Purbi Garjan

अनन्या र डेनिशा प्रदेशस्तरमा, झापामा केर्खा पब्लिक स्कुलको दोहोरो सफलता

अनन्या र डेनिशा प्रदेशस्तरमा, झापामा केर्खा पब्लिक स्कुलको दोहोरो सफलता

अनन्या र डेनिशा प्रदेशस्तरमा, झापामा केर्खा पब्लिक स्कुलको दोहोरो सफलता

झापा, कमल ।केर्खा बजारस्थित केर्खा पब्लिक बोर्डिङ स्कुलकी छात्रा अनन्या कार्की टेबल टेनिसको जिल्ला स्तरीय प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै प्रदेशस्तरीय प्रतियोगिताका लागि छनोट भएकी छन्। सोही स्कुलकी अर्की छात्रा डेनिसा तामाङ तृतीय स्थानमा रही प्रदेशस्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गरेकी छन्। झापाको सुरुङ्गास्थित हरिकुल माविमा सम्पन्न अण्डर–१४ छात्रातर्फको जिल्ला स्तरीय छनोट प्रतियोगितामा एरा एभरग्रिन बुद्धशान्ति स्कुलकी ससा मैनाली दोस्रो स्थानमा रही छनोटमा परेकी हुन्। जिल्लाबाट प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने तीनै खेलाडीहरू आगामी जेठ १९ गते इटहरीमा आयोजना हुने प्रदेशस्तरीय टेबल टेनिस प्रतियोगितामा सहभागी हुने छन्। केर्खा पब्लिक बोर्डिङ स्कुलका प्रिन्सिपल त्रिलोचन गौतमले प्रदेशस्तरीय खेलको तयारीमा खेलाडीहरू…
Read More
२४औं कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवस झापामा भव्यरुपमा सम्पन्न

२४औं कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवस झापामा भव्यरुपमा सम्पन्न

विर्तामोड ।  प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र मानव अधिकारको रक्षार्थ जीवन अर्पण गरेका क्रान्तिकारी पत्रकार, साहित्यकार एवम् लेखक कृष्ण सेन ‘इच्छुक’ को स्मृतिमा २४औं स्मृति दिवस झापाको विर्तामोडमा सम्पन्न भएको छ। आज मंगलबार जनपत्रकार संगठन नेपाल झापा जिल्ला समितिको आयोजनामा आयोजित कार्यक्रममा संगठनका झापा जिल्ला संयोजक प्रवीण अधिकारीको अध्यक्षता रहेको थियो। कार्यक्रममा नेकपा झापा सचिव सञ्जय सी, जिल्ला नेताहरू चमनलाल सी, कुमार सी, युवा संगठन नेपाल झापा इञ्चार्ज मणि सी लगायतको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा सम्बोधन गर्दै नेकपा झापाका सचिव कृष्ण सेनको योगदानको स्मरण गर्दै प्रेस स्वतन्त्रता, वैज्ञानिक समाजवाद र मानव अधिकारका लागि निरन्तर संघर्ष जारी राख्नुपर्ने आवश्यकता औंल्याएका…
Read More
झापामा समाजवादी पार्टीले स्वस्फूर्त रुपमा निर्वाचन कार्यालयलाई आर्थिक विवरण बुझायो

झापामा समाजवादी पार्टीले स्वस्फूर्त रुपमा निर्वाचन कार्यालयलाई आर्थिक विवरण बुझायो

झापा। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) झापा जिल्ला कमिटीले पार्टी स्थापना वर्ष २०७८ देखि २०८१ चैत्र मसान्तसम्मको आर्थिक विवरण जिल्ला निर्वाचन कार्यालय, झापा भद्रपुरमा बुझाएको छ। जम्मा रु २५ लाख ६ हजार ६१५ को आर्थिक कारोबार विवरण जिल्ला इन्चार्ज क. नीलमणि बराल, सह-इन्चार्ज क. चन्द्रा श्रेष्ठ, जिल्ला अध्यक्ष क. बी.पी. भट्टराई, उपाध्यक्ष क. सरस्वती लिम्बू, सचिव क. सानुकुमार लामा, उप–सचिव क. श्रीप्रसाद मिश्र, क. उदय बराइली तथा जिल्ला कमिटी सदस्य क. लक्ष्मण खतिवडाको संयुक्त उपस्थितिमा निर्वाचन कार्यालय प्रमुख श्री तुलकुमार न्यौपानेलाई बुझाइएको हो। बुझाइसकेपछि कार्यालय प्रमुख न्यौपानेले पार्टीले समयमै आर्थिक विवरण बुझाएर झापामा उदाहरणीय अभ्यास प्रस्तुत गरेको प्रतिक्रिया दिएका थिए।…
Read More
“नेता भष्ट्र, जनता पिडित’’ भन्दै पुराना कम्युनिस्ट नेता सुब्बाले छाडे एमाले

