Purbi Garjan

किर्ते काण्ड ढाकछोप गर्न जनप्रतिनिधिको बदनामी, घटनाको पर्दाफास

किर्ते काण्ड ढाकछोप गर्न जनप्रतिनिधिको बदनामी, घटनाको पर्दाफास

किर्ते काण्ड ढाकछोप गर्न जनप्रतिनिधिको बदनामी, घटनाको पर्दाफास

झापा, असार २२ । बुद्धशान्ति गाउँपालिका–१ को सर्जमिन प्रमाणपत्र किर्ते प्रकरणको विषयमा व्यापक विवाद चुलिएको छ। वडाबाट सर्जमिन किर्ते गरी पठाइएको भनी “बुद्धशान्ति साप्ताहिक” नामक फेसबुक पेजमार्फत सार्वजनिक आरोप लगाइएपछि वडा कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै ती दावीहरू “झुटा, कपोलकल्पित, बदनियतपूर्ण र नियोजित” भएको स्पष्ट पारेको छ। वडाध्यक्ष अनिल वाग्ले र वडा सदस्य लक्ष्मी कँडेलमाथि घरमै बसेर किर्ते सर्जमिनमा हस्ताक्षर गरेको आरोप लगाइएको थियो। तर वडा कार्यालयका अनुसार ती कागजातमा कर्मचारीको किर्ते  हस्ताक्षर निवेदक आफैंले प्रयोग गरेको पाइएको छ। वडा कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार सर्जमिन निवेदन दिने भोजराज भट्टराई र उनका छोरा उमेश भट्टराई हुन्। उमेश भट्टराई “बुद्धशान्ति साप्ताहिक”…
Read More
भोजपुरमा एकै परिवारका चार सदस्यको हत्या, अभियुक्त आफैंले प्रहरीलाई दिए खबर

भोजपुरमा एकै परिवारका चार सदस्यको हत्या, अभियुक्त आफैंले प्रहरीलाई दिए खबर

भोजपुर । भोजपुर नगरपालिका–२ मा एकै परिवारका चार जनाको हत्या भएको छ। स्थानीय रामप्रसाद राई (राजेन्द्र राई)ले आफ्नी सासु, ससुरा, श्रीमती र सालोको धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन्। घटनापछि अभियुक्त राईले आफैं गएराति करिब १:१५ बजे प्रहरी कन्ट्रोल रुममा फोन गरेर जानकारी गराएका थिए। सूचना पाएलगत्तै प्रहरी घटनास्थलमा पुग्दा चारै जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। हत्या हुनेहरूमा ६८ वर्षीय बेलबहादुर गिरी, उनकी ४५ वर्षीया श्रीमती मञ्जु गिरी, छोरी मनिषा गिरी र छोरा सपन गिरी रहेका छन्। प्रहरीका अनुसार अभियुक्त राईलाई नियन्त्रणमा लिइएको छ। उनको पेटमा चोट देखिएको र स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको…
Read More
झापामा डेंगु संक्रमणबाट ११ वर्षीया बालिकाको मृत्यु

झापामा डेंगु संक्रमणबाट ११ वर्षीया बालिकाको मृत्यु

झापा — झापामा डेंगु संक्रमणबाट एक ११ वर्षीया बालिकाको मृत्यु भएको छ। शिवसताक्षी नगरपालिका निवासी सुमन राईकी छोरी सुरविरा राईको बीएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि बिहीवार अस्पताल भर्ना गरिएकी बालिकाको शुक्रबार बिहान ८:२५ बजे निधन भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन युवनाथ बरालले जानकारी दिए। यो वर्ष झापामा डेंगु संक्रमणबाट भएको पहिलो मृत्यु हो। गत वर्ष जिल्लामा दुई जनाको ज्यान गएको थियो। मनसुन सुरु भएसँगै डेंगु संक्रमितको संख्या बढ्न थालेको छ। हाल बीएण्डसी अस्पतालमा ४८, दमकमा १ र गौरादहमा ६ जना संक्रमित उपचाररत रहेको बरालले बताए। डेंगु संक्रमण असारदेखि असोजसम्म उच्च हुने गरेको भए पनि…
Read More
मेचीनगर अब विकासको ढोका बन्ने दिशामा

