ। सप्तरीको बरमझियामा आज आइतबार बिहान करिब साढे ६ बजे बस र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, गाईघाटबाट काकरभिट्टा आउदै गरेको प्रदेश १–०१–००१ ख ४१२६ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको स ५ प १५९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। बस पल्टिँदा उदयपुरकी २१ वर्षीया मैया राईको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ। घाइते २६ मध्ये, ८ जनाको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि विराटनगर पठाइएको छ, अन्य १८ जनाको उपचार धमेश्वर अस्पतालमा…
Read More
समाजवादका लागि माओवादीहरुको एकताले ०६४ साल जन्माउनु पर्छ : विप्लव

समाजवादका लागि माओवादीहरुको एकताले ०६४ साल जन्माउनु पर्छ : विप्लव

बसन्त विक चितवन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले समाजवादसम्म पुग्नका लागि सबै माओवादीहरुको एकताले नेपालमा ०६४ साल जन्माउनु पर्ने बताएका छन् । शनिबार चितवनमा आयोजित ‘बेपत्ता यौद्वा दन्डपाणी न्यौपाने स्मृति साँस्कृतिक कार्यक्रम’ लाई सम्बोधन गर्दै नेकपाका महासचिव विप्लवले समाजवादका लागि सबै माओवादीहरु एकताबद्ध भएर ०६४ साल जन्माउनु पर्ने बताएका हुन् । उनले भने‘समाजवादी गणतन्त्रका लागि माओवादी एकताबद्ध हुन्छ, कुनै स्वार्थ र कुर्सीका लागि हाेइन, ०५२ साल त नभनौ, ०६४ साल जन्मिन्छ, माओवादी सिधिएको छैन, चिहानबाट उठेर आउँछ ।’ महासविच विप्लवले सामान्तवादका नाइकेहरुलाई गलहत्याए जस्तै अहिलेका दलाल पुँजीवादका नाईकेहरुलाई गलहत्याएर नफालेसम्म नेपालमा जनताको सत्ता स्थापना नहुने जिकिर गरे ।…
Read More
विप्लवले माओवादीलाई ०६४ सालमा फर्काउने भनेकोमा खुसी छुः प्रचण्ड

विप्लवले माओवादीलाई ०६४ सालमा फर्काउने भनेकोमा खुसी छुः प्रचण्ड

बसन्त विक  चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाका महासचिव विप्लवले माओवादीहरुको एकताले पार्टीलाई ०६४ सालमा फर्काउन सकिने भनेको कुरामा खुसी व्यक्त गरेका छन । शनिबार चितवनमा आयोजित ‘बेपत्ता यौद्वा दन्डपाणी न्यौपाने स्मृति साँस्कृतिक कार्यक्रम’ लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संगै सहभागी कार्यक्रममा माओवादीलाई ०६४ मा फर्काउन सकिने कुरा विप्लवले गरेकाले खुसी व्यक्त गरेका हुन । अध्यक्ष प्रचण्डले एउटै स्कुलिङबाट आएर अहिले विभिन्न भंगालोमा रहेका माओवादीहरु एकताबद्ध हुँदै समाजवादी क्रान्तिको तयारीमा लाग्नुपर्ने बेला आएको भन्दै माओवादीहरुको एकता अनिवार्य भएको बताए । उनले जनताको गणतन्त्र र दलालहरुको गणतन्त्र के बनाउने ? भन्ने विषयमा अहिले संघर्ष भइरहेको पनि बताए…
Read More
झापामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु , पूर्वपश्चिम राजमार्ग तनावग्रस्त

झापामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु , पूर्वपश्चिम राजमार्ग तनावग्रस्त

विर्तामोड । झापाको कमल गाउँपालिका -५ रवि पेट्रोल पम्प स्थित पुर्वपश्चिम राजमार्गमा यात्रुबाहक बसको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएपछि अहिले पूर्व–पश्चिम राजमार्गमा तनावग्रस्त बनेको छ। दमकबाट विर्तामोड तर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ३४३५ नम्बरको कनकाई माइ पाथीभरा बसले सोहि दिशातर्फ आउँदै गरेको को १६ प ५३२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक मोरङको केराबारी गाउपालिका -७ का अन्दाजी ५५ वर्षीय मुकारुम राईको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनापछि बसको गल्ती भएको भन्दै स्थानीयले बसमाथि ढुंगामुढा र आगजनी गरेका छन्। आगजनीपछि अहिले राजमार्गमा ठूलो भिड लागेको छ । भिडलाई नियन्त्रणमा लिन…
Read More
जुवा खेलिरहेका अर्जुन तुम्रुकको फार्ममा प्रहरीको छापा, सेक्युरिटी गार्ड पक्राउ

जुवा खेलिरहेका अर्जुन तुम्रुकको फार्ममा प्रहरीको छापा, सेक्युरिटी गार्ड पक्राउ

बिराटनगर । ‘कुख्यात जुवाडे’को रुपमा चिनिएका अर्जुन तुम्रुकको फार्ममा प्रहरीले छापा मारेको छ । अलकत्रा स्टोर गरेको उर्लाबारी– ३ स्थित तुम्रुकको फार्ममा जुवातास खेलाइरहेको सुचना पाएपछि गएराति प्रहरीले छापा मारेको हो । सेक्युरिटी राखेर उनले आफ्नो फार्ममा जुवा खेलाउँदै गरेको गोप्य सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय उर्लाबारीको संयुक्त गस्ती टोलीले छापा मारेको थियो । तर, प्रहरी टोलीलाई जुवाको अखडासम्म जान सेक्युरिटीले अवरोध गरेका छन् । प्रहरी टोली आएको खबर गरी सेक्युरिटीले जुवाडेहरूलाई भगाएका छन् । प्रहरीले सेक्युरिटी इन्चार्ज प्रतीक पाण्डे र अर्का सेक्युरिटी सन्तमान लिम्बुलाई पक्राउ गरेको छ । प्रहरीले जुवाडेले छाडेको ४ वटा मोटरसाइकल…
Read More
ne_NPNepali