“नेता भष्ट्र, जनता पिडित’’ भन्दै पुराना कम्युनिस्ट नेता सुब्बाले छाडे एमाले

प्रविण अधिकारी  झापा । नेकपा (एमाले) का पुराना कार्यकर्ता तथा पूर्वगाउँ सचिव गोपाल सुब्बाले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। साविक बाहुण्डाँगी गाउँ पञ्चायत, हाल मेचीनगर–४ निवासी सुब्बाले शनिबार सामाजिक सञ्जाल फेसबुक मार्फत एक वक्तव्य जारी गर्दै विगत चार दशकभन्दा बढीको पार्टी जीवन अन्त्य गरेको जानकारी दिएका हुन्। विसं २०३९ सालदेखि विद्यार्थी जीवनमा नै कम्युनिष्ट विचारप्रति आकर्षित भएर राजनीतिमा सक्रिय भएका सुब्बाले पार्टीप्रतिको समर्पण, संघर्ष र योगदानलाई स्मरण गर्दै वर्तमान पार्टी नेतृत्वको बेथिति, भ्रष्टाचार र जनविरोधी प्रवृत्तिका कारण पार्टी परित्याग गर्न बाध्य भएको पुर्वी गर्जनलाई बताएका छन्। "२०४६ सालको जनआन्दोलनपछिका दिनहरूमा हामीले समाजवादको सपना देखेका थियौँ, तर आज गणतन्त्रको नाममा…
Read More
पुर्वीद्वार सहकारीले पहिलोपटक टिकटक मार्फत वक्तृत्वकला प्रतियोगिता गर्दै

पुर्वीद्वार सहकारीले पहिलोपटक टिकटक मार्फत वक्तृत्वकला प्रतियोगिता गर्दै

मेचीनगर। झापाको मेचीनगर -१० स्थित पुर्विद्वार बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा “ आजको बचत नै भविष्यको सुरक्षा हो” भन्ने विषयमा केन्द्रित भइ “खुला टिकटक वक्तृत्वकला प्रतियोगिता” आयोजना गर्ने भएको छ। गत जेठ ७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको सहकारी संस्थाका अध्यक्ष विपी भट्टराईले जानकारी दिए। संस्थाले सामाजिक सञ्जाल ‘टिकटक’ मार्फत प्रतियोगिता सञ्चालन गर्ने जानकारी दिएको छ। प्रतियोगितामा सहभागी बन्न इच्छुकले ३ मिनेटको नेपाली भाषामा तयार गरिएको भिडियो बनाउनुपर्नेछ भने जुनसुकै भूगोल र उमेर समुहका मानिसले प्रतिस्पर्धा गर्न सक्नेछन् । संस्थाका अनुसार प्रतियोगीहरूले जेठ १५ गतेदेखि २५ गतेभित्र आफ्ना भिडियो संस्थाको मेल आइडी वा…
Read More
राज्यको नीति, कार्यक्रम र बजेटमा उपेक्षा नगर्न तेस्रोलिंगी अधिकारकर्मीको खबरदारी

राज्यको नीति, कार्यक्रम र बजेटमा उपेक्षा नगर्न तेस्रोलिंगी अधिकारकर्मीको खबरदारी

झापा । लिड नेपालकी कार्यकारी निर्देशक तथा तेस्रोलिंगी मानवअधिकारकर्मी नुमा लिम्बु (चन्चला)ले कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रममा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको निरन्तर बहिष्कारप्रति गहिरो चिन्ता व्यक्त गरेकी छन्। “घरले हेला गर्‍यो, समाजले अपहेलना गर्‍यो, अब त राज्यले नै बेवास्ता गर्‍यो भने हामी कहाँ जाने? कसलाई गुहार्ने?” उनले प्रश्न गरिन्। चन्चलाले राज्य संरचनाभित्रको गहिरो विभेद उजागर गर्दै भनिन्, “जब हामी पनि यही देशका नागरिक हौं, कर तिर्छौं, र नागरिक अधिकारका आधारमा सेवा तथा सुरक्षाको अपेक्षा गर्छौं, तब किन हामी राज्यका नीति, योजना र बजेटबाटै बहिष्कृत हुने?” उनका अनुसार संविधानले सबै नागरिकलाई समानता, सम्मान र सामाजिक न्यायको अधिकार दिएको भए…
Read More
समयमा पुग्दैन मेचीनगरको दमकल,आगलागीमा घर खरानी, पीडितको बिचल्ली