मेचीनगर अब विकासको ढोका बन्ने दिशामा

नवराज सुवेदी मेचीनगर । सुदूरपूर्वी सीमामा अवस्थित मेचीनगर नगरपालिका, मुलुकको सीमावर्ती नगर मात्र होइन, यो नेपालको एक महत्वपूर्ण व्यापारिक, सांस्कृतिक र भौगोलिक केन्द्र पनि हो । भारतको पश्चिम बंगालसँग जोडिएको काँकरभिट्टा नाकाले यो नगरलाई ‘पूर्वको ढोका’ को उपनाम दिएको छ । यही भौगोलिक विशेषताका कारण यहाँको पहिचान, व्यापार, यातायात र सेवा क्षेत्रमा छुट्टै बनेको छ । मेचीनगरको भौगोलिक बनावट पनि विविधतायुक्त छ । उत्तरमा रमणीय चिया बगानले ढाकिएको इलाका छ भने दक्षिणतिर समथर खेतीयोग्य जमिनहरू छन् । यहाँ गर्मी मौसम लामो हुने र वर्षा राम्रो हुने भएकाले कृषिमा विविधता देखिन्छ । चिया, तरकारी, धान र मकै यस क्षेत्रका प्रमुख उत्पादन…
Read More
पूर्वाधार विकास : देशकै नमुना बन्न सक्छ मेचीनगर

पूर्वाधार विकास : देशकै नमुना बन्न सक्छ मेचीनगर

प्रविण अधिकारी मेचीनगर । पूर्वाधार विकास भनेको मुलतः कुनै पनि देश, क्षेत्र वा भूगोलको आर्थिक, सामाजिक, राजनीतिक, भौगोलिक अवस्था कस्तो छ भन्ने जनाउने आधार हो । यो कुनै सहर वा अन्य क्षेत्रमा सेवा प्रदान गर्ने सुविधा र प्रणालीहरूको सेट हो, जसले अर्थ व्यवस्था, घरपरिवार र फर्महरूको कार्यका लागि आवश्यक सेवा र सुविधाहरू समावेश गर्दछ । कुनै पनि देशको विकासको आधार पूर्वाधार विकासलाई मानिन्छ । जनचाहना अनुसारको पूर्वाधार विकास सँगै औद्योगिक क्रान्ति गर्ने हो भने त्यसले अर्थतन्त्रको नयाँ आधार स्तम्भ खडा गर्दछ । यस्तै, मेचीनगर नगरपालिका भित्र आफ्नै स्रोतको उपयोगबाट बलियो अर्थतन्त्र र दिगो विकासको खाका तय गर्न सकिन्छ । भौगोलिक…
Read More
एसिसी यु–१६ इस्ट जोन कप: मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा

एसिसी यु–१६ इस्ट जोन कप: मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा

मलेसिया । डिफेन्डिङ च्याम्पियन नेपाल एसिसी मेन्स यु–१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ। बुधबार मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल उपाधिनजिक पुगेको हो। घरेलु टोली मलेसियाले दिएको ९१ रनको सामान्य लक्ष्य नेपालले ११.४ ओभरमा मात्र १ विकेटको क्षतिमा सहजै पुरा गर्‍यो। नेपालको जितमा परिमार्जन यादवले विस्फोटक प्रदर्शन गर्दै ३५ बलमा ५ चौका र ५ छक्का प्रहार गर्दै अविजित ५९ रन बनाए। साथमा शिवान्श बजगाईंले २२ बलमा ५ चौकासहित २३ रन बनाएर नटआउट रहे। ओपनर प्रसिद्ध जैसी भने २ रनमै आउट भए। मलेसियाका लागि नागिनिश्वरमले एकमात्र विकेट लिए। टस जितेर पहिले बलिङ रोजेको नेपालले किफायती बलिङ प्रदर्शन गरेको थियो।…
Read More
कोशीमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु, झापामा ९ जना संक्रमित

कोशीमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु, झापामा ९ जना संक्रमित

झापा । कोशी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ। विराटनगर–९ की ७५ वर्षीया कान्तादेवी पोद्दारको आज बिहान उपचारको क्रममा मृत्यु भएको हो। श्वासप्रश्वासमा समस्या देखिएपछि हिजो साँझ ५ बजे उनलाई न्युरो अस्पताल, विराटनगर लगिएको थियो। प्रारम्भिक परीक्षणमा कोरोना पोजेटिभ पुष्टि भएपछि अवस्था गम्भीर देखिएपछि उनलाई थप उपचारका लागि विराट टिचिङ अस्पतालमा सारिएको थियो। तर, उपचारका क्रममा आज बिहान ३ः३० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ। यसअघि असार १० गते इलामकी एक महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो। नयाँ भेरिअन्ट फैलिएपछि देशभर दुई जनाको ज्यान गइसकेको छ। यसैबीच, झापामा कोरोना संक्रमणका ९ जना नयाँ संक्रमित…
Read More
एसीसी यु–१६ इस्ट जोन कप: फाइनल पुग्न नेपाललाई ९१ रनको लक्ष्य

एसीसी यु–१६ इस्ट जोन कप: फाइनल पुग्न नेपाललाई ९१ रनको लक्ष्य

मलेसिया । एसिसी मेन्स यु–१६ इस्ट जोन कपको सेमिफाइनलमा नेपालले घरेलु टोली मलेसियाविरुद्ध फाइनलमा स्थान बनाउने अवसर पाएको छ। टस हारेर पहिला ब्याटिङ गरेको मलेसिया ४३.१ ओभरमा मात्र ९० रनमै समेटिएको हो। मलेसियाका लागि मोहम्मद फतुलले ७१ बलमा सर्वाधिक ३८ रन बनाए। कप्तान डिज पार्तोले ३२ बलमा १० रन जोड्दै पवेलियन फर्किए। बाँकी कुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन्। नेपालका लागि बलिङमा अभय यादवले सर्वाधिक ४ विकेट लिए भने शुभम खनालले ३ विकेट झारे। कप्तान विपिनप्रसाद शर्मा र सचिन भट्टले समान १-१ विकेट हात पारे। नेपाल समूह ‘ए’ को विजेता र मलेसिया समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनलमा…
Read More
झापा शिवसताक्षी कुटपिट घटनाः घाइते दुई किशोरको मृत्यु, ६ जना पक्राउ

झापा शिवसताक्षी कुटपिट घटनाः घाइते दुई किशोरको मृत्यु, ६ जना पक्राउ

झापा । शिवसताक्षी नगरपालिका–९ मा भएको कुटपिट घटनामा घाइते भएका दुई युवाको मृत्यु भएको छ। यसअघि १९ वर्षीय रोमन थापाको असार १४ गते बिहान मृत्यु भएको थियो। त्यसै घटनामा घाइते भएका संगम चोकका १५ वर्षीय आदित्य तामाङको पनि बुधबार दिउँसो १ः४५ बजे बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मृतकको शव अस्पतालमै राखिएको छ। असार ११ गते बिहान करिब ६ः४० बजे ट्युसन पढेर फर्कँदै गरेका आदित्य तामाङलाई शिवसताक्षी नगरपालिका–११ स्थित प्लटिङ क्षेत्रमा बोलाई ६ जनाले कुटपिट गरेका थिए। उनी राष्ट्रिय रमणीय मावि, दूधेमा कक्षा ८ मा अध्ययनरत थिए भने कुटपिटमा संलग्नमध्येका केही ध्रुबतारा बोर्डिङ स्कुलका…
Read More
गरामनीमा जंगली हात्तीको आक्रमणबाट एक व्यक्तिको मृत्यु

गरामनीमा जंगली हात्तीको आक्रमणबाट एक व्यक्तिको मृत्यु

झापा। झापाको बिर्तामोड नगरपालिका–७, फक्तालुङमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। बिहीबार बिहान ३ः४५ बजे शौचालयका लागि आफ्नै घरबाहिर आँगनमा निस्किएका ५९ वर्षीय लोकप्रसाद लिम्बुलाई एक जंगली हात्तीले आक्रमण गरी किच्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनापछि हात्ती दक्षिणतर्फ भागेको थियो। टेलिफोनमार्फत जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी चौकी गरामनीबाट प्रहरी टोली खटिई घटनास्थल सुरक्षित पारिएको थियो। घटनाको थप अनुसन्धान तथा कानुनी प्रकृयाका लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट टोली परिचालित गरिएको जनाइएको छ। प्रारम्भिक अनुसन्धानपछि बिहान ७ः३५ बजे कानुनी प्रक्रिया पूरा गरी मृतकको शव पोष्टमार्टमका लागि प्रदेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ। वन क्षेत्र नजिकका…
Read More
ne_NPNepali