समयमा पुग्दैन मेचीनगरको दमकल,आगलागीमा घर खरानी, पीडितको बिचल्ली

मेचीनगर। मेचीनगर–९ कमलचोकमा आगलागी हुँदा एक विपन्न परिवारको घर डढेर पूर्णरूपमा ध्वस्त भएको छ। तर, आगो निभाउनुपर्ने जिम्मेवारी बोकेको मेचीनगरको दमकल यथाकाल झैं ढिलो पुग्दा स्थानीय आक्रोशित बनेका छन्। मनिराज अधिकारी र स्वस्तिका अधिकारीको घरमा मंगलबार बिहान करिब ८ः३० बजे अचानक विद्युत सर्ट भई आगलागी सुरु भएको थियो। छानाबाट निस्केको आगोको मुस्लो देखेर स्थानीयले तुरुन्तै दमकल बोलाए पनि घर पूरै जलेर खरानी भएपछि मात्रै दमकल पुगेको थियो। दमकल फेरि ढिलो, स्थानीयको आक्रोश "घर पूर्ण रूपमा जलेर खण्डहर बनिसकेको थियो, अनि आएर के गर्ने?" एक स्थानीयले भने। दमकल ढिलो पुगेकोमा आक्रोशित स्थानीयले दमकललाई घटनास्थलमै रोकेर फर्काइदिए। यो घटनाले फेरि एक पटक…
Read More
भन्सार महशुल तिरेरै नेपाल छिरेका थिए भारतीय ट्रक, प्रहरीको हतारोले मच्चियो सनसनी

भन्सार महशुल तिरेरै नेपाल छिरेका थिए भारतीय ट्रक, प्रहरीको हतारोले मच्चियो सनसनी

प्रविण अधिकारी झापा । झापाको विर्तामोड–५ बाट आइतबार साँझ नेपाल प्रहरीले भारतीय नम्बर प्लेटका तीनवटा कन्टेनर नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको समाचार सार्वजनिक भएसँगै व्यापक चर्चा र भ्रम फैलिएको छ। उक्त कन्टेनरहरूमा बिना भन्सार अवैध रूपमा करोडौं मूल्य बराबरका सामान नेपाल भित्र्याइएको आशंकामा प्रहरीले कारबाही गरेको थियो। तर पछिल्लो विवरणअनुसार ती कन्टेनरहरू नेपाल सरकारले तोकेको कानुनी प्रक्रिया अनुसार भन्सार महशुल तिरेरै नेपाल प्रवेश गरेका प्रमाण पुर्वी गर्जनले फेला पारेको छ । धान रोप्ने मेसिन भित्रिएको थियोे  कन्काई नगरपालिका–५ मा रहेको नोक्मा कृषि फर्मले चीनको वुहान शहरबाट ट्रयाक कम्बाइन हार्भेस्टर मेसिन आयात गरेको थियो। एलसी (लेटर अफ क्रेडिट) प्रणालीमार्फत…
Read More
मेचीनगर–३ का ३१ टोलका किसानलाई कृषि औजार वितरण

मेचीनगर–३ का ३१ टोलका किसानलाई कृषि औजार वितरण

मेचीनगर। झापाको मेचीनगर नगरपालिका–३ का ३१ वटा टोल विकास समितिका किसानहरुलाई कृषि औजार वितरण गरिएको छ। वडा कार्यालयलाई नगरपालिकाबाट छुट्याइएको बजेटबाट सोमबार आयोजित कार्यक्रममा किसानलाई विभिन्न प्रकारका साना कृषि औजारहरू प्रदान गरिएको हो। वडा कार्यालय परिसरमा आयोजित वितरण कार्यक्रममा मकै छोड्ने हाते र खुट्टी मेसिन, हातले जोत्ने मेसिन, दबै छिट्ने ट्याङ्की, बेल्चा, फरुवा लगायतका औजारहरू वितरण गरिएको थियो। वडाध्यक्ष हर्कबहादुर बस्नेतका अनुसार, किसानले आफ्ना टोल विकास समिति मार्फत आवश्यक औजारको माग गरेका थिए र कार्यालयले सोही अनुसार उपकरणहरू उपलब्ध गराएको हो। “कृषकहरूलाई कृषि पेसा सञ्चालनमा सहजता होस् भन्ने उद्देश्यले यस्ता औजार वितरण गरिएको हो,” उनले बताए। वडा नं. ३ का…
Read More
नारी सञ्चार गृह झापाको अक्षयकोषमा आर्थिक सहयोग जुट्दै

नारी सञ्चार गृह झापाको अक्षयकोषमा आर्थिक सहयोग जुट्दै

बिर्तामोड। झापाका महिला पत्रकारहरूको साझा संस्था नारी सञ्चार गृह झापाले स्थापना गरेको अक्षयकोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ। आज आयोजित कार्यक्रममा रोटरी क्लब अफ बिर्तामोड तथा अग्रसेन भवन बिर्तामोडका अध्यक्ष एवं उद्योगी सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’ ले कोषमा नगद २१ हजार रुपैयाँ सहयोग गरेका छन्। सहयोग हस्तान्तरण कार्यक्रममा नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतम, सहसचिव तथा अक्षयकोष व्यवस्थापन समितिका संयोजक जोश्ना श्रेष्ठ, सदस्य दिपा सापकोटा र नेपाल पत्रकार महासंघ झापाकी उपाध्यक्ष विनिशा शर्मा सहभागी थिए। संस्थाका अनुसार हालसम्म अक्षयकोषमा ५० लाख २१ हजार रुपैयाँ संकलन भइसकेको छ। यस्तै, सहारा नेपाल साकोसका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीले कोषमा एक…
Read More
ne_NPNepali